कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सको अनुभव : आईसीयूमा संक्रमित छटपटिरहेका हुन्छन्, बाहिर परिवार

कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सको अनुभव : आईसीयूमा संक्रमित छटपटिरहेका हुन्छन्, बाहिर परिवार

रश्मिला थपलिया ललितपुरको सानेपास्थित स्टार अस्पतालकी स्टाफ नर्स हुन् । १० वर्ष अघिदेखि उनी स्टार अस्पतालमा कार्यरत छिन्। हाल उनी अस्पतालको आईसीयूकी इन्चार्ज पनि हुन्। रश्मिलाले नेपालमा कोरोना महामारी शुरु भएदेखि नै फ्रन्टलाइनमा रहेर काम गरिरहेकी छिन्। सरकारले कोराना संक्रमितको उपचारका लागि निजी अस्पतालले पनि २० प्रतिशत बेड छु्टयाउनुपर्छ भनेदेखि नै अस्पतालमा बिरामीको प्रत्यक्ष रुपमा उपचारमा  संलग्न छिन्। उनै नर्स रश्मिलाले कोरोना महामारीमा संक्रमितसँगै रहेर उनीहरुको सेवामा दिनरात खटिँदाको अनुभव हेल्थ टिभी अनलाइनसँग यसरी साटिन्।

नेपालमा पहिलो कोरोना संक्रमित फेला परेदेखि नै म कार्यरत स्टार अस्पतालमा हामीले यो भाइरस नेपालमा पनि आउने संकेत रहेको भन्दै तयारी गर्न शुरु गरिसकेका थियौँ । नभन्दै पहिलो संक्रमित देखिएको २ महिनापछि अर्को संक्रमित र त्यसपछि बिस्तारै धेरै जनामा संक्रमण देखिन थाल्यो । हुनत नेपालमा कोरोना संक्रमण आएको भए पनि सरकारले निजी अस्पताललाई उपचारका लागि अनुमति दिएको थिएन्। त्यसैले शुरुमा हामीकहाँ बिरामी हुने कुरै भएन्। तर जब संक्रमितको संख्या बढ्न थाल्यो त्यसपछि सरकारले नै निजी अस्पताललाई २० प्रतिशत बेड छु्ट्याएर उपचार गर्न निर्देशन दियो । त्यस दिनदेखि नै म संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा संलग्न हुँदै आएकी छु । शुरु शुरुमा त निकै डर लागेको थियो । संयोग भनौँ वा के हामीले संक्रमितको उपचार गर्न अनुमति पाउनुभन्दा अघि नै तराईका एक जना युवक हाम्रो अस्पतालमा ज्वरो र श्वासप्रश्वासामा समस्या भएर आएका थिए । उनको अवस्था निकै नाजुक थियो । अन्य अस्पताल गएर नलिएपछि उनी हाम्रो अस्पताल आएका रहेछन् त्यो कुरा हामीले पछि थाहा पायौँ । त्यसबेला धेरै अस्पताल डराएका पनि थिए ।

कति संक्रमित त नानी मैले अब परिवारको मुख पनि हेर्न पाउँदिन की क्या हो भन्दै आँखा भरी आँसु पार्नुहुन्छ । कतिपटक उनीहरुसँगै रोएकी पनि छु तर हामी नर्स नै उनीहरुको भरोसा हो भनेर ठीक हुन्छ भन्दै सम्झाउने गर्छु । उनीहरुलाई सुम्सुमाउने गर्छु । कति अस्पतालमा फोनको भरमा मात्र संक्रमितको उपचार हुन्छ भन्ने पनि सुने । मलाई चाहिं यस्तो गर्नु हुन्न भन्ने लाग्छ । बिरामी जस्तोसुकै भए पनि हाम्रा लागि एकै हुन्। हामी नलडे यो महामारीमा को लड्न आउँछ त ? देशलाई यतिबेला हाम्रो आवश्यकता छ ।  त्यसैले बिरामीलाई सावधानी अपनाउँदै सेवा दिनुपर्छ । अन्य बिरामीको साथमा त परिवार र आफन्त हुन्छन् तर कोरोना संक्रमितसँग न त परिवार न त आफन्त नै बस्न पाउँछन्। परिवारलाई देख्न र भेट्न नपाउँदा उनीहरु बढी आत्तिएका हुन्छन्। त्यसैले पनि हामी नै परिवार बन्नुपर्ने हुन्छ । यसले उनलीहरुको मनोबल बढ्छ ।

कति संक्रमित त नानी मैले अब परिवारको मुख पनि हेर्न पाउँदिन की क्या हो भन्दै आँखा भरी आँसु पार्नुहुन्छ । कतिपटक उनीहरुसँगै रोएकी पनि छु तर हामी नर्स नै उनीहरुको भरोसा हो भनेर ठीक हुन्छ भन्दै सम्झाउने गर्छु । उनीहरुलाई सुम्सुमाउने गर्छु । कति अस्पतालमा फोनको भरमा मात्र संक्रमितको उपचार हुन्छ भन्ने पनि सुने । मलाई चाहिं यस्तो गर्नु हुन्न भन्ने लाग्छ । बिरामी जस्तोसुकै भए पनि हाम्रा लागि एकै हुन्।

उनलाई आईसीयूमा मैले नै हेरेकी थिएँ । पछि हामीले उनको स्वाब पाटन अस्पताल पठाएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो त्यसबेला मलाई निकै डर लाग्यो । आफनो भन्दा पनि घरमा रहेकी बुढी आमालाई पो संक्रमण सारेँकी भन्ने चिन्ता लाग्यो । हुन त म लगायत सबै स्वास्थ्यकर्मीले पीपीई लगाएर नै उपचार गरेका थियौंँ तर पनि मनमा कता कता डर हुँदोरहेछ । पछि ती युवकको हाम्रै अस्पतालमा मृत्यु भयो । त्यसपछि झनै डर लाग्यो । १४ दिन क्वारेन्टाइनमा बसेँ । पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि बल्ल ढुक्क भएकी थिएँ ।

यो भयो शुरुको कुरा । अहिले त म प्रत्येक दिन संक्रमितसँग आईसीयू मै हुन्छु । आईसीयूमा बिरामी राख्ने भनेकै सिकिस्त भएपछि हो । हामीले उनीहरुको अझ बढी केयर गर्नुपर्ने हुन्छ । आईसीयूमा संक्रमितहरु छटिपटिरहेको देख्दा साह्रै नरमाइलो लाग्छ । संक्रमित भित्र संघर्ष गरिरहेका हुन्छन् जीउनका लागि, बाहिर परिवार आफन्त तड्पीरहेका हुन्छन्। तर हामीले न त परिवारलाई उनीहरुको भेट गराउन सक्छौँ, नत नजिक जान नै दिन सक्छौँ । अन्य रोग लागेमा त परिवारलाई आफनो बिरामी भेट्न दिइन्छ जसले गर्दा परिवारको आड भरोसा पनि हुन्छ । तर कोरोना लागेपछि भने हामी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नै आड भरोसा बन्नुपर्ने हुन्छ ।

म आईसीयूमै काम गर्ने नर्स भएकाले पनि मैले नजिकबाट संक्रमितहरुको पीडा देखेकी छु । तर बाहिर कोरोना केही होइन भनेको भनेर लापरवाही गरेको देख्दा अचम्म लाग्छ । म उहाँहरुलाई अनुरोध पनि गर्छु मैलै प्रत्येक दिन संक्रमितको पीडा देखेकी छु त्यसैले यसलाई सामान्य रुपमा नलिनु होला । यो यति खतरनाक छ की यो स्वयं संक्रमित र हामी नजिकबाट उपचार गर्ने नर्सलाई मात्र थाहा छ । यसले परिवारलाई दिएको पीडा उनीहरुको परिवारलाई थाहा छ ।

अहिले त म प्रत्येक दिन संक्रमितसँग आईसीयूमै हुन्छु । आईसीयूमा बिरामी राख्ने भनेकै सिकिस्त भएपछि हो । हामीले उनीहरुको अझ बढी केयर गर्नुपर्ने हुन्छ । आईसीयूमा संक्रमितहरु छटिपटिरहेको देख्दा साह्रै नरमाइलो लाग्छ । संक्रमित भित्र संघर्ष गरिरहेका हुन्छन् जीउनका लागि, बाहिर परिवार आफन्त तड्पीरहेका हुन्छन्। तर हामीले न त परिवारलाई उनीहरुको भेट गराउन सक्छौँ, नत नजिक जान नै दिन सक्छौँ । अन्य रोग लागेमा त परिवारलाई आफनो बिरामी भेट्न दिइन्छ जसले गर्दा परिवारको आड भरोसा पनि हुन्छ । तर कोरोना लागेपछि भने हामी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नै आड भरोसा बन्नुपर्ने हुन्छ ।

त्यसैले यसलाई हामीले बुझेर लाग्नै नदिन उपाय अपनाएको राम्रो । कति संक्रमित त नानी मैले अब परिवारको मुख पनि हेर्न पाउँदिन की क्या हो भन्दै आँखा भरी आँसु पार्नुहुन्छ । कतिपटक उनीहरुसँगै रोएकी पनि छु तर हामी नर्स नै उनीहरुको भरोसा हो भनेर ठीक हुन्छ भन्दै सम्झाउने गर्छु । उनीहरुलाई सुम्सुमाउने गर्छु । कति अस्पतालमा फोनको भरमा मात्र संक्रमितको उपचार हुन्छ भन्ने पनि सुने । मलाई चाहिं यस्तो गर्नु हुन्न भन्ने लाग्छ । बिरामी जस्तोसुकै भए पनि हाम्रा लागि एकै हुन्। हामी नलडे यो महामारीमा को लड्न आउँछ त ? देशलाई यतिबेला हाम्रो आवश्यकता छ त्यसैले बिरामीलाई सावधानी अपनाउँदै सेवा दिनुपर्छ ।

कतिपय अस्पतालले नर्सहरुलाई सुरक्षा समग्री नदिएको पनि सुनियो । यसले उनीहरुलाई मानसिक रुपमा तनाव दिन्छ । अस्पतालले सबै सुरक्षा कवच दिएर उनीहरुलाई काममा खटाउन सक्नुपर्छ । मलाई लाग्दैन कोही पनि यो बेला सेवाबाट पछि हट्छ । अर्को कुरा आफू काम गर्ने अस्पतालमा पनि भर पर्ने रहेछ । म कार्यरत संस्थामा म लगायत सबै स्वास्थ्यकर्मीलाई सम्पूर्ण सुरक्षाका साथ काममा लगाइएको छ । हामी सबै संक्रमितको सेवामा लागेका छौँ । तब न हाम्रो सेवाबाट संक्रमित सन्तुष्ट छन्।

यो बेला जसले जे भने पनि हामी हाम्रो कर्तव्यबाट पछि हट्न हुँदैन् र हट्ने पनि छैनौँ ।

थप समाचार

के हो बेडसोर अर्थात चाप घाउ ?

के हो बेडसोर अर्थात चाप घाउ ?

सलाम छ ती स्वास्थ्यकर्मीलाई..

सलाम छ ती स्वास्थ्यकर्मीलाई..