विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न यी कुरामा ध्यान दिऔँ

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न यी कुरामा ध्यान दिऔँ

डा. प्रकाशराज रेग्मी

आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ यो वर्षको विश्व मुटु दिवस मनाईदैछ । नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ ।

प्रत्येक वर्ष विश्वभर नै मुटुरोगीहरुको संख्या बढ्दै गएको पाइन्छ । विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५% छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५% पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागी ठूलो चिन्ताको विषय हो ।

स्वस्थ जीवनशैली नै मुटुमा उर्जा भर्ने एक मात्र उपाय हो । यसबाट शरीरको प्रतिरक्षात्मक शक्तिमा बृद्धि भई कोरोना लगायतका संक्रमणहरुसँग लड्ने क्षमतामा बृद्धि हुन्छ । मुटु उर्जावान भए जीवन सशक्त बन्दछ । मुटु स्वस्थ राख्नका लागि हामी आफैले काम गर्न सक्छौं । पौष्टिक खाना खाने, धुम्रपान मद्यपान नगर्ने, बढी चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने, सकेसम्म सागसब्जी फलफूल प्रयाप्त मात्रामा खानामा सामेल गर्ने र नियमित व्यायाम गर्ने गरियो भने धेरै हदसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको २५% अर्थात करिव ७५ लाख मानिस मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ,। यसैगरी २० प्रतिशतलाई कालेस्टेरोलको समस्या छ । १० प्रतिशतलाई मधुमेह छ भने १ प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ । वर्षेनी १००० बालबालिकाको बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मृत्यु हुनेगर्छ । उता बच्चा जन्माउने बेलामा धेरै महिलाहरुको पनि बाथ–मुटुरोग कै कारण मृत्यु भैराखेको छ । अध्ययनका अनुसार ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यकव्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । यी कारणहरुले पनि नेपालमा मुटुरोग बढिरहेको छ ।

मुटुको रोग बद्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो । आजको मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदि कम छ, चुरोट, सुर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरेैेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमि आएको छ, मानसिक तनाव अत्याधिक बढेको छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाय हो । यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउनु पर्छ । मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग मुटु बचाउनका लागि गर्ने भनेको हो ।

यस वर्ष कोरोना महामारीका कारण विश्वव्यापी संकट उत्पन्न भएको छ । नेपाल पनि यसबाट प्रभावित बनेको छ । हामी ठूलो संकटमा फसेका छौं । कोभिड–१९ का कारण मृत्यु हुनेहरुमा मुटु रोगीहरुको संख्या अत्याधिक छ । यस कारणले पनि मुटु रोगीहरुले विशेष सावधानी अपनाउनु पर्ने आवश्यकता छ । यो परिस्थितीमा मुटु लगायत अन्य नसर्ने रोगहरुको उपचारबाट बञ्चित भई कुनै पनि नेपालीको मृत्यु नहोस् भन्ने हाम्रो चाहना हो । त्यसका लागि पहलहरु हुन जरुरी छ। नेपाल सरकारले मुटु तथा अन्य नसर्ने रोगहरुको उपचारमा ठूलो लगानी गरेको देखिन्छ । विपन्न वर्गको उपचारमा पनि सरकारका ेधेर ैखर्च छ । यसबाट धेरै नेपाली लाभान्वित पनि भएका छन् । विप्।न्न वर्गलाई उपचारमा ठूलो राहत भएको छ । दिर्घकालिन रुपमा सोच्दा रोगको रोकथामतर्फ पनि सरकारले नीति कार्यक्रममार्फत लगानी बढाउनु पर्ने हामीले महसुस गरेका छौं । मुटुरोगको उपचारका निम्ती लगानी भएको कुल रकमको १० प्रतिशत मुटुरोगको रोकथाममा लगानी गर्नुपर्ने हुन्छ । अनि मात्र यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।

यस वर्ष “मन लगाउ, मुटु बचाउ”भन्ने नाराका साथविश्व मुटु दिवस मनाइदै छ । स्वस्थ जीवनशैली नै मुटुमा उर्जा भर्ने एक मात्र उपाय हो । यसबाट शरीरको प्रतिरक्षात्मक शक्तिमा बृद्धि भई कोरोना लगायतका संक्रमणहरुसँग लड्ने क्षमतामा बृद्धि हुन्छ । मुटु उर्जावान भए जीवन सशक्त बन्दछ । मुटु स्वस्थ राख्नका लागि हामी आफैले काम गर्न सक्छौं । पौष्टिक खाना खाने, धुम्रपान मद्यपान नगर्ने, बढी चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने, सकेसम्म सागसब्जी फलफूल प्रयाप्त मात्रामा खानामा सामेल गर्ने र नियमित व्यायाम गर्ने गरियो भने धेरै हदसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ । यसका साथै मानसिक तनाव पनि मुटु रोग बढाउने अर्को कारण हो । यसलाई कम गर्न पनि विभिन्न प्राणायाम, योग, मेडिटेसन लगायतका अभ्यासहरु गर्न सकिन्छ ।  यसका साथै ४० वर्ष पुगेको हरेक व्यक्तिले प्रत्येक वर्ष आफनो मुटु ठीक छ की छैन् भनेर जाँच गर्न जरुरी हुन्छ । सबैमा मुटु दिवसको शुभकामना !

(डा रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।)

थप समाचार

के हो बेडसोर अर्थात चाप घाउ ?

के हो बेडसोर अर्थात चाप घाउ ?

सलाम छ ती स्वास्थ्यकर्मीलाई..

सलाम छ ती स्वास्थ्यकर्मीलाई..