Health TV Online
Health TV Online

कोरोना संक्रमितको उपचारमा फिजियोथेरापीको महत्व

कोरोना संक्रमितको उपचारमा फिजियोथेरापीको महत्व

समिद कतिला श्रेष्ठ

हेल्थ टिभी अनलाइन: यतिबेला कोरोना भाइरस कोभिड १९ ले विश्वलाई नै त्रसित बनाएको छ । नेपालमा पनि पछिललो समय कोरोना संक्रमितको संख्या परीक्षणको दायरा बढेसँगै बढिरहेको छ । यो लेख तयार पार्दासम्म नेपालमा संक्रमितको संख्या १३  हजार बढी पुगिसकेको छ भने मृत्यु हुने २९ पुगेका छन्। कोरोनाको हालसम्म कुनै औषधि र खोप नबनेकाले यसको खासै उपचार छैन् । तर यसलाई लक्षण अनुसार उपचार गर्न भने जरुरी हुन्छ ।

त्यही अनुरुप केही कोरोना संक्रमितलाई उनहीरुको अवस्था अनुसार फिजियोथेरापीको आवश्यकता पर्न सक्छ । हुनत सबै कोरोना संक्रमित भएका सबैलाईलाई फिजियोथेरापी उपचार आवश्यकता भने पर्दैन। धेरै संक्रमित आफैं पनि निको हुन्छन। पछिल्लो खोज तथा अनुसन्धानले पत्ता लगाए अनुसार कोभिड लागेकामध्ये १४ प्रतिशत बिरामीलाई सिभियर इन्फेक्सन र ६ प्रतिशत क्रिटिकली ईल हुनसक्छन। हस्पिटलमा भर्ना भएका १६प्रतिशत लाई लामो समय आइसीयूमा राख्नुपर्ने हुनसक्छ भने तीमध्ये केही बिरामीहरुलाई श्वासप्रब्वासको जटिल समस्याले भेन्टिलेटरको आवश्यकता पनि पर्ने हुनसक्छ।

लामो समयसम्म आइसीयूको बेडमा रहनुपर्ने बिरामीहरुमा श्वासप्रश्वासको समस्या र शारीरिक कमजोरी दुबै हुनसक्छ। यस्तो अवस्थामा फिजियोथेरापिष्टहरुले बिरामीको अवस्था हेरी आवश्यक परेको खण्डमा फिजियोथेरापी गर्नसक्छन् । फिजियोथेरापिष्ट चिकित्सकले बिरामीले सास फेरेको तरिका ,शरीरमा अक्सिजनको मात्रा, रगतको रिपोर्ट ,छातीको एक्सरे जस्ता विभिन्न जाँचका रिपोर्ट हेरी मेडिकल टिम सँग परामर्श गरी त्यस्ता बिरामीलाई फिजियोथेरापी उपचार आवश्यक भए नभएको पत्ता लगाउँछन्।

सास फेर्न गाह्रो भएको बिरामीहरुलाई उपचार गराउँदा फिजियोथेरापिष्ट चिकित्सक नजिक जानु पर्ने र छोएर नै सेवा दिनुपर्ने भएकाले त्यसले संक्रमण सर्ने जोखिम धेरै हुने हुँदा आवश्यक परेको अवस्थामा मात्रै फिजियोथेरापी गरिन्छ। कोभिड १९ भएका बिरामीहरुलाई नजिक गई उपचार र सहयोग गर्ने सबैले पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पीपीई) अनिवार्य रुपमा प्रयोग गरेर मात्र बिरामी हेर्नुपर्छ।

फिजियोथेरापिष्ट चिकित्सकहरुले निम्न समस्याहरुमा कोभिड- १९ बिरामीहरुको उपचार गर्न सक्छन् :

१- अक्सिजनको लेबल कम भएको अवस्थामा
स्वास प्रस्वासको समस्या हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन्छ। यस्तो अवस्थामा बिरामीलाई विभिन्न पोजिशनमा राखेर, छाति तथा श्वासप्रश्वासको व्यायामहरु गराएर, भेन्टिलेर तथा अक्सिजन दिने वा बढाउने माध्यमहरुबाट स्वासप्रस्वास लाई सहजीकरण गरी अक्सिजनको मात्रा बढाउनमा मद्दत गर्न सक्छन्।

२- फोक्सोमा भएको म्युकस तरल पदार्थ सम्बन्धी समस्या

हुनत कोभिड १९ भएका व्यक्तिहरुमा सुख्खा खोकी हुन्छ तर चीनमा गरिएको एउटा रिसर्चमा ३४प्रतिशत बिरामीहरूको फोक्सोमा म्युकस देखिएको थियो। लामो समयसम्म आइसीयूको बेडमा रहिरहेका बिरामीहरु को फोक्सोमा म्युकस जम्मा भई फोक्सो भित्रको हावा बस्ने थैलीहरु भरिएर सास फेर्न गारो हुन सक्छ। यस्तो अवस्थामा बिरामीलाई विभिन्न पोजिसनमा राखेर ९पोस्चरस ड्रेनेज० वा विभिन्न किसिमका व्यायमहरु तथा साधन प्रयोग गरी फोक्सोभित्र रहेको म्युकसलाई खोकीको माध्यमबाट वा सक्सनको प्रयोग गरी बाहिर निकाल्न मद्धत गर्न सक्छन्।बिरामीले खोकेर वा सक्सनको माध्यमबाट म्युकस बाहिर निकाल्ने यो प्रक्रियामा संक्रमणको जोखिम अझ बढी हुने हुँदा यसमा कुनै सम्झौता वा कमी नगरी सावधानी अपनाएर मात्रै गर्नुपर्ने हुन्छ।

३- शारिरीक कमजोरी
फिजियोथेरापी को मुख्य पक्ष भनेकै शारीरिक तन्दुरुस्ती , मानिसको हिडडुल गर्ने र दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतालाई विकास गरी आत्मनिर्भर बनाउनु हो । कोभिड लागी आइसियुमा लामो समय भएका धेरै विरामीहरुको शारीरिक अवस्था कमजोर हुन्छ। त्यसले उनीहरूको मास्सपेसीहरु कमजोर हुनका साथै हिडडुल गर्नसक्ने क्षमता र दैनिक क्रियाकलाप कठिन हुन्छ। यसतो अवस्थामा फिजियोथेरापीले बिरामीलाई विभिन्न व्यायामहरु गराई मांशपेशीहरु बलियो र शरीरलाई तन्दुरुस्त बनाउन मद्दत गर्छन्। शारीरिक तन्दुरुस्त बढ्नाले स्वास्थयका अरू पक्षहरु जस्तै पर्तिरोधात्मक क्षमता , मानसिक अवस्था , अक्सिजनको मात्रा , दैनिक क्रियाकलापमा पनि सुधार हुन्छ।

४- फिजियोथेरापी पुनर्स्थापना
कोरोना रोग निको भई हस्पिटलबाट डिस्चार्ज भई घर गएका बिरामीहरु मध्ये ४० प्रतिशत ले शरीर कमजोर हुने , थाक्ने र गल्ने जस्ता समस्याहरु आएको बताउने एक रिसर्चले बताउछ। हस्पिटलमा गरिने फिजियोथेरापी उपचार भन्दा पुनर्स्थापना केही भिन्न हुन्छ। पुनर्स्थापना गर्नुपर्ने विरामीहरुलाई लामो समयसम्म विभिन्न किसिमका व्यायामहरू गरी शारीरिक तन्दुरुस्ती बढाउनुका साथै दैनिक क्रियाकलापहरू सहजिकरण गराउन विभिन्न प्रकारका व्यायमहरु सिकाईन्छ। पुनर्स्थापनामा गराउँदा बिरामीहरुले लामो समयसम्म व्यायामहरू घरमै पनि गर्न सक्छन । यस्तोमा बिरामीलाई विभिन्न समयमा बोलाई शरीरको अवस्थामा सुधार भए नभएको हेरी व्यायामहरू थपघट गरिन्छ। अहिलेको अवस्थामा आवश्यक परेको अवस्थामा मात्र बिरामीहरु अस्पताल आउनुपर्छ तसर्थ सम्भव भएसम्म फोनबाटै या टेलिमेडिसिनको माध्यमबाट फलोअप गर्न नै उचित रहन्छ।

हाल नेपालमा पनि टेली रिह्याविलीटेसनको अवधारणा विस्तारै विकास हुँदैछ, कोभिडको महामारीले यस अवधाराणाकाे विकास हुने थप उर्जा मिलेको छ। आशा गरौँ आउने दिनहरुमा यो माध्यमवाट हामी पुनर्स्थापनाका सबै सेवालाई नेपालको कुना कन्दरासम्म पुर्याउन सकौँ।

( श्रेष्ठ नेपाल फिजियोथेरापी संघका महासचिव एवं अर्थोप्लास्ट रिह्याब सेन्टरका कार्यकारी निर्देशक हुन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा