Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेडीगोठजस्ता क्वारेन्टाइन, कसरी रोकिएला संक्रमण ?

भेडीगोठजस्ता क्वारेन्टाइन, कसरी रोकिएला संक्रमण ?

कल्पना आचार्य\काठमाडौं : आइतबार बाँके नरैनापुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकले समयमा उपचार नपाएका कारण ज्यान गुमाए । भारतबाट आएका उनलाई रोग नलागोस र अरु कसैमा रोग नफैलिओस भनेर स्थानीय सरकारले उनलाई क्वारेन्टाइनमा लगेर राख्यो । तर उनलाई के थाहा त्यही क्वारेन्टाइनमा ज्यान जाला भन्ने । आमा-बाबु, घर परिवार कसैलाई भेट्नै नपाई आफै बिदा भए सदाका लागि ।

क्वारेन्टाइनमा कसैको ज्यान जानु त्यो पनि समयमा उपचार नपाएर यो भन्दा लाजमर्दो अर्को के हुनसक्छ । क्वारेन्टाइनमा राख्नुको अर्थ उनीहरुलाई कोरोनाबाट बचाउन खोज्नु पनि हो । तर त्यही क्वारेन्टाइनमा न त उपचारका लागि स्वास्थ्यकर्मी छन्,  नत कुनै सेवा सुविधा नै ।  त्यस्ता नाम मात्रका क्वारेन्टाइन राखिरहने हो र सुधार नगर्ने हो भने धेरै सर्वसाधारणले ज्यान गुमाउने सम्भावना पक्कै बढ्नेछ ।

विश्व स्वास्थ्य संगठनको क्वारेन्टाइनसम्बन्धी ‘गाइडलाइन्स’ अनुसार क्वारेन्टाइनमा राख्दा दूरी कायम गरेर राख्नुपर्ने, स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने, पौष्टिक आहारको व्यवस्था, नियमित स्वास्थ्य परीक्षण, एम्बुलेन्सको व्यवस्था, सरसफाईमा ध्यान दिइनुपर्ने लगायतका सुविधा हुनुपर्ने उल्लेख छ ।

सरकारले यतिबेला अधिकांश स्थानमा सरकारी विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाएको छ । हामी सबैलाई थाहा भएकै कुरा हो हाम्रा विद्यालय र क्याम्पसको भौतिक पूर्वाधार कस्ता हुन्छन् र छन् भन्ने । कुर्सी टेबल हटाएर सामान्य म्याट बिछ्याएर अधिकांश क्वारेन्टाइनमा एउटै कोठामा १५ \२० जनालाई कोचेर राखिएको छ । यसरी भेडा बाख्रा जसरी क्वारेन्टाइनमा राख्ने हो भने उनीहरुलाई घरमै होम क्वारेन्टाइनमा बस भनेको ठिक हैन र ?

बाँकेको नरैनापुरमा आइतबार मृत्यु भएका व्यक्तिसँगै बसेका थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कसले कसलाई भाइरस सार्यो त्यो पछिको कुरा हो तर उनीहरुलाई कोरोनाको आंशकामा राखिसकेपछि किन एक अर्काको दूरी कायम गर्न ख्याल गरिएन  ? किन उनीहरुलाई एउटै कोठामा सँगै राखियो । यसरी कोचेर सबैलाई राख्दा रोग सर्छ भन्ने कुरा नबुझेको की नबुझे जस्तै गरेको ?

क्वारेन्टाइनकै कुरा गर्दा झण्डै एक महिना अघि बाँकेकै महेन्द्र बहुमुखी क्याम्पसमा राखिएका एक व्यक्तिले सो स्थानको दयनीय अवस्था सार्वजनिक गरेका थिए । जसमा नत शौचालयको व्यवस्था थियो,  न त खानेपानीको, नत खानाको राम्रो प्रबन्ध नै  । नेपालका अधिकांश क्वारेन्टाइनमा सर्वसाधारणलाई कोचेर राखेको देख्दा लाग्छ त्यो भेडीगोठ हो । न त शौचालयको उचित व्यवस्था छ , न त सरसफाईको, सबैलाई एउटै कोठामा कोचेर राखिएको छ । जबकी कोरोना संक्रमण फैलिन नदिनका लागि कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने हुन्छ । अझ क्वारेन्टाइनमा राख्ने भनेको कोरोना संक्रमण भएको हुनसक्छ भन्ने आशंका गरेर हो । यस्तो अवस्थामा अझ बढी सतर्कता अपनाउनुपर्ने हो ।

त्यसो त कोरोना भाइरस शुरु भएको चीनको हुबे प्रान्तका १७५ जना मेडिकल विद्यार्थीलाई सरकारले बडो तामझामका साथ ल्यायो र खरिपाटीस्थित क्वारेन्टाइनमा राख्यो । जहाँ सरकारले गरेको व्यवस्थाको उनीहरु स्वयंले निकै प्रशंसा पनि गरे । तर उनीहरु मात्रै देशका नागरिक हुन् त ?  हेक्का राखौं चीनमा अध्ययनरत अधिकांश  विद्यार्थी हुनेखानेका छोराछोरी थिए । उनीहरुलाई नेपाल ल्याउन सरकारलाई ठुलै दबाब थियो । सोही दबाबका कारण करोडौं खर्च गरेर सरकारले उनीहरुलाई लिएर आयो र पूरा सुविधा  दिएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्यो ।

त्यसो त केन्द्रमा स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई यतिबेला भ्याइ-नभ्याई छ । दैनिक जसो सार्वजनिक गरिने तथ्यांकमा यति क्वारेन्टाइन बनायौं, यति आइसोलेसन बनायौं भनि नै रहेका छन्। तर यसको  व्यवस्थापनको जिम्मा कसले लिने हो ? कसैसँग जवाफ छैन्।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे क्वारेन्टाइनको जिम्मा स्थानीय सरकारको भएकाले हामीलाई त्यसको बारेमा धेरै थाहा हुन्न भन्छन्। यसैगरी मन्त्रालयका प्रवक्तालाई त संक्रमित क्वारेन्टाइनमा मरिसक्दा पनि सूचना पुगिसकेको हुँदैन । उनको रेडिमेड जवाफ हुन्छ ‘म बुझ्छु ।’ आखिर सबैको जिम्मा लिने र जवाफ दिने कसले हो त ?

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा रहेका युवा रातभर छटपटिँदा पनि एम्बुलेन्स पाएनन्। झाडाबान्ता गरिरहँदा पनि  जीवनजल पाएनन्। उनको स्वास्थ्य बिग्रदै छटपटिंदै गर्दा न त स्वास्थ्यकर्मी नै आए । एम्बुलेन्सले पीपीई नभएका काण आउन नमानेको कुरा वडाअध्यक्ष स्वयंले विभिन्न मिडियामा भनिसकेका छन्। त्यति धेरै जना क्वारेन्टाइनमा राखिएको र यसअघि नै संक्रमित फेला परिसकेको स्थानमा एम्बुलेन्सको व्यवस्था किन गर्न सकिएन ? स्वास्थ्यकर्मीका लागि पीपीईको व्यवस्थापन किन हुन सकेन ? प्रश्न धेरै छन् तर उत्तर कसैसँग छैन्। किनकी तीन तहको सरकार छ । स्थानीयले प्रदेशलाई देखाउँछ, प्रदेशले केन्द्र सरकारलाई, मारमा पर्छन सर्वसाधारण ।

शायद यही कारणले होला क्वारेन्टाइनमा राखिएका धेरै व्यक्ति भागिरहेका छन्।  केही दिन अघि मात्र कपिलवस्तुका ४५ जना सर्वसाधारण  क्वारेन्टाइनबाट रातीको समयमा भागेका थिए । यसअघि नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसमा राखिएका ४ सय बढी संक्रमित पर्खाल चढेर भागेको भिडियो भाइरल नै बनेको थियो । अन्य क्वारेन्टाइबाट पनि फाट्टफुट्ट भागि नै रहेका छन्। कति बाहिर आए कति आएका छैनन्। फरक त्यति मात्र हो ।

शायद उनीहरुलाई क्वारेन्टाइनको अव्यवस्थित तालिका,  कसैको निगरानी नहुनु र उल्टो संक्रमण सर्ने  मानसिक तनावका कारण पनि धेरैले त्यस्तो कदम चालेका होलान्। यस्तो महामारीको बेला भारतबाट आएका उनीहरुलाई कति मानसिक तनाव होला ? खै उनीहरुलाई मनो-सामाजिक परामर्श लागि स्वास्थ्यकर्मी खटाएको ? कपिलवस्तुको क्वारेन्टाइनमा बसेका थापा थरका एक व्यक्तिले ट्वाइलेटको व्यवस्था नहुँदा सबैजना खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएको बताएका छन्। उनले भने, ‘विद्यालयको दुई वटा ट्वाइलेट छ, हामी १५० जना भन्दा बढी छौं, पालो कुर्न सम्भव नै हुन्न त्यसैले हामी खुल्ला झाडी भएको स्थानतर्फ जान्छौ ।’ यस भनाइले सरकारको खुला दिसामुक्त क्षेत्रको घोषणाको खिल्ली उडाएको छैन् र?

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा रहेका युवा रातभर छटपटिँदा पनि एम्बुलेन्स पाएनन्। झाडाबान्ता गरिरहँदा पनि  जीवनजल पाएनन्। उनको स्वास्थ्य बिग्रदै छटपटिंदै गर्दा न त स्वास्थ्यकर्मी नै आए । एम्बुलेन्सले पीपीई नभएका काण आउन नमानेको कुरा वडाअध्यक्ष स्वयंले विभिन्न मिडियामा भनिसकेका छन्। त्यति धेरै जना क्वारेन्टाइनमा राखिएको र यसअघि नै संक्रमित फेला परिसकेको स्थानमा एम्बुलेन्सको व्यवस्था किन गर्न सकिएन ? स्वास्थ्यकर्मीका लागि पीपीईको व्यवस्थापन किन हुन सकेन ? प्रश्न धेरै छन् तर उत्तर कसैसँग छैन्। किनकी तीन तहको सरकार छ । स्थानीयले प्रदेशलाई देखाउँछ, प्रदेशले केन्द्र सरकारलाई, मारमा पर्छन सर्वसाधारण ।

त्यसो त कोरोना भाइरस शुरु भएको चीनको हुबे प्रान्तका १७५ जना मेडिकल विद्यार्थीलाई सरकारले बडो तामझामका साथ ल्यायो र खरिपाटीस्थित क्वारेन्टाइनमा राख्यो । जहाँ सरकारले गरेको व्यवस्थाको उनीहरु स्वयंले निकै प्रशंसा पनि गरे । तर उनीहरु मात्रै देशका नागरिक हुन् त ?  हेक्का राखौं चीनमा अध्ययनरत अधिकांश  विद्यार्थी हुनेखानेका छोराछोरी थिए । उनीहरुलाई नेपाल ल्याउन सरकारलाई ठुलै दबाब थियो । सोही दबाबका कारण करोडौं खर्च गरेर सरकारले उनीहरुलाई लिएर आयो र पूरा सुविधा  दिएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्यो ।

भारतबाट फर्केकालाई भने विद्यालयमा ल्याएर कोचिएको छ । स्वास्थ्य मन्त्रालयकै तथ्यांक हेर्ने हो भने पनि बिहिबारसम्म जम्मा २५ हजार ३० जना देशका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका छन्। देशभर छरिएर रहेका क्वारेन्टाइनमा झण्डै २५ हजार व्यक्तिलाई पनि सरकारले व्यवस्थित गर्न नसक्ने हो भने कोरोनाले महामारीकै रुप लिएर हजारौंमा देखिएमा सरकारको तयारी के त ? क्वारेन्टाइनलाई व्यवस्थित गर्नतर्फ ध्यान नजाने हो भने संक्रमण फैलाउने मात्र हैन अव्यवस्थित क्वारेन्टाइनमै ज्यान गुमाउनेको संख्या नबढ्ला भन्न सकिन्न।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या