Health TV Online
Health TV Online

कोभिड-१९ परीक्षणमा र्‍यापिड डायग्नोष्टिक टेस्ट: विकल्प या वाध्यता

कोभिड-१९ परीक्षणमा र्‍यापिड डायग्नोष्टिक टेस्ट: विकल्प या वाध्यता

खुशबु यादव

कोरोना भाइरस अर्थात कोभिड-१९ को प्रकोपबाट विश्व नै आक्रान्त भएको छ । हालसम्म २ लाख ३८ हजार बढी मानिसले विश्वभरि ज्यान गुमाईसकेका छन् भने विभिन्न देशहरुमा जीवन र मृत्यु बीच लाखौं मानिस संघर्षरत देखिन्छन् । वर्तमान परिवेशमा नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना रणनीतिहरुलाई परिष्कृत र परिमार्जित गर्दै ट्राभल रेष्ट्रिकसन, ट्रेसिंग, टेस्टिंग, ट्रयाकिङ्ग, ट्रीटमेन्ट र टुगेदर लगायतका ६ वटा फर्मुलालाई अघि सारेता पनि प्रयोगशाला परीक्षणले तिब्रता लिनसकेको छैन्।

नेपालमा मोलिक्युलर लेभलका प्रयोगशालाहरु उपकरणयुक्त र दक्ष जनशक्ति पर्याप्त नभएकाले पीसीआरको प्रयोग नभई आरडीटीलाई कोभिड १९ को परीक्षणमा प्रयोग गर्नु आवश्यकता भन्दा पनि वढी वाध्यता देखिन्छ । तदनरूप, विभिन्न देशबाट नेपाल आएका, क्वारेन्टाइनमा बसिरहेका व्यक्तिमा कोरोना भए वा नभएको परीक्षण गर्न आरडीटी विधिलाई प्राथमिकता दिई देशको ७७ वटै जिल्लामा संक्रमण छ छैन हेर्नलाई र्‍यापिड डायग्नोष्टिक टेस्ट आरडीटी लाई गतिशिलता दिईएको छ ।

र्‍यापिड डायग्नोष्टिक टेस्ट अर्थात आरडीटी भनेको ‘इम्मुनोक्रोमाटोग्राफी’ वा ‘ल्याट्रल फ्लो इम्मुनोएसे’ को पोजिटिभ वा निगेटिभ गुणात्मकताका आधारमा प्रयोग गरिने विशेष प्रकारको इम्मुनोकेमिकल रिएक्सन नाप्ने विधि हो । यो सानो सहज र सजिलै एक ठाउँबाट अर्को ठाउँमा बोक्न सक्ने टेस्टिंग किट हो । यो सेरोलोजिकल विधि एन्टीजेन एन्टीबडी रियेक्सनको सिद्धान्तमा आधारित हुन्छ । मुख्यत: यसमा दुई प्रकारको एउटा एन्टीजेन किट र अर्को एन्टीबडी किटवाट स्क्रीनिंगका लागि विशेषगरि पोइन्ट अफ केयरमा परीक्षण गरिन्छ । यो लेख तयार पार्दा सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार जम्मा प्रयोगशाला परीक्षण ५७,१८९ मध्ये ४५,६६५ एन्टीबडी आरडीटी विधि र ११,५२४ पिसिआर विधिवाट परीक्षण गरिएको छ । नमुना संकलनको क्रम बढेपनि लकडाउनको एक महिना बितिसक्दा पनि त्यस अनुपातमा परीक्षण कार्य बढाउन नसकिएको तथ्यांकवाट स्पष्ट हुन्छ  ।

हुनत कोरोनाको संक्रमण बढेतापनि विश्वमा नै शुरुवातमा कोभिड -१९ को परीक्षणमा र्‍यापिड डायग्नोष्टिक टेस्टको प्रयोग भने त्यति गरिएन । तर पछि वस्तुस्थितिलाई ध्यानमा राखी ४ मार्च, २०२० मा सेन्टर्स फर डिजिज कन्ट्रोल एंड प्रिभेन्सन (सिडीसी) ले क्लिनिसियनहरुको निर्णय अनुरुप प्रयोगशालामा आरडीटिको प्रयोग हुने अथवा नहुनेलाई प्राथमिकता दिदैं लगाइएका बन्धेजहरुलाई खुकुलो पारे । आरडीटिको प्रभावकारिता न्यून र चुनौतिपूर्ण भएकाले सिडीसीले यसको प्रयोगमा मुख्य तीन कुरालाई प्रधानता दिएका छन् । पहिलो अस्पतालमा भर्ना भएका कोभिड-१९ का लक्षण देखिने विरामी, दोस्रो संकटमय सिम्पटोमेटिक विरामी र तेस्रो त्यस्ता व्यक्तिहरु जो १४ दिन भित्र कोरोना संक्रमित वा संक्रमण सम्भावित सित सम्पर्कमा आएका अथवा संक्रमित समुदायको ट्रयाभल हिस्ट्री भएका व्यक्तिहरु पर्दछन् ।

१६ मार्च, २०२० मा युनाइटेड स्टेटस् फूड एड ड्रग एडमिनिट्रेसन( एफडीए)  ले पनि कोभिड-१९ को र्‍यापिडडायग्नोष्टिक टेस्टको कम्प्लेक्सीटीलाई ध्यानमा राखी नीतिलाई अपडेट गर्दै निश्चित मापदण्ड तोकेर प्रयोगशालामा वा स्वास्थ्यकर्मीद्वारा प्वाइन्ट अफ केयरमा आरडीटी विस्तारित रुपमा प्रयोग गर्न स्वीकृति प्रदान गर्यो । तर, एफडीएले घरमा आरडीटि परीक्षण गर्नलाई अनुमति दिएको छैन ।संगसंगै फाउनडेसन फर इनोभेटिभ न्यु डायगनोस्टिकस् ९एफआइएनडी० ले आरडीटि टेस्टको अनुमोदनका लागि निर्माण देखि प्रयोगसम्म मापदण्डहरु निर्धारित गरि प्रकाशित गरेका छन् ।अमेरिका, युरोप, अस्ट्रेलिया, भारत जस्ता अन्य देशहरुले पनि आरडीटी विधिबाट कोभिड- १९ परीक्षण गरिरहेका छन् ।

नेपालमा कोभिड -१९ जाँच गर्न रगतको नमुनामा चीनबाट आयात भएको एन्टीबडी किटले परीक्षण हुँदैछ । नेपालमा हाल प्रयोग हुने एन्टीबडी किटमा मात्र २ वटा डीटेक्सन ब्याण्डमा एउटा कन्ट्रोल र अर्को टेस्ट लाइन ९आइजिएमरआइजिजी वा अन्य का लागी रहेका छन् । यस विधिमा संकलन गरिएको रगतरसेरमरप्लाज्मा लाई स्याम्पल वेलमा राखेर त्यसमा २(३ ड्रोप बफ्फ़र त्यहि स्याम्पल वेलमा राखिन्छ । नतिजा १० मिनट पछि तर १५ मिनट भित्रमा टेस्ट लाइनमा रंग हेरेर निश्चित गरिन्छ । यद्यपि, डब्लुएचओले सक्रिय बिरामीको जाँच र परीक्षणमा हालसम्म यो विधिलाई स्वीकृति नदिएको अवस्था छ ।

विभिन्न अनुसन्धानहरुका अनुसार कोरोनाको संक्रमण दर फरक(फरक भएपनि प्रायः एक संक्रमित व्यक्तिवाट चार जनालाई सर्न सक्ने देखिएको छ ड ।ब्लुएचओ र नेचर साइन्सको अहिलेसम्मको तथ्यांकमा यो भाइरसवाट हुने मृत्युदर ५।९९ भएपनि यो दर दिनानुदीन बढ्दै गइरहेको छ । आरडीटि परीक्षण विधिको विस्वश्नीयतालाई मात्र आधार मानेर अगाडी बढ्ने स्थिति देखिदैन  । प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण पहिचान गर्न आरडीटि र पिसिआरको प्रभावकारी र गुणात्मक रिपोर्ट महत्वपुर्ण हुनजान्छ । तर आरडीटिको नतिजा र पिसिआरको फरक नतिजा जुनबेला पनि आउन सक्ने हुन्छ । किनभने वैज्ञानिक अनुसन्धानहरुको आधारमा संक्रमित शरीरले निश्चित समयपछि संक्रमण बिरुद्ध मानिसको शरीरमा आइजिजी र आइजिएम जस्ता एन्टीबडीहरु उत्पादित गर्दछ । एन्टीबडीहरुको निर्माणाधीन समयअवधिले कोभिड(१९ को परीक्षण नतिजालाई प्रभाव पारेको र फरक रिपोर्टहरु आउने तथ्यको पुष्टि भइसकेको छ ।

प्रारम्भिक चरणमा कोभिड- १९ को संक्रमण भएको १देखि ७ दिन भित्र आरडीटि नेगेटिभ आउँछ भने पीसिआरको नतिजा पोजेटिभ आउँछ मध्यम चरणमा ७-१० दिन पछि आरडीटि पोजेटिभ आउँछ र पिसिआरको नतिजा पनि पोजेटिभ नै देखिन्छ । अन्तिम चरणमा लगभग १४-२१ दिन पछि वा ३-४ हप्ता पछि आरडीटि पोजेटिभ आउँछ र पीसीआर परीक्षणको नतिजा चाँही नेगेटिभ देखाउन सक्छ ।यदि कुनै व्यक्तिमा आरडीटि र पिसिआर दुबै नेगेटिभ आउँछ भने विषाणुको संक्रमण नरहेको अवस्था बुझिन्छ ।

जबसम्म बिरामीको अवस्था अन्य परीक्षण संगै मिलाएर रिपोर्टको नतिजाहरुलाई विश्लेषण गरिदैंन तबसम्म प्रयोगशालामा कुनै परीक्षण आफैमा पूर्ण हुनसक्दैन  वि ।भिन्न देशहरुले र्‍यापिड डायग्नोष्टिक टेस्टलाई प्रयोगमा ल्याए पनि यसका रिपोर्टहरु माथि थरि थरिका प्रश्नहरु उठान भएको सार्वजनिक भइसकेको छ । आरडीटिको नेगेटिभ नतिजाले बिरामी कोरोना संक्रमित छैन भनेर यकिन गर्न मिल्दैन । कम एन्टीबडी रहेमा अथवा प्राविधिक रुपले कुनै कमि रहेको खण्डमा नतिजा नेगेटिभ आउन सक्छ ।

अर्को समस्या के छ भने यदि टेस्ट लाइन पोजेटिभ देखियो भने यो आइजिजी वा आइजीएम अथवा दुवैको कारणले पोजेटिभ देखिएको हो भनेर छुट्याउन सकिदैन । जसले संक्रमण प्रारम्भिक, मध्यम वा अन्तिम चरणको हो बुझ्न गार्हो हुन्छ । अर्थात, आरडीटि किटमा ३ वटा डीटेक्सन ब्याण्ड रहेका र्‍यापिड टेस्ट किटलाई प्रयोगमा ल्याए फलदायी हुनसक्छ । किनभने, त्यसवाट आइजिजी वा आइजिएम अथवा दुबै एन्टीबडीहरु छन् भनेर सजिलै पता लगाउन सकिन्छ ।

त्यसो त, कोरोनाको संक्रमण रोक्नलाई लकडाउन, क्वारेंटाइन र आइसोलेसनमा राखी उपचार गर्ने गरिन्छ ितर, मेडिकल साइन्सले रोगको उपचारमा मुख्यरुपमा तीन अस्त्र शल्यक्रिया, प्रयोगशाला परीक्षण र औषधि उपचारलाई प्रयोग गरेपनि तत्कालै कोरोनाका लागि उचित औषधि, खोप र शल्यक्रिया गर्ने नभएकाले प्रयोगशालामा गुणात्मक परीक्षणलाई प्राथमिकता दिई संक्रमितहरुलाई पहिचान गरि थप संक्रमणलाई रोक्नु नै मुख्य उपाय हुनसक्छ ।

कोरोनाभन्दा बढी त्रास त अहिले शंकास्पद रिपोर्टहरुले गरेको छ आरडीटि परीक्षणले कोरोना संक्रमितलाई यकिनका साथ पहिचान गर्न सक्दैन तसर्थ, आरडीटिले मात्र हुने होइन, बरु संसारकै सर्वोत्तम विश्वसनीय पिसिआर विधिवाट संक्रमितलाई पहिचान गरिनु नितान्त आवश्यक छ राज्यले यस्तो विषम परिस्थितिमा प्रयोगशालाहरुमा पिसिआरको सेटअप गरि प्रदेशहरुमा पिसिसार सेवा सुचारु गरेको पाइला एकदमै सराहनीय कार्य हो ितर, विडम्बना नै भनौ, सातै प्रदेशमा कोभिड(१९ परीक्षणका लागि प्रयोगशाला बढ्दै गएको र पिसिआर परीक्षण घट्दै गएको छ किनभने पिसिसार विधिमा बढी समय लाग्ने र यसमा अनुभवी उच्च दक्ष जनशक्तिहरु पनि चाहिन्छ ।

हाल, नमुना संकलन र ओसार पोसार गर्न चाहिने भाइरल कल्चर मिडियम तथा पिसिआर परीक्षणमा चाहिने सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता नभएकाले नमुना परीक्षणमा कमि आउनु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अदुरदर्शितालाई स्पष्ट बोध गराउँछ भने अर्को तिर नमुना संकलनको प्रक्रिया, विधि र प्राविधिकहरु माथि नकारात्मक टिप्पणीहरु हुनु पनि चिन्तनीय विषय देखिन्छ ।

आरडीटि मात्रको परीक्षणले आम नेपालीलाई कोरोना महामारीको संकटमय भुमरीमा पार्ने सजिलै आँकलन गर्न सकिन्छ ियस्तो समयमा पीसीआर परीक्षणको महत्व नबुझी आरडीटिको प्रयोगलाई बढावा दिनु कतै भ्रष्टाचारको षड्यन्त्र र कमिशनको चलखेल त होइन िआश्चर्य नै देखिन्छ कि लकडाउनको एक महिना नाघिसक्दा पनि पिसिआर परीक्षणले गति लिनसकेको छैन िआखिर किन यति दिन पछि पनि पिसिआर विधि सक्रिय रुपमा सुचारु हुनसकेनन् रु कतै त सुचारु भएको पिसिआर समेत बन्द भइसकेको छापाहरुमा आइसकेको छ िआखिर किन यो अवस्था सृजना भयो रु या त सरकारले यसलाई बुझेका छैनन्, या बुझ्न चाहेका छैनन्, या बुझेर पनि नबुझया जस्तो गर्दैछन् ।

बुझ्नै पर्ने हुन्छ कि, पिसिआर प्रविधिको प्रयोग सबैले गर्न सक्दैनन् । य सको लागि चाहिन्छ तालिमप्राप्त अनुभवी दक्ष जनशक्ति संगै व्यवस्थित प्रयोगशाला िरोग सम्बधित सुक्ष्मजीव विज्ञानका जनशक्तिहरुको कमि भने नेपालमा होइन तर सरकारले विगत देखि नै माईक्रोबाओलोजिस्टहरुलाई अवहेलना गरेर यो अवस्थालाई निमन्त्रणा दिएका छन् ।

त्यसकारण, यस्तो विषम परिस्थितिमा राज्यले सुक्ष्मजीव कोभिड(१९ को परीक्षणमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, सुक्ष्मजीव विज्ञान विभाग, कीर्तिपुर र मान्यता प्राप्त संस्थाहरुबाट उत्पादित सबै मेडिकल माईक्रोबाओलोजिस्टहरुलाई समयमै समायोजन र सदुपयोग गरेको भए पिसिआरको प्राविधिक समस्याहरुलाई सजिलै टार्न सकिन्थ्यो ।  तर, त्यस्तो हुनसकेन ।सरकारको उदासिन रवैयाले देशको जेठो विश्वविद्यालयवाट उत्पादित माईक्रोबाओलोजिस्टहरुलाई प्रयोगशाला परीक्षणवाट वन्चित राख्नु सम्पूर्ण सुक्ष्मजीव विज्ञान, विज्ञ, विशेषज्ञ र विज्ञता सँगै त्रिभुवन विश्वविद्यालयको स्मितालाई मर्माहत गरेको छ ।

अन्ततः के भन्न सकिन्छ कि र्‍यापिड डायग्नोष्टिक टेस्टले संक्रमितको सहि पहिचान होइन, संक्रमणको आंकलन वा निगरानी मात्र गर्न सक्छ ।यापिड टेस्ट किटवाट निगेटिभ रिजल्ट आउदैंमा सार्स कोभ-२ को संक्रमण नभएको यकिन गर्न सकिदैन भने नन सार्स कोभ-२ को पुरानो वा नयाँ संक्रमणले गर्दा कोरोना भाइरसका एसट्रेन जस्तै कोरोना भाइरस एचकेयू १, एनएल ६३, ओसी ४३ वा २२९ ई ले गर्दा पनि पोजेटिभ रिजल्ट आउन सक्छ । अर्कोतिर, फल्स नेगेटिभ नतिजा झनै खतरनाक र घातक हुनसक्छ । अर्थात आरडीटि कै रिपोर्टको आधारमा बिरामीलाई छोड्नु कोरोनाको निदान होइन कि भयाभह स्थिति सिर्जना गराउनु हो । सुक्ष्मजीव बिशेषज्ञहरुले नेपालमा आरडीटिको प्रयोग दुखद र औचित्वहिन रहेको र राज्यलाई दोहोरो खर्चको भार हुने समेत दावि गर्दै आएका छन् । डब्लुएचओले र्‍यापिड  डायग्नोष्टिक टेस्टलाई मास स्क्रिनिंग, एपिडेमियोलोजिकल रिसर्च तथा सर्भिलेन्सका लागी मात्र प्रयोग गर्न भनेर स्पष्ट तोकेको अवस्थामा पनि नेपालमा भने व्यापक रुपमा डाइग्नोसिसका लागि प्रयोग भइरहेको हुँदा आउँदो समयमा राज्यले ठुलो क्षती बेहोर्नु पर्ने अवश्यम्भावी देखिन्छ ।

त्यसैले एउटा मात्र ब्रहमास्त्र मोलेकुलर परीक्षण विधि आरटी पिसिआरलाई प्राथमिकता दिई सुक्ष्मजीव विशेषज्ञहरुलाई सदुपयोग गरेर कोरोनाको संक्रमण र संक्रमित व्यक्तिको सही पहिचान गरि स्वास्थ्यकर्मीहरुको मनोवललाई वढाएर रोगको उपचार र निदान गरेमात्र जनता र देशलाई सुरक्षित राख्न सकिन्छ ।

( यादव माइक्रोबायोलोजिस्ट हुन् ।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा