लकडाउनको समयमा फस्टाएको ‘एम हेल्थ’ र ‘एम लर्निङ’

लकडाउनको समयमा फस्टाएको ‘एम हेल्थ’ र ‘एम लर्निङ’

डा. सुशील कोइराला

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको पनि एक महिना भन्दा बढी भइसकेको छ । कलकारखाना, व्यापार व्यवसाय , यातायात सम्पूर्ण बनद छन्। मानिसलाई बाहिर निस्कन समेत दिइएको छैन्। त्यसैले यो लकडाउनका बेला इन्टरनेट, मोबाइल एप्स र सँगसँगै एम हेल्थ अर्थात मोबाइल हेल्थ र एम लर्निङ मोबाइल लर्निङ एकाएक बढेको छ । यतिमात्रै हैन वर्क फ्रम होम अर्थात घरबाटै काम गर्ने, भर्चुअल मिटिङ गर्ने अभयासलाई ह्वात्तै बढाएको छ ।  हुन त यी सबै अभ्यास नभएका होइनन, तर विदेश को तुलनामा नेपालमा अलि कम नै प्रचलनमा हो। तैपनि बिश्वभर नै यी सबै गतिबिधिहरु बढाईदिएको छ। विदेशमा त यो शैक्षिक सत्र पुरै अनलाइनबाट चलाउने अवस्थामा पुगेको, बिश्वबिद्यालयहरु सबै अनलाइन क्लास संचालन गर्दै छन्। नेपाल मै पनि भर्खरी काठमाडौँ र त्रिभुवन बिश्व बिद्यालयले अनलाइन क्लास हरु केही हद सम्म सुरु गर्ने प्रयास गरेका छन्।

यति मात्रै होइन केही बिद्यालयहरु पनि ले प्राथमिक तहका स्कूल पनि जुम एपबाट अनलाइन संचालन गर्न थालेको फोटोहरु फेसबुकमा देखिन थालेका छन् लकडाउनका कारण यतिखेर एप बाट खान अर्डर गर्ने, होटेल बुक गर्ने ट्याक्सी बुक गर्ने मात्र होइन चिकित्सकसँग एपबाट अनलाइन कन्सल्टेसन अरु व्यापक मात्रामा सुरु हुन थालको छ। टेलि मेडिसिन र अनलाइन कन्सल्टेसनको महत्व बढेर गएको छ। मानिस बिस्तारै यसमा अभ्यस्त हुँदै जान पनि थालेका छन्।

यो सबै कुराको उद्देस्य यतिखेर विश्वको परिवर्तित र परिवर्तन उन्मुख अवस्था हो। अब हामी चाहेर या नचाहेर पनि केही हदसम्म अनलाइन शिक्षा र स्वास्थ्यका गतिबवधि अगाडी बढाउनु पर्ने देखिन्छ। अहिले कोरोनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयलाई अब त्यता तिर ध्यान दिने, योजना बनाउने कि भन्ने तिर यो लेख को आसय हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्र छ। त्यसको काम पनि स्वास्थ्य सम्बन्धी सूचना , जानकारी, प्रचार या प्रकाशन लगायतका काम गर्ने हो। त्यसै गरि राष्ट्यि स्वास्थ्य तालिम केन्द्र पनि छ। त्यसको काम चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धि तालिम दिने हो। बिगत एक दशक भन्दा बढी देखि सिमित मात्रामा काठमान्डौं मोडेल अस्पताल, टिचिंग अस्पताल, पाटन अस्पताल लगायतबाट केहि हदसम्म टेलि मेडिसिन पनि सुरु नगरिएको होइन। त्यसको अनुभवबाट पनि सिक्न र समिक्षा गर्न सकिन्छ।

कोभिड -१९ को त्रासका कारण विभिन्न खालको मानसिक समस्या मुख्यतया डिप्रेसनको समस्या आउन सक्छ । यसको असर स्वास्थ्यकर्मीलाई पनि देखिन सक्ने देखिन्छ । त्यसैले कोभिड -१९ रेस्पोन्स योजनामा मनोसामाजिक परामर्श र मनोचिकित्साको पनि योजना र कार्यक्रम हुन जरुरी छ । अहिले विभिन्न संस्थाबाट अनलाइन टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा दिने गरिएको देखिन्छ । यी सबै प्रयासहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै प्लेटफर्ममा सबै सेवा सम्बन्धी सूचना स्वास्थ्य मन्त्रालय बाट हुन सक्ने भएको हुँदा थप पहल गर्दा उपयुक्त होला। कोभिड १९ को त्रास, आइसोलेसनमा हुँदा, कतिको रोजगारी गुम्ने तथा व्यपार व्यवसायमा हुने नोक्सानीका कारण मानसिक तवाव बढ्न सक्छन्। यी कुरालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले केही कदम उठाउन जरुरी छ ।  यो बेला बालबालिकालाई यतिकै घरमा राख्नुभन्दा एम लर्निङ मार्फत कक्षाहरु दिन सकिन्छ । डिस्टेन्स एजुकेसन दिन सकिन्छ । यसको शुरुवात स्वास्थ्य र शिक्षाबाट गर्न सकिन्छ।

अहिले कोभिड १९ को सूचना संकलन पनि एप बाट भैराखेको छ। त्यसैले अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम हेल्थ, टेली मेडिसिन , अनलाइन तालिम र सी एम ई ओरिन्टेसन लगायतका गतिविधिहरु बढाउनु पर्ने देखिन्छ।  मुख्यतया एउटा सानो साखामार्फत या राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना संचार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महााखा सबैको समन्वयमा स्वास्थ्य मन्त्रलायले अब एम हेल्थ र टेली मेडिसिन या कन्सल्टेसन सेवा विस्तार गर्न उपयुक्त देखिन्छ।

हिजो आज विभिन्न एप मार्फत निजि क्षेत्रले पनि यस्तो सेवा संचालन गरेका छन्। मुख्यतया अहिले लकडाउको बेला मनोसामाजिक परामर्श टेलि -मेडिसिन र अनलाइन एपबाट पनि सुरु गर्न उपयुक्त देखिन्छ। परिवार नियोजन, किशोर किशोरी यौन शिक्षा, स्वास्थ्य सम्बन्धी विभिन्न परामर्श तथा जानकारी, लगायतका सेवा केही हदसम्म दिन र कुनै रोग प्रतिको गलत धारणा कम गर्न या बेलैमा स्वास्थ्य सेवा लिन लाई प्रेरित गर्न सहयोगी भूमिका खेल्न सक्छ।  यसै पनि धेरै समुदायहरुमा हामी नेपालीमा स्वास्थ्य सेवा लिने व्यवहार कमी छ। सुरुकै अवस्थामा स्वास्थ्य चेक जाँच तथा परामर्श गर्ने चलन अलि कम छ। त्यसैले अहिले को परिस्थितिबाट सिक्दै यी सबै कुरालाई सेवा पनि रुपान्तरण गर्ने मौका मिलेको छ। स्वास्थ्य प्रबर्धन कार्यक्रमको लागि पनि यो सहयोगी सिद्ध हुन सक्छ। आयुर्वेदिक लगायतका स्वास्थ्य सेवाको कुरा गर्दै गर्दा, योगा, ध्यान, व्यायाम लगायतलाइ पनि प्रबर्धन गर्नु उपयोगी सिद्ध हुन सक्छ।

कोभिड -१९ को त्रासका कारण विभिन्न खालको मानसिक समस्या मुख्यतया डिप्रेसनको समस्या आउन सक्छ । यसको असर स्वास्थ्यकर्मीलाई पनि देखिन सक्ने देखिन्छ । त्यसैले कोभिड -१९ रेस्पोन्स योजनामा मनोसामाजिक परामर्श र मनोचिकित्साको पनि योजना र कार्यक्रम हुन जरुरी छ । अहिले विभिन्न संस्थाबाट अनलाइन टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा दिने गरिएको देखिन्छ । यी सबै प्रयासहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै प्लेटफर्ममा सबै सेवा सम्बन्धी सूचना स्वास्थ्य मन्त्रालय बाट हुन सक्ने भएको हुँदा थप पहल गर्दा उपयुक्त होला। कोभिड १९ को त्रास, आइसोलेसनमा हुँदा, कतिको रोजगारी गुम्ने तथा व्यपार व्यवसायमा हुने नोक्सानीका कारण मानसिक तवाव बढ्न सक्छन्। यी कुरालाई ध्यानमा राख्दै स्वास्थय मन्त्रालयले केही कदमउठाउन जरुरी छ ।  यो बेला बालबालिकालाई यतिकै घरमा राख्नुभन्दा एम लर्निङ मार्फत कक्षाहरु दिन सकिन्छ । डिस्टेन्स एजुकेसन दिन सकिन्छ । यसको शुरुवात स्वास्थ्य र शिक्षाबाट गर्न सकिन्छ।

यतिखेर कोरोना संक्रमणले चुनौतीसगै केही अवसरहरु पनि दिएको छ । जस्तो यही समयमा हामीले काम गर्ने सिकाइको तरिका बदल्न सक्छौं । यो संकटका बेला प्रविधिको विकास गर्दै अल्पकालिन र दीर्घकालिन कार्यक्रम ल्याउन सकिन्छ । कोरोना महामारीले ल्याएको चुनौतीसँगै यसले पारेका प्रभाव न्युनिकरण गर्न र परिवर्तनलाई आत्मसाथ गर्न पनि  सूचना प्रबिधि क्षेत्रमा राज्यले लगानी बढाउँदै जानु पर्छ र स्वास्थ्य र शिक्षाको क्षेत्रमा अब ‘एम हेल्थ’ र ‘एम लर्निङ्ग’लाइ प्रवर्धन गर्दै लाने बेला आएको छ ।

थप समाचार