Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा.शैलज रञ्जितकारको सल्लाह : यस्तो अवस्थामा गर्नुपर्छ घुँडा प्रत्यारोपण (भिडियाेसहित)

डा.शैलज रञ्जितकारको सल्लाह :  यस्तो अवस्थामा गर्नुपर्छ घुँडा प्रत्यारोपण (भिडियाेसहित)

उमेर बढ्दै जाँदा प्राकृतिक रूपमै कपाल सेतो हुने, दाँत फुस्किने, चाउरीपना आउने जस्तै शरीरका हड्डीहरू पनि कमजोर हुने र खिइँदै जान्छन्। अन्य हड्डी भन्दा हाम्रो शरीरको भार थेग्ने हिप तथा घुँडा प्रमुख भएकाले यी जोर्नी खिइएमा भने समस्या बढी हुन्छ। अझ त्यसमा पनि घुँडाको समस्या अझ बढी देखिन्छ।

समस्या आइसकेपछि शुरुमा औषधि र बढी नै समस्या भएर हिँडडुलमा नै गाह्रो हुन थालेपछि घुँडा प्रत्यारोपण बाहेक अन्य उपाय छैन। तर पनि समस्याले मानिसको दैनिक जीवनमै असर नपारेसम्म हामी प्रत्यारोपणको सल्लाह दिंदैनौँ। किनभने घुँडा प्रत्यारोपण भनेको जटिल शल्यक्रिया हो। घुँडा प्रत्यारोपण ‘लक्जरी सर्जरी’ पक्कै होइन जबसम्म यसको विकल्प नै हुँदैन तब मात्र प्रत्यारोपणमा जानुपर्छ। यस्ता मानिसहरूको जोर्नीको अवस्था जाँच गरेपछि थाहा भइहाल्छ। पहिले पहिले यसलाई लक्जरी सर्जरीको रूपमा लिइन्थ्यो। तर अहिले आवश्यकता बन्दै गएको छ।

कुन अवस्थामा गर्ने घुँडा प्रत्यारोपण?

घुँडा खिइँदैमा सबैले  प्रत्यारोपण गरी हाल्नुपर्दैन। यसका आफ्नै लिमिटेसन छन्। जब उमेर बढ्दै जान्छ तब घुँडा खिइँदै जान्छ र कुनै बेला यस्तो अवस्था आउँछ जुन बेला व्यक्तिलाई सुत्न, बस्न हिँड्न नै समस्या भइदिन्छ। दुखाइकै कारण उ एक पाइला हिँड्न पनि गाह्रो हुन्छ भने त्यस अवस्थामा प्रत्यारोपणको आवश्यकता पर्छ। यसलाई दैनिक रूपमा हुने दुखाइ एवं हिँड्नमा जुन समस्या छ त्यस्ता व्यक्ति प्रत्यारोपण पछि मजाले हिँड्न सक्छन्।

आफ्नो काम आफैँ गर्न सक्ने हुन्छन्। तर अलि अलि दुखाइ र समस्यामा भने प्रत्यारोपण त्यत्ति प्रभावकारी नभएको भान हुनसक्छ। यसमा जति धेरै समस्या छ बिरामीलाई गाह्रो भएको छ, त्यति नै मात्रामा ‘रिजल्ट’ राम्रो हुन्छ। तर कम समस्यामा रिजल्ट कम नै हुन्छ।

प्रत्यारोपण पछि दुखाइ कम त पक्कै हुन्छ। दुखिरहनु भन्दा त नदुख्नु नै जाति हो नि होइन र? सर्जरी पछिको जीवन सामान्य जस्तै हुन्छ। हिँडडुलमा सजिलो हुन्छ। घुँडा ११० डिग्री सम्म खुम्चिने हुन्छ। होचो सोफामा बस्न सकिन्छ। पलेटी मारेर बस्न भने अलि गाह्रो हुन्छ। यो नर्मल व्यक्तिले पनि पलेटी मारेर नबसेको राम्रो हो।

अर्को कुरा उमेरको पनि कुरा, कम उमेरमा प्रत्यारोपण गर्नु उचित होइन। किनकी जुन ‘इम्प्लान्ट’ घुँडाको भित्र राखिन्छ। त्यसको आयु सामान्यतया १० देखि १५ वर्षको हुन्छ। त्यसैले ६० पछिका  व्यक्तिलाई गर्दा यो फाइदाजनक मानिन्छ। घुँडा प्रत्यारोपणमा ८० प्रतिशत बिरामी पूर्ण रूपमा सन्तुष्ट भएको पाइन्छ। यसमा पनि बढी समस्या हुने बढी सन्तुष्ट भएको पाइन्छ। पहिलेको जस्तै त हुँदैन। तर पनि निकै सजिलो हुन्छ।

घुँडा खिइएको छ र यसको गति तीव्र रूपमा छ भने यसले ठूलो समस्या निम्त्याउन सक्छ। मानिस अरुको सहारामा हिँड्न पर्ने अवस्था आउन सक्छ। त्यसैले घुँडा खिइन थालेपछि नियमित डाक्टरको परामर्श लिन जरुरी हुन्छ। घुँडाको खिइने तरिका र बिरामीको अवस्था हेरेर मात्र हामी प्रत्यारोपण गर्नुस् भन्ने सल्लाह दिन्छौँ। हामीले स्टार अस्पतालमा नियमित प्रत्यारोपण गरिरहेका छौं ।

कतिपय डराएर प्रत्यारोपण गर्दैनन्। पछि खुट्टा नै बांगिएर झनै हिँड्न नसक्ने भएर आउँछन्। खुट्टा बांगिसकेपछि भने शल्यक्रिया त्यति सन्तोषजनक हुन सक्दैन। त्यसैले यदि डाकटरले प्रत्यारोपण गर्न सल्लाह दिएका छन् भने गराइहाल्नुपर्छ। त्यमसा पनि म कहिल्यै पनि शल्यक्रिया गर्दिन भन्नेहो भने अर्को कुरा।

प्रत्यारोपण पछि दुखाइ कम त पक्कै हुन्छ। दुखिरहनु भन्दा त नदुख्नु नै जाति हो नि होइन र? सर्जरी पछिको जीवन सामान्य जस्तै हुन्छ। हिँडडुलमा सजिलो हुन्छ। ११० डिग्री सम्म खुम्चिने हुन्छ। होचो सोफामा बस्न सकिन्छ। पलेटी मारेर बस्न भने अलि गाह्रो हुन्छ। यो नर्मल व्यक्तिले पनि पलेटी मारेर नबसेको राम्रो हो।

घुँडा के कारणले खिइन्छ र बच्ने उपाय केहो भन्ने कुरा गर्ने हो भने पहिलो कारण त उमेर नै हो। त्यसैले उमेरलाई हामी रोक्न सक्दैनौँ। अर्को कारण वंशाणुगत हो। यसलाई पनि रोक्न सकिंदैन। त्यसैगरी कहिलेकाहीँ सानो वेलामा जोर्नीमा चोट लागेको छ भने त्यस्ता व्यक्तिको छिटो घुँडा खिइन्छ। बाथरोगले पनि घुँडा खियाउन मद्दत गर्छ।

साथै पलेटी मार्ने, घुँडा धेरै खुम्च्याउने हाम्रो बानी पनि अर्को कारण हो। यसबाट शतप्रतिशत बच्छु भन्न गाह्रो छ। तर पनि घुँडा धेरै नखुम्चाउने, थाइ तथा खुट्टाको मसल बलियो बनाउन व्यायाम गर्ने, पोषणयुक्त खानेकुरामा ध्यान दिने बानी गर्नुपर्छ। उमेर बढ्दै गएपछि डाक्टरको सल्लाहमा क्याल्सियम लिने गर्नाले यो समस्याबाट केही हदसम्म बच्न सकिन्छ।

भिडियाे: 

  • डा. शैलज रञ्जितकार

    घुँडा तथा हिप प्रत्यारोपण विशेषज्ञ डा रञ्जितकार सानेपास्थित स्टार अस्पतालमा कार्यरत छन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या