वसन्त ऋतुमा स्वस्थ रहन पालना गर्नुस् आयुर्वेदका यी नियम

वसन्त ऋतुमा स्वस्थ रहन पालना गर्नुस् आयुर्वेदका यी नियम

शिशिर ऋतुमा रुखविरुवाका पात झरेर उजाड भएका हुन्छन्। वसन्त ऋतुमा रुखमा पालुवा पलाउँछ। जताततै हरियाली र फूल फुलेका दृश्य देखिन्छन्। यसरी ऋतुपिच्छे परिवर्तन आउनु प्रकृतिले रंग फेर्नु स्वाभाविक हो। ऋतु फेरिएजस्तै मानिसको आनीबानी र व्यवहार पनि परिवर्तन हुनुपर्छ। अर्थात् गर्मी महिनामा गर्ने क्रियाकलाप जाडो महिनाका लागि उपयुक्त हुँदैन। जाडो महिनामा खाइने खानेकुराले गर्मी महिनामा फाइदा नगर्न सक्छ।

आयुर्वेदमा ऋतुचर्याको सन्दर्भ आउँछ। ऋतु अर्थात् मौसम (सिजन), चर्या भनेको आहार र व्यवहार। मौसमअनुसारको आहारव्यवहार गर्नुलाई नै ऋतुचर्या भनिन्छ। आयुर्वेदको यो ऋतुचर्या अनुशरण (फलोअप) गर्ने हो भने धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। निरोगी भई दीर्घायु जीवन जिउन सकिन्छ।

यो समयमा हावा धेरै चल्ने कारण धुलोका कारण पानीको स्रोत प्रदूषित भएको हुनसक्छ। त्यसैले शुद्ध पानी पिउने कुरामा सधैँ सचेत हुनुपर्छ। तताएर वा औषधि राखेर पानीको निर्मलीकरण गर्न सकिन्छ। तातोपानी पिउन मन नलागे उमालेर मनतातो वा चिसो बनाएर पिउन सकिन्छ।

प्राकृतिक दृश्यावलकोनका दृष्टिले वसन्त ऋतुको महत्त्व कति छ भनेर माथि नै भनियो। तर स्वास्थ्यका दृष्टिले त्यति अनुकुल नहुन सक्छ। जाडोबाट गर्मीयाममा प्रवेश गर्ने भएकाले मानवस्वास्थ्यमा विभिन्न समस्या आउन सक्छ। यो मौसममा टाउको दुख्ने, ज्वरो आउनेदेखि सामान्य खालका भाइरल इन्फ्ल्युन्जा, झाडापखाला, आउँ, टाइफाइड र मलेरियाजस्ता समस्या निम्तिन सक्छन्। विशेषगरी साना बालबालिकादेखि गर्भवती, वृद्धावस्था भएका व्यक्तिहरुलाई असर गर्छ। यी समस्या आउनुको कारण हामी नै हौँ। ऋतुअनुसारको व्यवहार नगर्दा नै रोगका किटाणुले आक्रमण गर्ने हुन्।

यो समयमा हावा धेरै चल्ने कारण धुलोका कारण पानीको स्रोत प्रदूषित भएको हुनसक्छ। त्यसैले शुद्ध पानी पिउने कुरामा सधैँ सचेत हुनुपर्छ। तताएर वा औषधि राखेर पानीको निर्मलीकरण गर्न सकिन्छ। तातोपानी पिउन मन नलागे उमालेर मनतातो वा चिसो बनाएर पिउन सकिन्छ। बासी खानेकुरामा किटाणुको संक्रमण हुन्छ। त्यो खाँदा पनि आउँ र झाडापखाला जस्ता समस्या आउनसक्छ। ज्यादै नयाँ र पुराना अन्नको परिकार खाँदा पनि नपचेर विभिन्न समस्या आउन सक्छ। त्यसैले यो समयमा विशेषतः पच्ने किसिमको खानेकुरा खानुपर्छ।

बोसो भएको मासु, चिल्लो, पिरो ज्यादा खाँदा पनि समस्या आउँछ। फाइबर (रेशा) युक्त खानेकुरा खान सकिन्छ। गर्मीबाट बच्न मौसमी फल काँक्रो, खरबुजा आदि प्रशस्त खानुपर्छ। गर्मी भएको बहानामा धेरैले बजारका पेय पदार्थ पिउँछन्। यो बानी राम्रो होइन। यसले गर्मी कम गर्ला तर स्वास्थ्यका लागि राम्रो गर्दैन। यसको साटो बरु दही मोही वा फलबाट घरमै रस बनाएर पिउन सकिन्छ। जुनसुकै मौसम होस् सरसफाइमा ध्यान दिनै पर्छ। झन् गर्मी मौसममा त किटाणुको संक्रमण बढ्ने भएकाले सरसफाइमा बढी नै ध्यान दिनुपर्छ।

वसन्त ऋतुमा पहिरनमा पनि ध्यान दिनुपर्छ। जाडोमा जस्ता बाक्ला लुगा यतिवेला उपयुक्त हुँदैनन्। बाहिर हिँड्नेहरूलाई घामको किरणले असर गर्नसक्छ। त्यसैले छाता लिएर हिँड्नुपर्छ। वेलामा खाने, सही मात्रामा खाने, वेलामा सुत्ने, पर्याप्त निद्रा लिने र वेलैमै उठ्ने नियम अपनाउनसके वसन्त ऋतु मात्र होइन अन्य कुनै पनि मौसममा रोगले आक्रमण गर्न सक्दैन।

सानातिना स्वास्थ्य  समस्यामा एलोपेथिक औषधि लिइहाल्ने बानी गर्नुहुँदैन। घरेलु रूपमा पाइने औषधिहरूको प्रयोग गर्न सकिन्छ। आयुर्वेदिक औषधिहरूले राहत लिन सकिन्छ।

शाहीसँग हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले गरेको कुराकानीमा आधारित