Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महिना नपुगी जन्मिएका शिशुको जीवनरक्षाका लागि ‘मायाको अँगालो’

मायाको अँगालोले आयुषलाई दियो नयाँ जीवन

महिना नपुगी जन्मिएका शिशुको जीवनरक्षाका लागि ‘मायाको अँगालो’

नवजात शिशुको मृत्युको विभिन्न कारणमध्ये महिना नपुगी जन्मिनु पनि एक हो। करिब ३१  प्रतिशत शिशु महिना नपुगी जन्मिएका कारण कम तौलका हुन्छन्। जन्म तौल २,५०० ग्राम भन्दा कम भएमा शिशुलाई विभिन्न किसिमको स्वास्थ्य समस्या आउँछ र मृत्यु हुनसक्ने सम्भावना हुन्छ।

गुणस्तरीय स्याहार दिन सकेमा नवजात शिशुको मृत्युमा कमी आउन सक्छ। चितवनको भरतपुर अस्पतामा प्रवाहित गुणस्तरीय सेवाबाट बाँच्न सफल एक प्रतिनिधि पात्र हुन्, आयुष गिरी।

आयुष गिरीको जन्म २०७६ जेठ १७ गते भरतपुर अस्पतालमा भएको हो। आयुषकी आमा सरस्वती तथा बुबा नवराज गिरीको स्थायी ठेगाना सर्लाही राजघाट हो। हाल उनीहरू चितवन रत्ननगरपालिका टाँडीमा बसोवास गर्दै आएका छन्। सरस्वतीले १२ कक्षा पढेकी छिन्। आयुषको परिवारमा उनीसहित चारजना छन्। दाजु ५ वर्षको हुँदा उसको जन्म भयो। गर्भावस्थामा सरस्वती नियमित जाँचका लागि हरेक महिनाको १५ गते रत्ननगर टाँडीस्थित बकुुलर अस्पतालमा जाने गर्थिन्। जाँच गर्दा उनीमा थाेरै सुगरको समस्या देखिएको थियो।

शुरुको तीन महिना अलिअलि रगत जान्थ्याे। तर स्वास्थ्यसंस्थामा ‘खासै डराउनु पर्दैन’ भन्ने सल्लाह पाएकी थिइन्। त्यसवेला स्वास्थ्यसंस्थामा गर्भपतन नहुने सुई पनि लगाइएको थियो। क्याल्सियम र आइरन चक्की दिनहुँ खाने गर्थिन्। गर्भ ३ महिनाको भएपछि रगत देखिन बन्द भयो। गर्भ सात महिनाको हुँदा नियमित जाँच गराउन उनी स्वास्थ्यसंस्था गइन्। ‘सबै कुरा ठीक छ’ भन्ने जानकारी पाएकी थिइन्। तर त्यसै दिन साँझ अलिकति रगत बग्यो। उनी तुरुन्त निजी अस्पताल पुगिन्। त्यहाँ भिडियो एक्सरे र अन्य जाँच भयो।

अन्त्यमा, नेपालमा करिब १२ प्रतिशत शिशु कम तौलको जन्मिन्छन्। कमतौलका शिशुको जीवनरक्षाका लागि गरिने एक अति आवश्यक स्याहार मायाको अँगालो विधि हो। स्याहारका लागि खर्च नपर्ने तर शिशुको तौल बढाउन अत्यन्त प्रभावकारी यो विधि हरेक अस्पतालमा प्रयोगमा ल्याउन सकेमा आयुष जस्ता धेरै नवजात शिशुको ज्यान जाेगाउन सकिन्छ।

‘आमा र बच्चा दुबैको स्वास्थ्य स्थिति ठिकै छ’ भनेर केही औषधी दिएर उनलाई घर पठाइयो। भोलिपल्ट पनि अलिअलि रगत बगिरह्यो। आफ्नो समस्या बताउँदै उनले स्वास्थ्यकर्मीलाई फोन गरिन्।
सरस्वती बताइरहेकी छिन्– उताबाट ‘भरतपुर अस्पताल वा चितवन मेडिकल कलेज गइहाल्नुस्, तपाईँलाई व्यथा लागे जस्तो छ’ भनी बताएपछि म झसङ्ग भएँ र तुरुन्त भरतपुर अस्पतामा पुगेँ। मलाइ भर्ना गर्यो। म बेडैमा पल्टिरहेकी थिएँ, एकैपछिनमा शरीरबाट तातो कुरा बगेजस्तोे लाग्यो। त्यहीबेला च्याहाँऽ गरेको सानो मसिनो आवाज सुनेँ। म आत्तिदै ‘सिस्टर सिस्टर’ भन्दै बोलाउन थालेँ। एकजना सिस्टर आइपुग्नु भो। ‘लौन कति सानो बाबु’ भन्दै हातमा उठाउनु भो। सानो बच्चो पो जन्मिसकेछ। अस्पतालमा सुत्केरी हुने मिति २०७६ भदौ १ गते दिएको थियो। बच्चा त सातै माहिनमा जन्मियो। सिस्टरले तौल लिनु भयो। बच्चा ७०० ग्रामको रहेछ।

त्यसैबेला डाक्टरसाबहरु र अरु सिस्टरहरु पनि आउनु भयो। ‘यो बच्चा त धेरै सानो छ एनआईसीयूमा राख्नुपर्छ भन्नुभयो। तर एनआईसीयूमा सिट रहेनछ। एक डाक्टरले ‘एक दिनको लागि अर्को अस्पतालमा एनआईसीयूमा राख्नुस् यहाँ खालि हुनेवित्तिकै भर्ना गरिदिन्छु’ भन्नुभयोे। तर बच्चा साह्रै सानो छ यो बाँच्दैन होला भन्ने लाग्यो। प्राइभेटमा धेरै खर्च लाग्छ खर्च धान्न सक्दैनौँ भन्ने ठानी बाहिर लान आँटै आएनँ। त्यसदिन बच्चालाई वार्डमै अक्सिनजमा राखियो। भोलिपल्ट सिट खाली भएपछि एनआईसीयूमा सारियो।’

आयुषको उपचारमा प्रत्यक्ष संलग्न एनआईसीयू इन्चार्ज डा.ओमकृष्ण पाठकले दिएको जानकारी अनुसार बच्चाको तौल जन्मिँदा ७०० ग्रामको थियो। पाँच दिनपछि उसको तौल घटेर ५०० ग्राम भयोे। दुई हप्ताको पुगेपछि भने तौल अलिअलि बढ्न थाल्यो। जन्मिँदा तौल कम भएका शिशुहरू आमाको दूध चुस्न सक्दैनन्। त्यसैले त्यो शिशुलाई दोएर राखिएको आमाकोे दूध एनजी ट्युबको सहायताले खुवाउने गरियो। डा.पाठकले भने ‘यो सानो शिशुलाई शितांग नहोस् भनी एनआईसीयूमा न्यानो बनाउने मेसिन ‘वार्मर’मा राखियो। यसैबेलादेखि सरस्वतीलाई एनआईसीयू वार्डमै बोलाएर १,२ घण्टा आयुषलाई मायाको अँगालोमा राख्न लगाइन्थ्यो।

बच्चाको रगत जाँच गर्दा संक्रमण देखिएकाले एन्टिबायोटिक र अक्सिजन पनि दिइयो। शिशुलाई एनआईसीयूमा ६५ दिन राखियो। साह्रै कमतौलको भएका कारण शिशुलाई २,२ घण्टाको फरकमा दिउँसो र राति पनि दूध दुहेर निफ्टी कपको सहायताले खुवाउने गरियो। ‘सानो जन्मिएको बच्चालाई हुर्काउन राम्रो स्याहार गर्नु पर्छ। घर जाँदैमा बच्चाको स्याहार पूरा हुँदैन। वेलावेला डाक्टरलाई जँचाउने, सुझावअनुसारको स्याहार पुर्याउने गर्नु पर्छ’, डा.पाठकले भन्छन्, ‘यस्तै कुरा हामी घर पठाउनु अघि अभिभावकलाई भन्ने गर्छौँ।’                                                                                                                   ***

बच्चा बचाउन धेरै कष्ट सहेर लामो समय अस्पतालमा बसिरहिन् सरस्वती। ‘साह्रै अत्यास लाग्थ्यो। ‘बाँच्छ होला बच्चा डाक्टर साहेब?’ भनेर सोध्दा ‘बाँच्छ, बचाउन हामी टिमका सबै लागिपरेका छौँ’ भन्नुहुन्थ्यो डाक्टर सापले। उहाँहरूको राम्रो बोली बचनले बच्चालाई ठीक हुन्छ भन्ने लाग्थ्यो।’ सरस्वतीले भनिन्। ७०, ७१ दिन पछि आयुषले अक्सिजन बिना नै सास फेर्न थाल्यो। त्यसपछि उसलाई ‘केएमसी’ वार्डमा सारियो। ‘शुरुमा अलिकति मात्र खाने गथ्र्याे। मायाको अँगालोमा दिनभर राख्न थालेदेखि तौल पनि बढदै भयो। दूध पनि अहिले २० मिलिलिटर खाने गरेको छ। भोक लागेपछि विस्तारै रोएर खान माग्छ’, सरस्वतीले भनिन्।

के हो मायाको अँगालो?

महिना नपुगी जन्मेका वा जन्म तौल कम भएका शिशुको शारीरिक तापक्रम सामान्य राख्न आमा र शिशुलाई विशेष स्याहरका लागि राख्ने कक्ष हो, केएमसी। मायाको अँगालो केएमसी विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त गुणस्तर प्रमाणित विधि हो। केएमसी कक्षमा शिशुलाई आमाको नांगोे छातीमा शिशुको नांगो छाती टाँसेर राखिन्छ। यो कक्षमा कोठामा तापक्रमको उपयुक्त व्यवस्था हुन्छ। साथै विषेश किसिमको कुर्सीको व्यवस्था हुन्छ।

शिशुको अवस्था अनुसार एनजी ट्युब वा निफ्टी कपबाट शिशुलाई आमाको दूध खुवाउने व्यवस्था हुन्छ। यसबाहेक शिशुको अवस्थाअनुसार बरोबर जाँच गर्ने र दिनहुँ तौल मापन गर्ने, शिशुलाई पर्याप्त अक्सिजन पुगे नपुगेको याद गर्ने, दिन अनुसार शिशुको वृद्धि विकास भए नभएको एकिन गर्ने गरिन्छ। शिशुको अाँखाको सरसफाई, हात धुने व्यवस्था, शिशुको अक्सिजन लेभल कस्तो छ, हेर्ने व्यवस्था हुन्छ।

शिशु महिना नपुगी वा कम तौलको जन्मिनुका धेरै कारण हुन्छन्। आमा कम उमेरमा गर्भवती हुनु, पौष्टिक आहारको कमी, आमाको उचाइ कम हुनु, हर्मनको गडबडी जस्ता विभिन्न कारणले बच्चा समय नपुगी जन्मिन्छ। शिशु सानो हुनुको कारण पनि गर्भ ३७ हप्ताको पुग्नु अगावै जन्मिनु हिो। कमतौलका शिशुहरुलाई न्यानो कपडामा बेरेर राख्दा पनि उसको शरीर नतात्ने हुँदा मायाको अँगालोको आवश्यकता पर्छ। २२ हप्ता नाघेर जन्मेका वा जन्म तौल ५०० ग्राम भन्दा बढी तौल भएका शिशुलाई अस्पतालमा जन्मेको अवस्थामा बचाउन सकिन्छ। साना शिशु बचाउनका लागि स्वास्थ्यसंस्थामा गुणस्तरीय स्याहारको जरुरत हुन्छ। मायाको अँगालो विधि नेपाल विभिन्न अस्पतालमा सामान्य रूपमा प्रयोगमा ल्याउने प्रयास भइरहे पनि केही जिल्लाका अस्पतालमा मात्र मायाको अँगालो विषेश कक्ष बनाइएको छ।

भरतपुर अस्पताल मायाको अँगालो

केएमसी कक्षकी इन्चार्ज रामकुमारी सापकोटाका अनुसार भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा.युवानिधि बसौलाको सक्रियता र बालरोग विषेशज्ञ डा. प्रज्वल पौडेलको प्राविधिक सहयोगमा भरतपुर अस्पतालमा मायाको अंगालो कक्षको निर्माण भएको हो। गोल्डेन कम्युनिटी नामक संस्थाबाट २०७५ साल चैतमा निर्मित यो कक्ष चार शय्याको छ।

भरतपुर अस्पतालमा जन्मिएका साना शिशुलाई यो कक्षमा राखी विशेष सेवा सुसार गरिन्छ। यो कक्षमा गएको वर्ष ९ जना र यस वर्ष ४३ गरी जम्मा ५२ शिशुहरुले सेवा लिई स्वस्थ अवस्थामा घर फर्केका छन्। साना शिशुहरुको चापका आधारमा भरतपुर अस्पतालमा कम्तिमा १० शय्या हुन जरुरी भएको इन्चार्ज रामकुमारी बताउँछिन्। साना शिशुलाई चाहिने विशेष स्याहार भनेको उसको शरीरको तापक्रम उपयुक्त राख्नु र दूध चुस्न नसकुञ्जेल वैकल्पिक विधि जस्तै, निफ्टी कप र एनजी ट्युबबाट दूध खुवाउनु हो, जुन मायाको अँगालो कक्षमा गरिन्छ।

सरस्वती भन्छिन्– मायाको अँगालो कक्षमा सारेपछि बाबुलाई उसको बाबा र मैले नियम पुर्याएर मायाको अँगालोमा राख्न थाल्या छौँ। यति सानो बच्चा हुर्काउन सजिलो कसरी हुन्थ्यो? न निद लाग्दा सुत्न सक्छु न खानको मेसो छ। उसको बाबाको पेशा गाडी हाँक्ने हो। काममा गए कमाइ हुने हो। खर्च पुर्याउन गाह्रो भैसक्यो। कहिलेसम्म यसरी बस्नु पर्ने हो यहाँ? ठूलो छोरा स्कुल जान पाएको छैन। घरपरिवारका कसैबाट सहयोग छैन। बच्चा महिना नपुगी जन्मिएको छ भनी घरमा खबर पठाएका हौँ। त्यत्रो सानो बच्चा बाँच्ने होइन किन माया लम्बाउनु व्यर्थै भन्नुभयाे।

मायाको अँगालोबारे यसअघि सरस्वतीले कहिल्यै सुनेकी थिइनन्। ‘कहिँकतै छातीमा आमाले बोकेको फोटो त देखेकी थेँ, तर यसबारे केही हेक्का राखेकी थिइनँ। अहिले सिस्टरहरुले बताएपछि थाह पाएँ। ज्यानको तातो भएपछि बच्चा छिटो बढ्ने रहेछ।’ सरस्वतीले भनिन्। सरस्वतीलाई आफूले जानेको कुरा अरुलाई सिकाउन खुब मन लाग्छ। अस्पतालमा लामो समय बस्दा उनलाई झ्याउ पनि लागेको छ। त्यसैले उनी बार्डतिर बरण्डामा गएर अरु आमाहरूलाई मायाको अँगालोको फाइदाको कुरा गर्छिन्। बच्चा छातीमा राख्न पनि सिकाउँछिन्। यसो गर्दा उनलाई आनन्द लाग्छ रे।

आयुष ९४ दिनको हुँदा उसको तौल १६६० ग्राम पुग्यो। त्यसपछि उसलाई घर पठाइयो। सरस्वती भन्छिन् ‘ बच्चालाई ज्यानको तातोमा धेरैबेर राख्दा बच्चा छिटो बढ्ने रहेछ। मैले यही कुरा बुझेँ। आयुष २५०० ग्रामको नपुगुञ्जेल घर गएर पनि मायाको अँगालोमा राख्छु। मैले जानेको कुरा गाउँ छिमेकमा अरुलाई पनि सिकाउँछु।’

अन्त्यमा, नेपालमा करिब १२ प्रतिशत (स्वास्थ्य सेवा विभाग वार्षिक प्रतिवेदन ०७४\७५) शिशु कम तौलको जन्मिन्छन्। कमतौलका शिशुको जीवनरक्षाका लागि गरिने एक अति आवश्यक स्याहार मायाको अँगालो विधि हो। स्याहारका लागि खर्च नपर्ने तर शिशुको तौल बढाउन अत्यन्त प्रभावकारी यो विधि हरेक अस्पतालमा प्रयोगमा ल्याउन सकेमा आयुष जस्ता धेरै नवजात शिशुको ज्यान जाेगाउन सकिन्छ।

लेखिका गोल्डेन कम्युनिटीसँग आबद्ध छिन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या