Health TV Online
Health TV Online

जाडो मौसम र दम–खोकी

जाडो मौसम र दम–खोकी

साधारणतया दम खोकी भनिने रोग चिकित्सकीय भाषामा धेरै कारणले हुन्छ। विभिन्न एलर्जीले हुने आस्थामा, चुरोट खाएर हुने ‘सीओपीडी’, मुटुरोग भएर पछि दम बढ्ने ‘कार्डियाक आस्थामा’, बाथरोग बिग्रेर हुने आईएलडी, जुकाहरूले गर्दा हुने ‘इओसिनोफिलिया’, फंग्सले हुने ‘एबीपीए’ तथा यस्तै अन्य केही रोगहरूमा रोगी दम बढ्ने खोकी लाग्ने स्वाँ स्वाँ हुने, छाती कस्सिनेजस्ता लक्षण लिएर चिकित्सककहाँ आउछन्।

दमरोग धेरैजसो बालबालिका, वृद्ध र वयस्कहरूलाई लाग्ने फोक्सोको रोग हो। बच्चा र वयस्कहरूमा हुने दमको रोग प्रायः एलर्जीले गर्दा बढी हुन्छ भने अर्धबैँसे र बुढाबूढीहरूलाई हुने दम एलर्जी बाहेकका कारणहरूले गर्दा बढी हुन्छ। बच्चा र वयस्कहरूमा दमको लक्षण मुटुको जन्मजात रोगहरू मुटुमा प्वाल हुनु, प्वाल ठूलो साना हुनाले हुन सक्छ भने अर्धबैँसे उमेरमा दम, खोकी जस्ता लक्षण मुटु फेल, मिर्गौला फेल, कलेजो फेल र फोक्सोको टीबी जस्ता रोगहरूमा फोक्सोमा पानी भरिनाले पनि दमको व्यथा लिएर रोगी चिकित्सककहाँ आउने गर्छन्।

अर्धवैसेहरूमा दमको रोग चुरोट खाने व्यक्तिहरूमा बढी पाइन्छ भने सोही उमेर समूहका रोगीहरू आउने गर्दछन्। अर्धवैसेहरूमा दमको रोग चुरोट खाने व्यक्तिहरूमा बढी पाइन्छ भने सोही उमेर समूहका रोगहरू ब्लड प्रेसर बढेर मुटु फेल हुनाले दमका लक्षण लिएर अस्पताल पुग्छन्।

विभिन्न थरिका जुकाले पनि ईओसिनोफिलिया भन्ने अवस्था गराएर तथा जोर्नीको बाथको रोग भएका रोगीहरू वर्षौँ पछि दमले ग्रस्त हुन सक्छन्। केही युवा र अधिकांश युवतीहरू रोगी भएको जानेर या अञ्जानमा नाटक गर्न तथा मानसिक तनावले गर्दा पनि स्वास् छिटो फृेर्ने र बेहोश भए जस्तो भएर इमर्जेन्सी वेला न कुवेला आइपुग्छन् हिस्टेरिया। फोक्सोको क्यान्सर वा अन्तबाट फोक्सोको क्यान्सर वा अन्तबाट फोक्सोसम्म पुगेको क्यान्सरले पनि दमका केही लक्षण देखाउछन्। मकै भटमास सुपारी र बदाम उछ्टि्याएर खाने वेला बच्चाहरू साना खेलौनाका टुक्रा जानी नजानी फोक्सोतिर सर्किएर पनि श्वास छिटो छिटो चलेर ढिलो चाँडो उपचारका लागि आउन सक्छन्।

दमको रोग विकसित मुलुकहरूमा शहरलाई हरियालीयुक्त गरेकोले र हरियालीसँगै रुख बिरुवाहरू फूलेको मौसममा पराग अलर्जीले गर्दा बढी हुन्छ भने विकासोनमुख देशहरूका अव्यवस्थित शहरीकरण साना झ्यालढोका भएका घरहरू साँघुरा, धूलो उड्ने सडकहरू, थोत्रा पुराना सवारी साधनहरूले गर्दा धूलो धुवाँको एलर्जीले दमको व्यथा बढी हुन्छ। दमको रोग केही रोगहरूमा वंशाणुगत हुन्छ भने धेरैजसो रोगीहरूमा घरायसी उपभोग सरसामानको धुलो, सोफा, कार्पेट, कपडाहरू कुकुर र बिरालोको जिउको धूलो, रौँहरू साङ्ला, मुसा आदिको संसर्गबाट तथा दाउरा गुइठा बाल्दा निस्कने धुवाँ ग्यास चुलो र चुरोटको धुवाँले चुरोट नखानेलाई समेत एलर्जी भएको र दम सीओपीडी भएको पाइन्छ। केही प्रोटिनयुक्त खानाहरूले पनि दमको थालनी गर्न सक्छन्।

वातावरणीय प्रदूषण दम रोगको प्रमुख कारक तत्त्वमध्ये एक हो। प्रदूषणले दम गराउने कुरा शहरमा जम्मा घर संख्या, खाली जग्गा र घरको अनुपात घरहरूको जनघनत्व साथै व्यक्ति र कोठाहरूको अनुमान र शहरको जनघनत्व साथै व्यक्तिले भीडमा र भित्री शहरमा बिताएको समयमा भर पर्दछ। वातावरण प्रदूषणको एउटा प्रमुख कारण डिजल र पेट्रोलबाट चल्ने सवारी साधनहरू हुन्। पिच सडकभन्दा धूलो उड्ने सडक नया भन्दा पुरानो पेट्रोल भन्दा डिजल साना भन्दा ठूलो खालीभन्दा लोडेड र सरासरी भन्दा पुरानो पेट्रोलभन्दा डिजल साना भन्दा ठूलो खालीभन्दा ‘लोडेड’ र सरासरी भन्दा रोकी रोकी हिड्ने गाडीहरूले वातावरण बढी प्रदूषण गर्छन्।

ग्यास र बिजुलीबाट चल्ने साधनहरूले धुवाँ नगण्य फाले पनि सवारी साधनका ब्रेक लाइनिङ र टायर खिइँदा प्रशस्त धूलो वातावरणमा फैलिन्छ। यसरी फैलिएका प्रदूषणमा फोहारको धूलो नाइट्रोजन डाइअक्साइड बेन्जिन कार्बन मोनोअक्साइड आजोन लिड तथा ब्ल्याक सूट धूवा प्रमुख एलर्जी गराउने तत्त्व हुन्छन्।

हावामा उडिरहने र तैरिइरहने गाडीको धुवाँ र टायर तथा ब्रेक खिइएर निस्कने धूलो पार्टिकुलेट मैटर २.५–१० बेन्जीन र कार्बन मोनोअक्साइड ०.१ पर्टिकुलेट मैटर समूहका धूलोहरू वर्षा याममा आकाशको पानी सागै माटोमा पुग्छन् भने अन्य मौसम खास गरेर जाडोयाममा हावामै बढी समय रहने साथै चिसो हावाले फोक्सो प्रभावित गर्ने हुँदा वर्षभन्दा जोडोमा र

पालुवा लाग्ने मौसममा फूलको परागले दम खोकी बढी हुन्छ। उपरोक्त प्रदूषणले दम खोकी बाहेक फोक्सोको क्यान्सर गर्भवती महिलालाई प्रभाव पारेर बच्च समय भन्दा चाडो जन्मने र कम तौल हुने दम खोकीले फोक्सो र पछि गएर मुटु पनि फेल हुने स्थिति सृजना हुन्छ।

लक्षणहरू

शुरु शुरुमा रुघाखोकीका लक्षणहरू जस्तो घाँटी खसखसाउने, कोक्याउने नाक सन्मनाउने छिउँ आउने, खोकी लाग्ने हुन्छ भने पछि गएर सुख्खा खोकी लाग्ने स्वाँ स्वाँ हुने छाती कस्सिएको भान हुने सास फेर्दा आवाज आउने दमले निकै च्यापेमा सास फेर्न गाह्रो हुने, छिटो छिटो श्वास फेर्ने, ज्यादै खोकी लाग्ने, सास बढेर भन्न खोजेको कुरा पूरा भन्न समेत नसक्ने हुन्छ।

चिह्नहरू

साधारण अवस्थामा रोगीहरूको मुटु छिटो छिटो चल्ने र जाँच्दा छातीभित्र आवाज आउने हुन सक्छ। ढिलागरी आउने रोगी श्वास फेर्न निकै गाह्रो भएको नाक घाँटी र छातीका मासंपेशीहरू सक्रिय रहेका औला नाक जिब्रो नीलो भएका हुन सक्छन् भने धेरै ढिला गरी अस्पताल आउदा रोगी बेहोश वा ज्यादै सिकिस्त पूरै नीलो र श्वास लिनै नसक्ने भएको हुन सक्छ।

दमको रोगीहरूले निकै पहिलादेखि दम भएको बताउने गर्छन् भने दम बढेका मुटु रोगीहरूले पहिले ब्लड प्रेसर भएको वा पहिला हार्टअटेक भएको बताउन सक्छन्। टीबी, क्यान्सर, मुटु फेल र मिर्गौला फेलका रोगीहरूमा खाली छिटो छिटो स्वास मात्र लिएको पाइन सक्छ तर जाँचेर हेर्दा अन्य केही लक्षण पाइँदैन।

रोग उपचारको सिद्धान्त

विभिन्न औषधिहरू एनिट एलर्जिक स्टेरोइड एनटी कोलिनर्जिक ब्रङकोडाइलेटर एन्टिबायोटिक अवस्था हेरी इनहेलर चाहिएको बेला दैनिक दुई तीन या चार पटकसम्म दिन सकिन्छ। त्यस्तै सबैजसो औषधिको रोटाहेलर र रिभोलाइजर पनि दुई\तीन वा चार पटक प्रयोग गर्नुपर्छ। ती औषधिका चक्की र झोल पनि पाइन्छन्। सिकिस्त रोगीहरूलाई अक्सिजन र उपरोक्त औषधिहरूका इन्जेक्सनहरू पनि पाइन्छन्। ज्यादै सिकिस्त रोगीलाई भेनिटलेटर कृत्रिम श्वासप्रश्वास प्रणाली मेसिनमा केही दिन राख्नुपर्ने हुन्छ।

दमका रोगीहरूलाई शुरु शुरुको अवस्थामा कहिलेकाहीँ ५\७ दिनलाई अथवा २ ३ हप्तालाई अथवा ३\४ महिना एलर्जी हुने हप्ता र महिनाहरूका औषधि प्रयोग गरिराख्नु पर्ने हुन्छ। कतिपयले भने रोग बढ्दै गएमा वर्षैभरि औषधि खानुपर्छ र घरमै समेत अक्सिजन राखी २४ घण्टा अक्सिजन प्रयोग गर्नुपर्ने हुन आउँछ। धुलो धुवाँ र चिसो वा इन्फेक्सनले बढाएको दमको इलाजका बेला ४ ५ वटा औषधि दैनिक ३ ४ पटक प्रयोग गरेपछि पनि दैनिक एउटा औषधि १ २ पटकसम्म घटाउन सकिन्छ। यसरी स्टेप अप र स्टेप डाउन औषधि बढाउने या घटाउने तरिकाबाट दमको उपचार पटकैपिच्छे गर्नु पर्छ।

रोकथामका उपायहरू

दम हुन सक्ने रोगीहरूको शुरुको एलर्जिक अवस्था पहिचान गरी समस्या इलाज गराई नियमित औषधि प्रयोग गरेमा दम हुनै नसक्ने समेत हुने हुँदा समयमै रोकथाम गर्नु राम्रो हुन्छ। दम खोकीको रोकथामको लागि व्यक्तिगत हिसाबले भन्ने हो भने रोगी नहुन चुरोट नखाने, चुरोट खाएको कोठामा समेत नबस्ने अन्य धुलो धुवाँबाट टाढा बस्ने कोठाको सफाइ गर्दा अन्यत्र गएर बस्ने, कार्पेट सोफा कुसनहरूको नियमित सरसफाई गर्ने, घाममा सुकाउने, रोगी भएको घरमा कुकुर–बिरालो नपाल्ने, पालेमा तिनीहरूलाई नियमित नुहाउने, घरमा मुसा साङ्लाहरू बढ्न नदिने, थाहा भएसम्मका एलर्जी हुने खानेकुराको परहेज गर्नुपर्दछ।

सरकारी स्तरबाट दम रोगको रोकथामको लागि वातावरणीय प्रदूषण कम गर्न नयाँ बस्ती बसाउदा नक्mसा पास गर्दा हरियाली बगैचा करेसाबारी घुस्यान लाग्ने सडक र बस्तीमा हरियाली ट्रयाक राख्न लाउने भएका सडक ढल व्यवस्थित गरी कम धुलो उड्ने बनाउने यातायातका सार्वजनिक साधनहरूको नियमित जाँच पास गर्ने सडक यातायात छिटो छरितो हुने गरि ट्राफिक व्यवस्थापन गर्ने ग्यास र बिजुलीबाट सञ्चालन हुने साधनहरू परिस्कृत गरी सफा टेम्पो इलेक्ट्रिक कार र ट्रलीबस जस्ता साधनहरूको गति र संख्या बढाउन लाउनु पर्छ।

खोप

एलर्जी टेस्ट गरेर के को एलर्जी रहेछ भन्ने केही अन्दाज गर्न सकिन्छ यो पक्का गर्ने ग्यारेन्टीवाला जाँच चाहिँ होइन।यदि एलर्जीको कारण थाहा भएमा त्यसको खोप लाउन सकिन्छ र त्यो एलर्जेनबाट बच्नुपर्छ। साथै न्यूमोकोकल निमोनिया र भाइरल निमोनिया जाडोयाममा बढी भएर दम बढाउने हुँदा यसविरुद्ध खोप लगाएर दमबाट बच्न सकिन्छ।

सावधानी

दम रोगको विरुद प्रयोग हुने स्टेरोइड औषधि बढी मात्रामा र धेरै वर्ष प्रयोग गरेमा दम कम हुने तर ब्लड प्रेसर बढ्ने, हड्डी कमजोर भई साधारण चोटमै हड्डी भाँचिने, मांशपेशी कमजोर र लुलो हुने बसेको ठाँउबाट उठ्न नसक्ने, हिँडडुल गर्न नसक्ने हुन्छ र महिलाको शरीरमा ज्यादा रौँ आउने र पुरुषको यौनशक्ति गडबड हुनसक्ने मुखमा र गुप्ताङ्गमा दही जस्तो ढुसीको लेउ लाग्ने हुँदा स्वास्थ्यकर्मी र रोगी दुवैले सावधान हुनुपर्छ। यस्तै औषधि आयुर्वेद र होमियोप्याथिक औषधि हुन भनी धुलो पुडिया बनाई बेच्ने ठगहरूबाट पनि सावधान हुनुपर्छ।

धुलो धुवाँ चिसो र इन्फेक्सनबाट बच्न मास्क लगाएर दमले कम च्यापेका वेला चिकित्सकको सल्लाहमा औषधि थपघट गराएर घरमा अकिसजनको व्यवस्था गरेर घरिघरि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउन दिएर रोगसित सम्झौता गरेर लामो समयसम्म सुविस्ताले बाँच्न सकिन्छ।

डा. साहेब भन्नु हुन्छ पुस्तक बाट

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा