Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भवती हुनुहुन्छ? के गर्ने, के नगर्ने?

गर्भवती हुनुहुन्छ? के गर्ने, के नगर्ने?

सानो परिवारको परिकल्पना गरी सुन्दर भविष्यलाई आफ्नो गर्भमा राखी आफ्नो रगत सिंचन गरिरहेकी महिलाको गर्भधारण प्रसवकाल सफल र सुखद् होस् भन्ने कामना गदै गर्भ रहँदा के गर्नु हुन्छ, के गर्नु हुँदैन, के कुरामा विशेष होश राख्नुपर्दछ भन्ने जस्ता जिज्ञासा शान्त गर्न केही सरसल्लाह गरौँ–

गर्भधारण कुन उमेरमा ?

स्वास्थ्यका हिसाबले गर्भधारण २० देखि ३० वर्षको उमेरमा बढी उपयुक्त हुन्छ। १८ वर्षभन्दा कलिलो उमेरमा गर्भवती भएको खण्डमा सानो बच्चा हुने महिना नपुग्दै प्रसव व्यथा हुने लामो समयसम्म व्यथा लागिरहने, बच्चा पाउने बाटो साँघुरो भएर बच्चा पाउन नसकेर अप्रेसन गर्नुपर्ने, बच्चा जन्मिहाले पनि प्रजनन अंगहरूमा गहिरो चोट (सर्भाइकल टियर, कम्प्लिट पेरेनियर टियर आदि) हुने, बच्चा पाउन नसकी आमा र बच्चा दुवैको ज्यानै समेत जाने, वंशांणुुगत त्रुटि रहेका बच्चा जन्मिने जस्ता अनेक समस्या हुन सक्छ।

त्यस्तै ३५ वर्षपछि गर्भ रहँदा पनि वंशाणुगत त्रुटि भएका असाधारण बच्चा जस्तो– डाउन्स सिन्ड्रोम, प्रसव व्यथा बढी लाग्ने, धेरै बच्चा पाइसकेकी महिला भए प्रसव व्यथामा बच्चा छिटै झर्ने प्रेसिपिटेट लेबर बच्चा पाउन गाह्रो हुने आदि समस्या हुन सक्छ।

गर्भ रहदा के गर्नु हुन्छ के गर्नु हुँदैन?

गर्भवतीले आफू र गर्भको बच्चाको राम्रो स्वास्थ्यका लागि सन्तुलित आहार खानुपर्छ। गेडागुडी, साग, अण्डा, दूध र माछामासु आदि पोषिला खानेकुरा सकेसम्म मिलाएर खानुपर्छ। रगतको मात्रा हेमोग्लोबिन र रगतको ग्रुप सबै गर्भवतीले जँचाउनु पर्छ। किनकि बच्चा पाउँदा धेरै रगत गएमा पछि कचढाउन  सजिलो हुन्छ।

महिनावारी कहिलेदेखि बन्द भएको हो थाहा पाइरहनुपर्छ। किनकी गर्भ रहेपछि कति महिना पुग्यो, कहिले बच्चा जन्मिन्छ, महिना पुगेअनुसार गर्भमा बच्चा हुर्किरहेको छ कि छैन जस्ता सबै हिसाबकिताब अन्तिम महिनावारीको पहिलो दिनमा आधारित हुन्छ। जस्तै अन्तिम महिनावारीको पहिलो दिन मानौँ महिना र सात दिन जोडेर अनुमानित प्रसव मिति (एक्स्पेक्टेड डेट अफ डेलिभरी) पत्ता लगाइन्छ। माघ ७ गते अन्तिम महिनावारीको पहिलो दिन भनेको गर्भवतीको कार्तिक १४ गतेतिर बच्चा जन्मिन सक्छ।

यस्तो अनुमानित प्रसव मितिको दुई हप्ता वर या पर पनि व्यथा लाग्न सक्छ। धेरै नै फरक परेको खण्डमा गर्भसम्बन्धी केही गडबडी तथा समस्या परेको हुनु पर्छ। गर्भ तथा प्रसव खतरनाक हुने देखिएमा त्यस्तो परिस्थितिलाई खतरनाक गर्भ (हाइ रिस्क प्रेग्नेन्सी) भनिन्छ। निम्नलिखित अवस्थामा गर्भ तथा प्रसव खतरनाक हुन सक्छ।  १८ वर्षमुनि तथा ३५ वर्ष माथिका महिलाहरूलाई गर्भ रहँदा अनेक समस्या पर्न सक्छ।

धेरै होचो महिलाहरुमा बच्चा पाउने बाटो धेरै साँघुरो हुनसक्ने भएकाले तिनमा लामो व्यथा लाग्ने बच्चा पाउन नसकी तुरुन्त अप्रेसन गनुपर्ने या बच्चा पाउन नसकी आमा तथा बच्चा दुवैको ज्यानै जानसक्छ। त्यसैले त्यस्तो परिस्थितिमा गर्भ रहेदेखि समय–समयमा डाक्टरलाई जँचाइरहने, अनुमानित प्रसव मितिभन्दा पहिले नै अस्पतालमा भर्ती हुने र अस्पतालमै बच्चा पाउने गर्नुपर्छ।

धेरै मोटी महिलामा पनि गर्भधारण खतरनाक हुन सक्छ। बच्चा धेरै मोटो हुने, बच्चाको अनुपातमा बच्चा जन्मिने बाटो साँघुरो हुने, लामो व्यथा लाग्ने, अप्रेसन गरी बच्चा जन्माउनुपर्ने हुनसक्छ। मोटी महिलालाई उच्च रक्तचाप, मधुमेह जस्ता रोग पनि हुन सक्ने भएकोले मोटी महिलाहरुले पनि गर्भवती हुँदा राम्ररी डाक्टरलाई देखाएर अस्पतालमै बच्चा पाउने गर्नुपर्छ।

रगतको मात्रा धेरै कम भएमा मुटुको रोग भएका जस्तै– र्‍युमायुटिक हर्ट डिजिज, उच्च रक्तचापभएका मिर्गौलारोग भएका, मधुमेह भएका महिलामा पनि गर्भ रहँदा बच्चा तुहिने, समय नपुग्दै बच्चा जन्मिने, आमा तथा बच्चा दुवैको ज्यान जानसक्ने भएकाले चिकित्सकको राम्ररी नियमित सुपरीवेक्षणमा रही अस्पतामा बच्चा पाउनुपर्छ।

नेगेटिभ ब्लड ग्रुप भएका महिलाको श्रीमान् पोजिटिभ ब्लड ग्रुपको भए बच्चा पनि पोजिटिभ ब्लड ग्रुपकै हुनसक्ने र त्यस्तो भएको खण्डमा बच्चाको पोजिटिभ ग्रुपसम्बन्धी तत्त्व बनेर बच्चाको सबै रगत नाश गरिदिने भएकोले बच्चा मर्न सक्दछ। यस्तो सम्भावना पहिलो गर्भमा धेरै नभए पनि पछिपछि निकै बढी हुन्छ। त्यसैले नेगेटिभ ब्लड ग्रुप भयो कि गर्भवतीले आफ्नो मात्र नभई श्रीमानको समेत रगतको ग्रुप जाँच गर्नुपर्छ। रगतको ग्रुप पनि नेगेटिभ नै भएको खण्डमा नेगेटिभ ग्रुप भएकी महिलालाई गर्भसम्बन्धी खास खतरा हुँदैन।

बच्चा गर्भमा तुहेका, महिना नपुगी बच्चा झरेका महिला पुग्नुअघि बच्चा जन्मेका बच्चा पाउन नसकी लामो व्यथा लागेका वंशाणुगत त्रुटि भएका बच्चा जन्मेको, जन्मनासाथ या केही दिनमा बच्चा मरेका महिलाले शुरुदेखि डाक्टरलाई देखाइरहने र अस्पतालमा गएर बच्चा पाउने गर्नुपर्छ।

गर्भको शुरुमा वाक्वाकीलाग्ने खान मन नलाग्ने हुन्छ तर यसले खास डरलाग्दो समस्याको रूप लिँदैन र यसले स्वास्थ्को लागि खास खराब गर्दैन। त्यसैले खाना रुचि होस्, वाकवाक नलागोस् भनेर अनेक खालका खाना रुचाउने टनिकहरु बान्ता नहुने औषधिहरू प्राय: सबै जसो गर्भवतीलाई कहिल्यै आवश्यक पर्दैन। गर्भको शुरुको तीन महिना भनेको अंगप्रत्यंग विकास हुने समय भएकोले यो समयमा कुनै पनि औषधिले खराब गर्न सक्छ।

साधारण वाकवाकी तथा बान्ता भएमा बिहान निन्द्रा खुलेपछि पनि केही समयसम्म ओछ्यानमै पल्टिरहने, झोल पदार्थ कम खाने, बिहान सबेरै सुख्खा चिज जस्तै– बिस्कुट आदि खाने गर्दा राम्रो हुन्छ। तर धेरै नै वानता भइरहेमा, मुख धेरै सुकेमा पिसाब हुन समेत कम भएमा रगतको नशामा सलाइन या डेक्स्टङोज जस्ता झोल चढाउनु पर्ने र अरु औषधि समेत दिनुपर्ने पनि हुन सक्छ।

गर्भवती हुँदा जिउमा रगतको कमी हुन सक्ने भएकाले पहिलो तीन महिनापछि रगत बढ्ने औषधिहरू– आइरन, फोलिक एसिड भिटामिन बी १२ आदि डाक्टरको सल्लाहअनुसार खानुपर्छ। हरियो सागपात गेडागुडी राम्ररी खाँदा पनि रगत बढाउन मद्दत गर्छ।

गर्भवतीले आफू र गर्भको बच्चाको राम्रो स्वास्थ्यका लागि सन्तुलित आहार खानुपर्छ। गेडागुडी, साग, अण्डा, दूध र माछामासु आदि पोषिला खानेकुरा सकेसम्म मिलाएर खानु पर्छ। रगतको मात्रा हेमोग्लोबिन र रगतको ग्रुप सबै गर्भवतीले जँचाउनु पर्छ। किनकि बच्चा पाउँदा धेरै रगत गएमा चढाउन पछि सजिलो हुन्छ।

रातमा करिब आठ घण्टा ६ देखि आठ घण्टा र दिउँसो करिब दुई घण्टा सुत्ने या आरामसाथ पल्टिने गर्नुपर्छ। यसो गर्दा गर्भको बच्चाले पेटको रगतको ठूलो नलीहरू जस्तै– एओटा र इन्फेरियर भेनकाभा आदिमा दबाब नपर्नाले खुट्टा गल्ने, खुट्टा सुन्निने जस्ता समस्या आउँदैन।

गर्भ रहँदा प्रजनन् अंगबाट सेतो झोल झर्ने हुनाले र गर्भवतीमा संक्रमण प्रतिकारात्मक शक्ति (इम्युनिटी) कम हुनाले अरु बेला भन्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नुहाउँदा फोहोर पोखरी या बाथ टबमा डुबेर नुहाउने गर्नु हुँदैन किनकि यस्तो गर्दा फोहोर पानीको कारणले गर्दा संक्रमण इन्फेक्सन हुने सम्भावना बढी हुन्छ। गर्भवतीमा संक्रमण पनि अरु वेलाभन्दा बढी हुन सक्ने भएकोले पिसाब जँचाउने गर्नुपर्छ।

पहिलो सात महिना २८ हप्ता हरेक महिनामा एकपटक, त्यसपछि नौ महिना ३६ हप्ता दुई\दुई हप्ता एक पटक र त्यसपछि हरेक हप्तामा एक पटक डाक्टरलाई जँचाउनुपर्छ। आफ्नो तौल राम्ररी बढिरहेको छ कि छैन, रगतको कमी भएको छ कि छैन रक्तचाप ठीक छ कि छैन,गोडा सुन्निएको छ कि छैन, गर्भको बच्चा राम्ररी हुर्किरहेको छ कि छैन, बच्चाको टाउको आमाको योनिको दिशातर्फ फर्केर गर्भमा रहेको छ कि छैन, जुम्ल्याहा बच्चा पो छ कि आदि कुरामा होश पुर्याई रहनुपर्छ।

गर्भवतीले आफू र बच्चालाई धनुषटंकार टिटानस जस्तो प्राणघातक रोगबाट बचाउन टिटानस टक्स्वाइड खोप लगाउनु पर्छ। सालनाल काट्दा खिया परेको हँसिया या अरु फोहोर हतियारले काट्ने, गोबर लगाउने आदि काम कदापि गर्नु हुँदैन। किनकि यसो गरिएमा बच्चालाई धनुष्टंकार रोग लागेर ज्यानै जान सक्छ।

गर्भको बच्चा चल्छ कि चल्दैन, आफ्नो तौल राम्ररी बढिरहेको छ कि छैन, होश गर्नुपर्छ। गर्भको पहिलो १२ हप्तामा जम्मा एक किलो १२ देखि १६ हप्तामा अर्को एक किलो, १६ देखि २० हप्तामा अर्को डेढ किलो, २४ देखि २८ हप्तामा अर्को दुई किलो, २८ देखि ३२ हप्तामा अर्को दुई किलो, त्यसपछि ३२ देखि ४० हप्तामा अरु डेढ किलो र ३६ देखि ४० हप्तामा अरु एक किलो तौल बढ्ने गर्छ। , यसरी तौल बढेको छ कि छैन होश गर्नुपर्छ। करिब १० किलो तौल बढ्ने भएकाले कोही दुब्लाउन चाहने महिलालाई धेरै मोटाइयो भन्ने डर लाग्न सक्छ। खाना कम खाई तौल कम गर्ने काम (डाइटिङ) कुनै हालतमा पनि गर्नु हुँदैन।

गर्भ रहँदा प्रजनन अंगबाट रगत बग्नु ठीक होइन। यस्तो भएमा तुरुन्त डाक्टरलाई देखाउन जानुपर्छ। गर्भको बच्चा झर्नु (एबोर्सन) अघि यस्तो हुन्छ।

प्रसव अवस्थाको सावधानी

अनुमानित प्रसव मितिको दुई हप्ता वर या पर बच्चा पाउने व्यथा शुरु हुन सक्छ। गर्भ रहँदा व्यथा नलागी यसरी पेट दुख्दाखेरि दुख्ने झन् झन् बढेर जाने, छिटो छिटो दुख्दै आउने, पानी झर्ने झन् झन् लामो समयसम्म दुख्ने भने हुनु हुँदैन। व्यथा लाग्न थाल्दा भने ढाड दुख्ने बिस्तारै तल्लो पेट दुख्ने, छाम्दा पेट ढुंगा जस्तै साह्रो हुने र दुख्न छोडेपछि पेट फेरि नरम हुन थाल्यो बच्चा जन्मिने ठाउँबाट पानी झर्ने १०–१० मिनेट पाँच–पाँच मिनेट हुँदै दुई दुई मिनेट करीब आधा मिनेटदेखि एक मिनेटसम्म ढाड तल्लो पेट दुख्ने रगत मिसिएको खकारको ढिक्का जस्तो पदार्थ झर्ने भएमा भने अब बच्चा जन्मिनै लाग्यो र व्यथाले राम्रारी च्याप्यो भन्ने थाहा पाउनुपर्छ।

बच्चा पाउने बेलामा हुने दुखाई प्राय: सबैजस्तो महिलाले सजिलै सँग सहन सक्दछ र नदुख्ने औषधी या सुईको आवश्यकता पर्दैन। नदुख्ने सुईको प्रयोगले जन्मने बच्चालाई समेत श्वास फेर्न गाह्रो हुने आफैँ राम्ररी श्वास फेर्ने नसक्ने हुन सक्छ। होश नगरिए बच्चाको ज्यानै समेत जानसक्छ। नदुख्ने यी सबैजसो सुईहरुले जसलाई पनि श्वास फेर्न प्रकृयालाई दबाई दिने या कम गरिदिने भएकाले एक्कासी श्वास बन्द भई गर्भवतीको ज्यान जानै सक्छ।

पहिलो पटक गर्भवती भएका महिलालाई करिब १२ घण्टासम्म र पछि करिब छ घण्टासम्म व्यथा लाग्न सक्छ। योभन्दा बढी समयसम्म व्यथा लागिरहेमा बच्चाको टाउको धेरै ठूलो भएको, बच्चा पाउने बाटो साँघुरो भएको टाउको तल पारेर बस्नु पर्ने बच्चा हात काँध या गोडा तल पारेर बसेको जुम्ल्याहा बच्चा भएको हुनसक्छ। यस्तो भएमा बच्चा तथा आमा दुवैको स्वास्थ्यका लागि धेरै खतरनाक हुनसक्छ र तुरुन्त अप्रेसन गर्नुपर्ने हुनसक्छ।

बच्चा पाउने बेलामा धेरै जसो महिलाहरु धेरै कराउने गर्छन्। दुखे पनि यसरी ठूलो स्वर निकालेर चिच्याउनु ठीक होइन। यस्तो गर्दा धेरै गलिने र थाकिने मात्र हुन्छ। डाक्टर या नर्सले भनेजस्तो बल आउँदा नकराइकन दिसा गरेजस्तो गरेर बल गर्नुपर्छ। पहिलोपटक बच्चा पाउन सजिलो होस् भनेर बच्चा पाउने ठाउँ पेरिनियम डाक्टर या नर्सले काट्न इपिसियोटोमी सक्छ। कसैको भने बच्चा पाउने वेलामा घाउ लाग्नसक्छ। यस्तो घाउमा राम्ररी टाँका लगाउनुपर्छ। नत्र प्रजनन अंग धेरै ठूलो हुने र दुख्ने हुन्छ।

बच्चा पाइसकेपछि धेरैजसो महिलालाई रगत धेरै जान सक्ने भएकोले विशेष होश गर्नु पर्दछ। तल्लो पेट बेस्सरी दुख्ने र तल्लो पेटमा मासुको डल्लो जस्तो भेटिने कारणले धेरै महिलाहरु डराउन सक्छन्। यसो हुनु राम्रो हो र यसले पाठेघर राम्ररी खुम्चिरहेको र रगत जाने सम्भावना निकै कम छ भन्ने थाहा हुन्छ। रगत धेरै बगेमा बिरामीलाई तुरुन्त रगत जाने सम्भावना निकै कम छ भन्ने थाहा हुन्छ। रगत धेरै बगेमा बिरामीलाई तुरुन्त रगत चढाउनु पर्ने भएकोले हरेक गर्भवतीले रगतको ग्रुप पहिले नै जँचाइरहनुपर्छ।

बच्चा जन्मिसकेपछि  दुवै केही घण्टा (पाँच\छ) सुत्न सक्छन्। स्तनबाट झर्ने पातलो अलि पहेँलो देखिने झोल ‘कोलोस्ट्रम’ धेरै आमाहरूले बच्चाका लागि हानिकारक होला भनेर फाल्ने गरेको देखिन्छ। यो ठीक होइन किनकि यसमा धेरै प्रोटिन तथा बच्चालाई रोगहरूबाट बचाउने अनेक तत्त्व हुने भएकाले हरेक आमाले बच्चालाई शुरु शुरुमा निक्लने पातलो पहेँलो रस ख्वाउनुपर्छ। बच्चालाई दूध चुसाउदा पाठेघर समेत राम्ररी खुम्चिने भएकोले दूध चुसाउने महिलालाई रगत धेरै बग्ने खतरा समेत निकै कम हुन्छ।

स्वस्थ बच्चा पाएर सुरक्षित घर फर्केपछि हरेक आमाले जिउको राम्रो स्याहार सम्भार गर्न कम्तीमा तीन देखि पाँच वर्षको फरक पार्न परिवार नियोजनको अस्थायी उपाय अपनाउनुपर्छ। दुई सन्तानपछि स्थायी नियोजन गर्ने निधो गर्नुपर्छ।

डा. सुनिल चन्द्र झाको डाक्टर साहेब भन्नुहुन्छ किताबबाट

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या