Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसकारण हुन्छ थाइराइडको समस्या, सामान्य लक्षणमै गराउनुस् उपचार

यसकारण हुन्छ थाइराइडको समस्या, सामान्य लक्षणमै गराउनुस् उपचार

दुई तीन दशकयता मानिसहरूमा थाइराइडको समस्या बढी देखिन थालेको छ। यो समस्या पुरुषहरूको दाँजोमा महिलाहरूमा बढी देखिएको छ। थाइराइड समस्या  स्वास्थ्य क्षेत्रमा र समाजमा नै एउटा ठूलो समस्याको रूपमा देखिएको छ। त्यसैले थाइराइड के हो, कस्ता किसिमका समस्या हुन्छन्, यसबाट बच्ने उपाय र उपचारको बारेमा जानकारी राख्न आवश्यक छ।

हाम्रो शरीरमा हुने विभिन्न ग्रन्थीमध्ये एउटा ग्रन्थी थाइराइड हो। यो घाँटीमा श्वासनलीको अगाडि र रुद्रघण्टीको मुनि हुन्छ। यसले थाइराइड हर्मोन टी ३ र टी ४ उत्पादन गर्छ। रगतको माध्यम हुँदै यी हर्मोन सम्पूर्ण शरीरमा भ्रमण गर्छन्। यसले शरीमा उर्जा उत्पादन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भने हरेक कोष तन्तुहरूलाई स्वस्थ्य राखी तिनीहरूको विकास र सञ्चालनमा लागि पनि मद्दत गर्छ।

मुख्यतः थाइराइडको काम गर्ने क्षमतामा कमी भए वा हर्मोनको उत्पादनमा कमी भएमा हाइपो थायराडिज्म र बढी भएमा हाइपर थायराडिज्म हुन्छ।

यी हर्मोनहरू कति उत्पादन गर्ने भनेर मस्तिष्कमा रहेको अर्को ग्रन्थी (पिट्युटरी) मा उत्पादन हुने ‘थाइराइड स्टिमुलेटिङ हर्मोन’ले निर्धारण गर्नमा प्रशस्त मात्रामा आयोडिनको आवश्यकता पर्दछ। यी हर्मोन बन्ने बनाउने प्रक्रिया सामान्य रहेमा मात्र हामी स्वस्थ अनुभव गर्न सक्छौँ। यदि यी हर्मोनहरूमा केही मात्र तलमाथि भएमा पनि  थाइराइडसम्बन्धी समस्या देखिन सक्छ। मुख्यतः थाइराइडको काम गर्ने क्षमतामा कमी भए वा हर्मोनको उत्पादनमा कमी भएमा हाइपो थायराडिज्म र बढी भएमा हाइपर थायराडिज्म हुन्छ।

हाइपो थायराडिज्मका लक्षण

तौल बढ्दै जाने

चिसो सहन नसक्ने

कमजोरी अनुभव हुने

छाला सुख्खा हुने

अल्छी बढी लाग्ने अथवा आलस्य हुने

डिप्रेसनका लक्षण देखिने

दिसा कब्जियत हुने

महिनावारी अनियमित हुँदै जाने

हात खुटा सुन्निने आदि।

हाइपर थायराडिज्मका लक्षण

खाना रुचि बढे पनि तोल घट्दै जाने

गर्मी सहन नसक्ने

मुटुको धड्कन बढ्दै जाने

चिडचिडाहट हुने

पसिना धेरै आउने

हातहरू काँप्ने

निद्रा नलाग्ने

दिसा बढी लाग्ने

गर्भाधानमा समस्या देखिने

आँखा बाहिर निस्कने तथा ठूलो देखिने आदि।

लक्षणका रूपमा सामान्यतया यी कुराहरू देखिँदै जान्छन्। सामान्य लक्षणहरू देखिनासाथ चिकित्सकसँग सल्लाह लिइहाल्नुपर्छ। यसले स्वास्थ्यमा जटिल समस्या निम्तिन दिँदैन।

थाइराइडको समस्या भएका बिरामीहरूमा धेरै लक्षण नदेखिन पनि सक्छ। त्यसैले कुनै समस्या देखिनासाथ चिकित्सकको सल्लाहमा रगत जाँच गरी टी ३, टी ४ र टी ५ को मात्रा हेरेर कस्तो खालको थाइराइडको समस्या हो भनेर पत्ता लगाउन सकिन्छ। साथै शारीरीक जाँच, घाँटीको अल्ट्रासाउण्ड र बायोप्सी आदिबाट पनि थााइराइड ग्रन्थीको रोग पत्ता लगाई उपचार गर्न सकिन्छ।

पारिवारिक रुपमा यस्तै समस्या भएका व्यक्ति छन् भने हुने सम्भावना बढी हुन्छ। त्यस्तै महिलाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा र सधै मानसिक तनावमा रहने व्यक्तिमा बढी हुन्छ। अझै पनि ग्रामीण भेगका बासिन्दाहरूले ढिके नुन प्रयोग गर्ने भएकाले उनीहरूमा आयोडिनको कमी भई गलगाँड आउने गरेको पाइन्छ। यस्तो अवस्थामा पनि हाइपोथायराडिज्म हुन्छ। साथै उमेर बढ्दै जाँदा हुने मधुमेह बाथ मुटु रोग आदिका बिरामीमा पनि थाइराइड देख्न सकिन्छ।

शरीरमा थाइराइड हर्मोनहरू सन्तुलनमा ल्याउनु नै यसको चिकित्साको मुख्य उदेश्य हो। त्यसैले चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा हर्मोन सन्तुलनमा ल्याउने औषधिको सेवन गरेर हाइपर र हाइपोथायराडिज्मको उपचार गर्नुपर्छ।

यसबाट सुरक्षित रहन जोखिम समूहका व्यक्तिहरूले समय समयमा रगत परीक्षण गराइरहनु पर्दछ । साथै आयोडिनयुक्त नुनको प्रयोग हरियो सागसब्जी तथा फलफूल सन्तुलित रूपमा गर्नुपर्छ। धूमपान–मदिरापान नगर्ने, चिया कफी धेरै नखाने, नियमित शारीरिक व्यायाम गर्ने, दिनहुँ योगाभ्यास गर्ने गर्दा यसले सम्पूर्ण शारीरिक अंग मन र मस्तिष्कलाई समेत स्वस्थ र स्वच्छ राखी निरोगी बनाउन मद्दत गर्छ।

विशेषगरी थाइराइडका बिरामीहरूका लागि यस्ता योगाभ्यास छन्, ती गर्ने गरेमा थाइराइड रोगबाट बच्न र त्यसलाई कम गर्न मद्दत पुग्छ। प्राणायाम, अनुलोम–विलोम, भ्रामरी र उज्जयी बढी उपयोगी छन्। हाइपोथायराडिज्ममा शीतली र शीतकारी प्राणायाम गर्दा अझ राम्रो हुन्छ। आसनहरूमा सर्वासन, शीर्षासन हलासन र सि‌ंहासन आदिले बढी फाइदा हुन्छ।

हिजोआज मानिसहरूमा स्वास्थ्यसम्बन्धी सचेतना बढेकोले र विशेषगरी शहरी क्षेत्रहरूमा स्वास्थ्य सेवा सर्वसुलभ उपलब्ध हुने भएकोले यस्ता ठाउँमा थाइराइड समस्या पहिचान गर्न सजिलो भएको छ। यद्यपि हाम्रो देशमा यस्ता ठाउँहरू प्रशस्त छन् जहाँ न्यूनतम सेवाहरू पनि उपलब्ध हुन सकेको छैन। त्यसैले जनमानसमा पुग्नेगरी जानकारीमूलक कार्यक्रम गर्न जरुरी छ।

डा‍. वर्षा हाडा, जनरल फिजिसियन, नेचर केयर हस्पिटल

आरोग्य सन्देश पुस्तकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या