Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नवजात शिशुमा देखिने स्वास्थ्य समस्या र समाधान

नवजात शिशुमा देखिने स्वास्थ्य समस्या र समाधान

छोरा होस् वा छोरी घरमा शिशुको आगमन हुनु खुशीको कुरा हो। पारिवारिक खुशीका लागि शिशु स्वस्थ जन्मिनु पनि आवश्यक छ। स्वस्थ शिशुको जन्मका लागि गर्भको समयदेखि नै ध्यान दिनुपर्छ। आमाको गर्भमा रहँदा विभिन्न कारणले शिशुको वृद्धिविकासमा वाधा पुग्नसक्छ।

गर्भावस्थादेखि दुवै (आमा र शिशु) को स्वास्थ्यमा प्रतिकुलता नआओस् भन्नका लागि बच्चा जन्माउने सोच हुँदैगर्दा नै स्त्रीरोग विशेषज्ञसँग परामर्श लिन जरुरी छ। साथै गर्भवती भएपछि नियमित जाँच गराउन पनि भुल्नुहुँदैन। त्यसैले शिशु गर्भमा आइसकेपछि आमाको पोषण, शिशुको विकास लगायत विषयमा दम्पतीले ध्यान पुर्याउन आवश्यक छ।

जन्मेसँगै सर्वप्रथम शिशु कस्तो अवस्थामा जन्मिएको छ वा कस्तो देखिएको छ भन्ने कुरामा आमाबाबुले विशेष ध्यान दिनुपर्छ। बच्चाको शरीरमा ध्यान पुर्याउनुपर्छ। विशेषगरी बच्चाको खानेनली र श्वासनली कस्तो अवस्थामा छ, त्यसको विचार पुर्याउनुपर्छ।

जन्मेसँगै सर्वप्रथम शिशु कस्तो अवस्थामा जन्मिएको छ वा कस्तो देखिएको छ भन्ने कुरामा आमाबाबुले विशेष ध्यान दिनुपर्छ। बच्चाको शरीरमा ध्यान पुर्याउनुपर्छ। विशेषगरी बच्चाको खानेनली र श्वासनली कस्तो अवस्थामा छ, त्यसको विचार पुर्याउनुपर्छ।

यस्तै पिसाब नफेरे, हरियो बान्ता गरे वा शरीरमा डल्लाडल्ली देखिए पनि चिकित्सकलाई खबर गर्नुपर्छ। कुनै कुनै अंगमा समस्या देखिए चिकित्सकलाई जानकारी दिनुपर्छ। घरमै हुँदा यस्ता समस्या आइपरे शिशुलाई तुरुन्त बाल चिकित्सककहाँ लगिहाल्नुपर्छ।

कतिपय नवजात शिशुमा मलद्वारको विकास भइनसकेको वा अंग नै नभएको अवस्था हुन्छ। मलद्वार नहुने वा अंगको विकास नभएको कारण ठ्याक्कै यही हो भन्ने छैन। जन्मजात मलद्वारको समस्या भएका शिशुमा मुटु वा मिर्गाैलाको समस्या हुनसक्छ। साथै मेरुदण्डको समस्या पनि हुनसक्छ। शिशुको मलद्वार नहुँदा वा अंगको विकास नभएको अवस्थाको दुई किसिमले उपचार गर्न सकिन्छ।

पहिलो, नाइटोको देब्रेतिर प्वाल बनाइन्छ। त्यसको दुई–तीन महिनापछि जुन स्थानमा हुनुपर्ने हो, त्यहाँ मलद्वार बनाइन्छ। दोस्रो, डेढ महिनापछि पहिलोपटक सर्जरी गरेको प्वाललाई बन्द गरिन्छ। यसमा निरन्तर फलोअप आवश्यक छ। उपचारका क्रममा मिर्गाैला, मुटु र हड्डीको समस्या पनि हेर्नुपर्छ।

समयमै उपचार गर्न सकियो भने शिशुमा रहेका शारीरिक समस्याको उपचार गर्न खासै जटिलता हुँदैन। ढिलो भए उसको शारीरिक वृद्धिविकास देखि परिवारको शारीरिक तथा मानसिक अवस्थामा समेत असर पर्नसक्छ।

भिडियाे: 

  • प्रा. डा.आर पी चौधरी

    प्रा.चौधरी वरिष्ठ बाल शल्य चिकित्सक एवं इशान बाल अस्पतालका निर्देशक हुन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या