Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘आईपीडी’मा नर्सको भूमिका

‘आईपीडी’मा नर्सको भूमिका

अस्पतालमा बिरामीको सजिलोका लागि विभिन्न डिपार्ट (शाखा) छुट्याइएका हुन्छन्, ओपीडी, आईपीडीलगायत। बिरामीहरू पनि एकै किसिमका नहुने हुनाले उनीहरूको सहजताका लागि विभिन्न शाखा छुट्याइएको हो। बिरामीलाई केही समस्या देखिनासाथ पहिले जाने ओपीडीमा जाने गर्छन्। ओपीडीबाट डाक्टरको परामर्श लिई समस्या वा रोगअनुसारको शाखा वा विशेषज्ञकहाँ जाने हो।

अस्पतालमा निकै बिरामी हुने भएकोले डाक्टरले परामर्श दिँदा सबैलाई धेरै समय दिन नभ्याउने भएकाले नर्सहरूले पनि उनीहरूको अवस्था हेरविचार गर्ने र आवश्यक सल्लाह दिने गर्छन्। त्यसलाई पछ्याउँदै नर्सहरूले पनि बिरामीलाई परामर्श दिने र उनीहरूको रेखदेख गर्ने गर्छन्। नर्सको काम डाक्टरले लेखेका औषधि र खानपानको बारेमा बुझाउने पनि हो।

म कार्यरत अस्पताल मेट्रो अस्पताल ‘डाइबेटिज सेन्टर’ पनि हो। यहाँ सधैँ दीर्घरोगीहरू मात्र नभई अन्य संवेदनशील बिरामीहरू पनि भर्ना हुने गर्छन्। बिरामीमा सुगरको मात्रा निकै बढेको खण्डमा बिरामीले यसलाई सन्तुलनमा राख्न नसकेमा औषधिको मात्र मिलाउन नसकेमा यस्ता खालका बिरामीलाई हामीले यस आईपीडी विभागमा भर्ना गर्छौँ। पछिको दिनमा उनीहरूको महत्त्वपूर्ण अंग मिर्गाैलामा समस्या नहोस्, आँखामा असर नपुगोस् भन्ने उद्देश्यले यस्ता बिरामीलाई हामी भर्ना गर्छौँ।

आईपीडी विभागमा बिरामीलाई निकै महत्त्वका साथै उनीहरूको स्वास्थ्यमा विशेष ख्याल गरी डाक्टरले दिएको ‘इन्सट्रक्सन फलो’ गर्छौँ। साथै यहाँ भएका बिरामीलाई नर्सले हेरविचार गरि उनीहरूको स्वास्थ्य अवस्था पूरै हेर्ने गरिन्छ। यसभित्र भर्ना भएका बिरामीलाई खानपिनमा डाक्टर, डाइटिसियन र नर्स भएर हेरविचार गर्छौँ। सबै रोग एउटै नहुने भएकोले कस्ता बिरामीले के खाने, के नखाने कति मात्रामा खाने भन्ने बारेमा डाइटिसियनले परामर्श दिन्छन्। बिरामीले निर्देशनअनुसार खाना खाएको छ कि छैन भनेर हामी नर्सले परीक्षण गर्नुपर्छ। कतिपयले मात्रा नमिलाईकन नै धेरै मात्रामा खाने वा कम खाने जस्ता कुरामा नर्सले हेरविचार गर्ने हो।

अर्को मिर्गौलाको अवस्था उच्च छ भने हामी त्यस्ता बिरामीलाई औषधि दिएर घर पठाउँदैनौँ। यस्ता समस्या भएको बिरामीलाई अस्पतालको आईपीडीमा भर्ना गरेर उनीहरूलाई डाक्टरको ‘सुपरभिजन’मा राखेर उनीहरूको हेरविचार गर्छौँ। उनीहरूको स्वास्थ्यमा सकारात्मक परिणाम देखिए मात्र परिवारका सदस्यलाई सबै कुराको बारेमा जानकारी दिएर घर पठाउने गरेका छौँ। उनीहरूको पहिलाको अवस्था र अहिलेको अवस्थामा जोड दिने गरिन्छ। प्रेसर बढेर एकदमै डरलाग्दो अवस्थामा देखिए पनि यस्ता खालको बिरामीलाई घरमा लग्न नदिई डाक्टर नर्सको हेरविचारमा राखेर स्वास्थ्यमा सुधार आएपछि उनीहरूलाई पठाउने गर्छौँ।

आईपीडी विभागमा बिरामीलाई निकै महत्त्वका साथै उनीहरूको स्वास्थ्यमा विशेष ख्याल गरी डाक्टरले दिएको ‘इन्सट्रक्सन फलो’ गर्छौँ। साथै यहाँ भएका बिरामीलाई नर्सले हेरविचार गरि उनीहरूको स्वास्थ्य अवस्था पूरै हेर्ने गरिन्छ। यसभित्र भर्ना भएका बिरामीलाई खानपिनमा डाक्टर, डाइटिसियन र नर्स भएर हेरविचार गर्छौँ। सबै रोग एउटै नहुने भएकोले कस्ता बिरामीले के खाने, के नखाने कति मात्रामा खाने भन्ने बारेमा डाइटिसियनले परामर्श दिन्छन्। बिरामीले निर्देशनअनुसार खाना खाएको छ कि छैन भनेर हामी नर्सले परीक्षण गर्नुपर्छ। कतिपयले मात्रा नमिलाईकन नै धेरै मात्रामा खाने वा कम खाने जस्ता कुरामा नर्सले हेरविचार गर्ने हो।

बिरामीले कुन समयमा के खाने, कति खाने, कस्ता खानेकुरा खाने भन्ने डाइटिसियनले जानकारी दिने र स्वास्थ्यकर्मीले हेर्ने हो। भर्ना भएर बसेका बिरामी कतिलाई त शारीरीक व्यायाम नगर्ने वा नजानेकालाई अस्पतालमा ‘फिजियोथेरापिस्ट’ले उनीहरूलाई सिकाउने र नर्सले फेरि यही कुरा दोहोर्याउने गर्छन्। सबै बिरामीलाई हरेक दिन आधा घण्टा जति व्यायाम गर्न आवश्यक हुन्छ। उनीहरूको तापक्रम, प्रेसर सबै कुरालाई रेकर्ड गर्ने र डाक्टरले परीक्षण गर्ने उनीहरूलाई पुनः परामर्श दिने गर्छन्। अस्पतालमा सिकाएको कुरा बुझेको छैन कि भनेर फेरि हामीले जाँच गर्छौँ। सबै कुरा बुझेर स्वास्थ्यमा परिवर्तन आएपछि उनीहरूलाई घर पठाइन्छ।

निकै गम्भीर अवस्थाका बिरामीलाई सामान्य वार्डमा राख्न सकिँदैन भने हामी आईसीयू वार्डमा राख्ने गरेका छौँ। प्रशस्त मात्रामा पानी नपिउने व्यक्तिलाई युरिन समस्या हुन्छ र सलाइन राख्नुपर्ने हुन्छ। डेंगुका बिरामीहरूले पानी धेरै खानु पर्छ। खान हुने, खान नहुने कुरा थाहा पाउँदा पाउँदै पनि व्यवहारमा लागु नगर्ने व्यक्तिहरूलाई पनि भर्ना गर्नुपर्छ।

नर्सको मुख्य भूमिका भनेको नै सबै बिरामीलाई आवश्यक परामर्श दिने हो। बिरामी भनेको हामी स्वास्थ्यकर्मीहरूको लागि भगवान् सरह हुन्। रोगका कारण उनीहरू वेलावेलामा ‘इरिटेट’ हुन् सक्छन्। त्यो वेला हामी पनि उनीहरू जस्तै नभई उनीहरूलाई नरम बोलीले व्यवहार गर्नुपर्छ। स्वास्थ्यकर्मीको बोलीव्यवहार नरम हुन आवश्यक छ।

 

 

  • राेजी दाहाल

    नर्स दाहाल मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या