Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँझोपन समस्या र आईभीएफ

बाँझोपन समस्या र आईभीएफ

महिला र बच्चाको राम्रो स्वास्थ्यका लागि विवाहित महिला समयमा गर्भवती हुनु राम्रो मानिन्छ ।  बच्चा जन्माउनका लागि अण्डा ३० वर्ष उमेरसम्म बढी उपयुक्त हुन्छ। ३५ मा पुग्दैगर्दा  यो क्षमता घट्दै जान्छ। ४० मा पुग्दा त घटिसक्छ। एक पटक अण्डा घटिसकेपछि शरीरले अर्कोपटक बनाउन सक्दैन। त्यसैले समयमा विवाह, समयमा गर्भवती हुनेबारेको ज्ञान आवश्यक छ। समयमै विवाह र समयमै गर्भवती हुँदा बाँझोपनको समस्या नहुन पनि सक्छ।

कहिले राख्ने गर्भ?

सामान्यतय २२ देखि २८ वर्षको उमेर गर्भका लागि उपयुक्त समय हो। ३० वर्ष पुग्दा आमा बनिसक्नु स्वास्थ्यका लागि जरुरी हुन्छ। त्यसपछि भने बच्चा नबस्ने सम्भावना हुन्छ। उमेरसँगै आमालाई दीर्घरोगहरूको समस्या हुनसक्छ। यसले पनि गर्भ बस्न अवराेध गर्नसक्छ । अर्को कुरा एउटा गर्भ र अर्को गर्भबीच दुई वर्षको दूरी हुनैपर्छ।

साधारणतया महिलाहरू महिनावारी भएको १२, १४, १६ दिनमा एउटा अण्डा फुटछ। अण्डा डिम्बासयबाट ट्युबमा जान्छ। सम्भोगका वेला पुरुषको वीर्य योनिबाट ट्युबमा जान्छ। पाठेघरमा बच्चा बस्छ। यो एउटा सामान्य ‘फरटिलाइजेसन’ प्रक्रिया हो।

प्राकृतिक रूपमा गर्भ नरहँदा

कुनै कारणले यसरी गर्भ रहेन भने हामी ‘आईभीएफ’ (इन्भर्टाे फर्टिलाइजेसन) वा टेस्ट ट्युब बेबीको प्रक्रियामा जान्छौँ। साधारणतया महिलाको ट्युब वा डिम्बाशयमा वा पुरुषको वीर्यमा समस्या छ। महिलाको पाठेघरमा बच्चा बस्ने ठाँउ उपयुक्त छैन भने हामी आईभीएफ गर्छौँ।

महिलाको शरीर, किशोरावस्थामा आउने परिवर्तन, महिनावारीको समयमा अपनाउनुपर्ने सचेतनाको ज्ञान किशोरीहरूलाई विद्यालय तहमै दिनुपर्छ। त्यस्तै विवाह गर्ने उमेर र गर्भ राख्ने समयजस्ता सामान्य कुराको ज्ञान दिनुपर्छ। अहिले बाँझोपनालगायत महिलामा हुने दीर्घरोग शरीर र कुन समयमा के गर्ने भन्ने ज्ञान नहुँदा आएको देखिएको छ।

बाँझोपन र आईभीएफ

विवाहित जोडीले एक वर्षसम्म कुनै सााधन प्रयोग नगरी रेगुलर इन्टरकोर्स (शारीरिक सम्पर्क) राख्दा पनि बच्चा बसेन भने बाँझोपन भएको मान्नुपर्छ। प्रायजसो जोडी एक दुई वर्ष कुरेर बाँझोपन भएको आशंका लागेपछि हामीकहाँ आउँछन्। हामी महिलाको डिम्बाशय, ट्युब र पाठेघरको परीक्षण गर्छौँ। यस्तै ‘एन्टो क्राइन फयाक्टर’ पनि हेरर हामी पुरुषको ‘स्पर्म’ पनि परीक्षण गर्छौँ। जाँच गसिकेपछि आउने परिणामले मात्र उनीहरूमा के उपचार अपनाउने भन्ने तय हुन्छ।

सबैमा टेस्ट ट्युबबेबी प्रक्रियामै जानुपर्छ भन्ने हुँदैन। बाँझोपनाको समस्या भएका १०० जनामध्ये ७० प्रतिशत जतिको उपचार सामान्य तरिकाले नै गर्न सकिन्छ। ३० प्रतिशतको समस्या साधारण ‘मेडिकेसन’ले समाधान हुँदैन। यदि पुरुषमा स्र्पम कम छ भने फर्टिलाइजेसन हुन सक्दैन। महिलाको उमेर बढी भएमा डिम्बासयले काम गर्दैन। यो प्रक्रियामा हामी आईभीएफ गर्छौँ।

फरक हुँदैनन् बच्चा

शरीरमा हुने प्रक्रियालाई हामी ल्याबमा गर्छौँ। महिलाको अण्डा र पुरुषको स्पर्मलाई प्रक्रिया गराएर हामी पाठेघरमा हाल्छौँ। सामान्यतया साधारण रूपमा जन्मेको र आईभीएफ गरेको बच्चामा कुनै भिन्नता देखिँदैन। उनीहरूको शारीरीक वृद्धि विकास पनि उस्तै हुन्छ। आईभीएफ गरेका र साधारण गर्भवतीमा कुनै फरक हुँदैन।

यो प्रविधि अरु देशमा भन्दा हाम्रो देशमा अहिले निकै राम्रो भएको छ। तर अन्य देशमा भन्दा नेपालमा केही महंगो पर्छ। किनकी आईभीएफका लागि आवश्यक पर्ने वस्तुको आयात सबै विदेशबाटै हुन्छ। केही महंगो भए पनि हामीले नेपालमा अन्य मुलुककै सरह सेवा दिइरहेका छौँ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या