Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बच्चाको ज्वरो : औषधिकाे व्यापार

बच्चाको ज्वरो : औषधिकाे व्यापार

पढेलेखेकै एक अभिभावक आफ्नो अढाइ वर्षको बच्चा लिएर एकदिन मेरोमा आए। समस्या थियो ज्वरो। ‘ज्वरो कहिलेदेखि आएको?’, मैले सोधेँ। ‘हिजोदेखि’, उनको जवाफ आयो। ? ‘केही औषधि खुवाउनुभयो कि भन्ने मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले एउटा प्लास्टिकको थैलो खोल्दै  पाँचथरीका औषधि मेरो टेबुलमा राखिदिए। म चकित भएँ।

‘एन्टिबायोटिक’ देखि ‘स्टेरोइड’सम्म र भिटामिन पनि थियो। मैले बच्चाको जाँच गरेँ। उसलाई यी सबै औषधि आवश्यक थिएनन्। यी औषधि कस्ता हुन्, यिनले बच्चाको स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने बताएपछि बालककी आमा झस्किन्। ती सबै औषधि मेरो ‘डस्ट बिन’मा फ्याँकिन्।

मैले सिटामोल दिएँ। घरेलु उपचार सिकाएँ। तीन दिनपछि उनी बच्चालाई लिएर ‘फलोअप’मा आइन्। अब ज्वरो थिएन। उनी खुसी थिइन्।

यस्ता ‘केस’ लिएर दैनिक ५\ ६ जना अभिभावक मकहाँ आइपुग्छन्। नेपालभरि यस्ता घटना कति होलान्?

बुझ्नुपर्ने कुरा के भने ज्वरो हल्का वा भारी हुँदैन। भित्र वा बाहिर पनि ज्वरो आउँदैन। आयो भने थर्माेमिटरमा देखिन्छ। नभए सबै तातो ज्वरो पनि हुँदैन। कतिपय अवस्थामा हामी भ्रममा पर्छौँ। यसकारण नभएको ज्वरोको उपचारका लागि मेडिकलहरूले झोलाका झोला औषधि थमाउन पाउँछन्।

ज्वरोले बालबालिकालाई कष्ट दिन्छ नै, तिनका अभिभावकलाई कम पिरलो हुँदैन। ज्वरोको बारेमा सामान्य जानकारी समेत नराख्ने अभिभावकका कारण बालबालिका अनावश्यक रूपमा एन्टिबायोटिक तथा अन्य औषधि सेवन गर्न बाध्य छन्।

आफ्नो बच्चालाई आएको ज्वरोको बारेमा बताउँदा अचम्मका कुरा सुनाउँछन्, अभिभावकहरू। ‘मेरो बच्चालाई हल्का ज्वरो आयो’, ‘आँतमा ज्वरो छ बाहिर छैन’, इत्यादि। ‘ज्वरो नाप्नु भयो त?’ भनेर सोध्दा अधिकांशले ‘घरमा थर्मोमिटर नै छैन’,भन्ने जवाफ। मोबाइल फोन नि भनेर सोध्दा तीन चार थान नै हुन्छ।

बुझ्नुपर्ने कुरा के भने ज्वरो हल्का वा भारी हुँदैन। भित्र वा बाहिर पनि ज्वरो आउँदैन। आयो भने थर्माेमिटरमा देखिन्छ। नभए सबै तातो ज्वरो पनि हुँदैन। कतिपय अवस्थामा हामी भ्रममा पर्छौँ। यसकारण नभएको ज्वरोको उपचारका लागि मेडिकलहरूले झोलाका झोला औषधि थमाउन पाउँछन्।

बालरोग विषेशज्ञका नाताले मैले ज्वरो आएका धरै बालबालिका दैनिक हेर्छु। साना बालबालिकाका लागि एक झोला औषधि दिइएको हुन्छ। त्यसबाट पार नलागेपछि हामीकहाँ आइपुग्छन्। एक दिनको ज्वरोमा बच्चालाई यति धेरै औषधी दिएर बच्चाको स्वास्थ्यमाथि व्यापार गरिन्छ।

के हो ज्वरो ?

बच्चाको शरीरको तापक्रम थर्माेमिटरले नाप्दा १००.४ डिग्री फरेनहाइट (३८ डिग्री सेल्सिअस) वा बढी वा बढी ) भएमा ज्वरो आएको भनिन्छ।

ज्वरो किन आउँछ?

कारण सामान्यदेखि प्राणघातक पनि हुन सक्छ। ज्वरो भनेको शरीरले कुनै संक्रमण वा चोटविरुद्ध गर्ने प्रतिक्रिया हो। ज्वरो आउनु भनेको शरीरले कुनै पनि बाह्य तत्त्वसँग लडिरहेको छ भनेर बुझ्नुपर्छ। ज्वरो आउँदा शरीरको तापक्रम सामान्य भन्दा बढी हुन्छ। तातो हुन्छ। जसले किटाणु र विषाणुलाई हाम्रो शरीरमा बस्न गाह्रो हुन्छ। उनीहरू नष्ट हुन्छन्। ज्वरोले शरीरको रोगसँग लड्ने प्रणालीलाई सक्रिय पनि गराउँछ।

ज्वरो आउने धेरै कारणहरु छन्। बालबालिकामा यसको प्रमुख कारण मौसम परिवर्तन हुने बेला हुने मौसमी रुघाखोकी नै हो, जुन विषाणुको संक्रमणले हुन्छ। पाचन प्रणालीको संक्रमण, कानको संक्रमण, निमोनिया, पिसाबको संक्रमण जस्ता कारणका साथै मस्तिष्क ज्वरो पनि हुन सक्छ।

ज्वरो सामान्य उपचारले ठिक हुनेदेखि ज्यानै लिने खालको पनि हुन सक्छ। दीर्घ ज्वरो रगत वा अन्य अंगको क्यान्सरका कारणले पनि आएको हुन सक्छ। त्यसैले ज्वरो हो कि होइन, के कारणले आएको हो, यसको खोज अनि उपचार गर्नु जरुरी हुन्छ।

आफ्नो सहजताका लागि नजिकैको मेडिकल लगेर उपचार गर्दै हुनुहुन्छ भने तपाईँ बच्चाको स्वास्थ्यमाथि खेलबाड गर्दै हुनुहुन्छ। बालबालिकालाई ज्वरो आउँदा नजिकको स्वास्थ्य सस्था वा तालिमप्राप्त स्वास्थ्यकर्मीकहाँ लगेर परीक्षण गराउनुस्। याद राख्नुस्,  सबै औषधि पसले तालिमप्राप्त स्वास्थ्यकर्मी होइनन्।

कसरी गर्ने उपचार ?

सबैभन्दा पहिले ज्वरो हो कि होइन भनेर एकिन गर्नु जरुरी छ। ज्वरो छ भने नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ। अधिकांश ज्वरो सामान्य खालका हुन्छन र तिनको उपचार सामान्य औषधिले हुन्छ। जटिल खालका ज्वरोको उपचार कारण पत्ता लगाई तुरुन्त गर्नु जरुरी छ। मौसमी रुघाखोकीको ज्वरोमा सिटामोल र घरमै उपचार (मह, अदुवा, तुलसी आदिले) गर्न सकिन्छ।

जटिल प्रकारको ज्वरोको उपचारमा विशेष ध्यान पुर्याउनु पर्छ। ज्वरो आएको बच्चालाई झन् बढी कपडाले बेर्ने चलन हाम्रो समाजमा छ। यसो गर्दा बच्चा झन् तात्छन्, जसका कारण ज्वरो घट्न समय लाग्छ।

निरोगी नवजात शिशुलाई पनि चाहिने भन्दा बढी कपडा लगाएर ज्वरो आएको प्रशस्त उदाहरण छ मसँग। नवजात शिशु चाँडै तात्ने र चाँडै चिसो हुने भएकाले ठूलो मान्छेले लगाएको भन्दा एक पत्र मात्र बढी लुगा लगाइदिए पुग्छ। औषधिले ज्वरो कम नभए सम्पूर्ण शरीर भिज्ने गरी पानी पट्टी गर्दा तापक्रम छिटो घट्छ। तर धेरै अभिभावक यसो गर्दा बच्चालाई चिसो लाग्छ भनी सोच्छन्। ६ महिनादेखि ५ वर्षसम्मका बच्चामा ज्वरो आउँदा काम्ने हुन सक्छ। यो उमेरका बालबालिका भएका अभिभावकहरूले घरमा अनिवार्य रूपमा थर्माेमिटर र सिटामोलको झोल राख्नु पर्छ।

अन्त्यमा,

बुझ्नै पर्ने कुरा के हो भने हामीले सामान्य ज्वरोमा एन्टिबायोटिक तथा अन्य औषधिको अनावश्यक प्रयोग गर्नु ठीक होइन। त्यस्तै जटिल ज्वरोलाई मेडिकलबाट ल्याएको औषधिले ठिक पार्छु भनी सोच्नु पनि गलत हो। यी दुवै प्रवृत्तिले हाम्रा बालबालिकाहरुको स्वास्थ्यमाथि नराम्रो असर पारिरहेको हुन्छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या