Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दिसामा रगत देखियाे?, नगर्नुस् हेलचेक्र्याइँ

दिसामा रगत देखियाे?, नगर्नुस् हेलचेक्र्याइँ

दिसामा रगत आउने धेरैजनालाई हुने सामान्य लक्षण हो। धेरैजसो बिरामीले अल्काई वा पाइल्स भन्ठान्छन्। तर यसो हुनुमा अरु कारणहरू पनि छन् र त्यसलाई विभिन्न परीक्षण गर्न जरुरी छ बग्ने रगतको किसिम र मात्रा एवं बिरामीको उमेर चाहिँ प्रारम्भिक जाँचमा विचार गर्नु जरुरी हुन्छ। मलद्वारबाट रगत बग्नुको कारण धेरै छ।

सम्भावित कारण धेरै छन् तर बिरामीको उमेर र जनसंख्यामा सो रोगहरूको आवृत्ति कति हुन्छ भन्ने कुरमा भर पर्छ। दिसामा रगत आउनु भनेको यस्तो अवस्था हो, जसलाई पूर्ण जाँच गरेर सही विशेषज्ञको सल्लाहको आवश्यकता पर्छ। दिसामा रगत आउने लक्षण विभिन्न उमेरका वयस्कहरूलाई हुन्छ। अध्ययनहरू नभएको हुनाले कति जनामा हुन्छ भन्ने तथ्यांक आउन सकेको छैन। कसैले त डाक्टर कहाँ नगएर त्यतिकै बस्ने हुनाले सही तथ्यांक नहुने पनि हुन्छ।

दिसामा रगत आउनुको प्रमुख कारणमध्ये साधारण रोग जस्तै अल्काई र गुदद्वारमा चिरा पर्नाले हो। ठूलो आन्द्रा र गुदद्वारको क्यान्सरलाई खोजी खोजी पत्ता लगाउने या छैन भन्ने यकीन गनुपर्छ। दिसामा रगत आउनुको कारण बुझिएको खण्डमा थप परीक्षण उपचार र हुनसक्ने परिणाम भन्न सकिन्छ। बिरामीको उमेरले कारणतर्फ संकेत गर्छ। ३० वर्ष मुनिकाहरूलाई अल्काई गुदद्वारको चिरा अथवा आन्द्राको घाउ हुने रोग हुनसक्छ। ५० वर्षमाथिकालाई ठूलो आन्द्रा गुदद्वारको क्यान्सर हुने सम्भावना बढी हुन्छ।

मलद्वारबाट रगत बग्नुको सामान्य कारण– साधारण ठूलो आन्द्रा गुदद्वारका रोगहरू अल्काई चिरा परेको गुदद्वारका फिस्टुला डाइभर्टिकुलर रोगहरू आन्द्राका घाउसम्बन्धी रोगहरू क्रोहन रोग अल्सरेटिभ कोलाइटिस दीर्घकालीन मासु पलाएका रोग, ठूलो आन्द्रा या गुदद्वारका क्यान्सर।

मलद्वारबाट रगत बग्नाको असामान्य कारणहरू रगत जम्ने तत्त्वका रोगहरू शिरा धमनीका विकृतिहरू आमाशय सानो आन्द्राबाट हुने धेरै ठूलो मात्राको रक्तस्राव विकिरणको कारण हुने मलद्वारका घाउ ठूलो आन्द्राका रक्तनलीमा रगत जम्न गएर हुने रोग मलद्वारमा मात्र हुने एक्लो अल्सर गुदद्वारमा हुने रक्तनलीका गुच्छाहरू अरु क्यान्सर फैलिएको कारण गुदद्वारमा चोट यौनक्रिया यौनजन्य संक्रमण इत्यादि छन्।

प्रस्तुतिकरण कति रगत बगेको छ भन्ने कुरा जस्तै अरु अरु कुराहरू पनि थाहा पाउनु जरुरी छ। बग्ने रगतको मात्राअनुसार तीन किसिमले वर्गीकरण गरिन्छ। लुकेको रक्तस्राव रक्तअल्पताको रुपमा प्रस्तुत हुन्छन्।

मझौला रक्तस्राव मलद्वारबाट बग्ने रगत ताजा रातो या कालो कालो रगत या अलकत्रा जस्तो कालो रगत, जसमा बिरामीको रक्तचाप इत्यादि स्थिर हुन्छ। ठूलो रक्तस्राव मलद्वारबाट कालो कालो या धेरैजसो ताजा रातो रगत बग्ने हुन्छ। बिरामीको रक्तचाप झर्न सक्छ। बिरामीको माथिल्लो रक्तचाप ९० मिमि मर्करीभन्दा कम भई ‘शक’ हुनसक्छ। बिरामीको शुरुको हेमोग्लोबिन झरेर ८ ग्राम\डेलि भन्दा कम हुनसक्छ। यो एकदमै खतरापूर्ण अवस्था हो यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर दुई युनिट वा बढी रगत चढाउनु पर्ने हुन्छ।

तीन दिनभन्दा बढी रक्तस्राव हँदा तुरुन्तै बिरामीलाई अस्पताल लगेर भर्ना गर्नु पर्दछ। रक्तस्रावको मात्रा र किसिम चाहिँ थाहा पाउनु जरुरी छ। ताजा रगत पाचन प्रणालीको तल्लो भागबाट आउँछ। उदाहरणका लागि अल्काई र चिसरएको गुदद्वार हुन्। ताजा रातो रगत माथिल्लो पाचन प्रणालीबाट पनि आउन सक्छ। दिसामा रगत मिसिएको कालो अलकत्रा जस्तो रगत चाहिँ माथिल्लो पाचन प्रणालीबाट आउने गर्छ।

बिरामीको निवासमा गएर जाँच्दाखेरि पनि दिसा हेरेर कारणको अनुमान सहजै लगाउन सकिन्छ। रगत मिसिएको दिसा रगत कालो कालो छ भने बायाँ ठूलो आन्द्रा वा बीचको ठूलो आन्द्रामा घाउ क्यान्सर वा ठूलो आन्द्राको घाउजन्य रोग भन्ने बुझिन्छ। टल्किने कालो दिसालाई बिरामीले रगत भनेर बुझ्दैन।

यसले पाचन प्रणालीको माथिल्लो भाग आमाशय वा सानो आन्द्राबाट रक्तस्राव भइरहेको बुझिन्छ। यो अवस्थामा बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्छ। बिरामीको इण्डोस्कोपी गर्नु अति आवश्यक हुन्छ। ताजा रातो रगत मिसिएको दिसा ठूलो आन्द्रा या गुदद्वारमा घाउ छ भन्ने बुझिन्छ।

मलद्वारमा चिलाउने र दुख्ने हुन्छ। मलद्वार चिरिएको अल्काई या कहिलेकहीँ ठूलो आन्द्राको संक्रमण मलद्वारको क्यान्सर हुनसक्छ। चिकित्सकद्वारा मलद्वारमा औँला हालेर वा सानो पाइप हालेर जाँच गर्ने प्रक्रिया एकदम आवश्यक छ। अल्काई वा चिरा परेको फेला पर्यो भने त्यसभन्दा माथिका कारणहरू छैन भन्न कदापि सकिन्न। के कस्तो परीक्षण गर्नै भन्ने कुरा बिरामीको प्रस्तुतिकरणमा भर पर्छ क्यान्सरको शंका धेरै छ भने जरुरी नभएका जाँचहरूमा नअल्मलिई विशेषज्ञकहाँ चिकित्सक र बिरामी दुवैको सल्लाहले गइहाल्नु पर्दछ।

विशेष चिकित्सकले हेमोग्लोबिन सम्बन्धी कलेजो र रगत जम्ने तत्त्वहरूको जाँच गराउन सक्छन्। दिसामा क्यालप्रोटिन नामक परीक्षण गराइयो भने उमेर कमका बिरामीहरूमा ठूलो आन्द्राको घाउजन्य रोगहरू पत्ता लगाउन सकिन्छ। ‘कार्सिनो इम्ब्रियोनिक एण्टिजेन’ जस्ता ट्युमर मार्करहरूले रोग पता लगाउन मद्दत गर्दैन। सिग्रम्वा इन्डोस्कोपी वा कालोनोस्कोपी त्यस्ता दुई परीक्षण हुन् जसले रोग पत्ता लगाउने परीक्षणका लागि ‘बायोप्सी’ लिने र कहिले त साना अर्बुद रोग साना पोलिप निकाल्ने पनि गर्न सकिन्छ।

कोलोनोग्राफी तयार पारिएको फुलाइएको ठूलो आन्द्राको सिटी स्क्यान हो। कसरी उपचार गर्ने यो चाहिँं रोगको निदान र रक्तस्रावको मात्रामा भर पर्छ। अस्पताल गएर पेट विशेषज्ञलाई कहिले भेट गर्ने भन्ने कुरा जान्न जरुरी छ।

डा. राहुल पाठकको यो लेख डा। सुनिल चन्द्र झाले अनुवाद गरेका हुन्। यो लेख झाको ‘डाक्टर साहेब भन्नुहुन्छ’ पुस्तकबाट साभार गरिएको हो।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या