Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ग्यास्ट्रिकबाट बच्न सुधार्नुस् जीवनशैली

ग्यास्ट्रिकबाट बच्न सुधार्नुस् जीवनशैली

हाम्रो पेटमा खाना पचाउन आमाशयमा विभिन्न रसहरू (एसिड) हुन्छन्। त्यो एसिडले खानालाई राम्रोसँग पचाउँछ। तर हाम्रो शरीरलाई असर गर्दैन। जबसम्म त्यसको ‘लेयर’ ठिक रहन्छ केही हुँदैन। यसको तह बढेपछि असर गर्छ त्यो अवस्था नै ग्यास्ट्रिक हो।

मेडिकल भाषामा भन्ने हो भने हामीले खाएको खानेकुरा ‘हाइड्रोक्लोरिक एसिड’ले पचाउँछ। तर जब हाम्रो आमाशयमा चाहिने भन्दा बढी हाइड्रोक्लोरिक एसिड जम्मा हुन्छ, त्यसपछि ग्यास्ट्रिक हुन्छ। आमाशयमा एसिड धेरै भएर हाम्रो शरीरलाई क्षति पुर्याउने अवस्था ग्यास्ट्रिक समस्या हो।

ग्यास्ट्रिक नेपाली समाजका लागि असाध्यै सामान्य रोग भइसकेको छ। अहिले बदलिँदो र लापरबाहीपूर्ण जीवनशैलीका कारण ग्यास्ट्रिकको समस्या बढेको छ। समयमा नखाएर खाली पेट बस्ने, मसलादार, चिल्लो, पिरो र चुरोट रक्सी सेवन गर्ने प्रवृत्तिका कारण ग्यास्ट्रिक बढिरहेकाे छ। यसैगरी शरीरका विभिन्न भागमा दुखाइ भएर खाने ‘ब्रुफिन’ किसिमका औषधि खाली पेटमा खाँदा पनि यो समस्या उब्जिन्छ।

अहिले वीर अस्पतालको ओपीडीमा दैनिक पेट रोगसम्बन्धी १०० देखि १५० को संख्यामा आउँछन्। यसमा अधिकतम ८० देखि ९० प्रतिशत ग्यास्ट्रिकका बिरामी आँउछन्। समग्रमा हेर्दा दैनिक ५ देखि १० प्रतिशत अन्य पेट रोगका बिरामी वीर अस्पतालमा आउँछन्।

ग्यास्ट्रिकका बिरामीमध्ये कतिपयलाई प्राथमिक उपचारमै निको हुन्छ। कतिपयलाई अलि लामै समय उपचार गर्नुपर्छ। साधारण पेट दुख्नेदेखि लिएर ठूलो लक्षणसम्म पनि हुन्छ। मुख र दिसाबाट रगत आउने हुन्छ। नाइटोभन्दा माथिल्लो भाग दुख्ने, वाकवाकी आउने, खानामा अरुचि हुने, मुखमा अमिलो पानी आउने जस्ता समस्या देखिन्छन्। दिसा, बान्तामा रगत आउने, कालो दिसा आउनेजस्ता समस्या पनि ग्यास्ट्रिकको लक्षण हो।

सामान्य पेट दुख्नेदेखि लिएर ठूलो लक्षणसम्म पनि हुन्छ मुख र दिसाबाट रगत आउने हुन्छ। नाइटोभन्दा माथिल्लो भाग दुख्ने, वाकवाकी आउने, खाना रुचि कम हुने, मुखमा अमिलो पानी आउने र डकार आउनेजस्ता समस्या देखिन्छन्। दिसा र बान्तामा रगत आउने, कालो दिसा हुनेजस्ता समस्या पनि ग्यास्ट्रिकको लक्षण हो।

यो रोगबाट बच्न वा रोकथाम गर्न पहिलो कुरा त जीवनशैली परिवर्तन गर्नुपर्छ। समय व्यवस्थापन गर्नुपर्छ। समयमा खान गर्नुपर्छ। खाली पेट राख्नुहुँदैन। यस्तै चुरोट, रक्सी नखाने, कामसँगै आराम गर्ने गरे ग्यास्ट्रिक धेरै मात्रामा कम हुन्छ। अमिलो, पिरो, पोलेको, तारेको र धेरै भुटेको खानेकुरा खान छाड्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ। यसैगरी नियमित व्यायाम गर्नुपर्छ।

कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्सहरू मिलाएर खानुपर्छ। नियमित रूपमा सादा खानेकुरा मात्र खानुपर्छ। फलफूल, सागसब्जी र पानी प्रशस्त मात्रामा खानुपर्छ।

ग्यास्ट्रिक कुन चरणमा छ, यसको अवस्था हेरेर उपचार गरिन्छ। साधारण अवस्थाको ग्यास्ट्रिक खानपानमा ध्यान दिएर र जीवनशैली बदलेर निको पार्न सकिन्छ। ग्यास्ट्रिक कम गर्न चिकित्सकले ‘प्यान्टोप्राजोल’, ‘ओमेप्राजोल’, ‘रानिटेरिन’ जस्ता औषधि दिन सक्छन्।

ग्यास्ट्रिक हो या होइन भनेर यकिन गर्न रगत, पिसाब, दिसा जाँच र पेटको भिडियो एक्सरे गर्नुपर्छ। अल्सर अथवा क्यान्सर भएको छ वा छैन भनेर बुझ्न ‘इन्डोस्कोपी’ गरेपछि कस्तो औषधी खाने भन्ने चिकित्सकले सल्लाह दिन्छन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या