Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुटुराेगबाट बच्न यस्तो हुनुपर्छ जीवनशैली

मुटुराेगबाट बच्न यस्तो हुनुपर्छ जीवनशैली

आजका मानिसहरूको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ। यही अव्यवस्थित जीवनशैलीको नतिजा हो, मुटुको रोग। मुटुका धेरैजसो र रोगहरू जीवनशैलीसँग सम्बन्धित छन्।

आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वाकांक्षा, भोजभतेर कम्प्युटर र टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी अनि पैसा कमाउने दौड। यिनै हुन् संक्षिप्तमा मुटुरोग बढ्नाका प्रमुख कारणहरू।

सम्पूर्ण मुटुका रोगहरुको ७५ प्रतिशत र हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ। यसकारण जीवनशैलीलाई व्यवस्थित गरी स्वस्थ राख्न सकेको खण्डमा धेरैजसो मुटुका रोगलाई धेरै हदसम्म रोक्न सकिन्छ। मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ।

सुत्ने उठ्ने , खाने, पिउने, बानीव्यवहार, सोचाइ, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्छन्। सम्झिन सजिलो होस् भनी जीवनशैलीलाई तीन पक्षमा विभाजित गरेर हेर्न सकिन्छ– आहार, विहार र विचार। मानिसको आहार, विहार र विचारको एकमुष्ठ रूप नै जीवनशैली हो। यो कस्तो हुनुपर्छ भन्नेबारे तल चर्चा गरिन्छ–

सुत्ने उठ्ने , खाने, पिउने, बानीव्यवहार, सोचाइ, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्छन्। सम्झिन सजिलो होस् भनी जीवनशैलीलाई तीन पक्षमा विभाजित गरेर हेर्न सकिन्छ– आहार, विहार र विचार। मानिसको आहार विहार र विचारको एकमुष्ठ रूप नै जीवनशैली हो।

आहार  कस्तो हुनुपर्छ?

आहार सन्तुलित हुनु पर्दछ। कार्बाेहाइड्रेट्स्, चिल्लो, भिटामिन लवणहरू आदि पोषण तत्त्वहरू शरिरका लागि आवश्यक मात्रामा आहारमा समावेश भएको हुनु पर्छ।

घ्यु तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम पयोग गर्नु उचित हुन्छ। खाना पकाउनका लागि शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ।

नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी सबैभन्दा प्रयोग गर्नुहुँदैन। नुन थपेर खाने बानी त्याग्नुपर्छ। बिहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ। दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ।

४० वर्षको उमेर काटेपछि अथवा मुटुरोगले छोएकाहरुको बेलुकीको खानामा २ ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ। बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ। बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ। खानमा मात्रा सबैका लागि एकैनास हुँदैन।

धैरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ। ‘काम कम, माम धेरै’ गर्नुहुँदैन। बेलुकीको खानाखाएपछि तुरुन्त सुत्नुहुदैन। कम्ती दुई घण्टापछि मात्र सुत्नुपर्छ।

शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ। तर नियन्त्रित रूपमा माछा, मासु खाएमा हानि छैन खसी। राँगो र बंगुर आदिको मासुले कोलेस्टेरोल धेरै बढाउँछ। माछा र कुखुराले कम बढाउँछ।

माछा र कुखुराकाे मासु चिल्लो नराखी पकाउने तरिका सिक्नुपर्छ। यस्तो खानाले हानि गर्दैन। माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ। बेलुकी माछामासु नखानु नै उत्तम हुन्छ।

उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ। खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन्।

गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ।

खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ। दुई छाक खाने तर पेट कसेर खाने अनि खोने बितिक्कै सुत्ने यो मुटुका लागि अत्यन्तै खतरनाक खाने बानी हो। आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरैपल्ट खाने र उचित खाना खाने बानी बसाल्नु हो।

खानालाई राम्रोसँग चपाएर खानुपर्छ। ठोस आहारसँग पानी नपिउँदा राम्रोसँग पच्छ। खाना खाएको एक घण्टा पछि वा अघि पानी पिउनु राम्रो हुन्छ। बिहान सबेरै खाली पेटमा २\३ गिलास पानी पिउने बानी बसाल्नु पर्छ।

मुटुरोग लागिसकेकाहरुले डाक्टरको सिफारिस अनुसार रोगअनुसारको आहार लिनुपर्छ। मोटो मानिसले तौल घटाउने तौल कम क्यालोरीयुक्त आहार लिनुपर्छ।

व्यवहार कस्तो हुनुपर्छ?

व्यवस्थित सुत्ने र उठ्ने बानी एकखम महत्त्वपूर्ण छ, राति १० देखि ११ बजेभित्र सुत्नुपर्छ। ५ देखि ७ घण्टासम्मको गहिरो निन्द्रा अत्यावश्यक छ। निद्रा लाग्दैन भने औषधि खौएर पनि निदाउनुपर्छ। निद्रा नपरेमन मुटुका रोगहरू बढ्छन्। निन्द्रा कम पर्ने मानिस बढी मोटाउँछन् अनि बढी मोटो मानिस मुटुरोगी हुन्छन्। निन्द्रा कम हुँदा दिमागमा बोझ बढ्छ अनि रक्तचाप, ब्लड सुगर बढ्छ। हृदयाघात हुन्छ। यी प्रमाणित तथ्य  हुन्।

बिहान ५ देखि ६ बजेभित्र उठिसक्नुपर्छ। ढिलासम्म सुत्नुहुँदैन। बिहान जति सबेरै उठ्यो मन त्यति नै बढी स्वच्छ र शरीर चंगा हुन्छ।

दिनदिनै नुहाउनु राम्रो हुन्छ। नुहाउनेबितिक्कै खानु हुँदैन। नुहाउनु र खानुबीच कम्तीमा एक घण्टाको फरक हुनुपर्छ। नुहाउनेबितिकै खाएको खाना राम्रोसँग पच्दैन।

बिहान उठेर नित्यकर्म सकेपछि व्यायाम गर्नु अनिवार्य छ। जीवनशैली उठेपछि नियमित एक घण्टा व्यायाम गर्ने बानी बसाल्नु अति आवश्यक छ।

यसलाई सुत्ने, उठ्ने खाने पिउनेजस्तै नियमित नित्यकर्म बनाउनुपर्छ। योगासन, प्राणायाम र ध्यान अति उत्तम शारीरिक र मानसिक व्यायाम पद्धति हुन्। दैनिक बिहान एक घण्टा योग गर्नु मुटुरोग नियन्त्रणतर्फ प्रभावकारी हुन्छ। यसबाहेक अन्य व्यायाम पद्धति पनि अनुशरण गर्न सकिन्छ।

व्यायाम सकेपछि प्रत्येक दिन ३० मिनेट त्यस दिनमा गर्नुपर्ने कार्यहरूबारे योजना बनाउनुपर्छ। यसो गर्ने बानी बसालेमा कार्यहरू व्यवस्थित रूपमा हडबड नगरीकन र प्रभावकारी तवरले गर्न सकिन्छ।

चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ। यो बानी त्याग्नुपर्छ।

उभिँदा कति पनि कुप्रो नपरी उभिने गनुपर्छ। यसबाट शारीरिक सन्तुलन कायम रहन्छ। मेरुदण्ड सोझो पारेर खुकुलोसँग उभिँदा जमिनबाट सीधा ९० डिग्रीको रेखा तान्दा खुट्टाको गोलीगाँठो र कान एउटै सरल रेखामा परेको हुनु पर्छ। यस्तै प्रकारले बस्दा पनि मेरुदण्ड सोझो र खुकुलो हुनुपर्छ।

आफ्नो क्षमताभन्दा बढी कार्यबोझबाट नै उच्च रक्तचाप, हृदयाघातजस्ता रोग उत्पन्न हुन्छन्। बाँच्चे आफनो लागि हो। अरुका लागि होइन भन्ने मानसिकता बनाउनुपर्छ। हप्ताको एक दिन विश्राम आवश्यक छ। यो दिन परिवारका सदस्यहरूसँग बिताउनुपर्छ।

‘आजको दिन, आजको काम र आजको व्यवहार’लाई नै महत्त्व दिएर हेर्नुपर्छ। बितेको कुरा र भोलि हुने कुरालाई लिएर आजको काममा बाधा उत्पन्न हुने परिस्थिति बनाउनु हुँदैन।

सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ।

किताब पढ्ने गर्नुपर्छ। किताबबाट ज्ञान–बुद्धि मात्र होइन सुख सन्तुष्टि पनि प्राप्त हुन्छ। नियमित रूपमा कुनै किताब पढ्ने बानी भएका व्यक्तिहरूको जीवन बढी व्यवस्थित हुन्छ। फुर्सद हुँदा वा कसैलाई कुर्दा किताब पल्टाइहाल्नुपर्छ। आफूलाई मन पर्ने र विश्वप्रसिद्ध पुस्तकहरू पढ्नुपर्छ।

वर्षको एकपल्ट परिवारका सदस्यहरुका साथमा कुनै नयाँ ठाउँमा घुम्न जाने गर्नुपर्छ। सिनेमा हेर्ने, संगीत सुन्ने आदि पनि जीवनशैलीका पक्षहरू हुन्। संगीत विनाको जीवन निरस हुन्छ। निरोगी रहन नियमित गीत संगीत  सुन्ने गर्नुपर्छ।

आफ्नो लागि गरिने कुनै पनि क्रियाकलापले अरुलाई हानि नोक्सानी पुर्याएको लागे त्यो तुरून्त रोक्नुपर्छ।

विचार कस्तो हुनुपर्छ?

मानसिक तनाव उत्पन्न हुने कारणहरू धन सम्पत्ति व्यक्ति सम्बन्ध कार्यबोझ लेनदेन महत्त्वाकांक्षा नामको भोक आदि मुख्य हुनु। यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूर्ण मुद्दा हो। विचारका सकारात्मक चिन्तन प्रबल रहनुपर्छ। उज्यालो पक्ष, रोम्रो पक्षलाई नै समाएर हिँडन सिक्नुपर्छ। सुख, सन्तुष्टि भन्ने कुरा विचारहरू र मनबाट आउने मनोगत कुराहरू हुन्। धनसम्पत्ति र भाैतिक वस्तुबाट आउने मनोगत कुरा हुन्। धनसम्पत्ति र वस्तुबाट सुख प्राप्त हुँदैन।

धन कमाउनुपर्छ तर थुपारेर राख्नुहुँदैन। धान कमाउनेले त्यसको सदुपयोग गर्नुपर्छ। धन उद्योग व्यवसायमा लगाएर अरुलाई रोजगारी प्रदान गर्नुपर्छ।

कुनै पनि समस्या छ भने त्यसको स्थान समाधानतर्फ लाग्नुपर्छ। कसैसँग शत्रुता राख्नुहुँदैन। चित्त नबुझेको कुरा मनमा राख्नुहुँदैन।

महत्त्वाकांक्षा र नामको भोकले मानसिक तनाव जन्माउँछ। यसकाे पछाडि लाग्नुहुँदैन। गल्ती र हार भन्ने हुँदैहुँदैन। यी सबै जीवनका पाठहरू हुन् भन्ने सोच्नुपर्छ।

विचारलाई व्यवस्थित गर्न योग अभ्यास विशेषगरी प्राणायाम र ध्यान अत्यन्त प्रभावकारी छन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या