दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस

दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस

रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो। यदि नियन्त्रण गरिएन भने यसले अरुलाई होइन आफैँलाई हानि पुर्याउन सक्छ। रिसाइहाल्नुअघि एकछिन सोच्ने बानी गर्नुपर्छ। यसो गरेको खण्डमा केटाकेटीलाई पिट्ने, घरेलु झगडा तथा अरु सामाजिक समस्या कम गर्न सकिने मात्र होइन आफ्नै स्वास्थ्यलाइ पनि असल हुन्छ। रिसले उद्वेलित हुने वा झडङ्ङ रिसाउने जस्तो जुनसुकै व्यवहार पनि हाम्रो हृदयरोग र रक्तसञ्चार प्रणालीका निम्ति खतरनाक हुन्छ भन्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। यी अनुसन्धानले रिसको हृदयाघात र पक्षघातसँग परस्पर सम्बन्ध रहेको जानकारी दिएका छन्।

आफैँलाई एकदमै रिस उठेको बेला सम्झनुहोस् त। रिसाएको वेला तपाईँको मुटुको चाल एकदम छिटो हुन्छ। मुख रातो हुन्छ। भनाइको तात्पर्य के हो भने रिसाएको बेला तपार्इँमा हुने शारीरिक परिवर्तन यही नै हो। मुटुको चाल बढ्नाले र दाह्रा किट्ने गर्नाले रक्तचाप बढ्छ। यी सबै प्रसङ्गहरू तपाईँलाई रक्तचाप बढाउने कारक तत्त्व बन्छन् र उच्च रक्तचाप पक्षाघात गराउने मूल कारण पनि हो । रिसाएको बेला मानिसको मुटुमा अक्सिजन परिपूर्ण भएको रगत आपूर्ति गर्ने धमनी साँघुरिन्छ र त्यसले गर्दा रगत बाक्लिएर लेसाइलो हुन जान्छ। अनि खतरनाक रूपमा जम्ने सम्भावना हुन्छ, जसले गर्दा हृदयाघात वा पक्षघात हुन सक्छ। त्यसैले यदि तपाईँ कसैसित रिसाउनु हुन्छ भने त्यसले तपाईँलाई नै बढी हानि पुग्छ भन्ने कुरा सम्झना राखिरहनुहोस्।

रिसाइरहने बानी अथवा झडङ्ङ गर्ने स्वाभाव अँगाल्नाले तपार्इँलाई नराम्रो खाना खाने, चुरोट तान्ने वा रक्सी सेवन गर्ने नराम्रा लततर्फ लैजाने धेरै सम्भावना हुन्छ जसले केवल मुटुको रोग वृद्धि गर्न मद्दत गर्छ। आफ्नो रिसलाई निन्यत्रण गर्ने तरिका सिक्नु वा जानुभयो भने यसले तयाइमा पर्ने दबाबलाई कम गर्न मद्दत गर्छ। भन्ने नै हो यसले ज्यानसमेत बचाउँछ।

रिस र हृदयाघात झडङग रिसाउनु या रिसलाई लुकाउन खोज्नुभन्दा यसलाई बिस्तारै शाान्त भएर प्रकट गर्नु अत्यन्त स्वस्थकर हुन्छ। ससाना कुरामा पनि झडङ रिसाउने या सर्धै जस्तो रिसाइरहने या सर्धै जस्तो रिसाइरहने व्यक्तिलाई मुटुको रोग लाग्ने वा हृदयाघात हुने खतरा बढी हुन्छ । रिस र स्वास्थयको सोझो सम्बन्ध हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाएका छन्।

सन् २००४ मा गरिएको एक अध्ययन रिस तथा कुण्ठाले मुटुको चाल असामान्य तुल्याउँछ र आकस्मिक मृत्यु निम्त्याउन सक्छ भन्ने पाइएको छ। कमजोर मुटुलाई स्वचालनमा ल्याउने उपकरण शरीरभित्र प्रत्यारोपण गर्दा वैज्ञानिकहरूले शारीरिक तनावले भन्दा मानसिक तनावले व्यक्तिमा मुटुको गति असामान्य तवरले छिटो हुन जान्छ भनी पता लगगाएका छन्। मुटुको गति असामान्य गराउने एकमात्र कारण मानसिक तनाब हो भनी बुझाउने यो पहिला अध्ययन हो। अनुसन्धानकर्ताहरूले मुटुका गति असामान्य भएका व्यक्तिलाई भन्दा भित्रभित्र रिस पाल्ने व्यक्तिलाई ७५ प्रतिशत बढी मुटुका धमनीको रोग हुने सम्भावना रहेकोबारे पनि अनुसन्धानहरुले देखाएका छन्।

केही अरु अध्ययन अनुसार रिसाएको कम व्यक्तिलाई भन्दा रिसको प्रचण्डस्तर भएका व्यक्तिलाई तीन दोब्बर बढी हृदयाघात हुने वा छाती दुख्ने सम्भावना हुन्छ भन्ने छ। खासगरी रिस उठेको बेला केही कुरा फुटालौँ वा कसैको टाउको फुटाऔँ भन्ने छ । खासगरी रिस उठेको बेला केही कुरा फुटालौँ वा कसैको टाउको फुटाऔँ भन्ने भावना उब्जने व्यक्तिहरुमा यो सम्भावना अझ बढी हुन्छ।

समयको अन्तरालका साथै रिसका कारण नोक्सान पु¥याउने खालका असरहरु बढ्दै जान सक्छन् सन् २००२ मा गरिएको अध्ययनले धेरै रिस चाहे त्यो लुकाइएको होस् वा प्रदर्शन गरिएको होस त्यसबाट बढेको तनाव खपेका व्यक्तिमा हृदयाघात बढी भएको पाइएको छ । युवा मानिसमा सुरु गरी तिनीहरुको ४८ वर्षको उमेरसम्म जारी दराखिएको हुनाले यो अध्ययन विशेष मानिएको छ रिस र रक्तचाप रिससँगसँगै आउने शारीरिक परिवर्तन मुटुको गति छिटो हुन र रक्तचाप बढनु हो। यो परिवर्तन क्षणिक हो तर लामो वा लगातार रिसाइरहने भयो भने यसले रक्तचापलाई उच्च बनाउन योगदान गर्छ।

साधारणत कम झगडालु व्यक्तिमा भन्दा बढी झगडालुमा रिसको तीव्रता हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। साथै यस्ता झगडालु मानिसमा रिस पनि लामो समयसम्म रहिरहन्छ। झगडा गर्न उघत मानिसमा बढी र लामो समयसम्म रक्तचाप बढ्छ। रिस र पक्षघात रिस र पक्षघातका बारेमा गरिएको अनुसन्धानले प्रकट नगरिएका रिस विद्वेष तथा लामो समयदेखिको रिसभन्दा सोझो एवं शाान्त तरिकाले व्यक्त वा प्रकट गरिएको रिस बढी स्वस्थर हुन्छ भनेको छ।

ससाना नकारात्मक व्यवहारले पनि हामा्रे मस्तिष्क तथा मुटुमा असर पार्छन भनी अन्य अध्ययन ध्यानाकर्षण गरेका छन्। उदाहरणका लागि एक अध्ययनले धेरै बिरामीहरुमा अध्ययन गर्दा धैर्य नभएका करकरे तथा अरुलाई जित्न खोज्ने व्यक्तिलाई मुटु रोग र पक्षाघातको बढी जोखिम भएको पाइएको छ। रिसलाई त्यागौ शाान्त होऊँ र जीवनको मज्जा लुटौँ अनि स्वस्थ र दीर्घायु बनौँ।