Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यस्ता व्यक्तिलाई हुन सक्छ कोलोरेक्टल क्यान्सरकाे जोखिम

यस्ता व्यक्तिलाई हुन सक्छ कोलोरेक्टल क्यान्सरकाे जोखिम

मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने\गराउने महिनाका रूपमा लिइन्छ। यो महिनाभर ठूलो आन्द्रा र मलाशयको क्यान्सरबारे विविध चिकित्सकीय कार्यपत्रहरू प्रस्तुत गरिने, रोग रोकथाम र उपचारबारे जनचेतना फैलाउने आदि कार्य गरिन्छ। यी क्रियाकलापले रोग रोकथाम र रोगको प्रभावकारी उपचारबारे पनि सर्वसाधारणले थाहा पाउन सक्छन्।

ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने क्यान्सरमध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ। विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ बिरामीहरू देखापर्ने गर्छन् भने तिनमध्ये झण्डै ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्छन्। हालैका वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन्।

ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच\परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ।

रोगको जोखिम कसरी घटाउने ?

४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रूपमा ठूलो आन्द्रा\मलाशयको क्यान्सरको जाँच\परीक्षण गराउने, किनकी यदि ठूलो आन्द्रा तथा मलाशयका क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगीमध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा सुरुकै अवस्थामा फर्काउन सकिन्छ।

पर्याप्त रेशेदार तथा कम चिल्लोयुक्त सन्तुलित भोजन गर्ने।  यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, ध्रमुपानको बानी भए तुरुन्तै त्याग्ने। मद्यपान र ध्रुमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलाशयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्छ।

साताको तीनदेखि चारपटक कम्तीमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने। सामान्य शारिरीक व्यायामहरूमा छिटो छिटो हिँड्डुल गर्ने, करेसाबारी वा बगैचामा काम गर्ने वा भर्याङ उक्लिने जस्ता कार्यहरू गर्न सकिन्छ।

के याे रोगको उपचार हुनसक्छ ?

ठूलो आन्द्रा र मलाशयका क्यान्सरका लक्षणहरू निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ। यस रोगको जाँच\परीक्षण विशेषत दुई कारणले लाभदायक हुनसक्छ।

यदि ठूलो आन्द्राका फोकाहरू, जसले पछि क्यान्सरको रूप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने, यो रोगको उपचार तबमात्र सम्भव हुनसक्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ। रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलाशयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ। शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ। रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुने गर्दछ।

यसले समयमै र नियमित रुपमा गरिने जाँच परीक्षणको महत्त्व दर्शाउँछ। यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने ठूलो आन्द्रा तथा मलाशयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रूपमा हुनसक्ने तथा उपचार पश्चातका जटिलताहरू समेत कम मात्रै देखापर्ने गर्छ। किनकी तिनीहरूले ठूलो आन्द्रा र मलाशय रोगसम्बन्धी विशेष विशेषज्ञता हासिल त गरेकै हुन्छन्, तिनका अलावा तिनले ठूलो संख्यामा त्यसखाले रोगको शल्यक्रियात्मक उपचार समेत गरेका हुन्छन्।

कोलोरेक्टल क्यान्सर हुने बढी जोखिम कस्तालाई हुन्छ ?

कुनैपनि व्यक्तिमा ठूलो आन्द्रा\मलाशयको क्यान्सर हुने जोखिम उमेरसँगै बढ्दै जान्छ। सबै महिला तथा पुरुष, जो ४५ वर्ष कटिसकेका छन्, तिनलाई ठूलो आन्द्रा र मलाशयको क्यान्सर हुनसक्ने जोखिम समानरूपमा बढेर जान्छ। तसर्थ उमेर पुगेका हरेक महिला तथा पुरुषले नियमित रूपमा रोग परीक्षणजाँच गराउनु अत्यावश्यक हुन्छ नै।

केही मानिसहरूमा भने ४५ वर्षभन्दा कम उमेरमै पनि रोग लाग्न सक्ने जोखिम अत्याधिक बढी हुने गरेको पाइन्छ। व्यक्तिगत वा पारिवारिक इन्प्लामेटरी ‘वाउल डिजिज’को इतिहास भएका व्यक्तिहरू, ठूलो आन्द्रा\मलाशयको क्यान्सर पहिले भइसकेका व्यक्तिहरू र पाठेघरको, पाठेघरको मुखको र स्तन क्यान्सर भइसकेका महिलाहरू अत्यन्तै ठूलो जोखिममा रहेका हुन्छन्।

रोग निदान गर्ने वा पत्ता लगाउने हालको विधिमा कोलोनोस्कोपी (मलद्वारबाट क्यामेरासहितको पाइप ठूलो आन्द्रामा पठाई रोगको अवस्था हेरिने विधि), सिग्मोइडोस्कोपी (ठूलो आन्द्राको तल्लो भाग\मलाशय आदिको दृश्य हेरिने विधि), सि.टी कोलोनोग्राफी (ठूलो आन्द्राका ट्युमर तथा पाेलिप्स हरू पत्ता लगाउने विधि), डबल कन्ट्राष्ट बेरियम एनिमा एक्स–रे तथा नदेखिने रगत तथा असामान्य डीएनए पत्ता लगाउन गरिने दिशाको विशेष प्रयोगशाला जाँच\परीक्षण पर्दछन्।

हरेक बिरामीले आफूलाई कुन कुन जाँच\परीक्षण गर्नु, गराउनुपर्ने हो, कुन जाँच\परीक्षण कहिले, कुन समयमा, कतिपटक उपयुक्त हुने हो सोबारे आफ्ना चिकित्सकसँग गहन छलफल गर्नु श्रेयस्कर हुन्छ।

ठूलो आन्द्रा र मलाशयका रोगबारे  नर्भिक हस्पिटलका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्य र पेटरोग विशेषज्ञ डा. वरुण शाहले दिएकाे प्रवचनमा आधारित।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या