Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मानिसमा पहिलाेपटक स्वास्थ्य चेतना भर्ने धनवन्तरी

मानिसमा पहिलाेपटक स्वास्थ्य चेतना भर्ने धनवन्तरी

आयुर्वेद जानेका सुनेका व्यक्तिका लागि धन्वन्तरी नौलो नाम होइन। धनवन्तरीको उत्पत्तिबारे पुराणमा उल्लेख गरेकाे पाइन्छ। कृष्ण त्रयोदशीका दिन धनवन्तरीको प्रादुर्भाव भएको हो भन्ने मान्यता छ। यही दिन धनवन्तरी दिवस मनाइन्छ।

पुराणका अनुसार धनवन्तरीभगवान् विष्णुको स्वरुप पनि हुन्। उनी आयूर्वेदका प्रर्वतक पनि हुन्। स्वास्थ्यका चिन्तक पनि हुन। मानिसको सृष्टि भएपछि उनीहरूलाई रोग लाग्न सक्छ। अब उनीहरुलाई स्वस्थ कसरी राख्ने भनेर छलफल भयो। दानव र देवताबीच बौद्धिक मन्थन भयो। त्यसबाट एउटा निचोड निस्कियो र धनवन्तरीको प्रादुर्भाव भयो।

स्वस्थ रहनका लागि जडीबुटी प्रशस्त छन्, खानेकुरा छन्, यिनीहरुको सही प्रयोग गर्नुपर्छ भन्ने भयो। यसलाई प्रयोग गर्नुपर्छ भनियाे तर स्वास्थ्यसँग जोडेर केही कुरा आए त्यसबेला अपनत्व लिने सम्भवना थिएन। त्यसैले धनवन्तरीले धर्मसँग जोडेर यी कुरा अघि सारे। यसलार्इ कसैले पनि नकार्न सकेनन्।

त्यसबेला भनेर मात्र मान्ने थिएनन। त्यसैले यसलाई धर्मसँग जोडिएर हेरियो। पिपलमा भगवान् विष्णुको बास हुन्छ, पूजा गर्नुपर्छ, काट्न हुन्न भनियो। धर्मसँग जोडियो। पिपलमा विष्णुको अवतार छ भन्ने आस्थाका कारण मानिसले पिपल काट्न डराए। त्यसमा वैज्ञानिक कारण थियो । पिपल सबैभन्दा बढी अक्सिजन दिने बिरुवा हो।

आँगनमा तुलसी रोपेर पूजा गर्न थालियो। त्यसमा पनि मानिसले विष्णुको अवतार मानी घरमा लगाएर पूजा गर्न थाले। त्यसमा वैज्ञानिक कारण थियो। तुलसीले भाइरस, ब्याक्टेरिया टाढैबाट भगाउने काम गर्छ। जुन चलन अहिले पनि जारी छ। बिहान उठेर नुहाउने धुप बाल्ने, बासी खानेकुरा नखाने जस्ता कुरा बनाइयो। घर आँगन लिपपोत गर्ने गरियो। यसलाई धर्मसँग जोडियो वास्वमा त्यो स्वास्थ्यका लागि थियो।

स्वस्थ रहनका लागि जडीबुटी प्रशस्त छन्, खानेकुरा छन्, यिनीहरूको सही प्रयोग गर्नुपर्छ भन्ने भयो। यसलाई प्रयोग गर्नुपर्छ भनियाे तर स्वास्थ्यसँग जोडेर केही कुरा आए अपनत्व लिने सम्भवना थिएन। त्यसैले धन्वन्तरीले धर्मसँग जोडेर यी कुरा अघि सारे। यसलार्इ कसैले पनि नकार्न सकेनन्।

धनवन्तरी आर्युवेदका पिता मात्र हैनन् उनैले मानव हितको लागि स्वास्थ्य ज्ञान पनि ल्याए। पहिलोपटक सबैको स्वास्थ्यको चिन्तन गर्ने नै धन्वनतरी हुन्। पौराणकि कालदेखि स्वास्थ्यलाई महत्त्वपूर्ण भन्दै यसको बारेमा चर्चा गर्ने पात्रको सम्झनामा धनवन्तरी दिवस मनाइन्छ। उनलाई सम्झिन यो दिवस मनाइन्छ।

हाम्रो संस्कृतिमा हजारौँ वर्षदेखि स्वास्थ्यको चिन्तन गर्ने गरिन्थ्यो भन्ने उदाहण हुन्, धन्वन्तरी। कल्पनाशक्तिका अाधारमा भगवानजस्तै चार हात बनाएर एउटा रूप दिए पनि उनी भगवान् भन्दा पनि आयुर्वेदका पिता हुन। प्रवर्तक हुन्।

अहिले यो दिवस अलि फरक ढंगबाट मनाइन्छ। धनवन्तरीलाई समिझने पुजा गर्ने त छँदैछ त्यसबाहेक यसलाई भगवानका रुपमा पूजा मात्र गर्ने होइन  अहिले धनवन्तरी भगवानका मात्र हैन स्वास्थ्यका बारेमा चिन्तिन गर्ने व्यक्ति थिए भनेर बुझाएर कार्यक्रम गरिन्छ। जनचेतामूलक विभिन्न कार्यक्रम गरिनछ। अनादिकालदेखि शुरु भएको आयुर्वेद भनेको जबसम्म जडीबुटी छ खानपिन छ, मानिस छ, आयुर्वेद रहिरहन्छ।

अहिले विश्वमा ७० देखि ८० प्रतिशत मानिस नसर्ने रोगले मरिरहेको छन। त्यसैले पनिे विश्व स्वास्थ्य संगठनले योग अभ्यास गर्नुस्  भनेको छ। जुन हजाराैँ वर्ष पहिले धनवन्तरीले भनेका थिए। मानसिक र स्वास्थका लागि योग पन्चकर्मका विभिन्न कार्यक्रम गर्दै आएका छौं।
जीवनशैली परिवर्तन गर्ने कुरा त्यसबेलै गएिको थियो। अहिले हामी फेरी त्यसतर्फ जाँदैछौं।

एलोपेथिक आएपछि बिस्तारै यो छायाँमा परेको थियो। तर अहिले फेरी समय परिवर्तन भएको छ। मानिसहरू फेरि आयुर्वेदतर्फ उन्मुख भएको पाइन्छ।
शरीर स्वस्थ राख्नका लागि एलोपेथिक वा आयुर्वेदिक वा अन्य पद्धति सबै मिलेर जान पनि सकिन्छ आयुर्वदले अरु प्रयोग गर्न मिल्दैन भनेको छैन। कुनै रोग कुन पद्धतिले ठिक गर्छ त्यही अनुसार उपचार गर्नुपर्छ। विधा आफूमा फरक छन्। तर सबैलाई मिश्रित गरेर लान सकिन्छ। सबै मिलेर गएमा अझ बढी राम्रो रिजल्ट दिन सकिन्छ। यो मौलिक चिकित्सा पद्धति हो।

खानपिनमा पनि परम्परादेखि नै मिलाएर कुन चाडबाडमा के खाँदा कसरी स्वस्थ रहन्छ भनेर मिलाइएको छ। यसको बारेमा त्यसबोला नै चिन्तन गरिएको देखिन्छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या