Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दशैँ तिहारमा अाउनसक्ने स्वास्थ्य समस्या

दशैँ तिहारमा अाउनसक्ने स्वास्थ्य समस्या

बडादशैँ र दीपावली नेपालीका महत्त्वपूर्ण चाडपर्व हुन्। मान्यजनसँग आशीर्वाद लिने, साथीभाइ तथा प्रियजन भेटेर खुशी साटासाट गर्ने अवसर पनि हुन्,चाडपर्व। तर, दशैँ र तिहारजस्ता चाडपर्वमा खुशीको लहर मात्रै होइन रोगहरूको पनि ओइरो लाग्छ।

विभिन्न कारणले एक जनालाई रोग लाग्दा वा समस्या आउँदा पूरै परिवारको उत्सव नै बिग्रिन्छ। चाडपर्वको समयमा हामीले जीवनशैलीमा लापरवाही गर्ने हुनाले यी रोग लाग्छ र तनाव बढ्छ। आउनुहोस्, यी पर्वहरूमा वा पर्वहरूपश्चात् देखिने समस्याबारेमा  ध्यान  दिऊँ र चाडपर्व बिग्रिनबाट बचाऔँ।

राेग लाग्ने वा बढ्ने कारणबारे जानेर सचेतता अपनाउनुभयाे भने चाडपर्वमा खुशीयालीकाे माहाेल कायम रहन्छ।

पेट तथा पाचन प्रणालीसम्बन्धी समस्या 

गुलियो, चिल्लो, नुन, पिरो र मसला बढी भएका खाना खानु,

तारेका, भुटेका तथा अति पकाएर विकृत पारिएका मांसाहार र अन्य खाद्य खानु,

जंक फुडहरू जस्तै, प्याकेटका खाजा तथा बोतलबन्द पेयहरू खानु,

अशुद्ध र संक्रमित पानी तथा खाद्य पदार्थ खानु,

धूमपान, मद्यपान, लागूपदार्थ लगातार सेवन गर्नु,

विभिन्न कारणले अत्याधिक शारीरिक वा मानसिक तनाव बढ्नु,

मीठो पाएर कोचीकोची खानु वा शरीरले पचाउन सक्ने भन्दा बढी खानु,

अत्यधिक क्यालोरीका खाना खानु,

औषधि सेवन तथा उपचार अनियमित हुनु\रोक्नु,

पानी कम पिउनु आदि।

मोटोपन, कोलेस्ट्रोल, कलेजो राेग र मधुमेह झनै बिग्रिने

गुलियो, चिल्लो, नुन, पिरो र मसला बढी भएका खाना खानु,

तारेका, भुटेका तथा अति पकाएर विकृत पारिएका मांसाहार र अन्य खाद्य खानु,

जंकफूडहरू जस्तै प्याकेटका खाजा तथा बोतलबन्द पेयहरु खानु,

मीठो पाएर कोचीकोची खानु वा बढी खानु,

अत्यधिक क्यालोरीका खाना खानु,

शारीरिक व्यायाम नै नगर्नु वा नियमित गर्न नसक्नु,

औषधि सेवन तथा उपचार अनियमित हुनु, रोक्नु

आवश्यकतानुसार चिकित्सकसँग परामर्श लिन नसक्नु।

पिसाबको समस्या

पानी कम पिउनु,

गुलियो, चिल्लो, नुन, पिरो र मसला बढी भएका खाना खानु,

तारेका, भुटेका तथा अति पकाएर विकृत पारिएका मांसाहार र अन्य खाद्य खानु,

जंकफुडहरू जस्तै प्याकेटका खाजा तथा बोतलबन्द पेय पदार्थ खानु,

मुटु तथा रक्तनलीका समस्या जस्तै, हृदयाघात, उच्च रक्तचाप, मस्तिष्कघात आदि।

विभिन्न कारणले तनाव 

औषधिको सेवन तथा उपचार अनियमित हुनु\रोक्नु,

शारीरिक व्यायाम नै नगर्नु वा नियमित गर्न नसक्नु,

धूमपान, मद्यपान, लागुपदार्थ सेवन गर्नु,

विभिन्न कारणहरुले अत्यधिक शारीरिक वा मानसिक तनाव बढ्नु,

कोचीकोची खानु वा शरीरले पचाउन सक्ने भन्दा बढी खानु,

गुलियो, चिल्लो, नुन, पिरो र मसला बढी भएका खाना खानु,

तारेभुटेका तथा अति पकाएर विकृत पारिएका मासु र अन्य खाद्यवस्तु खानु,

जंकफूडहरू जस्तै प्याकेटका खाजा तथा बोतलबन्द पेयहरु खानु,

अत्यधिक क्यालोरीका खाना खानु, पानी कम पिउनु आदि,

एक्कासि बढी काम वा व्यायाम गर्नु जस्तै पिङ खेल्नु, घाममा बसिरहनु, रातदिन तास वा देउसी भैलो खेल्नु,

आवश्यकतानुसार चिकित्सकसँग परामर्श नलिनु, समयमै चिकित्सक उपलब्ध नहुनु वा चिकित्सककहाँ समयमै पुग्न नसक्नु।

स्नायु प्रणालीसम्बन्धी

मस्तिष्काघातले गर्दा पक्षघातहरू हुने, चोटपटक वा दुर्घटनामा ‘स्पाइनल कर्ड इन्जुरी’ हुनु,

अस्वस्थकर खाना र जीवनशैलीले गर्दा कोलेस्टेरोल, मधुमेह, उच्च रक्तचाप र रक्तनलीका रोगहरु आदि झनै बढ्नु, यसका कारण मस्तिष्काघात हुनु,

मद्यपान र लागुपदार्थ तथा जुवा–तास वा आर्थिक लेनदेनले निम्ताउने ‘रोड ट्राफिक एक्सिडेण्ट’हरू, चोटपटक र झै झगडाबाट निम्तिने विभिन्न दुर्घटनाहरू हुनु,

यी पर्वमा पिङ खेल्दा, छतमा चंगा उडाउँदा असावधानीवस खस्नु र स्पाइनल कर्ड इन्जुरी हुनु’,

जुवा, मद्यपान, लागुपदार्थ आदिका कारण हुने स्नायुप्रणालीका यस्ता दुर्घटनाले सदाका लागि प्यारालाइज्ड हुनु,

समयमै चिकित्सक उपलब्ध नहुनु वा चिकित्सककहाँ समयमै पुग्न नसक्नु।

युरिक एसिडको समस्या बल्झिने

मांस, जंकफुड, गेडागुडी, मद्यपान, विकृत बनाएर पकाइएका परिकार बढी खानु,

पानी कम पिउनु, व्यायाम नगर्नु,

दम, खोकी, श्वासप्रश्वासका रोगहरू\एलर्जीहरू बढ्नु,

तिहारमा पड्काइने पटाकामा पाइने सल्फर डाइअक्साइड, क्याड्मियम, लेड, नाइट्रेट, नाइट्राइट्स जस्ता विभिन्न विषालु पदार्थहरूले छाती तथा श्वासप्रश्वाससम्बन्धी राेग बढ्नु।

चोटपटक वा दुर्घटना हुने वा जल्ने

यी चाडपर्वहरूमा साथीहरूसंगको भेटघाट\जमघटमा मद्यपान र लागुपदार्थको सेवनले सवारी दुर्घटना र झगडा हुनु,

पिङ खेल्दा, छतमा चंगा उडाउँदा चोटपटक र विभिन्न दुर्घटनाहरू हुनु,

पटाका तथा आतिसबाजीले गर्दा हुने आगजनी वा जल्नु,

ढाड दुख्ने वा नशा च्यापिने समस्या बल्झिने वा बढ्ने आदि।

धेरैबेर बसेर तास खेल्ने वा खराब पोश्चरमा काम गरी मेरूदण्ड र नशाका रोगहरू निम्तिनु।

तनाव बढ्ने

पारिवारिक सम्बन्ध, आर्थिक तथा स्वास्थ्यसम्बन्धी समस्या बढ्नु,

जुवा तासमा हार वा जित हुनु,

मद्यपान र लागुपदार्थको सेवनले झगडा हुनु।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या