Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामीलाई भेट्न अस्पताल जाँदा फलफूल होइन, ‘गेट वेल सुन कार्ड’

अार्थिक भार कम, अात्मीयता वृद्धि

बिरामीलाई भेट्न अस्पताल जाँदा फलफूल होइन, ‘गेट वेल सुन कार्ड’

जीवनकालभर हामी एक न एक पटक त अस्पताल भर्ना भएकै छाैँ होला। वा हुन्छाैँ होला। भर्ना नै नभए पनि आफ्ना नातेदार आफन्त बिमारी भर्इ अस्पतालको शय्यामा बसेका बेलामा बिरामीलाई भेट्न र स्वास्थ्य अवस्थाको जानकारी लिन त अवश्य नै पुगेका हुन्छौँ।

अस्पताल जाने क्रममा स्वास्थ्यलाभको कामनासहित झोलामा खानेकुरा (फलफूल, बिस्कुट, हर्लिक्स, भिभा, जुस आदि) र फूलको ‘बुके’ आदि पनि बिरामीलाई हस्तान्तरण गर्छौँ। नेपालीमा चल्दै आएको यो चलनलाई निरन्तरता नदिए खाली हात आउँदा बिरामी र आफन्तले के सोच्लान् भन्ने हाम्रो बुझाइ छ।

अब कुरा रह्यो आफन्तले ल्याएको ती कोसेली कसरी उपयोग गर्ने! फूलको बुके केही दिनमै बिरामीसँगैको साइड टेबलमा ओइलाएर जान्छ। फलफूल जुस भए बिरामीको पेटमा भन्दा पनि आफन्त र कुरुवाको पेटमा वा घरमा पुग्छ। अनि बिरामीको भागमा चिकित्सकको सल्लाह बमोजिम बजारिया खाना कम र घरबाट वा अस्पताल क्यान्टिनबाट ल्याएको स्वस्थ सादा खाना अनि जाउलो पर्ने गर्दछ। यो सबै हाम्रो घर, छिमेक, नातागोतामा जोकोही पनि बिरामी पर्दा अस्पतालमा देखिने यथार्थ चित्र नै हो।

यो यथार्थ चित्रलाई छेउ लगाएर अब कुरा गराैँ, बिरामी र उसको परिवारको पीडाको! कुनै पनि व्यक्ति बिरामी हुँदा बिरामी तथा उसको परिवारलाई दुई किसिमको कुराले पिरोलिरहेको हुन्छ। एउटा हो बिरामीको रोगको जटिलता र अर्को हो उपचारमा लाग्ने खर्च। ‘आउट अफ पकेट’ स्वास्थ्यप्रणाली भएको हाम्रो समाजमा परिवारजनलाई उपचार खर्चको सोच आउनु स्वभाविक कुरा नै हो। अस्पतालमा भर्ना गरेदेखि स्वास्थ अवस्थाको चिन्ताले पिरोल्नु र बिस्तारै उपचार क्रमशः डिस्चार्जको समयमा उपचारमा लागेको खर्च जुटाउने चिन्ताले पिरोल्नु बिरामीकाे परिवारमा आइपर्ने समस्या हुन्।

उपचारमा संलग्न स्वास्थ्यकर्मी बिरामीको पीडा दूर गर्नका लागि दिनरात खटिइ नै रहेका हुन्छन्। आफन्तहरू पुगेर स्वास्थ्यलाभको कामना गर्दा बिरामीलार्इ एक किसिमको सान्त्वना त मिलिरहेको हुन्छ नै तर आफन्तजनबाट नै बिरामीले केही सहयोग पाउने हो भने सुनमा सुगन्ध नै हुन्छ। ठूलो राहत पनि मिल्छ। म यहाँ कुरा गर्न खोज्दैछु, बिरामीलाई गरिने आर्थिक सहयोगको!

विवाहमा दुलहा दुलहीलाई हामी खाममा राखेर, अाफ्नाे नाम नै लेखेर बिनाहिच्किचाहट नगद दिन्छाैँ।  ‘कृपया जिन्सी सामानको कष्ट नगर्नु होला’ भन्ने निर्देशन पालना गर्दै नगद खुसुक्क खाममा हाल्ने र नवविवाहितका हातमा राखिदिने गर्छाैँँ। त्यहाँ नगद र आर्थिक सहयोगको आवश्यकता पनि देखिँदैन। नगदकाे अावश्यकता पर्ने बिरामीलाई खानेकुरा, पुष्पगुच्छाको सट्टा रकम सहयोग दिए केही हदसम्म उनकाे आर्थिक भार कम हुन्थ्याे।

सामान्यतयानेपाली समाजमा बिरामी भेट्न जाँदा कुनै आर्थिक सहयोग गर्ने चलन पाइँदैन। कसैले गर्न नै खोजे पनि हामी असजिलो मान्छौँ। तर यही समाजको अर्को पाटो पल्टाआैँ न! विवाहमा दुलहा दुलहीलाई हामी खाममा राखेर, अाफ्नाे नाम नै लेखेर बिनाहिच्किचाहट नगद दिन्छाैँ। ‘कृपया जिन्सी सामानको कष्ट नगर्नु होला’ भन्ने निर्देशन पालना गर्दै नगद खुसुक्क खाममा हाल्ने र नवविवाहितका हातमा राखिदिने गर्छाैँँ। त्यहाँ नगद र आर्थिक सहयोगको आवश्यकता पनि देखिँदैन। नगदकाे अावश्यकता पर्ने बिरामीलाई खानेकुरा, पुष्पगुच्छाको सट्टा रकम सहयोग दिए केही हदसम्म उनकाे आर्थिक भार कम हुन्थ्याे।

यही विचारलाई आत्मसात गरी बिरामीकै आगन्तुकबाट बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोगको संस्कारलाई अग्रसर गराउन अन्नपूर्ण न्यूरो अस्पतालले नयाँ कार्यक्रमको थालनी गरेको छ, ‘गेट वेल सुन कार्ड’ कार्यक्रम अर्थात् ‘शीघ्र स्वास्थ्य लाभ कार्ड कार्यक्रम’। यो कार्यक्रम अन्तर्गत बिरामीलाई प्रत्यक्ष रूपमा खाममा वा हातमा पैसा नदिएर शिघ्र स्वास्थ्य लाभ पोष्ट कार्डमार्फत आर्थिक सहयोग गरिने छ। कार्डको मूल्य रु २५०, ५०० र १००० तोकिएको छ।

अस्पतालले फेमेली हेल्थ नेपाल नामक संस्थासँग सहकार्य गरी यो कार्ड अस्पताल फार्मेसीमा उपलब्ध गराउने भएकोले कार्ड खरिद गर्दा कार्डको कुनै छुट्टै रकम अनि कर पनि तिर्नुपर्दैन। बिरामी भेट्न आउने आगन्तुक ले अस्पताल फार्मेसी भित्रबाट २५० ,५०० र १००० रूपैयाँ बराबरको ‘शिघ्र स्वास्थ्य लाभ पोष्ट कार्ड’ खरिद गर्न सक्छन्। यति मात्र होइन कार्डको पछाडि रहेको खाली भागमा बिरामी र आफन्तलाई हौसला दिन शुभकामना सन्देश पनि कोर्न सकिनेछ।

बिरामीले जम्मा पारेको कार्ड ‘डिस्चार्ज’ हुने क्रममा अस्पतालको काउण्टरमा बुझाउदा कार्डको मूल्य बराबरको रकम अन्तिम बिलबाट छुट पाउँछन्। केही महिनादेखि अस्पतालमा आएका धेरै बिरामीका आफन्तहरुले यो कार्डको महत्त्व बुझी बिरामीप्रति सहयोगको हात बढाइरहेका छन्। यो कार्यक्रम सुरु गर्नु भन्दा पहिले अस्पतालमा आएका १०० भन्दा बढी बिरामी तथा आगन्तुकसँग कार्यक्रमबारेमा सल्लाह सुझाव माग्दा शतप्रतिशत समर्थन मिलेको थियो।

यो कार्यक्रम सुरु भएको करिब डेढ वर्ष बितिसक्दा अस्पताल फार्मेसी बाट बिरामी भेट्न आएका आगन्तुकहरुले साढे पाँच लाख रुपैयाँ भन्दा बढीको कार्ड खरिद गरी बिरामीलाई सहयोग गरिसकेका छन्। अहिलेसम्म को तथ्याङ्क हेर्दा करिब २०० बिरामी यो कार्यक्रमबाट लाभान्वित भइसकेका छन्। अन्नपूर्ण न्यूरो अस्पतालबाट प्रभावित भएर काठमाडौंका केही अस्पातलले पनि यो कार्यक्रम सुरुवात गरिसकेका छन्।

अन्नपूर्ण अस्पतालले भर्ना हुने बिरामीलाई यो कार्डबारे जानकारी दिने गरेको छ। अस्पतालको हरेक तलामा कार्डसम्बन्धी जानकारी राखिएका छन् भने वार्ड सहयोगीले पनि बताउने गरेका छन्। ‘गेटवेल सुन कार्ड’ले आर्थिक सहयोग मात्र गर्ने नभई आत्मीयता पनि बढाउँछ। बिरामीले त्यो कार्ड डिस्चार्ज हुँदा घर लग्न सक्छन्। कसले सहयोग गरेको थियो भनेर सम्झनाका लागि सजाएर पनि राख्न सक्छन्।

पहिले पहिले बिहेमा खड्कुलो गाग्री, जस्ता भाँडाकुडा आदि दिने चलन थियो। त्यो अहिले नगदमा परिणत भइसकेको छ। अस्पतालमा पनि यहि संस्कारलाई अग्रसरता दिने हो भने यस संस्कारले बिरामी र परिवारको आर्थिक बोझ त घट्छ नै सबै पक्षबीच आपसी सम्बन्ध अझै प्रगाढ हुन ठूलो मद्दत मिल्छ।

  • डा. शरद गजुरेल

    डा. गजुरेल अन्नपूर्ण न्यूराे अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या