Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जनैपूर्णिमामा मात्र हाेइन सँधै खानुस् क्वाँटी

जनैपूर्णिमामा मात्र हाेइन सँधै खानुस् क्वाँटी

म इथियोपियाँमा जाँदा त्यहाँका जनस्वास्थ विज्ञले भनेका थिए, ‘हाम्रा केटाकेटीलाई कुपोषणबाट बचाउन विभिन्न गेडागुडी उमारेर, त्यसलाई पिसेर, पिठो बनाएर, सुकाएर बालबालिकालाई विभिन्न खानासँग मिसाएर दिन्छौँ। यसले उनीहरुलाई कुपोषणबाट बचाउन धेरै मद्दत गर्यो।’

नेपालमा अझ विशेषगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा जनैपूर्णिमामा क्वाँटी खाने चलन परापूर्व कालदेखि चलेको हो। जाडो आएपछि क्वाँटीको तातो रसले पौष्टिकता दिन्छ भन्ने हाम्रा पुर्खालाई पक्कै थाहा हुनुपर्छ। उनीहरू बुद्धिमान् अनि स्वास्थ्य र पोषणका बारेमा जानकार थिए। त्यसैले क्वाँटी खाने चलन चलाए।

जनैपूर्णिमाको दिन क्वाँटी खाने चलनले सांस्कृतिक महत्त्व पनि त्यत्तिकै राखेको छ। चेलीबेटी र छिमेकीहरूलाई क्वाँटीसहित अनेक परिकार बनाई ख्वाउने चलनले सामाजिक र पारिवारिक सद्भाव पनि झल्काउँछ। स्वास्थ्य राम्रो राख्न पोषणयुक्त भोजन खानुपर्छ भनेर सन्देश पनि दिन्छ।

सुदूर पश्चिमतिर गौराको पूजा गर्दा ‘बिडौरा’ खाने चलन छ। त्यो पनि भिजाएको गेडागुडी नै हो। अहिले बजारमा तरकारी र फलफूलको भाउ चर्को छ। खानेकुरा नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थले स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने हामी सबैलाई थाहा छ तर, तरकारी नखाई पनि भएन।

यदि ताजा तरकारी खानलायक भएन वा महंगो भन्ने लाग्यो भने प्रकृतिले हामीलाई सजिलैसँग पौष्टिकताले भरिपूर्ण भोजन दिएको छ, त्यो हो, गेडागुडी, जसलाई टुसा उमारेर खान सकिन्छ। यस्तो खाना पोषिलो, केही नमिसिएको र सस्तो हुन्छ।

साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हो। सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्छ। एक किलो चना उमार्यो भने २\३ किलो जति बन्छ। सस्तो त भइहाल्यो। टुसा उमार्नु भनेको घरभित्र नै करेसाबारी र फलफूल बगैंचा तयार गर्नुसरह हो। यसका लागि हामीलाई धेरै ठाउँ र पैसा नै चाहिँदैन। पैसा पनि लाग्दैन र बिजुली पनि खर्च पनि हुँदैन

टुसा उमार्नु पैसा खर्च नगरेर नै खानेकुराको उपादेयता वृद्धि गर्ने र अन्न तथा गेडागुडीमा रहेको खाद्यतत्त्वको पोषण वृद्धि गर्ने राम्रो उपाय हो। टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषक तत्त्वमा पनि धेरै तत्त्व थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा नै लिन सकिन्छ।

प्राकृतिक कारणले वा जीवनशैलीको कारणले बुढ्यौली हुने गतिलाई पनि टुसा उमारेको खानाको प्रयोगले केही कम गर्छ। यसले गर्दा स्वस्थ भएर लामो समयसम्म बाँच्न सकिन्छ। स्वस्थ रहेपछि त सुन्दर भइहालिन्छ।

टुसा नउमारेको गेडागुडी र अन्न (जस्तै मुंग, चना, गहुँ) पचाउन गाह्रो हुन्छ टुसादार रूपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडी भन्दा पचाउन धेरै सजिलो हुन्छ। टुसा उमारेको खानाले पेटमा वायु बनाउँदैन र कब्जियतबाट रोक्छ। चना, मुंग, गहुँ आदिमा रेशादार पदार्थ धेरै हुन्छ।

टुसा नउमारेको गेडागुडी र अन्न (जस्तै मुंग, चना, गहुँ) पचाउन गाह्रो हुन्छ टुसादार रूपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडी भन्दा पचाउन धेरै सजिलो हुन्छ। टुसा उमारेको खानाले पेटमा वायु बनाउँदैन र कब्जियतबाट रोक्छ। चना, मुंग, गहुँ आदिमा रेशादार पदार्थ धेरै हुन्छ।

हरियो तरकारी जत्तिकै फाइदाजनक तर हरियो तरकारी भन्दा धेरै सस्तो हुन्छ, टुसा उमारेको खाना। यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत पनि हो, टुसा उमारेको खाना।
रोगी, बालबालिका तथा वृद्ध बिरामी भएपछि धेरै खान सक्दैनन्। अनि कुपोषण हुन्छ। टुसाको सुप, तरकारीले कुपोषण हटाउन सकिन्छ।

टुसा उम्रिने क्रममा नै एउटा विशेष पाचन रस पनि पैदा हुन्छ जसले भोजनमा रहेको कार्बोहाइड्रेटलाई र प्रोटिनलाई सजिलै पच्ने गराउँछ। हाम्राे भोजन पचाउन शरीरलाई ‘इन्जाइम’को अत्यन्त आवश्यक हुन्छ। खाना पचेन भनेर कति जनाले त बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरका लागि काम लाग्दैन। टुसादार गेडागुडी प्रयोग गर्दा इन्जाइम पर्याप्त पाइन्छ।

सुक्खा दाल, गेडागुडी र बीउ जस्ता खाद्य पदार्थमा भिटामिनहरू पनि हुन्छन्। तर, टुसा उम्रिने प्रक्रिया पछि भिजाउने, उम्रिने, टुसा पलाउने, यी खाद्य पदार्थमा रहेको भिटामिनको मात्रा धेरै वृद्धि हुन्छ। यसमध्ये भिटामिन सी एउटा महत्त्वपूर्ण तत्त्व हो। टुसा उमारेपछि ६ गुणा बढी भिटामिन सी पाइन्छ। भिटामिन बी कम्प्लेक्स र अन्य भिटामिन पनि त्यसैगरी वृद्धि भइरहेको हुन्छ।

यसरी टुसादार गेडागुडीले शरीरका लागि सस्तो र अति आवश्यक महत्त्वपूर्ण भिटामिन प्रदान गर्छ। टुसा उमारिएको खाना खाएमा पोषक तत्त्व पूर्ति गर्न अतिरिक्त खानेकुरा आवश्यक पर्दैन। टुसायुक्त खाना खानेले भिटामिन, क्याल्सियम, लवणजस्ता तत्त्व प्राप्त गर्न बजारबाट किनेर ट्याब्लेट, क्याप्सुल, टनिक आदि खानु पर्दैन। म आफैँ पनि मासु खान्नँ तर टुसा उमारेको मेथी र चना दिनदिनै खान्छु।

हाम्रो शरीरमा भिटामिनको जति आवश्यकता छ, त्यति नै खनिज पदार्थ पनि आवश्यक पर्छ। शरीरका लागि आवश्यक खनिज पदार्थ क्याल्सियम, लौहतत्त्व, फोस्फोरस, सोडियम, पोटासियम र म्याग्नेसियम आदि हुन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण क्याल्सियम, लौहतत्त्व र फोस्फोरस हुन्। यी तत्त्वले हाम्रो हाड बलियो बनाउन र स्नायु प्रणाली सक्षम बनाउन सहयोग गर्छ।

जुनसुकै तरिकाले खाए पनि स्वस्थ्यकर हुन्छ टुसा

टुसा उमारेको चना, मुंग आदि अनेक तरिकाले खान सकिन्छ। उसिनेको अण्डा काटेर टुसा उमारेको  चना, सानो केराउमा अलिकति कागती र नुन राखेपछि सलाद बन्छ। माथिबाट हरियो धनियाँ हालेपछि त झन् मिठो। टुसा उमारेको चना, सानो केराउ आलुमा हालेर तरकारी बनाएर खान सकिन्छ। बासी भातमा मिसाएर भुटेर खान पनि सकिन्छ।

मेथीसा उमारेर दिन दिनै खाँदा मधुमेहको समस्या भएका व्यक्तिहरूलाई पनि फाइदा गर्छ। सुत्केरी महिलालाई टुसा उमारेको मेथीको खिरले धेरै फाइदा गर्छ। यसमा रहेको लौह तत्त्वले रगत बढाउँछ।

चीनमा हजाराैँ वर्षदेखि मुंगको टुसा उमारेर खाने चलन छ। नेपाली संस्कृतिमा पनि कुनै विशेष दिनमा टुसा उमारेर खाने चलन पुर्खाले चलाए, तर यसलाई दैनिक जीवनको अंग नै बनाउन सकियो भने हाम्रो स्वास्थ राम्रो हुन्छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या