Health TV Online
Health TV Online

गाडी जस्तै शरीरको पनि नियमित सर्भिसिङ गराउनुपर्छ

गाडी जस्तै शरीरको पनि नियमित सर्भिसिङ गराउनुपर्छ

आफ्नै गाडी हुनेहरूले नियमित ‘सर्भिसिङ’ गरिरहनु भएको होला तर आफ्नो शरीरको सर्भिसिङको बारेमा कहिल्यै सोच्नु भएको छ? हरेक तीन महिना अथवा निश्चित किलोमिटर गुडेपछि जसरी गाडीलार्इ सर्भिसिङको आवश्यकता पर्छ त्यसैगरी शरीरलाई पनि नियमित सर्भिसिङको आवश्यकता पर्छ। तर दुर्भाग्य हामीले कहिल्यै यसबारे न त सोचेका छौँ न त गरेका नै छौँ।

यसैकारण आज हामी विभिन्न जटिल र प्राणघातक रोगबाट ग्रस्त भइरहेका छौँ। सर्भिसिङको उद्देश्य कुनै समस्या आउँछ कि भनेर पहिल्यै जाँच गर्ने, समस्या आएको छ भने समयमै समाधान गर्ने, बिग्रेको छ भने मर्मतसम्भार गर्ने र सबै अंगहरूलाई स्वस्थ र क्रियाशील अवस्थामा राख्नु हो। तर हामी हाम्रो शरीरमा यति धेरै लापरवाही र दुरुपयोग गरिरहेका छाैँ कि समस्या नआउदै सर्भिसिङ गर्नुपर्नेमा समस्या आइसकेपछि पनि सकेसम्म काम चलाइरहेकै हुन्छाैँ।  अन्तिम अवस्थामा मात्र अस्पताल वा चिकित्सककोमा जान्छाैँ।

अस्पतालले पनि कामचलाउ उपचार (लक्षण दबाउने) मात्र गरेर पठाइदिन्छ। फलस्वरूप समस्यामाथि समस्या थपिँदै जान्छ। त्यसैले रोग लाग्नै नदिन वा लागिसकेको छ भने पनि पूर्णरूपमा स्वस्थ हुन सम्पूर्ण शरीरको सर्भिसिङ जरुरी छ।

सर्भिसिङको उद्देश्य कुनै समस्या आउँछ कि भनेर पहिल्यै जाँच गर्ने, समस्या आएको छ भने समयमै समाधान गर्ने, बिग्रेको छ भने मर्मतसम्भार गर्ने र सबै अंगहरूलाई स्वस्थ र क्रियाशील अवस्थामा राख्नु हो। तर हामी हाम्रो शरीरमा यति धेरै लापरवाही र दुरुपयोग गरिरहेका छाैँ कि समस्या नआउदै सर्भिसिङ गर्नुपर्नेमा समस्या आइसकेपछि पनि सकेसम्म काम चलाइरहेकै हुन्छाैँ।

फुल बडी सर्भिसिङ’का तीन उद्देश्य

–शरीरको आन्तरिक सफाइ।
–आन्तरिक अंगहरुको विश्राम।
–आवश्यक पौष्टिक तत्वको पूर्ति।

सर्भिसिङ गर्दा ध्यान दिइने विशेष अंगहरू

पाचननली : सबैभन्दा बढी सफाइ र मर्मत गर्नुपर्ने अंग पाचननली हो। हामी जन्मेदेखि अहिलेसम्म कुनै छाक खाना नछोडी खाइरहेका हुन्छौ र राति सुत्दा पनि पेटभरि खाएर सुत्छौँ। जसले गर्दा पाचन प्रणालीले रातभर काम गर्नुपर्ने हुन्छ।

त्यसैले पाचन प्रणालीलाई विश्रामको आवश्यकता हुन्छ। खानामा भएका मिसावट, रासायनिक पदार्थ, अनियमित खानाको समय, धेरै खाने वा भोकै बस्ने बानीका कारण पाचननलीमा ग्यासटाइटिस, अम्लपित्त, अपच, अल्सर, कब्जियत, पाइल्स र इरिटेबल बलल सिन्ड्रोम जस्ता समस्या सामान्य नै हुन्छन्। त्यसैले यी समस्याबाट बच्न वा पूर्णरूपमा उपचार गर्नका लागि फुल बडी सर्भिसिङ गर्नुपर्छ। तर यसो गर्दा पाचननलीको विशेष ख्याल गर्नुपर्छ।

रगत र रक्तनली : रगतले शरीरका विभिन्न भागमा अक्सिजन, पौष्टिक तत्त्व, हर्मोन, औषधि सम्बन्धित ठाउँमा पुर्याउने र त्यहाँ भएको फोहोर निष्कासन गर्ने ठाउँसम्म पु¥याउने गर्छ। यसका लागि रक्तसञ् चार नियमित हुनु आवश्यक छ। रक्तनली चौडा, लचक भएमा, अवरोध नभएमा र रगत पातलो भएमा मात्र रक्तसञ्चार नियमित हुन सक्छ। शारीरिक व्यायामको कमी र चिल्लो खानाका कारण रगतमा चिल्लोको मात्रा बढ्न गई रगत बाक्लो र रक्तनली साँघुरो र कडा हुन्छ।

यसका कारण उच्चरक्तचाप, हृदयाघात, मष्तिस्काघात लगायत अन्य समस्या आउँछन्। त्यसैले यसबाट बच्न रगत र रक्तनलीको ‘सर्भिसिङ’ आवश्यकता पर्छ। त्यसैले सम्पूर्ण शरीरको ‘सर्भिसिङ’ गर्दा रगत र रक्तनलीको विशेष ध्यान दिनु पर्दछ।

कलेजो : कलेजो शरीरको केमिकल उत्पादन गर्ने फ्याक्ट्री हो। खानाबाट प्राप्त पौष्टिक तत्त्वको प्रशोधन, इन्जाइम र हर्मोनको उत्पादन, औषधि वा अन्य रासायनिक पदार्थको निष्कासन र सन्तुलनको लागि कलेजोले महत्त्वपूर्ण भूमिका खेल्छ। अल्कोहल सेवन, अत्यधिक र जथाभावी प्रयोग गरिने औषधि र खानाबाट प्रवेश गर्ने केमिकलको कारण कलेजो जहिले पनि जोखिममा हुन्छ। त्यसैले कलेजोको सर्भिसिङ गर्दा विशेष ध्यान दिनु पर्छ।

मृगौला : आन्तरिक रुपमा उत्पादित वा बाहिरबाट प्रवेश गरेका रासायनिक पदार्थ वा फोहोर बाहिर निष्कासन गर्न, रगत छानेर सफा गर्न, शरीरमा पानी र ‘इलेक्ट्रोलाइट’ सन्तुलन गर्न मृगौलाले महत्त्वपूर्ण भूमिका खेल्छ। खानामा अत्यधिक मात्रामा प्रोटिन र केमिकलको प्रयोग, अत्याधिक र जथाभावी प्रयोग गरिने औषधि, मधुमेह, उच्च रक्तचाप, पानी कम पिउने बानी आदि कारण मृगौला फेल हुने र पत्थरीको समस्या बढिरहेको छ। त्यसैले यसबाट बच्न मृगौला सर्भिसिङको आवश्यकता पर्दछ।

फोक्सो : वातावरण प्रदूषण, धूमपान लगायत कारण फोक्सो र श्वासनलीका समस्या बढेको छ। नेपालमा यही समस्याबाट लाग्ने रोगका कारण सबैभन्दा बढी मानिसहरु मृत्युको मुखमा परिरहेका छन्। त्यसैले यसबाट बच्न फोक्सोको नियमित ‘सर्भिसिङ’ आवश्यकता पर्छ।

हाडजोर्नी : सामान्यतया हाडजोर्नीको समस्या बूढो भएपछि हुनु पर्ने हो तर नियमित व्यायामको अभाव, खराब ‘पोस्चर’, ‘जंक फूड’को प्रयोग आदि कारण आजभोलि युवा अवस्थामा नै हाडजोर्नीको समस्या देखिन थालेको छ। जोर्नीमा आवश्यक चिल्लो पदार्थ बढाउन र यी समस्यासँग बच्नमा लागि हाडजोर्नीको सर्भिसिङ आवश्यक छ।

मन मष्तिस्क : अत्यधिक तनाव, अनिन्द्रा, अस्वस्थकर खानपान, व्यायाम अभाव आदिका कारण मानसिक तथा नसासम्बन्धी रोग बढ्दै गइरहेका छन्। यी समस्याबाट बच्नका लागि समय समयमा मष्तिस्कलाई विश्राम दिनु, सफाइ गर्नु र पौष्टिक तत्त्वको पूर्ति गर्नु आवश्यक हुन्छ। नियमित सर्भिसिङ गर्नाले मन मष्तिस्क सधै स्वस्थ राख्न सकिन्छ र मानसिक तनाव तथा नसासम्बन्धी रोगहरुबाट बच्न सकिन्छ।

फुल बडी सर्भिसिङ कहाँ र कसरी गर्ने?

फुल बडी सर्भिसिङ प्राकृतिक चिकित्सामा रोगीको पूर्ण उपचार स्वस्थ व्यक्तिको स्वस्थरक्षाका लागि गरिने विधि हो। यसमा उपवास चिकित्सा, जल चिकित्सा, भोजन चिकित्सा, मालिस चिकित्सा, माटो चिकित्सा, फिजियो थेरापी र अकुपञ्चरजस्ता प्राकृतिक चिकित्साका विधि अपनाइन्छ।

योगका आसन प्रणयाम, ध्यान, यत्कर्म जस्ता विधिहरुको प्रयोग गरिन्छ। यसका लागि आवासीय सुविधा भएको प्राकृतिक चिकित्सालयमा सम्पर्क गर्न सकिन्छ।

नेपालमा मात्र नभएर विश्वभर नै चिकित्सा विज्ञानलाई नै चुनौती दिइरहेका प्राणघातक रोगसँग लड्न स्वस्थकर जीवनशैली र फुल बडी सर्भिसिङ नै एकमात्र विकल्प हो।

जसरी सरुवा रोगबाट बच्न खोप लगाउनुपर्छ, त्यसरी नै नसर्ने रोगबाट बच्न फुल बडी सर्भिसिङ गर्नु आवश्यक छ। सकिन्छ भने ६–६ महिनामा नसके वर्षमा एक पटक भए पनि फुल बडी सर्भिसिङ गर्न सके जीवनशैलीसँग सम्वन्धित अधिकांश नसर्ने रोगबाट बच्न सकिन्छ र यसबाट स्वास्थ्यमा खर्च भइरहेको ठूलो धनराशि बचाउन सकिन्छ।

फुल बडी सर्भिसिङका फाइदाहरू

–नसर्ने रोग लाग्न दिँदैन र रोग लागिसकेको छ भने पनि पूर्ण रुपमा निको पार्न सकिन्छ।

–उपचारमा लाग्ने ठूलो धनराशि बच्छ र दुःख पनि पाइँदैन।

–रोगसँग लड्ने क्षमता बढ्छ।

–युवा अवस्थालाई बढाउँछ र बुढ्यौलीपन कम गर्छ।

–छालाको चमक बढाउँछ र सौन्दर्य बढाउँछ।

–आन्तरिक वातावरण सफा हुन्छ, शरीरमा भएको टक्सिनहरु निस्कासन गर्छ।

–खराब आदतबाट बचाउँछ र भए छुटाउन पनि मद्दत गर्छ।

–तौल घटाउन र सन्तुलित राख्न सहयोग गर्छ।

–तनाव व्यवस्थापन हुन्छ।

–मानसिक शान्ति र आनन्द प्राप्ति हुन्छ।

–कार्यक्षमता र कार्य कुशलता वृद्धि हुन्छ।

–सँधै स्वस्थ, सुखी र आनन्दित रहन सहयोग गर्छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा