म्याग्नस फर्माले ल्यायाे हेपाटाइटिस बीविरूद्धकाे ‘इन्टेकाभिर’औषधि

काठमाडौं : हेपाटाइटिस बीका लागि अत्यावश्यक मानिने औषधि ‘इन्टेकाभिर’को उत्पादन नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले शुरु गरेको छ।
हेपाटाइटिस बीको नेपालमा बढ्दो प्रकोपलाई मध्यनजर गर्दै ‘इन्टेका–बी’ ब्रान्ड नामका साथ ‘इन्टेकाभिर’ बजारमा ल्याएको म्याग्नसले जनाएको छ।
इन्टेका–बी ले हेपाटाइटिस बी भाइरसको प्रतिकृति (रेप्लिकेसन)लाई रोक्छ, जसले गर्दा हेपाटाइटिस बी भाइरस शरीरमा बढ्न पाउँदैन र रोगको रोकथाम हुने कम्पनीको दाबी छ।
कम्पनीका बजारप्रबन्धक सुधीरप्रकाश मास्केका अनुसार औषधि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढिरहेको म्याग्नसले नयाँ उत्पादनका रूपमा हेपाटाइटिसको औषधिलाई रोजेको हो ।
इन्टेका–बी हेपाटाइटिस बीका लागि प्रयोग गरिने औषधिमध्ये सबैभन्दा कम रेजिस्टेन्सको विकास हुने औषधि भएकाे साथसाथै, मिर्गौलामा पनि यस औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुँदा इन्टेका–बी हेपाइटाइटिस बीका लागि उपयुक्त र सुरक्षित औषधि हुने कम्पनीकाे दावी छ ।
कम्पनीले यसअघि हेपाटाइटिस सीको नयाँ औषधि बजारमा ल्याइसकेको छ ।
इन्टेका बी ०.५ र १ एमजीमा उपलब्ध छ, यसको बजारमूल्य हाल ९० र १६० रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights