अनुपयुक्त ढङ्गले औषधि दिँदा ब्रिटेनमा ४५० को मृत्यु

बीबीसी-
ब्रिटेनस्थित एउटा अस्पतालमा दुखाइ कम गर्ने शक्तिशाली औषधि अनुपयुक्त ढङ्गले दिइएका कारण ४५० जनाभन्दा बढी विरामीको ज्यान गएको एउटा प्रतिवेदनले जनाएको छ।
एउटा स्वतन्त्र छानबिन टोलीका अनुसार हराइरहेका अभिलेखहरूलाई समेत विचार गर्दा थप २०० जना बिरामीको पनि सोही कारणले मृत्यु भएको हुनसक्छ।
उक्त प्रतिवेदनका अनुसार सन् १९८९ देखि २००० सम्म सो गोस्पोर्ट वार मेमोरिल अस्पतालमा ठूलो सङ्ख्यामा बिरामीहरूको जीवनमाथि हेलचेक्र्याइँ भएको थियो।
ब्रिटेनका स्वास्थ्यमन्त्री जेरमी हन्टले यो घटनाका सम्बन्धमा क्षमायाचना गर्दै अस्पताल प्रशासनले नर्सिङ कर्मचारीहरूले व्यक्त गरेका चिन्तालाई बेलामा सम्बोधन गरेका भए थुप्रैको ज्यान जोगाउन सकिने थियो भनेका छन्।
उक्त छानबिन प्रतिवेदनमा भनिएको छ वार्डहरूमा रहेका बिरामीहरूलाई त्यस्तो घातक औषधि दिने अभ्यासको निगरानी डाक्टर जेन बार्टनले गरेकी थिइन्। उनलाई सन् १९९६ देखि १९९९ का बीचमा आफ्नो जिम्मेवारीमा रहेका १२ जना बिरामीको बेवास्ता गरेकोमा दोषी पाइएको थियो। यो प्ररकणमा अनुशासनको कार्बाहीमा परेकी उनी मात्र हुन्। तर उनीविरुद्ध मुद्दा चलाइएको थिएन र चिकित्सकहरूको दर्ता अभिलेखबाट उनको नाम पनि हटाइएको थिएन।उनले छानबिनको परिणाम आएपछि स्वेच्छिक अवकाश लिएकी थिइन्।चिकित्सा विज्ञानको दृष्टिले उपयुक्त ठहर गर्न नसकिने मात्रामा ूखतरनाकू औषधिहरू बिरामीलाई दिने अभ्यास उक्त अस्पतालमा ुसंस्थागत प्रचलनु का रूपमा नै रहेको देखिएको सो प्रतिवेदनले जनाएको छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights