बाल शल्य चिकित्साका अब्बल डा आरपी चौधरी, जो चान्सले हैन् चोइसले बने सर्जन

बाल शल्य चिकित्साका अब्बल डा आरपी चौधरी, जो चान्सले हैन् चोइसले बने सर्जन

प्राडा आरपी चौधरी बाल शल्य चिकित्साको क्षेत्रमा परिचित नाम हो । त्यसो त उनको पूरा नाम रामनन्दन प्रसाद चौधरी हो । तर उनी चिकित्सा क्षेत्रमा आरपी चौधरीबाटै बढी परिचित छन्। सानैदेखि पढ्नमा अब्बल डा चौधरीलाई डाक्टर बन्छु भन्ने त थियो नै । त्यसमा पनि उनलाई शल्य चिकित्सामा बढी रुचि थियो । उनी चिकित्सकमा पनि सर्जन बन्न चाहन्थे । डा  चौधरी नेपालमा बाल शल्य चिकित्सामा विशेषज्ञता सेवा शुरु र विस्तार गर्ने कामका अगुवा डाक्टर मध्ये एक हुन। कान्ति बाल अस्पतालमा २३ वर्ष काम गरेका उनी २ वर्षअघि कान्तिबाट ‘रिटायर्ड भइ हाल ईशान बाल तथा महिला अस्पतालका मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन्। ईशान बाल अस्पताल नीजि क्षेत्रको पहिलो बालबालिकाको अस्पताल हो जुन बाल शल्य चिकित्सामा अब्बल अस्पतालको रुपमा चिनिन्छ ।

बच्चाको सर्जरी निकै चुनौतीपूर्ण रहेको डा चौधरीको भनाई छ । किनकी उनीहरु आफूलाई कहाँ के भएको भन्न सक्दैनन्। चिकित्सकले उनीहरुको लक्षण निदान गरेर आफ्नो ज्ञान, सिप, अनुभव र पढेका आधारमा उपचार शुरु गर्नुपर्ने हुन्छ ।

डा चौधरीले एमबीबीएस साउथ एसियामै नाम चलेको भारतको कलकत्ता यूनिभर्सिटीबाट गरेका हुन्। एमबीबीएसपछि उनले त्यहीं हाउस अफिसरका रुपमा एक वर्ष काम गरे । जसले उनलाई धेरै कुरा सिक्ने अवसर मिल्यो । एमबीबीएस गरेर आएपछि उनलाई मुटुको सर्जन बन्ने चाहना थियो । मानिसको मुटु खोलेर कस्तो हुन्छ भन्ने हेर्न र जान्न चाहन्थे । तर पछि उनको बाटो मोडियो। उनी कलकत्ताबाट फर्केपछि तुरुन्तै लोकसेवा खुलेको थियो त्यहाँ परीक्षा दिए । लोकसेवामा एकैपटकमा उनको नाम निस्कियो र मेडिकल अफिरसको रुपमा कान्ति बाल अस्पतालमा पोस्टिङ भयो । बाल अस्पतालमा काम गर्न जाँदा उनले निर्देशकलाई आफूलाई सर्जरीमा रुचि भएको भन्दै सर्जरी विभागमा राखिदिन आग्रह गरे । निर्देशकले उनको सो आग्रह नमान्ने कुरै थिएन किनकी त्यसबेला धेरै डाक्टर मेडिसिनतर्फ नै काम गर्न चाहन्थे। सर्जरीमा सधैं डाक्टरको कर्मी हुन्थ्यो । उनको फरक रुचि देखेपछि सोही विभागमा राखिदिए निर्देशकले । अब उनको दैनिकी स साना बालबालिकाको रोग पहिचान र शल्यक्रियामा बित्न थाल्यो । बाल अस्पतालमा उनले ४ वर्ष काम गरिसकेका थिए । अब उनको रुचि बालबालिकासँग काम गर्दा गर्दै मुटु सर्जन बन्ने भन्दा पनि नेपालमा बाल सर्जनको बढी आवश्यकता छ भन्ने लाग्न थाल्यो र यसमै इन्जोइ गर्न थालिसकेका थिए । उनको यो भोगाइले बाल रोगको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि जगायो र पेडियाट्रिक सर्जन बन्ने निधो गरे ।

 

सन् १९९९ मा उनी ‘एमएस इन पेडियाट्रिक सर्जरी’ गर्न बंगलादेश गए । उनलाई त्यहाँ जाँदा त्यहाँका प्रोफेसरले तिमी सातौं नेपाली हौ यो विषय पढ्न आएको र अहिलेसम्मका ६ जनाले नै कोर्ष पूरा नगरी छोडेर गए भनेर निरास बनाए । तर उनले लिएकाे  दृढ संकल्प भने डगमगाएन । उनी त्यस ब्याचको उत्कृष्ट विद्यार्थी भएर निस्किए । नेपालमै पहिलोपटक ‘एमएस इन पेडियाट्रिक सर्जरी’ गर्ने पहिलो चिकित्सकमा आफनो नाम लेखाउन सफल भए । त्यसपछि फेरि उनी फेर्कर कान्तिमै आए । शुरु भयो विशेषज्ञता सहितको बाल शल्य चिकित्सा । त्यस यता उनले हजारौं बालिबालिकाको शल्यक्रिया गरेर बचाएका छन् ।

यति मात्र हैन् उनी पढेर आउने बेलामा जम्मा ३\४  जना बाल शल्य चिकित्सक थिए भने अहिले यही विषयमा मास्टर्स गर्ने २० जना भन्दा बढी शल्य चिकित्सक भइसकेका छन्। पहिले एडल्टका सर्जनहरुले नै विशेष तालिम लिएर आएर बच्चाको सर्जरी गर्ने गर्थे । डा चौधरी भने बच्चा र एडल्डको सर्जरी एकै व्यक्तिले गर्नु र बच्चाकै डाक्टरले गर्नुमा धेरै अन्तर हुने बताउँछन। उनले भने, ‘बच्चा ठूलो मान्छेको सानो रुप हैन् र हुन सक्दैन, किनकी बच्चाको स्वरुप ,आकार प्रकार, सिस्टम, बनावट सबै सम्पूर्ण रुपमा अलग हुन्छ । बच्चालाई छुट्टै मानेर बच्चाकै उपचार गर्नुपर्छ, एडल्टलाई छुट्टै ।’ उनलाइ धेरैले बच्चा एडल्टको सानो रुप त हो भनेर गल्ती गर्ने गरेको जस्तो लाग्छ । उनी भन्छन, ‘बच्चामा जम्मा २ \३ सय एमएल रगत हुन्छ र ठूलो मान्छेको शरीरमा साढे ५ लिटर रगत हुन्छ । ठूलो मान्छे सरह सर्जरी गर्दा केही गरी रगत बगेमा त टेबलमै बच्चाकाे मृत्यु हुन्छ ।

बच्चा ठूलो मान्छेको सानो रुप हैन् र हुन सक्दैन, किनकी बच्चाको स्वरुप ,आकार प्रकार, सिस्टम, बनावट सबै सम्पूर्ण रुपमा अलग हुन्छ । बच्चालाई छुट्टै मानेर बच्चाकै उपचार गर्नुपर्छ, एडल्टलाई छुट्टै । उनलाइ धेरैले बच्चा एडल्टको सानो रुप त हो भनेर गल्ती गर्ने गरेको जस्तो लाग्छ । उनी भन्छन, ‘बच्चामा जम्मा २ \३ सय एमएल रगत हुन्छ र ठूलो मान्छेको शरीरमा साढे ५ लिटर रगत हुन्छ । ठूलो मान्छे सरह सर्जरी गर्दा केही गरी रगत बगेमा त टेबलमै बच्चाकाे मृत्यु हुन्छ ।

बच्चाको सर्जरी निकै चुनौतीपूर्ण रहेको डा चौधरीको भनाई छ । किनकी उनीहरु आफूलाई कहाँ के भएको भन्न सक्दैनन्। चिकित्सकले उनीहरुको लक्षण निदान गरेर आफ्नो ज्ञान, सिप, अनुभव र पढेका आधारमा उपचार शुरु गर्नुपर्ने हुन्छ । अझ सर्जरी गरेर मात्र हुँदैन् त्यसपछि राख्ने आइसीयू सेट अप पनि राम्रो हुनैपर्छ । बच्चाको सर्जरीपछि गर्ने स्याहार राम्रो हुन जरुरी हुन्छ । अर्को कुरा सर्जरी टिम वर्कभएकाले सम्पूर्ण टिम तालिम प्राप्त र दक्ष हुनुपर्छ । हाल उनी कार्यरत ईशान बाल अस्पतालमा जन्मेदेखि १८ वर्ष सम्मका बालबालिकामा देखिने सबै खालको समस्याको निदान र उपचार हुँदै आएको छ । जसका कारण देशका कुना कन्तराबाट मात्र हैन भारतबाट पनि कहिलेकाहीं उपचार लिन नेपाल आउन थालेको डा आरपी बताउँछन्। उनले भारतबाट समेत आफ्नो वेभसाइट हेरेर बुझेर केही रोगको शल्यक्रिया गर्न यहाँ आइरहेका छन् यो हाम्रो लागि खुशीको कुरा हो । उनी भन्छन, ‘म चान्सले हैन आफनै चोइसले सर्जन बनेको हुँ त्यसैले म आफ्नो काममा असाध्यै इन्जोइ गर्छु ।’

डा आरपीलाई २५ वर्ष अघिको बाल शल्य चिकित्सा र अहिले तुलना गर्दा निकै सुधार भएको लाग्छ । तर पनि उनी अझै सन्तुष्ट छैनन्। उनी भन्छन। बाल शल्य चिकित्सामा सुधार धेरै भएको छ २ \३ जना विशेषज्ञबाट अहिले २० जना भन्दा बढी यही विषय पढेर आउनु ठूलो कुरा हो । तर अझै पनि सेवा शहर केन्द्रित छ । त्यसैले अब सरकारले अहिलेसम्म काठमाडौं केन्द्रित बाल शल्य चिकित्सा सेवालाई गाउँ गाउँसम्म पुर्याउन जरुरी छ । सातैवटा प्रदेशमा सरकारी बाल विशेषज्ञ अस्पताल बनाएर सेवा सबैमा पुराउन सके धेरै नवजात शिशुलाई सेवा नपाएर हुने मृत्युबाट जोगाउन सकिन्छ ।

 

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन

मेरो पेशा नै मेरो पहिचान

मेरो पेशा नै मेरो पहिचान