Health TV Online
Health TV Online

न्यूरो सर्जरीका चम्किला प्रकाश

सरकारी स्कूलका सामान्य विद्यार्थीदेखि गोल्ड मेडलिष्टसम्मको यात्रा

न्यूरो सर्जरीका चम्किला प्रकाश

कन्सल्टेन्ट न्यूरो सर्जन तथा स्पाइन स्पेसलिस्ट डा प्रकाश पौडेल न्यूरो सर्जरीबाट स्पाइनमा एक वर्षे फेलोसिप गर्ने पहिलो नेपाली डाक्टर हुन्। उनले क्यानडाको यूनिभर्सिटी अफ वेस्टर्न ओन्टारियो लन्डन क्यानडाबाट क्लिनिकल स्पाइन सर्जरीमा फेलोसिप गरेका छन्। एक वर्षे फेलोसिप सकेर उनी नेपाल फर्केको दुई महिना मात्र भएको छ ।

बर्दियाको शितलाबजारमा सामान्य परिवारमा जन्मिएका डा प्रकाश पौडेल ७ कक्षा पढ्ने बेलासम्म सामान्य खालका विद्यार्थी थिए । तर उनले कक्षा ८ मा पुगेपछि भने आफूलाई अब्बल बनाउँदै मात्र लगेनन त्यसपछि भने उनले पछि फर्केर हेर्न नपर्ने गरी मिहिनेत गरे । आफनै गाउँको सरकारी स्कूल श्री विद्या ज्योति मावि कण्ठपुरमा पढेका पौडेलले  पाकिस्तानमा पढ्दा एमडी ( FCPS Fellow of college of Physicians and Surgeons of Pakistan in Neurosurgery) मा पाकिस्तान भरीमा न्यूरो सर्जरीमा गोल्ड मेडलिष्ट बन्न सफल भए भने नेपालकै पहिलो न्यूरो विधाबाट स्पाइनमा फेलोसिप गर्ने पहिलो डाक्टर।

त्यसो त ९ कक्षामा पुग्दा नै कता कता उनलाई डाक्टर बन्नुपर्छ भन्ने लागिरहेको थियो । तर कसरी थाहा थिएन । सामान्य परिवारका उनलाई पैसा तिरेर डाक्टर बन्न सम्भव नै थिएन । तर पनि भित्री मनको चाहना न हो, सो चाहना उनले राखे । एसएलसीमा फस्ट डिभिजनमा पास भएपछि उनलाई कता कता अब डाक्टर कसरी बनिन्छ भन्ने तर्फ बुझ्न मन लाग्यो । उनले कतिसँग व्यक्त गरे कतिसँग गरेनन्। परिवारले उनलाई तत्काल काठमाडौं पढाउनसक्ने अवस्था थिएन त्यसैले उनी नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसमा आइएस्सीमा भर्ना भए । उनी आइएस्सी सकेर एमबीबीएसको इन्ट्रान्स दिन चाहन्थे डाक्टर जो बन्नु थियो । त्यसका लागि आफ्ना सिनिअर तथा आफन्तसँग सरसल्लाह गरे । तर उनलाई सबैले एमबीबीएसमा त नाम निस्कन गाह्रो हुन्छ ट्राई नै नगर्दा हुन्छ भन्दै निराश बनाइदिए ।जसले गर्दा उनी फेरि एकपटक खुम्चिए र सोही क्याम्पसमै बीएस्सीमा भर्ना भए । तर पनि डाक्टर बनेर दुखी गरिबको सेवा गर्ने उनको हुटहुटी त छँदै थियो । उनलाई कता कता अझै पनि केही बिग्रिएको छैन् भन्ने लागेर एकाएक नेपालगंजबाट काठमाडौं आए । बीएसस्सी सेकेन्ड इअर त्रिचन्द्र कलेजमा मा ट्रान्सफर गरेर त्रिचन्द्रमा पढ्न आएका प्रकाशलाई पास फेल जे भए पनि एकपटक इन्ट्रान्स त दिनुपर्छ भन्ने लाग्यो र उनी इन्ट्रान्स तयारीमा लागे । यता कलेज पनि जान छोडे । उनले बीएस्सी जोइन गरे पनि उनको मन चाहिं एमबीबीएसमै थियो ।

एमबीबीएस पढ्नका लागि आइओएम उनको पहिलो रोजाई थियो । त्यसमा पनि उनको आफ्नै तर्क छ । उनले भने, आइओएम एक त देशकै नंबर वान कलेज अर्को हामी जस्तो आर्थिक अवस्था सामान्य भएका व्यक्तिहरुका लागि अति सस्तो भनेकै आइओएम हो । असाध्यै कम खर्च हुने भएकाले पनि मलाई आइओएमै पढ्नु थियो ।

बाल्यकालमा डा पौडेल आफनो परिवारका साथमा..

आइओएमको इन्ट्रान्स त दिए तर नाम भने निस्केन । उनलाई यसले निकै दुखी बनायो । तर उनी यसै चुप लागेर बसेनन्। के विषयमा कम नंबर आयो र आफनो नाम किन निस्केन भनेर उनी सो केलाउन थाले । साइन्स, हेल्थमा उनको निकै राम्रो नंबर आएको थियो । तर अंग्रेजीमा उनको नंबर थोरै आउँदा आफनो नाम निस्कन नसकेको बुझि हाले । सरकारी स्कूलबाट पढेर आएकाले आफनो अंग्रेजी कमजोर भएको उनलाई थाहा थियो । तर उनले आफनो कमजोरीलाई सुधार्दै फेरि एकपटक इन्ट्रान्स दिने निधो गरे ।

एमबीबीएस मात्र गरेर बस्ने कुरा थिएन् उनले एमडीका लागि प्रयास गर्नु थियो । तर फेरि पनि पैसा तिरेर एमडी गर्न सक्ने अवस्था थिएन । जागिर गर्दै परिवारलाई सपोर्ट गर्नुपर्ने तथा एमडीको प्रतिस्पर्धात्मक प्रवेश परिक्षाको तयारी गर्नु त्यति सजिलो थिएन । बेसिक साइन्समा नाम त निस्कियो तर कता कता क्लिनिकल विषय नै पढ्ने चाहना बढी थियो अनि त्यति बेला एमडी गर्न धेरै महंगो पनि थियो ।  एमडी गर्न ७० देखि ८० लाख लाग्थ्यो । त्यत्रो पैसा तिरेर पढ्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो उनले भने । त्यसपछि उनले स्कलरसिप कहाँ पाइन्छ भनेर सर्च गर्न थाले ।

त्यसपछि उनले अंग्रेजी सिक्नैका लागि रातदिन नभनी मिहिनेत गरे । दैनिक अंग्रजी पेपर किनेर पढ्ने, मोटा मोटा नोबेल लगेर पढ्ने गर्न थाले । उनले यसरी मिहिनेत गरे की दोस्रोपटकको इन्ट्रान्समा आइओएममै उनको नाम निस्कियो । त्यसदिन उनले बुझे सिकेर नसिकिने केही रहेनछ यो दुनियामा । अब भने उनको डाक्टर बन्ने इच्छा पूरा हुने भो यो सन् २००२ को कुरा हो । सन् २००८ मा एमबीबीएस सकेर उनी पर्वतको कम्युनिटी अस्पतालमा काम गर्न गए । त्यहाँ केही समय काम गरेपछि आएर काठमाडौं मोडेल अस्पतालमा न्यूरो सर्जरी युनिटमा मेडिकल अफिसरका रुपमा काम गर्न थाले । त्यही काम गर्दा उनले हेरेका र उपचार गरेका बिरामीको अवस्थाले उनले आफू न्यूरो सर्जरी पढ्ने निधो गरेका थिए । त्यहाँ काम गर्दा दुई जना बिरामी जो उनी सहितको टोलीले गरेको उपचारका कारण तुरुन्त निको भएर घर फर्केका थिए । बिरामीको अनुहारमा आएको त्यो मुस्कान देखेर उनलाई म पनि यसरी नै टेबलमै निको बनाउने विधा न्यूरो सर्जरी पढ्छु भन्ने निधो गरे ।

न्यूरो सर्जरी उनको पहिलो रोजाई भने थिएन सुरुमा उनी पब्लिक हेल्थ पढ्न चाहन्थे । आफू गाउँमै हुर्के बढेको भएकाले पनि उनलाई समूदायमा गएर जनस्वास्थ्यको विषयमा जनचेतना जगाउने तथा उपचार गर्ने इच्छा थियो । तर काम गर्दै जाँदा रुचि पनि बदलियो र न्यूरो सर्जरी रोजे ।

उनीसँग आफूलाई परिवर्तनको संवाहक बनाउने जोश–जाँगर थियो । देशका लागि केही गर्नुछ भन्ने तीब्र चाहना । एमबीबीएस मात्र गरेर बस्ने कुरा थिएन् उनले एमडीका लागि प्रयास गर्नु थियो । तर फेरि पनि पैसा तिरेर एमडी गर्न सक्ने अवस्था थिएन जागिर गर्दै परिवारलाई सपोर्ट गर्नुपर्ने तथा एमडीको प्रतिस्पर्धात्मक प्रवेश परिक्षाको तयारी गर्नु त्यति सजिलो थिएन । बेसिक साइन्समा नाम त निस्कियो तर कता कता क्लिनिकल विषय नै पढ्ने चाहना बढी थियो अनि त्यति बेला एमडी गर्न धेरै महंगो पनि थियो ।  त्यसबेला एमडी गर्न ७० देखि ८० लाख लाग्थ्यो । त्यत्रो पैसा तिरेर पढ्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो उनले भने । त्यसपछि उनले स्कलरसिप कहाँ पाइन्छ भनेर सर्च गर्न थाले । त्यसबेला आइओएममा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स अफ पाकिस्तानमा नेपालीका लागि स्कलरसिप कार्यक्रम आयो । त्यसको ट्रेनिङ इन्स्टिच्युट वीर अस्पताल थियो ।

डा प्रकाशलाई क्यानडामै आकर्षक सेवा सुविधासहित काम गर्ने अवसर नआएको होइन। तर बाहिर बस्ने सोच कहिल्यै बनाएनन्। देशप्रतिको माया, परिवारप्रतिको उत्तरदायित्व र समाजप्रतिको जिम्मेवारी यी सबैले मलाई त्यहाँ बस्न दिएन। मलाई स्वदेशमै केही गरौं भन्ने छ, उनले भने ।

त्यो अप्लाई गरेर प्रतिस्पर्धाबाट नाम निकाल्नुपर्ने थियो । पढाईमा अब्बल र कडा मिहिनेतका कारण उनले धेरै जनासँग प्रतिस्पर्धा गर्दै न्यूरो सर्जरीमा अप्लाई गरें र नाम पनि निस्किहाल्यो । पढाई यहीं भए पनि जाँच दिन भने पाकिस्तान जान पर्दथ्यो । उनले उक्त कोर्षका लागि २ वर्ष जनरल सर्जरी काठमाडौं मोडेल अस्पतालमा गरें भने ३ वर्ष न्यूरो सर्जरी वीर अस्पतालमा । उनले एमडी इन न्यूरो सर्जरी सन् २०१६ मा सके । उनी एमडीका गोल्ड मेडलिष्ट पनि हुन्। जबकी पाकिस्तानमा सो परीक्षा पास गर्न धेरै नै मुश्किल मानिन्थ्यो ।

डा पौडेल स्पाइन सर्जरी गर्दै..

न्यूरो सर्जन बनेर उनी वीर अस्पतालमा डेढ वर्ष जति न्यूरो विभागमा काम गरे । त्यहाँ उनले धेरै स्पाइनसम्बन्धी समस्याका बिरामीहरु हेर्थे । उनलाई स्पाइनमा अझ धेरै बुझ्न र पढ्न मन थियो । तर समय मिलिरहेको थिएन । त्यही बेला उनी आफना सिनिअरको टिम सहित नेपाल मेडिसिटी अस्पताल जोइन गरे । सन् २०१८ देखि हालसम्म उनी मेडिसिटीमै कार्यरत छन्। उनले काम गर्ने दौरानमा कतिपय केसमा अझै धेरै आउटपुट दिन सकिन्थ्यो भन्ने लागिरहन्थ्यो । कता कता केही थप सिक्न पाए अझ बढी राम्रो गर्न सकिनथ्यो की भन्ने लागिरहन्थ्यो । यहीवीच उनले एउटा फेलोसिपका लागि क्यानडाको प्रसिद्ध युनिभर्सिटीमा अप्लाई गरे । तिक्ष्ण र सधैं सिक्न तत्पर रहने प्रकाशको फेलोसिपमा नाम निस्कियो ।क्लिनिकल स्पाइन सर्जरी फेलोसिपका लागि उनी सन् २०२२ मा क्यानडा गए र २ महिना अघि मात्र उक्त कोर्ष पूरा गरेर पुन मेडिसिटीमै काम गरिरहेका छन्। उनी त्यहाँ रहँदा एक वर्षमा ३ सय बढी बिरामीको उपचारमा प्रत्यक्ष रुपमा संलग्न रहे जसले उनको उपचार अनुभवमा निखारता ल्याएको छ ।

डा पौडेल क्यानडामा फेलोशिप गर्ने क्रममा..

डा प्रकाश पौडेलेलाई नेपालमा न्यूरो स्पाइनमा उत्कृष्ट सेवा कसरी दिने भन्ने हुटहुटी छ । त्यही हुटहुटीलाई पूरा गर्नका लागि उनले निकै सपनाहरु पनि बुनिरहेका छन्। उनलाई नेपालमा एउटा उत्कृष्ट न्यूरो स्पाइन केयर सेन्टर हुनुपर्छ भन्ने लाग्छ जहाँ स्पाइनसँग सम्बन्धित सम्पूर्ण सेवा मल्टीडिसिप्लिनरी अप्रोचबाट दिन सकियोस्। त्यसले बिरामीलाई निकै फाइदा हुने उनको बुझाई छ ।

डा प्रकाशलाई क्यानडामै आकर्षक सेवा सुविधासहित काम गर्ने अवसर नआएको होइन। तर बाहिर बस्ने सोच कहिल्यै बनाएनन्। देशप्रतिको माया, परिवारप्रतिको उत्तरदायित्व र समाजप्रतिको जिम्मेवारी यी सबैले मलाई त्यहाँ बस्न दिएन। मलाई स्वदेशमै केही गरौं भन्ने छ, उनले भने ।

नेपालमा स्पाइन सम्बन्धी समस्या बढ्दो छ त्यसैले पनि यस्तो सेन्टर अबको आवश्यकता भइसकेको छ । उनले भने, तर त्यस्तो सेन्टर सबैको पहुँचमा र सबैले उपचार गर्न सक्ने हुनुपर्छ ।

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन