रिफ्रेक्टिभ सर्जरीका अब्बल चिकित्सक डा. किशोरराज प्रधान

रिफ्रेक्टिभ सर्जरीका अब्बल चिकित्सक डा. किशोरराज प्रधान

दृष्टिदोषका कारण चस्मा लगाउने झञ्झट बोकेका धेरै जनालाई चस्मा हटाउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ। चस्माकै कारण धेरैलाई यात्रामा निस्कन, स्विमिङ गर्न लगायतका  काममा  धेरै नै अप्ठेरो हुन्छ। यही झञ्झट हटाउने डाक्टर हुन्, रिफ्रेक्टिभ सर्जन किशोरराज प्रधान। उनले हालसम्म धेरैलाई यो झञ्झटबाट मुक्त गराएका छन्। डा. किशोर आँखाको लेजर सर्जरी गर्ने कममध्येका एक अब्बल विशेषज्ञ डाक्टर हुन्।

सात वर्षको हुँदा बाबु बितेपछि किशोरको विद्यालय स्तरको पढाइ भारतको कर्साङ र ग्यान्टोकको हाेस्टेलमा बित्यो। विराटनगरमा जन्मिए पनि बाल्यकाल र किशोरावस्था पूरै भारतमा बिताएका उनलाई नेपालबारे खासै ज्ञान थिएन। माध्यमिक स्तरको पढाइ सकिएपछि उनले साइन्स पढे। पढ्नमा तेज भएकाले राम्रो अंक आयो। त्यसपछि के पढ्ने भन्नेमा अन्योलमा थिए।

उनलाई चिकित्सा शिक्षामा खासै रुचि थिएन। जे बने नि हुन्छ भन्ने लाग्थ्यो। ‘सानोमा लक्ष्य राखेर म डाक्टर भएको हैन’, उनले भने, ‘आमाको सल्लाहमा एमबीबीएस पढेको हुँ।’ डाक्टरी पढाइ पनि उनले सन् १९९२ मा भारतको मध्य प्रदेशको श्याम मेडिकल कलेजबाट गरे। त्यसपश्चात् उनी इन्टर्नसिप गर्न बल्ल काठमाडौं छिरे। ‘खासमा त्यसबेला म यूके जान चाहन्थेँ’, उनले सम्झे, ‘बाँकी पढाइ पनि उतै गर्ने र उतै बस्ने योजना थियो। तर भइदियो अर्कै।’

‘शिविरमा उपचार गराउन आएका बिरामीको अवस्था हेर्दा मेरो मन रोयो’, उनी भावुक भए, ‘त्यसपछि मैले निर्णय गरेँ, मेरो लक्ष्य यूके हैन नेपाल नै हो।’ भन्ने लाग्यो। यस्ता बिरामी छोडेर विदेश जान हुँदैन भन्ने उनको आत्माले भन्यो। त्यही शिविरमै हुँदा जीवनकै ठूलो निर्णय गरेको उनी बताउँछन्।

उनलाई नेपालबारेमा खासै राम्रो ज्ञान थिएन। भाषा त परकै कुरा। त्यसैले पनि एकोहोरो बाहिरै जाने, त्यो पनि यूके नै भन्ने थियो।
वीर अस्पतालमा उनलाई इन्टर्नसिपका लागि पठाइएको थियोे। त्यतिवेलासम्म उनको नेपाली भाषा राम्रो थिएन। अंग्रेजी र हिन्दी भाषामा पोख्त उनले नेपाली बोलेको सुनेर साथीहरूले जिस्काउँथे।

जाजरकोटमा भएको शिविरले मोडियो डा. किशोरको यात्रा

डा. किशोरका ठूलोबुबा आँखा रोग विशेषज्ञ हुन्। त्यसवेला उनका ठूलोबुबाले ‘यूके जानुअघि नेपालमा गएर एउटा शिविरमा सेवा देऊ। नेपालको गाउँ कस्तो रहेछ देखिन्छ’ भनेका रहेछन्। ‘मैले नाइँ भन्न सकिनँ। शिविरमा गएँ’, उनले भने, ‘त्यही शिविरले मेरो योजना बदलिदियो। त्यो नै मेरो प्रोफेसनल लाइफको ‘टर्निङ पोइन्ट बन्यो’ उनले भने।

दुःख के हो, कस्तो हुन्छ भन्ने अनुभव नै गर्न पाएका थिएनन् रे उनले त्यतिवेलासम्म। ‘त्यही शिविरमा हो मैले दुःख के हो, अभाव के हो भन्ने महशुस गरेको’, उनी सम्झिन्छन्, ‘वास्तवमा उपचार कसलाई चाहिएको रहेछ भन्ने बल्ल बुझेँ।’

‘शिविरमा उपचार गराउन आएका बिरामीको अवस्था हेर्दा मेरो मन रोयो’, उनी भावुक भए, ‘त्यसपछि मैले निर्णय गरेँ, मेरो लक्ष्य यूके हैन नेपाल नै हो।’ भन्ने लाग्यो। यस्ता बिरामी छोडेर विदेश जान हुँदैन भन्ने उनको आत्माले भन्यो। त्यही शिविरमै हुँदा जीवनकै ठूलो निर्णय गरेको उनी बताउँछन्। ‘मेरो आवश्यकता यहीँ छ जस्तो लाग्यो। अहिलेसम्म यहीँ काम गरिरहेको छु’, उनी खुशी देखिए, ‘अहिले आफूले त्यसवेला सही निर्णय लिएछु भन्ने लाग्छ।’

जाजरकोटबाट काठमाडौं फर्केपछि उनमा आँखारोगमा विशेषज्ञता हासिल गर्ने इच्छा जागृत भयो। त्यसपछि म कर्नाटकको कस्तुपा मेडिकल कलेजमा डिप्लोमा इन अप्थाल्मिक मेडिसिन एण्ड सर्जरी पढ्न गए। दुई वर्षे कोर्स सकेर आएपछि लायन्स क्लब अफ शान्तिनगरमा पाँच वर्ष काम गरे। ‘ती पाँच वर्षमा मैले देशका ७२ जिल्ला घुमेर शिविरमार्फत सेवा दिएँ’, उनले भने, ‘त्यो मेरो जीवनको ठूलो उपलब्धि हो।’

यही बिचमा डा. किशोरले २००५ मा त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालबाट  एमडी इन अप्थाल्मोलोजी गरे। एमडी सकिनेबित्तिकै तिलगंगा आँखा अस्पतालले कामका लागि बोलायो। उनले तिलगंगा अन्तर्गतको हेटौँडा सामूदायिक अस्पतालमा रहेर काम गरे, २ वर्ष। उनकाे लगन र परिश्रम देखेर तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दुक रुइतले उनलाई रिफ्रेक्टिभ सर्जरीमा फेलोसिप गर्न सुझाए।

डा. किशोरले हालै मात्र काठमाडौंको मैतीदेवीमा अत्याधुनिक र सुविधासम्पन्न मातृका आई सेन्टर खोलेका छन्, जहाँबाट उनी रिफ्रेक्टिभ सर्जरीमा संसारकै उत्कृष्ट सेवा दिन चाहन्छन्। उनी नेपाललाई रिफ्रेक्टिभ सर्जरीको उत्कृष्ट गन्तव्य बनाउन चाहन्छन्। र त्यही अनुसार काम पनि गरिरहेका छन्। भन्छन्, ‘अबको पाँच वर्षमा हाम्रो अध्ययन सकिन्छ। त्यसपछि हामी विश्वसामु आफ्नो कुरा राख्न सक्छौँ। कुनै समय विदेश पलायन हुन खोजेका प्रधान अब भने नेपाललाई विश्वसामु चिनाउन हरसम्भव प्रयास गरिरहेका छन्।

उनलाई रेटिना विषय पढ्न मन थियो। तर ठिकै छ नयाँ विषय हो भन्ने लागेर उनी आफनो बाल्यकालको सपनाको देश यूके गए, रिफ्रेक्टिभ सर्जरीमा फेलोसिप गर्न। एक वर्षको कोर्ष सकेपछि उनले तिलगंगामा रिफ्रेक्टिभ सर्जरी युनिट शुरु गरे। जहाँ उनले आठ हजारभन्दा बढीको सर्जरी गरेर चस्मा लगाउनुपर्ने झञ्झट हटाइदिएका छन्।

सानैदेखि अध्ययनशील डा. प्रधानलाई रिसर्चमा उनलाई असाध्यै रुचि थियो। अहिले पनि उनका १० भन्दा बढी रिसर्च पेपर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन्। उनलाई नेपालमा दृृष्टिदोषमा गर्न सकिने काम धेरै छन् जस्तो लाग्छ। त्यसैले त उनी हाल आफैँले गरिरहेको ‘लेसिक’ र ‘स्माइल’ लेजर सर्जरीभन्दा पनि बढी ‘एडभान्स्ड सर्जरी’ भित्र्याउने योजनामा छन्। ‘त्यसका लागि रिसर्च भइरहेको छ’, उनले भने। उनी त्यसका मुख्य रिसर्चर हुन भने उनको मातहतमा १ ८७ जना रिसर्च जर्मनीमा काम गरिरहेका छन्।

डा. किशोरले हालै मात्र काठमाडौंको मैतीदेवीमा अत्याधुनिक र सुविधासम्पन्न मातृका आई सेन्टर खोलेका छन्, जहाँबाट उनी रिफ्रेक्टिभ सर्जरीमा संसारकै उत्कृष्ट सेवा दिन चाहन्छन्। उनी नेपाललाई रिफ्रेक्टिभ सर्जरीको उत्कृष्ट गन्तव्य बनाउन चाहन्छन्। र त्यही अनुसार काम पनि गरिरहेका छन्। भन्छन्, ‘अबको पाँच वर्षमा हाम्रो अध्ययन सकिन्छ। त्यसपछि हामी विश्वसामु आफ्नो कुरा राख्न सक्छौँ। कुनै समय विदेश पलायन हुन खोजेका प्रधान अब भने नेपाललाई विश्वसामु चिनाउन हरसम्भव प्रयास गरिरहेका छन्।

के हो लेजर सर्जरी?

लेजर सर्जरी निकै कम्प्लेक्स सर्जरी हो। यसले आँखामा प्लस माइनस पावर भएका व्यक्तिहरुलाई उनीहरुको पावर मिलाएर चस्मा लगाउन नपर्ने बनाउनु हो। जुन सर्जरी गर्न एक मिनेट मात्रै लाग्छ। यसमा नत दुखाइ हुन्छ नत अस्तपताल बस्र नै पर्छ ।  प्रक्रिया भने लामो र जटिल हुन्छ। यसका लागि अब्बल विशेषज्ञ नै आवश्यक पर्छ।

चस्मा लगाउन पर्नु बाध्यता जसका लागि छ उनीहरुलाई यसको झञ्झटका बारेमा बढी थाहा हुन्छ। स्वीमिङ गर्ने बेलामा, यात्राका क्रममा कतै चस्मा फुटेमा, सेना–प्रहरीमा जागिरका लागि जाँदा यो ठूलो बाधक बन्छ। यसका साथै गृहिणीलाई घरमा सधैँ चस्मा लगाएर बसिरहन पर्दाको झञ्झट हुन्छ नै। यो झञ्झट कम गर्दा उनीहरूलाई सहज महशुस हुने मात्रै हैन ‘कन्फिडेन्स लेबल’ पनि बढ्छ। जुन सेवा नेपालमा उपलब्ध छ।

यो सेवा सर्वसुलभ बनाउन र सबैको पहुँचमा पुर्याउन डा. किशोर लागिपरिरहेका छन्।