८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफनो मिर्गौला
हेल्थ टिभी अनलाइन : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मिर्गौला दान भएको छ । ८१ वर्षीय हजुरबुवाले आफ्नो स्वास्थ्यको पनि ख्याल नगरेर २१ वर्षीय नातिनीलाई मिर्गौला दान गरेर बचाएका छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा यही मिति २०८०।१२।१९ गते सोमबार उक्त मिर्गौला प्रत्यारोपण भएको हो ।
यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाईन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बीचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । साथै प्रत्यारोपण पश्चात् अंगदाता ८१ बर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातिनी छैठौं दिनमा सकुशल डिस्चार्ज भइसकेको पनि उनले जानकारी दिए ।
१२ वर्षाको अवधिमा केन्द्रले १२२७ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य