विश्व स्वास्थ्य दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन : ‘ मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराकासाथ आज विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।
हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको स्थापनाको अवसर पारेर यो दिवस मनाउने गरिन्छ । ‘नेपालमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
हरेक व्यक्तिको स्वस्थ भएर बाँच्न पाउने अधिकार हुन्छ र कुनै पनि रोग लागेमा उपचारमा सहज पहुँच हुनुपर्छ, स्वच्छ हावा, स्वच्छ वातावरण, समान र समतामूलक उपचार सेवा, सफा पिउने पानीमा पहुँच हुनुपर्छ भन्नेमा यस वर्षको नाराले जोड दिएको छ । यसका लागि सरोकारवालाको पैरवी आवश्यक रहेको र संविधानले नै तोकेको स्वास्थ्य सम्बन्धी मौलिक हक स्थापित गर्न सबै लाग्न पर्ने बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?