Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्व स्वास्थ्य दिवस मनाइँदै

विश्व स्वास्थ्य दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन : ‘ मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराकासाथ आज विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।

हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको स्थापनाको अवसर पारेर यो दिवस मनाउने गरिन्छ । ‘नेपालमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

हरेक व्यक्तिको स्वस्थ भएर बाँच्न पाउने अधिकार हुन्छ र कुनै पनि रोग लागेमा उपचारमा सहज पहुँच हुनुपर्छ, स्वच्छ हावा, स्वच्छ वातावरण, समान र समतामूलक उपचार सेवा, सफा पिउने पानीमा पहुँच हुनुपर्छ भन्नेमा यस वर्षको नाराले जोड दिएको छ । यसका लागि सरोकारवालाको पैरवी आवश्यक रहेको र संविधानले नै तोकेको स्वास्थ्य सम्बन्धी मौलिक हक स्थापित गर्न सबै लाग्न पर्ने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार