Health TV Online
Health TV Online

नेपालका पहिलो डा.धर्मागत जसले ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी तथा रुमाटोलोजी’ मा डी एम गरे

नेपालका पहिलो डा.धर्मागत जसले ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी तथा रुमाटोलोजी’ मा डी एम गरे

डा धर्मागत भट्टराई ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एण्ड रुमाटोलोजी’ विषयमा डी एम (डक्टरेट अफ मेडिसिन) गर्ने नेपालका पहिलो चिकित्सक हुन्। डा भट्टराईले विश्वमै नाम चलेको भारतको चन्डीगढमा रहेको पोस्टग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआई) बाट डी एम गरेका हुन्। दक्षिण एसियामै यो विषयमा डी एम पढाई हुने भारतको चन्डीगढमा मात्रै हो । त्यसैले अन्य देशका पनि पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी तथा रुमाटोलोजी पढ्न पीजीआई नै जाने गर्छन्। उनी यो विषयमा डी एम गर्ने पहिलो नेपाली डाक्टर त भए नै भारतमा पनि नौँ नम्बरमा पर्छन्। यसअघि भारतमा जम्मा ८ जनाले मात्र यो विषयमा डी एम गरेका छन्।

चितवनको मेघौलीमा जन्मेर त्यहीबाट एसएलसी सम्मको पढाई सकेर मात्र डा धर्मागत काठमाडौं छिरेका हुन्। सानेदेखि पढाईमा अब्बल डा भट्टराईले २०५३ सालको एसएलसीमा चितवन टप गरेका थिए । त्यसैले उनले काठमाडौंको लैनचोरमा रहेको नेशनल स्कूल अफ साइन्समा छात्रवृत्तिमा पढ्न पाए । त्यसो त पढाईमा सधैं अब्बल भएकै कारण उनले प्लस टुदेखि डी एम सम्मको पढाईमा पैसा तिर्नु परेन्। छात्रवृत्तिमै पढ्ने अवसर पाए ।

डा धर्मागत भट्टराई ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एण्ड रुमाटोलोजी’ विषयमा डीएम (डक्टरेट अफ मेडिसिन) गर्ने नेपालका पहिलो चिकित्सक हुन्। डा भट्टराईले विश्वमै नाम चलेको भारतको चन्डीगढमा रहेका पोस्टग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआई) बाट डी एम गरेका हुन्। दक्षिण एसियामै यो विषयमा डी एम पढाई हुने भारतको चन्डीगढमा मात्रै हो । त्यसैले अन्य देशका पनि पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी तथा रुमाटोलोजी पढ्न पीजीआई नै जाने गर्छन्। उनी यो विषयमा डी एम गर्ने पहिलो नेपाली डाक्टर त भए नै भारतमा पनि नौँ नम्बरमा पर्छन्। यसअघि भारतमा जम्मा ८ जनाले मात्र यो विषयमा डीएम गरेका छ

प्लस टु पछिको यात्राका लागि उनी डाक्टर बन्ने सपना बोकेर भारतको यूनिभर्सिटी अफ कलकत्ता, आर जी कर मेडिकल कलेज एण्ड हस्पिटल कलकत्ता पुगे । सन् २००६ मा एमबीबीएस सकेर नेपाल फर्किए । उनले नेपाल आएर केही समय पाटन अस्पतालमा समेत काम गरे । एमबीबीएस मात्र गरेर बस्ने कुरा थिएन् उनले एमडीका लागि अप्लाई गरे बालरोग विषयमा । सानैदेखि बच्चा भनेपछि हुरुक्कै हुने भट्टराईले आफू बालरोगकै विषयमा पढ्छु भनेर निर्णय गरिसकेका थिए । उनी एम डी गर्नका लागि यसपटक भने भारतकै चन्डीगढमा रहेको पीजीआई इन्स्टिच्गुट पुगे । त्यहाँ उनले एमडी सकेर २०१४ मा पुन नेपाल फर्किए । त्यसपछि केही समय कान्ति बाल अस्पतालमा समेत काम गरे ।

उनले बालरोग विशेषज्ञ भएर नेपालमा आएर काम गर्दा धेरै यस्ता बच्चाहरु देखे जसलाई इम्युनोसम्बन्धी रोगका कारण समस्या भइहरेको थियो । तर आमाबाबुलाई नत यसकाबारेमा जानकारी थियो न त उपचार नै । कति बच्चा जसलाई शुरुमै पत्ता लगाएर उपचार गर्दा निको हुने बिरामी पनि धेरै नै दुख पाएको देख्दा उनलाई बच्चाकै रोग तर अहिलेसम्म कसैले वास्ता नगरेको क्लिनिकल इम्युनोलोजी तथा रुमाटोलोजी पढ्न मन लाग्यो । हुन त उनलाई मनपर्ने विषयमा ग्यास्ट्रो पनि पर्दथ्यो । तर सकेसम्म यही विषय पढ्नुपर्छ भन्नेमा उनी पुगेँ । एमडी मात्र गरेर बस्ने कुरा थिएन । अहिले जमाना नै सुपर स्पेस्यालिटीको छ कुनै नै न कुनै विषयमा त डी एम गर्न पर्यो भन्ने सोच्दै गर्दा उनलार्ई मनपर्ने पेडियाट्रिक इम्युनोलोजी तथा रुमाटोलोजी पढ्ने निधो गरे। उनले भने, पहिलो कुरा त यस विषयको विशेष डाक्टर नेपालमा नहुनु, रोगकै बारेमा धेरै जानकारी नहुनु र विश्वमा यो रोग इमरर्जीङ रुपमा आउनुले पनि मलाई यो पढ्न प्रेरित गर्यो ।

क्लिनिकल इम्युनोलोजी भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीबारे शास्त्र हो । यसमा गडबडी भयो भने बच्चाहरुमा धेरै समस्या आउने गर्छ । कतिपय बच्चाको जन्मँदै जीनमा समस्याका कारण इम्युनो सम्बन्धी समस्या लिएर आउँछन् जसले गर्दा उनीहरुलाई बारम्बार बिरामी परिरहने, तौल नबढ्ने आदी समस्या हुनसक्छन्। अर्को जन्मिसकेपछि पनि बाह्य कारणले पनि इम्युनोलोजी सम्बन्धी समस्या हुनसक्छ । कतिपय समस्याका बारेमा अझै पनि धेरैलाई जानकारी छैन्।

डा धर्मागत भन्छन्, ‘नेपालमा रुमाटोलोजीको बारेमा केही मात्रामा जानकारी भए पनि इम्युनोलोजी त्यसमा पनि बच्चाको इम्युनोलोजी बारेमा न त चर्चा नै हुन्छ नत प्रयाप्त सचेतना नै छ । त्यसैले पनि यही विषय पढेर यही क्षेत्रमा काम गर्छु भन्ने अठोटकासाथ सन्२०१७ मा यही विषय पढ्न पीजीआई नै गएँ र २ महिनाअघि मात्र ३ वर्षे डीएम सकाएर नेपाल फर्केको हुँ । मलाई लाग्छ यस विषयमा धेरै कुरा गर्न बाँकी छ । म अब त्यसमै लाग्छु । अब केही समय जनचेतना फैलाउनेदेखि उपचार नेपालमै सम्भव छ भन्ने बुझाउनमा समय खर्चिनुपर्नेछ ।

क्लिनिकल इम्युनोलोजी भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीबारे शास्त्र हो । यसमा गडबडी भयो भने बच्चाहरुमा धेरै समस्या आउने गर्छ । कतिपय बच्चाको जन्मँदै जीनमा समस्याका कारण इम्युनो सम्बन्धी समस्या लिएर आउँछन् जसले गर्दा उनीहरुलाई बारम्बार बिरामी परिरहने, तौल नबढ्ने आदी समस्या हुनसक्छन्। अर्को जन्मिसकेपछि पनि बाह्य कारणले पनि इम्युनोलोजी सम्बन्धी समस्या हुनसक्छ । कतिपय समस्याका बारेमा अझै पनि धेरैलाई जानकारी छैन्।

अर्कोतिर अहिले बालबालिकामा पनि बाथ रोग बढिरहेको छ । तर अझै पनि यो रोग बच्चामा पनि हुन्छ भन्ने नै धेरैलाई थाहा छैन्। जुन समस्या शुरुमा उपचार गर्दा धेरै ठिक गर्न सकिन्छ । तर सही सूचना र जानकारी नहुँदा बच्चाको जोर्नीहरु धेरै बिग्रेपछि मात्र अस्पताल आएको पाइन्छ । यो पनि मेरै विषयमा पर्छ ।

इम्युनोलोजी र रुमाटालोजी सम्बन्धी समस्याका कारण बच्चामा धेरै समस्या देखिन सक्छन्। जुन समस्या अहिलेसम्म वयस्कका डाक्टरले हेरिरहनु भएको थियो अब उहाँहरुसँग सल्लाह र समन्वय गरेर म हेर्न सक्छु । आफना सामू थुप्रै चुनौति भए पनि यो रोग पहिचान, निदान र उपचारमा लागेर नेपालमै यो उपचार सम्भव छ भन्ने प्रमाणित गर्दै सेवा दिने अठोटका साथ यतिबेला उनी नेपाल फर्किएका छन्।

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन