Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्पाइन सर्जरीका अब्बल युवा डाक्टर प्रशान्त अधिकारी

स्पाइन सर्जरीका अब्बल युवा डाक्टर प्रशान्त अधिकारी

हेल्थ टिभी अनलाइन : स्पाइन सर्जरीका अब्बल युवा चिकित्सक डा प्रशान्त अधिकारी हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन्। उनी अहिले स्पाइन सर्जरीका व्यस्त चिकित्सकमध्ये पर्छन्। जसलाई बिरामी हेर्न भ्याइनभ्याइ छ । अझ रोचक कुरा त उनी स्पाइनमा पनि जटिल शल्यक्रिया गर्न रुचाउँछन्। सानैदेखि पढाइमा अब्बल डा अधिकारीलाई सानोमा इन्जिनियर बन्ने इच्छा थियो । डाक्टर बन्ने उनको दोस्रो रोजाई हो । तर भारतको चेन्नईबाट प्लस टु सकाएपछि भने उनले मेडिसिन पढ्ने निधो गरे । र लागे एमबीबीएसका लागि रुसतर्फ । उनलाई मेडिसिनमा भन्दा पनि सर्जरीमा बढी रुचि थियो । सन् २००५ मा एमबीबीएस सकेर आएपछि उनले काठमाडौं युनभिर्सिटी अन्तर्गतको बीएण्डबी अस्पतालबाट ‘एम एस इन अर्थोपेडिक्स’ को डिग्री लिए ।

नयाँ र जटिल खालको काम गर्न रुचाउने डा अधिकारीलाई अर्थोपेडिक सर्जरीभित्र पनि जोर्नी प्रत्यारोपणमा विशेषज्ञता हासिल गरेर त्यसमै लाग्ने इच्छा थियो । तर उनको त्यो इच्छा भने पूरा हुन सकेन । उनी एम एस सके पछि ग्रान्डी अस्पतालमा काम गर्न पुगे । वरिष्ठ स्पाइन सर्जन डा बिनोद बिजुक्छेको अन्डरमा काम गर्न थालेका उनलाई त्यहाँ आउने बिरामीको अवस्था र भोगाइ देखेर स्पाइनमै रुचि हुन थाल्यो । त्यसैले उनले अब स्पाइनमै विशेषज्ञता हासिल गर्छु भन्ने ठाने । उनी भन्छन् ‘स्पाइन सर्जरी विभागमा काम गर्दै गर्दा यसमै रुचि भएपछि फेलोसिपका लागि अप्लाई गरें ।’ उनले टर्कीको अंकरा स्पाइन सेन्टरमा फेलोसिपका लागि अप्लाई गरे र छनौट पनि भए । अब भने उनको यात्रा सुरु भयो स्पाइन सर्जरीतर्फ ।

सन् २०१५ मा उनी एक वर्षको फेलोसिपका लागि टर्की गए । त्यहाँ रहँदा उनले न्यूरो र अर्थो स्पाइन सर्जरीमा काम गरे । दुईटा विधाका विश्वमै प्रख्यात प्राध्यापकहरुसँग काम गर्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको बताउँछन डा अधिकारी । उनीहरुलाई भेटेपछि त झनै आफूमा नेपालमै बसेर स्पाइनमा काम गर्ने जोश जाँगर बढेर आयो, उनी भन्छन्। त्यहाँबाट फर्केर आएपछि पनि उनले फेरि अर्को फेलोसिपका लागि अप्लाइ गरे जर्मनीमा । ‘टेक्निकल युनिभर्सिटी म्युनिख जर्मनी’ मा उनले स्पाइन सर्जरीमै ६ साताको विशेष कोर्ष गर्ने अवसर पाए । जसले उनको करिअरमा थप ज्ञान थप्यो । यो सन् २०१८ को कुरा हो । यसले उनको स्पाइनको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि अझ बढी जगायो ।

डा अधिकारीको सर्जरीमा जति रमाउँछन् त्यत्तिकै उनको रुचि रिसर्चमा पनि छ । उनले हालसम्म स्पाइनसँग सम्बन्धित १६ वटा भन्दा बढी इन्टरनेशनल जर्नलमा रिसर्च आर्टिकलहरु प्रकाशित गरिसकेका छन्। उनी लेख्न र अध्ययनमा निकै रमाउने चिकित्सकमा पर्छन्।

डा अधिकारीलाई धेरैले स्पाइन बिषय नरोज्ने कारणले पनि नेपालमा समस्या धेरै भए पनि यसका विशेषज्ञ डाक्टर कम भएको जस्तो लाग्छ । त्यसो त स्पाइन सर्जरी आफैमा सबै जटिल सर्जरी नै हुन्छ त्यसमा पनि कहिलेकाहीं त  एउटै सर्जरीमा धेरै विशेषज्ञहरुको आवश्यकता पर्ने उनको भनाई छ । डा अधिकारीको सर्जरीमा जति रमाउँछन् त्यत्तिकै उनको रुचि रिसर्चमा पनि छ । उनले हालसम्म स्पाइनसँग सम्बन्धित १६ वटा भन्दा बढी इन्टरनेशनल जर्नलमा रिसर्च आर्टिकलहरु प्रकाशित गरिसकेका छन्। उनी लेख्न र अध्ययनमा निकै रमाउने चिकित्सकमा पर्छन्।

उनलाई स्पाइनकाबारेमा जनमानसमा सही सूचना नपुगेका कारण समस्या बढेको जस्तो लाग्छ । कतिपय समस्या सामान्य सावधानी अपनाएमा पुग्ने भए पनि बिरामीहरु अवस्था बिग्रेपछि मात्र अस्पताल आउने गरेको उनको अनुभव छ । उनी भन्छन, ‘९९ प्रतिशत स्पाइनको समस्या ढाड दुख्यो भनेर सुरु हुने गरेको छ । म कहाँ आउने बिरामी पनि सुरुमा आउँदा एउटै कल्प्लेन लिएर आउँछन् ढाड दुख्ने । तर धेरै ढाड दुखाई सामान्य फिजियोथेरापी तथा शारीरिक व्यायामबाट ठीक पार्न सकिन्छ ।’

स्पाइनमा समस्या धेरै कारणले हुन्छ । यो कुरा जनमानसम्म पुराउन आवश्यक छ । पहिलो कारण त हाम्रो बसाइ, काम गराई अर्थात ‘पोस्चर’ नै हो । तपाइँ हामी धेरै जनाको नियमित बस्ने, उभिने काम गर्ने तरिका नमिलेका कारण स्पाइनमा समस्या भएर नशा च्यापिने  वा मसलमा समस्या हुने गर्छ । तर हामी यी कुरा ख्यालै गर्दैनौं । त्यसैले स्पाइनलाई हेल्दी राख्न पहिलो कुरा पोस्चर मिलाउने नै हो । स्पाइनलाई जति भार दिन्छौं त्यति नै समस्या आउँछ उनले थपे । मोटो मानिसहरुमा वजनले स्पाइनमा भार पार्दा नशा च्यापिने समस्या बढी हुने गर्छ । त्यसैले मोटा मानिसहरु अझ बढी सजग हनुपर्छ । उनीकहाँ आउने अधिकांश बिरामीले नशा च्यापियो भन्दैमा शल्यक्रिया गर्नपर्छ हो भनेर सोध्छन, तर उनी भन्छन, ‘नशा च्यापिंदैमा सबैको शल्यक्रिया गर्न पर्दैन । समस्या देखिनेमध्ये एक प्रतिशतलाई मात्र शल्यक्रियाको आवश्यकता देखिन्छ । स्पाइनमा धेरै जसो जीवनशैलीकै कारण समस्या आउने गर्छ । तर सामान्य कुरा पनि ख्याल नगर्दा समस्या बल्झिदै जाने गरेको देखिन्छ ।’

सन् २०१५ मा उनी एक वर्षको फेलोसिपका लागि टर्की गए । त्यहाँ रहँदा उनले न्यूरो र अर्थो स्पाइन सर्जरीमा काम गरे । दुईटा विधाका विश्वमै प्रख्यात प्राध्यापकहरुसँग काम गर्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको बताउँछन डा अधिकारी । उनीहरुलाई भेटेपछि त झनै आफूमा नेपालमै बसेर स्पाइनमा काम गर्ने जोश जाँगर बढेर आयो, उनी भन्छन्। त्यहाँबाट फर्केर आएपछि पनि उनले फेरि अर्को फेलोसिपका लागि अप्लाइ गरे जर्मनीमा । ‘टेक्निकल युनिभर्सिटी म्युनिख जर्मनी’ मा उनले स्पाइन सर्जरीमै ६ साताको विशेष कोर्ष गर्ने अवसर पाए । जसले उनको करिअरमा थप ज्ञान थप्यो । यो सन् २०१८ को कुरा हो । यसले उनको स्पाइनको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि अझ बढी जगायो ।

उनका अनुसार ९९ प्रतिशतको मेकानिकल ब्याक पेन देखिन्छ । एक प्रतिशतको मात्र अरु कारण हुन्छ । सर्जरी गर्नुपर्ने अवस्थामा हामी रेड फ्ल्याग भन्छौं ती संकेत नदेखिएसम्म डराउन पर्दैन । जस्तो कोही क्यान्सरको बिरामी हुनुहुन्छ, राती दुखाइकै कारण निद्राबाट बिउँझिन्छ, लगातार ज्वरो आइरहेको छ वा वजन घटिरहेको छ भने हामी एमआरआई लगायतका टेस्ट गराउन सल्लाह दिन्छौं । त्यसैगरी कसैको दिसापिसाब रोकियो, खुट्टा झर्न थाल्यो अर्थात लुलो हुन थाल्यो भने त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । १५ वर्ष मूनिका र ५० वर्ष माथिका मानिसमा ढाड दुख्ने समस्या बढी भएमा पनि सजग हुनुपर्ने हुन्छ ।

डा अधिकारीले ह्याम्स अस्पतालमा २ वर्षमा झण्डै सयको हाराहारीमा जटिल शल्यक्रिया गरिसकेका छन् ।उनी भन्छ्न, ‘उमेर बढ्दै जाँदा हड्डी खिइँदै गएर स्पाइनमा समस्या देखिन्छ । शरीरको सम्पूर्ण भार स्पाइनले नै धान्ने हुँदा यसलाई ख्याल गर्न जरुरी हुन्छ । समयमै ख्याल गरियो भने जनिशैलीका कारण देखिने स्पाइनका समस्याबाट जोगिन सकिन्छ । ‘दुर्घटनाबाट स्पाइनमा हुने क्षतिको त आकस्मिक रुपमा उपचार गर्नै पर्छ । त्यो हाम्रो हातमा हुँदैन ।

ह्याम्स अस्पतालमा फूल टाइम कार्यरत डा अधिकारी अहिले जनमानसमा स्पाइनसम्बन्धी उपचार मात्रै हैन जनचेतना बढाउन पनि लागिपरेका छन्।

 

 

 

 

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन