Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ‘मिनी पीसीएनएल प्रविधि’ भित्र्याउने डाक्टर संजय खड्गी, जो लाइभ सर्जरी गर्न विभिन्न देश पुग्छन्

नेपालमा ‘मिनी पीसीएनएल प्रविधि’ भित्र्याउने डाक्टर संजय खड्गी, जो लाइभ सर्जरी गर्न विभिन्न देश पुग्छन्

वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट डा संजय खड्गी नेपालमा मिर्गौला पत्थरीको उपचारमा ‘मिनी पीसीएनएल प्रविधि’ भित्र्याउने पहिलो डाक्टर हुन्। उनले यो प्रविधि सुरुमा नेपाल ल्याउँदा सोचेका थिएनन की यति धेरै सफल हुनेछ र विदेशी डाक्टरहरु पनि सिक्ने आउँछन् भनेर । तर त्यसबेला भित्र्याएको यस प्रविधिका कारण उनी अन्तराष्ट्रिय स्तरमा  युरोलोजिस्टहरुका माझ कहलिएका छन्। अहिले उनलाई भ्याइँ नभ्याइँ हुन्छ । त्यसो त उनले धेरै देशहरुमा गएर मिनी पीसीएनएल प्रविधिबाट पत्थरीको सर्जरी गरेर लाइभ देखाइसकेका छन्। उनलाई धेरै विकसित देशहरुमा लाइभ सर्जरीका लागि बोलाउने गर्छन । जसले गर्दा उनले अन्तराष्ट्रिय स्तरमा समेत ख्याति कमाइसकेका छन्। सो प्रविधिमार्फत उनले १० हजार भन्दा बढी बिरामीको पत्थरीको शल्यक्रिया समेत गरिसकेका छन्।

मिनी पीसीएनएल प्रविधि मिर्गौला र मूत्र प्रणालीको ठूलो र जटिल पत्थरीको उपचारका लागि उत्कृष्ट प्रविधि हो। यो बिना ठूलो चिरफार उपचार गर्न सकिने  प्रविधि हो। यसको प्रयोगबाट बिरामीमा रगतको क्षति अत्यन्तै कम हुने, दुखाइ कम हुने, घाउ चाँडै निको हुने प्रायः सबै पत्थरी हटाउन सकिने र बिरामीको अस्पताल बसाइ पनि थोरै दिन हुन्छ।

डा खड्गीले अहिले ललितपुरको कुपन्डोलमा अत्याधुनिक तथा सुविधासम्पन्न आफ्नै ‘खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी’ खोलेका छन्। उनले यस सेन्टरमार्फत इन्डोयुरोलोजीसँग सम्बन्धित समस्या कम गर्न कोशिश मात्र हैन् यसलाई युरोलोजी क्षेत्रमा विश्वकै नंबर वान सेन्टर बनाउने लक्ष्य लिएका छन्। डा खड्गी भन्छन्, ‘अहिले नेपालमा यो प्रविधिकाबारेमा सिक्न धेरै डाक्टर र मेडिकल विद्यार्थी आइरहेका छन् अब नेपाललाई इन्डोयुरोलोजीको हब बनाउनु पर्छ त्यसकै लागि म लागि परिरहेको छु ।’

यो विधि बाट उपचार गर्दा बिरामीको पेटमा चिरफार नगरी एउटा सानो प्वाल पारिन्छ र उक्त प्वालबाट एउटा सानो पाइप छिराएर मिर्गौलाभित्रको पत्थरीलाई फुटाई पाइपबाटै तानेर बाहिर निकालिन्छ। शल्यक्रिया गरेको २४ घण्टामा नै बिरामी डिस्चार्ज हुनसक्छन्।

डा खड्गीले अहिले ललितपुरको कुपन्डोलमा अत्याधुनिक तथा सुविधासम्पन्न आफ्नै ‘खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी’ खोलेका छन्। उनले यस सेन्टरमार्फत इन्डोयुरोलोजीसँग सम्बन्धित समस्या कम गर्न कोशिश मात्र हैन् यसलाई युरोलोजी क्षेत्रमा विश्वकै नंबर वान सेन्टर बनाउने लक्ष्य लिएका छन्। डा खड्गी भन्छन्, ‘अहिले नेपालमा यो प्रविधिकाबारेमा सिक्न धेरै डाक्टर र मेडिकल विद्यार्थी आइरहेका छन् अब नेपाललाई इन्डोयुरोलोजीको हब बनाउनु पर्छ त्यसकै लागि म लागि परिरहेको छु ।’

मनकारी डाक्टर

खड्गीले यो सेन्टरबाट फाइदा कमाउने भन्दा पनि मिर्गौला, मुत्र प्रणालीसँग सम्बन्धित समस्या भएका धेरै व्यक्तिहरु पैसा नभएकै कारण उपचारमा आउन नसकेको कुरा सुनाउँदै उनीहरुका लागि पनि केही गर्न सकौं भनेर सेन्टर खोलेको बताउँछन। उनले भने मेरो सेन्टरमा हुनेले पैसा दिन्छन् नहुनेलाई म त्यसै फिर्ता पठाउँदिन उपचार गरेरै पठाउँछु । मनकारी डा खड्गीले त्यसो त देशका विभिन्न स्थानमा गएर नि: शुल्क शिविर गरेर उपचार गर्दै आएका छन्। उनले आफूले जानेको प्रविधिले बिरामीलाई धेरै दुख नहुने तथा चिरफार गर्न नपर्ने हुँदा मिलेसम्म सोही प्रविधिबाट उपचार गर्ने बताउँछन्। तर केही बिरामीमा भने अन्य विधिबाट पनि उपचार गरिन्छ, उनले भने  उनले आफनो सेन्टरमा प्रत्येक दिन अन्तराष्ट्रिय स्तरको अत्याधुनिक मोडुलर अपरेसन थियटरमार्फत  ४ जना विपन्न वर्गका बिरामीलाई सरकारी स्तरको शुल्कमा शल्यक्रिया गर्ने बताएका छन्।

अन्तराष्ट्रियस्तरको सेवा

असाध्यै अनौंठो कुरा त उनले आफना बुवा आमाको नाममा दुई वटा अपरेसन थियटर बनाएका छन् आमाको नाममा लक्ष्मी थियटर र बुवाको नाममा रुद्र थियटर । यसमा पनि अर्थ छ उनले भने, ‘लक्ष्मी थियटरमा लेफ्ट किड्नीको अपरेसन गरिन्छ भने रुद्र थियटरमा राइट किड्नीको अपरेसन गरिन्छ । उनले शल्यक्रिया गर्ने बेलामा कुनै कन्फु्जन नहोस र सजिलोसँग गर्न सकियोस भनेर यसरी छुट्टाछुट्टै शल्यक्रिया कक्ष बनाएको बताए । यस्तो कन्सेप्ट विकसित देशरुमा पनि कमै छन्, उनले भने । यसले गर्दा सामानको पोजिसन पनि कुन मिर्गौलाको शल्यक्रिया गर्ने हो त्यही अनुसार पहिलो नै सेट हुन्छ । जसले गर्दा गल्ती हुने सम्भावना त जिरो नै हुन्छ भन्दा पनि हुन्छ उनले थपे ।

असाध्यै आधुनिक उपकरणहरु आफूले भित्राएको उनको भनाई छ । उनले थपे, ‘मैले प्रविधि र उपकरणमा कुनै कन्जुस्याइँ गरेको छैन । आज हामीकहाँ मुत्र प्रणाली र मिर्गौला पत्थरीको जुन शल्यक्रिया हुन्छ त्यो जुनसुकै विकसित देशमा गएर लिने पनि यही सेवा हो । त्यसैले हामीले विरामीलाई सस्तो र सहुलियत दरमा अन्तराष्ट्रियस्तरको सेवा दिन खोजिरहेका छौं ।

बिरामीको अवस्थाले तय गर्यो युरोलोजिस्ट बन्ने लक्ष्य

खेलकुदमा असाध्यै रुचि राख्ने र जिमनाष्टिकमा गोल्ड मेडलिस्ट रहेका डा खड्गीलाई खेलाडी नै हुन्छु भन्ने थियो । तर परिवार, आफन्तले खेलमा खासै भविष्य छैन भनेर कन्भिन्स गरेपछि उनको यात्रा मोडियो मेडिकलतिर । सन् १९९१ मा रुसमा एमबीबीएस फर्म खुल्यो उनले त्यही बेला पढ्नका लागि अप्लाई गरे र छनौट पनि भए । सन् १९९८ सम्म उनी रुसमा बसेर पढे । त्यसबेला रुसबाट पढेर आएपछि यहाँ काम गर्नुपर्ने हुन्थ्यो । वीर अस्पतालमा उनले ३ वर्ष काम गरे । जनरल सर्जरी, इन्टरनल मेडिसिन लगायतका विभिन्न विभागमा काम लगाइन्थ्यो । सबै विभागमा काम गर्न जानै पर्दथ्यो । युरोलोजी विभागमा काम गर्दा भने मैले अन्यको तुलनामा गर्दा धेरै नै समस्या देखें । थोरै डाक्टर अनि बिरामी धेरै । बिरामी घण्टौं लाइन बस्नपर्ने, वृद्धहरु प्रोस्टेटको समस्या लिएर आएको देखें । त्यसपछि त्यहीबेला मलाई म अब यही विषय पढ्छु भन्ने लाग्यो । र युरोलोजी पढ्ने अठोट लिएँ ।

उनको यो प्रविधिकोवारेमा यूरोलोजी क्षेत्रमा निकै चर्चा हुन थालेको थियो । त्यही बेला भारतमा सन् २००८ मा पीसीएनएलका एक जना विज्ञ डाक्टरले उनलाई लाइभ सर्जरी गरेर देखाइदिन भन्दै बोलाए । त्यसले आफूलाई निकै हर्षित तुल्याएको डा खड्गी बताउँछन्। उनले भने, ‘भारतमा अन्य देशका डाक्टरलाई विज्ञका रुपमा स्पेस दिनु भनेको निकै ठूलो कुरा हो । यसले मेरो अन्तराष्ट्रिय स्तरमा तालिम दिने क्रमको यात्रा सुरु भयो । सन् २०१२ मा उनले मिनीसीएनएलमा बेस्ट पेपर अवार्ड समेत पाए । अहिले त उनी हरेक महिनाजसो कुनै न कुनै अन्तराष्ट्रिय स्तरको तालिम तथा लाइभ सर्जरीमा भाग लिन पुग्छन्। उनलाई अहिले आफै डाक्टर तथा विद्यार्थीले अप्रोच गर्छन्। भिजिट गर्न आउँछन्। । उनले नेपालमा सुरु गरेको यो प्रविधि निकै पपुलर हुँदै गएको छ । उनलाई अन्तराष्ट्रियस्तरमै चिनाएको छ ।

मेरो लक होकी के हो त्यही बेला चाइनामा एमडी खुल्यो । सन् २००२ को कुरा हो । मैले पनि अप्लाई गरें । छनौट भएर अब भने युरोलोजिस्ट बन्न चाइना गएँ । पढाइकै शिलशिलामा अन्तिम वर्षतिर एक जना प्रोफेसरसँग भेट भयो । जसले पहिलोपटक मिर्गौलाको पत्थरीको बिना चिरफार शल्यक्रिया गर्ने मिनी पीसीएनएल प्रविधिको विकास गरेका रहेछन्। उनी मलाई पढाउन आउने बेलामा नै १० हजार भन्दा बढीको शल्यक्रिया गरिसकेका थिए । उनीसँग मेरो उठबस निकै हुन्थ्यो । मैले आफ्नो रुचि सुनाएँ । प्रोफेसरले पनि मलाई सहयोग गर्ने वाचा दिए । लगभग ६ महिनासम्म मैले उनीबाट उक्त प्रविधिकाबारेमा धेरै नै सिकिसकेको थिएँ । उनीसँग धेरै सर्जरीमा असिस्टेन्ट भएर पनि काम गरें । त्यसले मलाई उक्त प्रविधि जसरी पनि नेपाल भित्र्याउन पर्छ भन्ने आयो उनी सम्झिन्छन्। ६ महिनापछि मेरो पढाई सकेर नेपाल आउने समय भयो । म नेपाल फर्केर त्यही कुरा सोचिरहेको थिएँ । आएर नर्भिक अस्पताल जोइन गरेको थिएँ । त्यसबेला मैले उही प्रोफेसरलाई नेपाल बोलाएर बिरामीको सर्जरी सुरु गरें । यसरी मैले नेपालमै पहिलोपटक उक्त प्रविधि भित्र्याउन पाउँदा निकै खुशी भएको थिएँ ।

उक्त प्रोफेसरलाई नेपालमा ल्याएर प्रत्येक महिनाजसो सर्जरी गराएँ । पछि म आफैले चाइना गएर धेरै पटक तालिमहरु लिएर आएँ । अहिले त १० हजारभन्दा बढीको शल्यक्रिया गरिसके होला उनले भने । लेजर प्रोस्टेट पनि हामीले नै सुरु गरेका हौं । जुन बिना ठूलो चिरफार गरिन्छ ।

अन्तराष्ट्रिय स्तरमा लाइभ सर्जरी यात्रा

उनको यो प्रविधिकोवारेमा यूरोलोजी क्षेत्रमा निकै चर्चा हुन थालेको थियो । त्यही बेला भारतमा सन् २००८ मा पीसीएनएलका एक जना विज्ञ डाक्टरले उनलाई लाइभ सर्जरी गरेर देखाइदिन भन्दै बोलाए । त्यसले आफूलाई निकै हर्षित तुल्याएको डा खड्गी बताउँछन्। उनले भने, ‘भारतमा अन्य देशका डाक्टरलाई विज्ञका रुपमा स्पेस दिनु भनेको निकै ठूलो कुरा हो । यसले मेरो अन्तराष्ट्रिय स्तरमा तालिम दिने क्रमको यात्रा सुरु भयो । सन् २०१२ मा उनले मिनीसीएनएलमा बेस्ट पेपर अवार्ड समेत पाए । अहिले त उनी हरेक महिनाजसो कुनै न कुनै अन्तराष्ट्रिय स्तरको तालिम तथा लाइभ सर्जरीमा भाग लिन पुग्छन्। उनलाई अहिले आफै डाक्टर तथा विद्यार्थीले अप्रोच गर्छन्। भिजिट गर्न आउँछन्। । उनले नेपालमा सुरु गरेको यो प्रविधि निकै पपुलर हुँदै गएको छ । उनलाईै अन्तराष्ट्रियस्तरमै चिनाएको छ । ट्रेनिङ लिन धेरै आउँछन् उनीकहाँ ।

अब भने उनलाई खड्गी इन्स्टिचयुटमार्फत नेपाललाई अन्तराष्ट्रिय स्तरको युरोलोजिष्टलाई तालिम दिने हब सेन्टर बनाउने लक्ष्य छ ।

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन