Health TV Online
Health TV Online

नसर्ने रोगलाई कम गर्न जीवनशैली सुधार्न आग्रह

नसर्ने रोगलाई कम गर्न जीवनशैली सुधार्न आग्रह

हेल्थ टिभी अनलाइन : नसर्ने रोगको भार कम गर्न स्वस्थकर जीवनशैली अपनाउन विज्ञहरुले सबैलाई आग्रह गरेका छन् ।

आइतबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रमुख कारण नै हाम्रो अस्वस्थकर जीवनशैली भएकाले यसलाई ध्यान दिनपर्नेमा जोड दिए । उनले भने, मेरो स्वास्थ्य, मेरो अधिकार मात्र भन्ने भन्दा पनि मेरो स्वास्थ्य ठीक पार्न मेरो जिम्मेवारी पनि छ भन्नेबारेमा सोच्न आवश्यक छ । प्रत्येक व्यक्तिले आफूलाई स्वस्थ राख्न, खानपान, व्यायाम, आराम, तनावरहित जीवन लगायतका कुरामा ध्यान दिन सके धेरै रोगहरु कम हुने उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश सम्भाजीराव पाण्डवले नसर्ने रोग अहिलेको प्रमुख चुनौती रहेको भन्दै यसलाई कम गर्न हामी आफै अग्रसर हुनुपर्ने बताए । उनले नसर्ने रोगको भार कम गर्न विश्व स्वास्थ्य संगठन सरकारसँग मिलेर काम गर्न सधैं तयार रहेको पनि जिकीर गरे ।

यसैगरी कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्रा कौशलले स्वास्थ्यका हरेक सेवामा सबैको समान मात्र पहुँच भएर नहुने भन्दै अब समतामूलक पहुँचको मुद्धा उठाउनपर्ने बेला आइसकेको बताइन्। उनले सबैले सहज र सही उपचार पाउनैपर्नेमा जोड दिइन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख डा कृष्ण पौडेल तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकी डा जया सत्यालले प्रस्तुतीकरण दिएका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विश्व स्वास्थ्य दिवस मनाइँदै

विश्व स्वास्थ्य दिवस मनाइँदै