Health TV Online

जापानमा पानीजहाज क्वारेन्टाइन : सबै यात्रुहरू बाहिरिँदै

जापानमा पानीजहाज क्वारेन्टाइन : सबै यात्रुहरू बाहिरिँदै

जापानको योकोहामा तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको पानीजहाज डायमण्ड प्रिन्सेजबाट यात्रुलाई बाहिर निकाल्न थालिएको छ। १४ दिनको क्वारेन्टाइनपछि पानी जहाजबाट यात्रु बाहिरनिकाल्न थालिएको हो।

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण पानीजहाजका यात्रुमा पनि देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो।

डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका कम्तीमा ५४२ जना यात्रु तथा चालकदलका सदस्यमा कोरोना संक्रमण भएको छ। चीन बाहिर एकै ठाउँमा धेरैलाई संक्रमण भएको यो पहिलो घटना हो। यात्रुले कठिन रुपमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेका हुन्।

केही देशले पानी जहाजमा रहेका आफ्ना नागरिकलाई उद्दार गरेर लगेका थिए । बाँकी रहेका यात्रुहरु भने क्वारेन्टाइन पूरा गरी बुधबारदेखि निस्कन थालेका हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

हेल्थ टिभी अनलाइन\जुम्ला : चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ।

जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतका अनुसार निर्यात भएको जडीबुटीबाट करिब १६ लाख ५९ हजार ६४७ रूपैयाँ राजस्व संकलन भएको छ।

काठबाट चार लाख ९० हजार ६९५ राजस्व संकलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ।

पछिल्लो समयमा विभिन्न प्रकारका जडिबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएकोे तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

१५ शय्याको अस्पताल बन्दै

१५ शय्याको अस्पताल बन्दै

हेल्थ टिभी अनलाइन\डाेटी : जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल बन्ने भएको छ।

जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइने भएको हो। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम छ। जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शय्याका अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन्।

उक्त कामका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ। त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँगको राय एवं परामर्शपछि कार्यविधि तयार गरी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइनेछ। उक्त व्यवस्थालाई कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ शय्यामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए।

सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्न लागिएको छ। जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शय्याका अस्पताल बन्ने भएपछि यहाँ निकै खुशी छाएको स्थानीयवासी बमबहादुर बमले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना संक्रमणको हालसम्मकै ठूलो अध्ययनको निष्कर्ष : वयोवृद्ध र बिरामी बढी जोखिममा

कोरोना संक्रमणको हालसम्मकै ठूलो अध्ययनको निष्कर्ष : वयोवृद्ध र बिरामी बढी जोखिममा

चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस संक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड–१९ संक्रमणका विवरण समेटिएका छन्।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकले ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो। उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ।

मंगलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो। ५१ वर्षीय लियो झामिङ उक्त संक्रणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए। कोरोनाभाइरस  संक्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन्।

वुहान भएको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ। चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ।

उक्त अध्ययनले समग्रमा कोभिड–१९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ। मंगलवार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्याङ्कले ७२,४३६ संक्रमणका घटनामा १,८६८ जनाले ज्यान गुमाएको जनाएको छ।

अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन संक्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १,८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन्।

चिनियाँ अधिकारीहरूका अनुसार १२,००० भन्दा बढी मानिसहरूलाई निको भएको छ। सोमवार प्रकाशित तथ्याङ्क चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित भएको हो। त्यसमा चीनभर फेब्रुअरी ११ सम्म पुष्‍टि भएका, शंका गरिएका र कुनै संङ्केत नदेखिएका तर कोभिड–१९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ।

उक्त अध्ययनले भाइरस र संक्रमणको फैलावटबारे विगतकै व्याख्यालाई पुष्‍टि गरेको छ। अध्ययनमा ४४,६७२ वटा संक्रमणका घटनाको विस्तृत विवरण समावेश छ।

उक्त अध्ययनका केही निष्कर्ष निम्न बमोजिम छन्–

झण्डै ८०.९ प्रतिशत संक्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ।

८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ। ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ।

त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः बढ्दै गएको देखिएको छ। ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ।

लैङ्गिक अनुपातमा पुरुष (२.८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ। बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ। त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ।

उक्त अध्ययनमा हालसम्म ३,०१९ जना स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएको र त्यसमध्ये फेब्रुअरी ११ सम्म पाँच जनाको ज्यान गएको उल्लेख छ।

यसले भविष्यका बारेमा के भन्छ?

उक्त अध्ययनले कोभिड–१९ को प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फेब्रुअरीसम्म घटेको उल्लेख गरेको छ।

उक्त अध्ययनले प्रकोप घट्नुका पछाडि कैयौँ सहरहरूलाई एकअर्कासँग सम्पर्कविच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमहरूबाट सूचना सम्प्रेषण गरिनु र कैयौँ निकाय सम्मिलिन द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ।

तर अध्ययनकर्ताहरूले लामो बिदापछि मानिसहरू घर फर्किन थालेपछि चीनले थप तयारी गर्नुपर्ने बताएका छन्। चीनले उक्त संक्रमणलाई नियन्त्रणमा लिन हुबेलाई अन्य ठाउँबाट सम्पर्कविच्छेद गराइएको र देशभर आवतजावतमा कडा प्रतिबन्धहरू लागु गरेको थियो।

बीबीसी नेपालीबाट

थप समाचार

चीनमा कोरोना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

चीनमा कोरोना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

चीनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ।

मंगलवार थप १३२ जनाको मृत्यु भएसँगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार पाँच पुगेको हो। केही दिनयता ज्यान गुमाउनेको संख्या घटेको भए पनि मंगलवार बढेको हो। संक्रमितको संख्या ७५ हजार पुगेको छ।

चीनमा दुई हजार एक र चीनबाहिरचार जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक\एक जनाको मृत्यु भएको छ।

थप समाचार

‘घुर्ने बानी होइन एक प्रकारको रोग हो’

‘घुर्ने बानी होइन एक प्रकारको रोग हो’

नेपाली समाजमा ‘बानी’ भनिने घुर्ने समस्यालाई सामान्य रूपमा लिइन्छ। सुत्दा अक्सिजनको मात्रा कमी भई श्वासनलीमा अवरोध भई आवाज निस्किन्छ। त्यसलाई ‘स्लिप एपिनिया’ वा घुर्ने समस्या भनिन्छ। घुर्ने समस्या यही उमेरकालाई भन्ने निश्चित हुँदैन। बालबालिकादेखि,युवा, प्रौढ र वृद्धवृद्धासम्मलाई हुने समस्या हो यो।

यो समस्या आफ्नो र परिवारको लागि जटिल पनि बन्न सक्छ। यो समस्याले एउटै ओछ्यानमा सुत्नेलाई मात्र होइन कतिपयको सन्दर्भमा त अर्को कोठासम्म ‘डिस्टर्ब’ भइरहेको हुन्छ। सुत्दा घुर्ने समस्याले गर्दा परिवार, आफन्त र साथीभाइबाट पनि टाढिनुपर्ने अवस्था पनि उत्पन्न हुन्छ। अझ पश्चिमा मुलुकका कति दम्पतीको त यही कारणले सम्बन्धविच्छेद भएको पनि सुनिएको छ।

घुर्ने कारण

मोटोपन भएका मानिसले बढी मात्रामा घुर्ने गर्छन्। धेरैलाई घुर्ने समस्या रोग हो भन्ने नै जानकारी छैन । यसलाई सामान्य रुपमा लिने गरिनछ । घुनुीको मुख्य कारण भनेकै श्वासनलीमा केही अवरोध हुनु हो । कसैको नाक बांगो भएमा वा नाकमा मासु पलाएमा पनि राम्रोसाग अक्सिजन सप्लाई नभएका कारण घुर्ने गर्छन। त्यस्तै घाँटीको  मोटो हुनेमा पनि यो समस्या देखिन्छ । घुर्ने मुख्य कारणहरु यसप्रकार रहेका छन्।

अप्ठयारो तरीकाले सुत्ने

मोटोपन

सुगर, प्रेसर

धूमपान र मद्यपान

मुख सानो भएका मानिस

घाँटी मोटो भएको (पुरुषको १७ इञ्च महिलाको १६ इञ्चभन्दा माथि)

सुत्ने समयमा पटक पटक पिसाब लाग्नु

सुत्दा निस्सासिनु

निद्रा धेरै लाग्नु

निम्तिनसक्ने जोखिम

घुर्ने कारणले अरुलाई डिस्टर्ब गर्ने मात्र होइन यसले विभिन्न अन्य स्वास्थ्य समस्या पनि निम्त्याउने गर्छ । पहिलो कुरा त यो सामाजिक समस्या बन्न पुग्छ । यसले निम्त्याउने अन्य समस्या यसप्रकार छन्। घुर्ने मानिसमा मुटुको समस्या हुने प्रतिशत बढी नै हुन्छ । यस्तै मानसिक समस्या, मधुमेह जस्ता रोग निम्त्याउन पनि यसले भूमिका खेल्न सक्छ । घुर्ने मानिस बिहान उठ्दा पनि फ्रेस नदेखिन सक्छन्। थकान महशुस भइरहेको हुन्छ । साथै चिडचिडाहट हुने गर्छन्।

चिडचिडाहट

जीउ गल्ने, अल्छी महशुस

निद्रा पूरा नहुँदा दिउँसो काममा बाधा

फोक्सो तथा श्वासनलीमा संक्रमण

हृदयाघातको सम्भावना

एन्जाइटी बढ्ने सम्भावना

दम्पतीबीच सम्बन्धविच्छेदको सम्भावना

अचानक मृत्यु।

उपचार 

घुर्ने बानी नभएर स्वास्थ्य समस्या भएपछि यसको उपचार पनि सम्भव छ । उपचार गरेर यो समस्यालाई कम गर्न वा निमिट्यान्न पार्न सकिन्छ । घुर्ने समस्या भएकाले डाक्टरसँग परामर्श लिई त्यही अनुसार उपचार प्रक्रिया अघि बढाउनु उत्तम हुन्छ ।

धूमपान र मद्यपान नगर्ने

नियमित शारीरिक व्यायाम गर्ने

सुत्ने समय र उठ्ने समय सधैँ एउटै बनाउने

देब्रे वा दाहिने कोल्टो परेर सुत्ने

आधा घण्टा नियमित हिँड्ने।

उपचारमा ‘सी प्याप’ मेसिन

राति घुर्ने समस्या अर्थात् स्लिप एपिनिया समस्या भएका व्यक्तिलाई सी प्याप मेसिनको सहायताले उपचार गरिन्छ। सीप्याप मेसिनले श्वास फेर्ने नली खुला बनाई साँघुरो हुनबाट बचाउँछ। विशेषगरी सीप्याप मेसिन श्वासप्रसास नली बन्द नहोस् भनी रातिको समयमा नाक–मुख छोप्न प्रयोग गरिन्छ। यसको प्रयोगले शरीरलाई आवश्यक अक्सिजनको मात्रा प्रवाह गरी घुर्ने समस्याबाट बचाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

स्वास्थ्यमन्त्री ढकालले गरे ‘क्वारेन्टाइन’ स्थलको निरीक्षण

स्वास्थ्यमन्त्री ढकालले गरे ‘क्वारेन्टाइन’ स्थलको निरीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइन स्थल निरीक्षण गरेका छन्। तीनदिन अघि कोरोना प्रभावित चीनबाट उद्धार गरी ल्याइएका १७५ जना राखिएको क्वारेन्टाइनस्थलको जानकारी लिन मंगलबार स्वास्थ्यमन्त्री ढकाल खरिपाटी पुगेका हुन्।

क्वारेन्टाइनमा रहेका बेला कसैले पनि भेट्न पाइने व्यवस्था नभएकाले स्वास्थ्यमन्त्री ढकालले कन्ट्रोल रुमबाट नै सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मन्त्री ढकालले सबैलाई नआत्तिन आग्रह गरे । उनले सरकार आफना नागरिकको स्वास्थ्यप्रति सचेत रहेको र उनीहरुको सुरक्षाका लागि सधैं एक कदम अघि रहने आश्वासन समेत दिए । उनले क्वारेन्टाइनमा बस्दा केही अप्ठेरो नहुने गरी सबैको व्यवस्था गरिएको भए पनि केही समस्या भए तुरुन्त खबर गर्न जिकीर गरे ।

मन्त्री ढकालसँगै मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख सागर दाहाल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंह लगायत गएका थिए ।

चीनबाट उद्धार गरी ल्याएकाहरुलाई क्वारेन्टाइनमा २ साता रहनुपर्ने मापदण्डका कारण उनीहरु खरिपाटीमा बस्ने ब्यवस्था गरिएको छ । उनीहरुमा हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना परीक्षणको रिपाेर्ट भने बुधबारसम्म आउने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि ‘म्याद गुज्रेको’

हात्तीपाइले रोगविरुद्धको औषधि ‘म्याद गुज्रेको’

हेल्थ टिभी अनलाइन\रूपन्देही : प्रदेश ५ को प्रदेशसभाका सदस्यहरूले हात्तीपाइले रोग निवारण गर्न भन्दै खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।

मंगलवार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य विजयकुमार यादवले बाँकेको डुँडुवा गाउँपालिकाको २ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताए। उनले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाए।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो। ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको हो। बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधिको प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

प्रधानमन्त्री ओलीको मुटुमा समस्या, अस्पताल भर्ना

प्रधानमन्त्री ओलीको मुटुमा समस्या, अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन/काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना भएका छन्।

प्रधानमन्त्री ओलीको मुटुमा अचानक समस्या देखिएपछि मनमोहन कार्डियोथोेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ ।

आज दिनभर बैठकहरुमा ब्यस्त रहेका ओलीको मुटुमा साँझपख अचानक समस्या आएपछि अस्पताल लगिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डिसेम्बरमा ‘धूमपानरहित शहर’ घोषणा गर्न भरतपुर महानगरपालिकाको तयारी

डिसेम्बरमा ‘धूमपानरहित शहर’ घोषणा गर्न भरतपुर महानगरपालिकाको तयारी

हेल्थ टिभी अनलाइन\चितवन :  भरतपुर महानगरपालिका यसै वर्ष डिसेम्बरदेखि ‘धूमपानरहित शहर’ बन्ने भएको छ।  विशेष समारोह गरी औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ।

भरतपुरलाई धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरेको महानगरप्रमुख रेणु दाहालले बताइन्। गत असाेजमा इण्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उनले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेकी थिइन्।

बोगरमा भएको प्रतिबद्धतालाई समयमै कार्यान्वयनमा ल्याउने महानगर प्रमुख दाहालले बताइन्। हालै सूचना प्रकाशन गरी भरतपुर महानगरमा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरेको पनि उनले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस संक्रमण : अस्पतालका निर्देशकको मृत्यु

कोरोना भाइरस संक्रमण : अस्पतालका निर्देशकको मृत्यु

कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको वुहानस्थित एक अस्पतालका निर्देशकको मृत्यु भएको छ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको जनाएको हो। उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालले बताएको छ।

गत वर्षको अन्त्यतिर वुहानमा पहिलोपटक देखिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन्। यही प्राणघातक जीवाणुका कारण वुहानमा यसअघि नै कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेन लियाङको मृत्यु भएको थियो। वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ।

थप समाचार

प्रदेश १ मा दादुरा–रुबेला र पोलियो खोप अभियान शुरु

प्रदेश १ मा दादुरा–रुबेला र पोलियो खोप अभियान शुरु

हेल्थ टिभी अनलाइन\ विराटनगर :  प्रदेश १ ले दादुरा–रुबेला र पोलियो खोप अभियान शुरु गरेको छ।

अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खाेप लगाइने र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो थाेपा खुवाइनेछ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ आरम्भ गरे ।

मन्त्री घिमिरेले बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताए। स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले अभियान सफल बनाउनुपर्नेमा जोड दिए।

प्रदेश १ मा चार लाख २७ हजार १२ बालबालिकालाई दादुरा–रुबेला र तीन लाख पाँच हजार ३४२ लाई पोलियो खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए।

यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै संख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पर्वतमा पनि स्वास्थ्य बिमा

पर्वतमा पनि स्वास्थ्य बिमा

हेल्थ टिभी अनलाइन\पर्वत : पर्वतमा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। सोमबार जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ता शुरु गरिएको हो।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई ‘स्वास्थ्य बीमा सदस्यता परिचयपत्र’ वितरण गरेर कार्यक्रम आरम्भ गरे। बिमाका लागि जिल्लाका स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ६१ वडामा एक\एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो।

स्वास्थ्य बिमाका लागि पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए। बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने जनाइएको छ। साथै बिमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।

त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य  २० हजार थप गरी दुई लाखसम्मको स्वास्थ्य सेवा  गर्न पाउने व्यवस्था गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

२० रूपैयाँमा बिरामी जाँच र उपचार

२० रूपैयाँमा बिरामी जाँच र उपचार

हेल्थ टिभी अनलाइन\झापा : मेचीनगर नगरपालिका–९ धुलाबारीस्रथित जैन होमियोपेथिक चिकित्सालयले २० रूपैयाँमा बिरामी जाँच र उपचार गर्दै आएको छ।

२५ वर्ष अघि खुलेकाे चिकित्सालयले सेवा शुरू गर्दताका  टिकटकाे १० रूपैयाँ लिन्थ्यो। अहिले २० रूपैयाँको टिकट काटेपछि स्वास्थ्य जाँच गराउन र औषधि लिन पाइन्छ।

जैन तेरापन्थ युवक परिषद्ले गरिबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सेवा शुरु गरेको थियो। मारवाडी समुदायको युवा संगठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर सेवा दिइँदै आएको छ।

‘पैसा नभएर अहिले पनि धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन्’, होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भन्छन्, ‘उनीहरूलाई नै लक्ष्य गरी सेवा शुरु गरेका हौँ।’ हप्ताको दुई दिन सोमवार र शुक्रवार बिहान ७ः३० देखि ११ः०० बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशीले बिरामीको स्वास्थ्य जाँच गर्ने गरेका छन्।

चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग संकलन गर्दै आएको छ। सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरिद गर्ने तथा कोठा भाडा तिर्ने गरेको संयोजक बोथराले बताए। चिकित्सालय सञ्चालनमा वार्षिक चार लाख रूपैयाँ खर्च हुने गरेको छ।

चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेकाे बताइन्छ। विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको उपचार हुने वैद्य राजवंशीले बताए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या एक हजार ८६८ पुग्यो

चीनमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या एक हजार ८६८ पुग्यो

चीनमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८६८ पुगेको छ। राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार सोमबार मात्रै ९८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये ९३ जना हुबे प्रान्तका छन्। साेमवार देशभर एक हजार ८८६ जना नयाँ संक्रमित भेटिएको आयोगले जनाएको छ। यससँगै देशभर संक्रमितको संख्या ७२ हजार ४३६ पुगेको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार त्यहाँका झण्डै तीनहजार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी वुहान शहरका हुन्। कोरोनाकै कारण गत शुक्रवारसम्म ६ चिकित्सकको मृत्यु भएको बताइएको थियो।

थप समाचार

खरिपाटीमा क्वारेन्टाइन : त्रास हटाउन प्रजिअ पुगिन् घरदैलो

खरिपाटीमा क्वारेन्टाइन : त्रास हटाउन प्रजिअ पुगिन् घरदैलो

हेल्थ टिभी अनलाइन\भक्तपुर : खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्र आसपासका बासिन्दामा काेराेना भाइरससम्बन्धी चेतना फैलाउन भन्दै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरदैलो अभियान शुरु भएको छ।

काेराेना भाइरस संक्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपाली राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो।

खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराइएको छ। यस्तै अन्य कुनै पनि भाइरसको संक्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी दिइएको छ।

प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले  कुनै पनि समस्या देखिए जाँच गराउन सक्ने जानकारी गराइन्।

खरिपाटीस्थित क्वारेन्टाइन राख्दा संक्रमणकाे त्रासले स्थानीयवासीले घर छाड्न थालेको खबरसँगै उनीहरूलाई त्रासबाट मुक्त दिन र  जीवनयापन सहज बनाउन घरदैलो अभियान शुरु गरिएको नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए।

क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरूमा कोरोना संक्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताए।  प्रहरी उपरीक्षक सविन प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताए।

स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि दुई\चार परिवार गाउँ फर्किएको बताइन्।स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरूलाई घृणा गर्नुपर्ने कारण नभएको र बस्ती छाड्नुपर्ने अवस्था नभएको बताए।

चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई विद्युत् प्राधिकरण भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। बस्तीनजिकै क्वारेन्टाइन राखेपछि त्रसित स्थानीय बासिन्दालाई  आश्वस्त पार्न प्रजिअसहितको टोली घरदैलो अभियानमा निस्केको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘प्राण जानुभन्दा तीन घण्टाअघि हजुरबुबाले अस्पतालमा बेड पाउनुभयो’

‘प्राण जानुभन्दा तीन घण्टाअघि हजुरबुबाले अस्पतालमा बेड पाउनुभयो’

मध्यचीनको हुबे प्रान्तमा रहस्यमय नयाँ भाइरस देखिएको दुई हप्तापछि अधिकारीहरूले संक्रमित व्यक्तिहरूको पहिचान गर्ने विधि अचानक परिवर्तन गरे।

त्यससँगै संक्रमित व्यक्तिहरूको संख्या ह्वात्तै बढ्यो। किनभने विभिन्न परीक्षण गरिएका व्यक्ति मात्र नभएर चिकित्सकहरूले क्लिनिकमा जाँचेर रोग निदान गरेका व्यक्ति पनि गणनामा पर्न थाले।

तर प्रारम्भिक दिनमा कोरोना भाइरस संक्रमण अर्थात् कोभिड–१९ को केन्द्रबिन्दु मानिएको वुहान शहरमा तीव्र गतिमा भाइरस फैलिरहेका बेला अस्पतालमा शय्या अभाव देखियो। अर्थात् कतिपय बिरामीले उपचार पाएनन्।

बिरामीको चाप रहेको वुहानमा त्यहाँका दुई बासिन्दाले आफ्ना आफन्तका लागि अस्पतालका शय्या पाउन गरेका प्रयाससम्बन्धी कारुणिक कथा सुनाएका छन्।

हजुरबुवा, शान्तिसँग बस्नुहोला– जिआओ हुआङ

आफ्नो बाल्यकालमै आमाबुवाको निधन भएपछि हुआङलाई उनका हजुरबुवा र हजुरआमाले पालनपोषण गरेका थिए। ८० वसन्त पार गरेका हजुरबुवा र हजुरआमाका लागि सक्दो सेवा गर्ने हुआङको एक मात्र इच्छा थियो। उनीहरूले अवकाशको जीवन राम्रोसँग बिताउन पाऊन् भन्ने उनलाई लाग्थ्यो।

तर मात्र १५ दिनमै कोरोना भाइरसका कारण उनका हजुरबुवाको निधन भयो र हजुरआमा अहिले गम्भीर अवस्थामा छिन्। हुआङका हजुरबुवा र हजुरआमामा जनवरी २० तारिखमा श्वासप्रश्वासको समस्या देखिन थाल्यो।

सार्वजनिक यातायात ठप्प हुनेगरी जनवरी २३ तारिखदेखि वुहान बन्दको अवस्थामा गएपछि २६ तारिखसम्म उनीहरूलाई अस्पतालसम्म पुग्न हम्मेहम्मे भयो। उनीहरूलाई कोरोना भाइरसले संक्रमित बनाएको कुरा २९ तारिखमा थाहा भयो। तर त्यसको तीन दिनपछि मात्रै उनीहरू अस्पतालमा भर्ना हुन पाए।

अस्पताल बिरामीले खचाखच थियो। त्यहाँ कुनै शय्या खाली थिएन। उनका हजुरबुवा र हजुरआमालाई उच्च ज्वरो थियो र सास फेर्न गाह्रो भइरहेको थियो। उनीहरूले करिडोरमा मात्रै ठाउँ पाए।

हुआङले अस्पतालका कर्मचारीहरूलाई हारगुहार गरेपछि एउटा लामो कुर्सी र दोबार्न मिल्ने एउटा शय्या पाए। ‘हेर्दा चिकित्सक वा नर्स नै थिएनन्’, हुआङले आफ्नो डायरीमा लेखेका छन्, ‘चिकित्सकविनाको अस्पताल एउटा चिहानजस्तै हुन्छ।’ हजुरबुवा बितेको अघिल्लो रातसम्म हुआङ हजुरबुवा र हजुरआमासँगै करिडोरमा थिए।

उनका हजुरबुवा चित्तविभ्रमको अवस्थामा थिए। त्यो कुरा थाहा नहोस् भनेर उनले हजुरआमालाई भलाकुसारी गरेर अलमल्याइरहेका थिए।हजुरबुवा बित्नुभन्दा तीन घण्टाअघि बल्ल उनले शय्या पाए। हजुरबुवाले अन्तिम सास लिएको क्षणसम्म हुआङ सँगै थिए।

‘हजुरबुबा, शान्तिसँग बस्नुहोला। स्वर्गमा कुनै पीडा हुँदैन’, चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेखेका छन्, ‘धेरै बिरामीहरूले आफन्तको साथ नै नपाई ज्यान गुमाएका छन् र परिवारका सदस्यले अन्तिम पटक भेट्न पनि पाएका छैनन्।’

उनकी हजुरआमा अस्पतालमा जीवन र मरणको दोसाँधमा छिन्। हुआङ सकेसम्म धेरै उनीसँगै बस्छ चाहन्छन्। ‘प्रभावकारी औषधि नै छैन। चिकित्सकहरूले आशा नमार्न र उहाँलाई आफैँ ठिक हुन सक्ने बताएका छन्’, उनी भन्छन्, ‘हामी केवल भाग्यको निर्णय कुर्न सक्छौँ।’

फेब्रुअरी ७ तारिखदेखि जिआओ हुआङ आफैँलाई पनि सन्चो महसुस भएको छैन। उनी एउटा होटलमा दुई हप्ताका लागि क्वारेन्टाइननमा छन्।

आमाले खोक्दा रगत आउन थाल्यो- दा चुन

जनवरी महिनाको आरम्भतिर दा चुनकी आमालाई ज्वरो भयो। परिवारले चिसोका कारण त्यस्तो भएको हुन सक्छ भनेर त्यसलाई त्यति गम्भीरतापूर्वक लिएन।

एक करोड १० लाख जनसंख्या रहेको वुहानमा फैलिरहेको रहस्यमय रोगबारे उनीहरूले केही कुरा सुन्न चाहिँ सुनेका थिए। एउटा सामुदायिक क्लिनिकमा उनले सुईहरू लगाए। तर एक हप्तामा पनि ज्वरो ओर्लिएन।

जनवरी २० अर्थात् चिनियाँ अधिकारीहरूले कोरोना भाइरस मानिस–मानिसबीच सर्न सक्ने स्वीकार गरेकै दिन उनले ज्वरो आएका व्यक्तिका लागि निर्मित एउटा क्लिनिकमा आमालाई लगे।

छातीको एक्सरे र रगतको जाँच गरेपछि चिकित्सकले उनकी आमालाई नयाँ कोरोनाभाइरसको संक्रमण भएको बताए। ‘आजको दिनसम्म मैले त्यो कुरालाई स्वीकार्न सकिरहेको छैन’, दा चुन भन्छन्। अझ दुःखद स्थिति आउन बाँकी नै थियो।

चिकित्सकले उनकी ५३ वर्षीया आमालाई अस्पताल भर्ना गर्न नसकिने बताए। किनभने उनीहरूसँग जाँच गर्ने सामग्री नै थिएन। जनवरीको अन्त्यसम्ममा निश्चित आठवटा अस्पतालमा मात्र त्यस्ता किट उपलब्ध थिए।

‘त्यस्तो एउटा अस्पतालका एक चिकित्सकले मेरी आमालाई भर्ना गर्ने अधिकार उनीहरूसँग नभएको बताए। स्थानीय स्वास्थ्य आयोगले मात्रै संक्रमणको पुष्टि भएका बिरामीका लागि शय्या छुट्ट्याउने गर्छ’, २२ वर्षीय दा चुनले भने, ‘अतः चिकित्सकहरूले मेरी आमा संक्रमित भएको पुष्टि गर्न जाँच गर्न सकेनन् र शय्या उपलब्ध गराउन सकेनन्।’

दा चुनका अनुसार उनको आमाको घटना प्रतिनिधि घटना मात्रै हो। वीच्याट एपको ग्रुप च्याटमा रहेका संक्रमित मानिसका परिवारका २०० जना सदस्यले पनि त्यस्तै कथा सुनाएका छन्। अस्पतालमा शय्या पाइन्छ कि भनेर उनका भाइ लाइन बस्थे। आफ्नी आमाले ड्रिप पाउन सकून् भनेर उनी क्लिनिक जान्थे।

यसरी धपेडी गर्दा उनीहरूले परीक्षण हुनु र भर्ना हुनुअगावै निगरानी कक्षहरूमा बिरामीहरू प्राण त्यागेका कैयौँ घटना देखे। ‘शवहरूलाई बेरेर कर्मचारीहरूले लग्थे’, उनी भन्छन्, ‘मलाई थाहा छैन कि कोरोना भाइरसका कारण भएको मृत्युमा उनीहरूको मृत्यु गणना हुन्छ वा हुँदैन।’

उनकी आमाको स्थिति बिग्रिँदै गयो। उनले खोक्दा मुखबाट रगत आउन थाल्यो र पिसाबमा पनि रगत आउन थाल्यो। जनवरी २९ तारिखका दिन अन्ततः उनकी आमा अस्पतालमा भर्ना भइन्। तर पहिलो पटक उनी भर्ना हुने बखत पर्याप्त चिकित्सकीय उपकरण नहुँदा आफ्नी आमाले कुनै उपचार पाउन नसकेको उनी बताउँछन्।

आफ्नी आमालाई निको हुने आशा चाहिँ उनले मारेका छैनन्।

बीबीसी नेपालीबाट

थप समाचार

कोरोना भाइरस संक्रमण : चीनमा मृत्यु हुनेको संख्या घट्दै

कोरोना भाइरस संक्रमण : चीनमा मृत्यु हुनेको संख्या घट्दै

हेल्थ टिभी अनलाइन : चीनको वुहानबाट डिसेम्बरदेखि शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ७७० पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी १६ सम्म एक हजार ७७० जनाले ज्यान गुमाएको जनाएको हो।

आइतबार मात्रै १०५ जनाले ज्यान गुमाएको आयोगले जनाएको छ। यसैगरी एक हजार ४२५ बिरामी उपचारपछि आइतबार घर फर्केका छन्। यसैगरी दुई हजार ४८ जना नयाँ बिरामी फेला परेका छन्।आयोगले चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दै गएको पनि जनाएको छ ।

आयोगको तथ्यांकअनुसार हालसम्म ७० हजार ५४८ चिनियाँ नागरिकमा कोरोना भाइरस भएको प्रमाणित भइसकेको छ। उनीहरूमध्ये दश हजार ८४४ जना उपचार पछि निको भएर घर फर्केको जनाइएको छ। बाँकी भने अस्पतालमा उपचारमै छन्।

हुबेई प्रान्तका लगभग पाँच लाख मानिस कोरोना भएका व्यक्तिको नजिक भएको हुनसक्ने भन्दै उनीहरुलाई निगरानीमा राखिएको आयोगले जनाएको छ।

नेपालमा भने हालसम्म एक जनामा मात्र कोरोना भेटिएको थियो। उनी पनि उपचारपछि घर फर्केका छन्। यसैगरी आइतबार मात्रै चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरी भत्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै स्वस्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप समाचार

नेपालका जडीबुटी जोगाउनुस् : आचार्य बालकृष्ण

नेपालका जडीबुटी जोगाउनुस् : आचार्य बालकृष्ण

हेल्थ टिभी अनलाइन\ हेटौँडा : आयुर्वेदका आचार्य बालकृष्णले नेपालमै आयुर्वेद उद्योग वा प्रशोधन केन्द्र खोल्नसके देशले बढी आम्दानी गर्नसक्ने बताएका छन्। सोमवार वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँगको भेटमा उनले बहुमूल्य जडीबुटीको अवैज्ञानिक दोहन भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

मुख्यमन्त्री कार्यालय हेटौँडामा भएको भेटवार्ताका क्रममा पौडेलले आचार्य बालकृष्णलाई आयुर्वेदको विद्वतालाई आफ्नो जन्मभूमिको समृद्धिमा प्रयोग गर्न अनुरोध गरे। उनले आफ्नो प्रदेश जडीबुटीको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताए। ‘तपाईँहरुलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न र आवश्यक आधार तयार पार्न हामी तयार छौँ’, उनले बालकृष्णसँग भने, ‘तपाईंले प्राविधिक र अन्य सहयोग गर्नुपर्‍यो।’

आचार्य बालकृष्णले पनि नेपालमा उद्योग स्थापना र सञ्चालन गर्दा नेपालका बहुमूल्य जडीबुटीको लाभ स्वदेशमै हुने भन्दै पतञ्जलिद्वारा नेपालमा सञ्चालन भएका उद्योगको मुनाफा यहीँकै समृद्धिका लागि खर्च गरिरहेको बता। योगगुरु रामदेवसमेत नेपालमा सञ्चालित पतञ्जलिका उद्योगका मुनाफा स्वदेशमै खर्च गर्ने पक्षमा रहेको उनको भनाइ थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

ज‌ंगली जीवजन्तुको अवैध शिकारले कोरोना भाइरस स‌ंक्रमण?

ज‌ंगली जीवजन्तुको अवैध शिकारले कोरोना भाइरस स‌ंक्रमण?

सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जंगली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो। यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो।

अहिले सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसले चीनलाई सताएको छ, र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ।

त्यस्ता जीवजन्तुको बेचबिखनमाथि लागेको प्रतिबन्ध पछि हटाइयो, र जनावरहरू फेरि बजारमा देखा परे। अहिले अर्को कोरोना जीवाणु चीनमा फैलिएको छ, र हालसम्म एक हजार ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ६५ हजारभन्दा बढी मानिस बिरामी परेका छन्। सार्सभन्दा यो अझ बढी खतरनाक देखिएको छ।

आखिर यो जीवाणुको मूल स्रोत के हो? अझै पनि शंकास्पद छ, तर कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जंली जनावरमाथि औँला तेर्सिएको छ।

एक दर्जनभन्दा बढी चिनियाँ शहरहरूका ६ करोडभन्दा बढी मानिस बन्दीझैँ अवस्थामा छन्। यही कारण वन्यजन्तुहरूको बिक्री स्थायी रूपमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ। धेरैको विचारमा स्वादिष्ट मासुको नाममा वन्यजन्तुको खोजी गर्ने सीमित धनी मानिसका कारण यसको व्यापार फस्टाएको हो।

टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालका इन्फ्लुयन्जा जीवाणु विज्ञ रोबर्ट वेब्स्टरले भने, ‘पशुपक्षीमा जीवाणुको संख्या अथाह छ, तर ती सबै मानिसमा संक्रमित हुन पाएको छैन। यी जीवाणुले कुनै पनि बखत मानिसलाई हानि गर्न सक्छन्।’

सार्स र हाल फैलिएको कोभिड–१९ ले मानिसलाई दुःख दिएको र रोग सारेको उदाहरण पहिलो भने होइन। अफ्रिकामा ‘बुशमिट’ का नाममा पशुपक्षीको शिकार र बिक्रीबाटै प्राणघातक इबोला फैलिएको मानिन्छ। बर्डफ्लु सम्भवतः सन् १९९७ मा हङकङको बजारमा कुखुराबाट आएको थियो। दादुराको जीवाणु पनि गाईवस्तुबाट संक्रमण भएर मानिसमा आएको विश्वास गरिन्छ।

वैज्ञानिकहरूले नयाँ कोरोना भाइरस पहिलो पटक कसरी संक्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन्। प्रमाणहरूले चमेरोबाट कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने देखाएका छन्। यी चमेराले अरु पशुपक्षीलाई संक्रमित गरेका र यसले चीनको दक्षिणपूर्वी शहर उहानको अबैध बजारमा मानिसहरूलाई संक्र्रमित गरेको आशंका छ।

अहिले बन्द अवस्थामा रहेको ‘हुनान सिफुड होलसेल मार्केट (हुनान समुद्री थोक बजार)’ ले दर्जनौँ किसिमका वन्यजस्तुको मासु बिक्रीको विज्ञापन नै गरेको थियो, जसमा विशाल छेपारो, गोहीको बच्चा र जंगली कुकुर जस्ता दर्जनौं प्रजातिका जीवजन्तु समेटिएका थिए। यी जीवजन्तुको फर्ममा उत्पादन गरिए पनि यिनीहरूलाई अक्सर वन्यजन्तुकै श्रेणीमा राखिन्थ्यो।

उहान बजारबाट संलित ३३ वटा नमुना परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् र तीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएका थिए। घरमा लामो समय पालिने कुखुरा र सुँगुर जस्ता पाल्तु पशुसँग तुलना गर्दै विज्ञहरुले जंगली जनावरहरूमा पाइने जीवाणुका बारेमा कमै जानकारी रहेको बताएका छन्।

वुहानको पशुपक्षी बजार एसिया र अन्यत्र जस्तै थियो, जहाँ जनावरहरू बाँधिएका वा पिंजडामा राखिएका हुन्छन्। अधिकारकर्मी का अनुसार कानुनी रूपमा पालिएका र अवैध रूपमा शिकार गरिएका जनावरबीचको भिन्नता छुट्याउन गाह्रो छ। प्रायः ताजा बेच्ने भन्दै बजारमा जताततै मारिन्छन्। विज्ञहरूले मानिसको सानो असावधानीले पनि समस्या निम्त्याउने र नयाँ जीवाणुहरु मानिसमा संक्रमित हुने खतरा औँल्याउँछन्।

‘तपाईँले जिउँदो जनावर देख्नुभयो भने त्यो पूरै मलमूत्रले ढाकिएको हुन्छ। जथाभावी काट्ने गरिएका कारण जताततै रगत पनि लागेको हुन्छ’, इकोहेल्थ एलायन्सका अध्यक्ष पिटर दासजाकले बताए। यो संस्थाले नयाँ रोगहरुबाट मानिसलाई जोगाउन तथा वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गरिरहेको छ।

दासजाकले अधिक विश्वव्यापी यात्रा र व्यापारको सिलसिलामा मानिसको घुमफिर हुने भएपछि रोग फैलिने जोखिम बढ्नु स्वाभाविक रहेको बताए।

ह्युस्टन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा अध्ययनरत पिटर लीले चिनियाँहरुले वन्यजन्तुको स्वाद लिन थालेको नयाँ भएको बताए। देशको आर्थिक वृद्धिका कारण मानिसमा नयाँ किसिमका पशुको स्वाद लिने प्रवृत्ति बढेको उनको भनाइ छ। चिनियाँ सामाजिक सञ्जालमा यतिखेर केही सीमित धनी वर्गको असन्तुष्टिले आम मानिसको स्वास्थ्यमा खेलवाड गरेको र जोखिम बढाएको भन्दै तीव्र आलोचना भइरहेको छ।

‘यो दोस्रो पटक हो। पहिलो सार्स हो, यसपटक वुहानमा देखियो। हामी तेस्रोपटक यस्तो चाहँदैनौं’, सिचुआनबाट लाई जिनपिङले भने। ‘हामी उनीहरुलाई घृणा गर्दछौँ’, ३६ वर्षीया गृहिणी ताओ यीवेईले भनिन्। उहाँ पनि वन्यजन्तुको बेचबिखनमा अस्थायी होइन, स्थायी प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिन्छन्।

यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले जनस्वास्थ्यमा जोखिम निम्त्याउने वन्यजन्तुको अवैध कारोबारलाई ‘पूर्णरूपले अवैध र कडाइका साथ प्रतिबन्ध’ लगाउने घोषणा गरेका थिए।

पूर्वी प्रान्त आन्हुईमा अधिकारीहरूले जंगली ब्याजर र मुसाहरूको फार्म चलाउन प्रतिबन्ध लगाएका छन् । तियानजिन बन्दरगाहमा वन्यजन्तुको बिक्रीमा संलग्न रहेको आरोपमा छजना व्यापारीलाई गिरफ्तार गरेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार हुबेमा कोरोनाको सङ्क्रमण देखिएपछि देशभर करिब १५ लाख बजार र अनलाइन सञ्चालकको अनुगमन र जाँच गरिएको छ। करिब तीन हजार ७०० पसल बन्द गरिएका छन् भने करिब १६ हजार प्रजनन साइटलाई घेराबारा गरिएको छ।

यी उपायहरू आगामी दिनमा कसरी निरन्तरता पाउँछन् भन्ने अद्यापि स्पष्ट छैन। यो प्रकोप शुरु हुनुअघि चीनमा ५४ प्रजातिका पशुपक्षी बेच्न अनुमति थियो। तर घरपालुवा वा जंगली हुन् भन्ने छुट्याउन भरपर्दो व्यवस्था नहुँदा समस्या थियो ।

थप समाचार

ताजा अपडेट