प्राकृतिक चिकित्सा, फिजियोथेरापी एवं योगको क्षेत्रमा स्थापित नाम हो, स्पार्क हेल्थ होम अस्पताल। काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले आज २८ औँ वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवको अवसर पारेर सेवा, उपचार पद्धति एव भावी योजनाबारे अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी–
अस्पतालको शुरुवाती अवस्थालाई कसरी सम्झिनुहुन्छ?
स्पार्क अस्पताल खासमा योगासान सिकाउने उद्देश्यले २८ वर्षअघि एउटा कोठाबाट शुरु भएको हो। त्यसबेला अहिलेजस्तो मिडिया पनि थिएन। सबैभन्दा महत्त्वपूर्ण कुरा त मानिसहरू पनि योगप्रति त्यति सचेत थिएनन्। योग भनेको त बुढेसकालमा गर्ने हो भन्ने सोच व्यापक थियो। त्यस्तो वेलामा हामीले कम्तीमा योग गराएर बिरामीलाई केही हदसम्म निको पार्न सक्छौँ भनेर शुरु गर्यौँ। धेरै वर्ष त हामीले योग मात्रै सिकायौँ। योग सिक्न आउनुस् भनेर वरपरका घरघर गएको अहिले जस्तो लाग्छ। एलोपेथिक औषधिको बोलवाला भएका वेला प्राकृतिक उपचार र योग गर्न प्रेरित गर्न निकै गाह्रो थियो।
पछि केही वर्षपछि कालिमाटीमा एउटा फ्ल्याट लिएर सर्यौँ। शुरुमा यसको नाम योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान केन्द्र थियो।
२०६० सालमा यसको नाम स्पार्क हेल्थ होम राखियो। त्यसबेला योग गर्ने एक जना आउँदा हामी खुशीले उफ्रिन्थ्यौँ। दिलोज्यान दिएर सिकाउँथ्यौँ। बिरामीलाई कसरी निको बनाऔँ भन्नेमै ध्यान जान्थ्यो। हाम्रो मूलमन्त्र नै ध्यान, प्रेम र सेवा भन्ने थियो।
अहिले अस्पतालमा के–के सेवा छन्?
स्पार्क अस्पतालमा प्राकृतिक चिकित्सा, फिजियोथेरापी एवं योगमा चाहिने सम्पूर्ण सेवाहरू उपलब्ध छन्। नेचेरोप्याथीको कुरा गर्नेबित्तिकै हाम्रो अस्पताल औषधिरहित र ‘साइड इफेक्ट’रहितको उपचार गर्ने अस्पताल हो। यहाँ विशेषगरी नसर्ने रोगको उपचार हुन्छ। हामीले सेवा शुरु गर्ने बेलामा यस्ता अस्पताल निकै कम थिए। सेवा पनि खासै थिएन। तर अहिले हामीकहाँ विभिन्न प्रकारका इलेक्ट्रोथेरापी, अकुपञ्चर, म्यानुअल थेरापी, हट स्टोन मसाज साथै मसाजका सम्पूर्ण विधि र फिजियोथेरापी लगायतका सम्पूर्ण सेवा उपलब्ध छन्। बिरामी स्पार्कमा आएपछि सबै सेवा लिन पाउँछन्।
स्पार्कका सबैभन्दा राम्रो मानिएको सेवा कुन हो ?
हामीलाई त स्पार्कमा हुने सबै सेवा विशेष नै लाग्छ। तर पनि हामीकहाँ विशेषगरी प्यारालइसिस, ढाड–कम्मर दुख्ने, जोर्नीमा समस्यालगायत बिरामीलाई दिइने सेवा असाध्यै राम्रो छ। यस्ता सेवामा हामीले उत्कृष्ट रिजल्ट पाएका छौँ।
पूरै प्यारालाइसिस भएर शरीर नै नचल्ने एलोपेथिक डाक्टरले समेत आशा मारेका बिरामी पनि हामीले ठिक बनाएका छौँ। कतिपय बिरामी त आफूमा आएको रिजल्ट देखेर छक्क पर्छन्। यो चिकित्सामा केही बढी समय लाग्छ तर बिरामी ठिक हुन्छन्। एलोपेडिक औषधि जस्तो अहिले खायो अहिले ठिक हुने भन्ने चाहिँ हुँदैन। प्राकृतिक चिकित्साको एकीकृत विधिमार्फत यस्ता बिरामीको उपचार हुन्छ। यसका साथै हाम्रो अर्को विशेष सेवा भनेको योग कक्षा पनि हो। अस्पताल स्थापनादेखि शुरु गरिएको योग कक्षा अहिले पनि सञ्चालनमा छ। यसमा धेरै मानिस आउँछन्।
नेपालमा प्राकृतिक अस्पताल चलाउन कत्तिको गाह्रो छ ?
हेर्नुस्, सबै व्यवसायमा केही न केही चुनौती त हुन्छ नै। हामीलाई पनि शुरुका दिनमा त्यस्ता चुनौती नआएका होइनन्। यो अस्पतालमा हामी एलोपेथिक उपचार गर्दैनौँ। इमरजेन्सी रूपमा आउने बिरामीलाई हामीले अन्य अस्पताल पठाउनैपर्छ। अर्को कुरा प्राकृतिक रूपमा गरिने उपचारमा परिणाम पाउन हुन केही सयम लाग्छ। धेरै बिरामी तुरुन्त ‘रिजल्ट’ खोज्छन्। यस्तो अवस्थामाा उनीहरूलाई ‘कन्भिस’ गर्न गाह्रो हुन्छ। अर्को कुरा प्राकृतिक उपचारमा सरकारले खासै लगानी र चासो दिएको छैन।
२८ औँ वार्षिकोत्सव मनाइरहँदा अस्पतालको अबको योजना के छ?
मानिसहरूस्वास्थ्यप्रति सचेत हुँदै गएका छन्। त्यसैले पनि बिरामी नै नभई मसाजलगायत सेवा लिन आउनेको संख्या पनि उल्लेख्य छ। स्पार्क अस्पतालमा अहिले बिरामीको चाप असाध्यै धेरै छ। कहिलेकाहीँ त बिरामीलाई बेड नपुगेर फिर्ता पठाउनुपर्ने बाध्यता छ। अर्को कुरा यो २८ वर्षमा हामीले निको बनाएका बिरामीको संख्या नै हजारौँ भइसकेको छ। स्पार्कप्रतिको उनीहरूको विश्वासले पनि होला अहिले बिरामीको कमी छैन।
कतिपय अवस्थामा सेवा लिन घण्टौँ कुर्नुपर्ने अवस्था छ। यही कुरा मध्यनजर गर्दै हामीले अबको केही महिनामा नै स्पार्क ‘डिलकस युनिट’ बनाउँदैछौँ। काम शुरु भइसेको छ। यो सेवा शुरु भएसँगै धेरै व्यस्त रहने बिरामीका लागि एवं उपचारमा गोप्यता चाहनेका लागि पनि यो विशेष युनिट हुनेछ। यो युनिटमा आउनेले पालो कुर्न नपर्ने बनाइएको छ। यो सेवाले धेरैलाई सहज बनाउनेछ भन्ने हाम्रो विश्वास छ।
१८ देखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी
नेपाल क्यान्सर अस्पतालको वाकाथन कार्यक्रम
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा निर्वाचित
जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता
औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू