Health TV Online

इटलीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो

इटलीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ। युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो।

इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ। गत डिसेम्बरमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। त्यसमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्।

कोभिड-१९ नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार ७ सयभन्दा बढीको ज्यान लिइसकेको छ।  मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बुधवार अधिकारीहरूले बताएका छन्।

इटलीको उत्तरी भेगमा पर्ने मिलान नजिकै रहेको लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा उक्त भाइरसको प्रभाव बढी छ। कोरोनाभाइरसको प्रकोपले इटलीमा हालसम्म १२ जनाको ज्यान लिएको छ।

बीबीसीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पोखरामा सैनिक अस्पताल

पोखरामा सैनिक अस्पताल

हेल्थ टिभी अनलाइन\पोखरा : नेपाली सेनाका हिताधिकारीका लागि लक्षित अस्पताल सञ्चालनमा आएको छ।

सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाँ लागतमा निर्मित सैनिक अस्पताल प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधवार उद्घाटन गरे। नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवनसहितको अस्पताल ५० शय्या क्षमताको छ।

नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क  सेवा प्रदान गरिने अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपीडी सेवा छन्। त्यस्तै मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, पोष्ट अपरेटिभ वार्डसहित प्रसूति शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओटी सेवा सञ्चालन गरिएको छ।

अस्पतालका प्राविधि प्रमुख सेनानी डा‍.आरजुचन्द्र सिंहका अनुसार अस्पतालमा हाल विभिन्न विषयका चिकित्सकसहित ७७ कर्मचारीको व्यवस्था भइसकेको छ। अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका २० हजारभन्दा बढी सेना र आश्रित परिवारलाई सुविधा पुग्ने विश्वास गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चीनमा कोरोना संक्रमण : थप ५२ जनाको मृत्यु

चीनमा कोरोना संक्रमण : थप ५२ जनाको मृत्यु

चीनमा पछिल्लो समय ५२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुने क्रममा केही कमी आएको छ।

हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ। पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन्। राष्ट्रिय स्वास्थ्य आयोगले बुधवार ४०१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको पनि जनाएको छ।

चीनमा हालका दिनहरूमा नयाँ संक्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी देखिएका छैनन्।

हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो। तर हुबेईको राजधानी वुहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई संक्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौँ देशहरूमा फैलिइसकेको छ ।

दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधवारसम्ममा ११ जना पुगेको छ र संक्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ। चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो। कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको संक्रमण देखिएको छ।

करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा संक्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ। प्रधानमन्त्री जिसेप कोन्टेले यो क्रम केही हप्तासम्म जारी रहनसक्ने बताएका छन्।

नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको विमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘प्रोटिन फर अल’ नाराका साथ नर्सहरुको प्रतियोगिता हुँदै

‘प्रोटिन फर अल’ नाराका साथ नर्सहरुको प्रतियोगिता हुँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ‘प्रोटिन फर अल’ भन्ने नाराका साथ नर्सहरुका लागि ‘मिस नेपाल पिस’ प्रतियोगिताको आयोजना हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

मानव जीवनमा पोषणको महत्व नर्सहरु मार्फत बुझाउन र नर्स भित्र रहेका प्रतिभा उजागर गर्न यो कार्यक्रम गर्न लागिएको नेक्स्ट मोडल्सका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले जानकारी दिए । युसेकको प्राविधिक तथा आर्थिक सहयोगमा सातै प्रदेशमा  प्रोटिनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने पनि धमलाले जानकारी दिए । उत्त जनचेतनामूलक कार्यक्रम विजेता नर्सहरुको अगुवाईमा हुनेछ ।

सातौं संस्करणको एनलेक्स मिस नेपाल पिसको पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ । जसमा १८ जना नर्सहरु फाइनल राउन्डका लागि छानिएका छन्। त्यसैगरी दोस्रो चरणको अडिसन भने यही फागुण १७ गते र अन्तिम अडिसन २४ गते हुनेछ । प्रतियोगिता चैतको अन्तिम साता काठमाडाैंमा हुने बताइएको छ । छैठौँ प्रतियोगिताकी विजेता नर्स रेस्मा प्रसाईले आफूले टाइटल जितेपछि धेरै कुरा सिक्ने अवसर पाएको र आफूमा आत्मविश्वास बढेको बताइन ।

सातौं संस्करणसम्म आइपुग्दा नर्सहरु ज्वाला पौडेल, सोनिया आचार्य,मिनुष कायस्थ,सनम थाया मगर, श्रेया रजक र रेश्मा प्रसाईले मिस नेपाल पिसको उपाधि जित्न सफल भइसकेका छन्। प्रतियोगितामा प्रथम हुने नर्सले आगामी वर्ष चीनमा हुने मिस वल्र्ड पिसमा भाग लिन पाउने बताइएकाे छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अमेरिकामा कोरोना जीवाणुको औषधि परीक्षण शुरु

अमेरिकामा कोरोना जीवाणुको औषधि परीक्षण शुरु

कोरोना भाइरस संक्रमण उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ।

अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइने छ भने बाँकी आधालाई ‘प्लासेबो’ दिइने छ। यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपि विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययन हाल सञ्चालनमा छन्।

नेब्रास्का मेडिकल सेन्टरका वैज्ञानिक डा. आन्द्रे कालीलले चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न लागेपछि सेन्टरले तत्कालै नयाँ औषधिको खोज शुरु गरेको बताए। संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि परीक्षणका रूपमा खुवाउने सेन्टरको योजना छ। ‘अति जरुरीमा परेका मानिसलाई सेवा गर्नु नै हाम्रो मुख्य लक्ष्य हो’, डा कालीलले भने।

जापानको क्रुज जहाजबाट उद्धार गरिएका १४ जनालाई यही नेब्रास्का मेडिकल सेन्टरमा भर्ना गरिएको छ । तीमध्ये १२ जनामा  संक्रमण देखिएको छ ।

कोरोना भाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप अहिलेसम्म बनेको छैन । कोरोनाकै कारण हाल विश्वभर ८० हजारभन्दा बढी मानिसलाई सङ्क्रमित भइसकेका छन्, र २ हजार ७०० जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वसन्त ऋतुमा स्वस्थ रहन पालना गर्नुस् आयुर्वेदका यी नियम

वसन्त ऋतुमा स्वस्थ रहन पालना गर्नुस् आयुर्वेदका यी नियम

शिशिर ऋतुमा रुखविरुवाका पात झरेर उजाड भएका हुन्छन्। वसन्त ऋतुमा रुखमा पालुवा पलाउँछ। जताततै हरियाली र फूल फुलेका दृश्य देखिन्छन्। यसरी ऋतुपिच्छे परिवर्तन आउनु प्रकृतिले रंग फेर्नु स्वाभाविक हो। ऋतु फेरिएजस्तै मानिसको आनीबानी र व्यवहार पनि परिवर्तन हुनुपर्छ। अर्थात् गर्मी महिनामा गर्ने क्रियाकलाप जाडो महिनाका लागि उपयुक्त हुँदैन। जाडो महिनामा खाइने खानेकुराले गर्मी महिनामा फाइदा नगर्न सक्छ।

आयुर्वेदमा ऋतुचर्याको सन्दर्भ आउँछ। ऋतु अर्थात् मौसम (सिजन), चर्या भनेको आहार र व्यवहार। मौसमअनुसारको आहारव्यवहार गर्नुलाई नै ऋतुचर्या भनिन्छ। आयुर्वेदको यो ऋतुचर्या अनुशरण (फलोअप) गर्ने हो भने धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। निरोगी भई दीर्घायु जीवन जिउन सकिन्छ।

यो समयमा हावा धेरै चल्ने कारण धुलोका कारण पानीको स्रोत प्रदूषित भएको हुनसक्छ। त्यसैले शुद्ध पानी पिउने कुरामा सधैँ सचेत हुनुपर्छ। तताएर वा औषधि राखेर पानीको निर्मलीकरण गर्न सकिन्छ। तातोपानी पिउन मन नलागे उमालेर मनतातो वा चिसो बनाएर पिउन सकिन्छ।

प्राकृतिक दृश्यावलकोनका दृष्टिले वसन्त ऋतुको महत्त्व कति छ भनेर माथि नै भनियो। तर स्वास्थ्यका दृष्टिले त्यति अनुकुल नहुन सक्छ। जाडोबाट गर्मीयाममा प्रवेश गर्ने भएकाले मानवस्वास्थ्यमा विभिन्न समस्या आउन सक्छ। यो मौसममा टाउको दुख्ने, ज्वरो आउनेदेखि सामान्य खालका भाइरल इन्फ्ल्युन्जा, झाडापखाला, आउँ, टाइफाइड र मलेरियाजस्ता समस्या निम्तिन सक्छन्। विशेषगरी साना बालबालिकादेखि गर्भवती, वृद्धावस्था भएका व्यक्तिहरुलाई असर गर्छ। यी समस्या आउनुको कारण हामी नै हौँ। ऋतुअनुसारको व्यवहार नगर्दा नै रोगका किटाणुले आक्रमण गर्ने हुन्।

यो समयमा हावा धेरै चल्ने कारण धुलोका कारण पानीको स्रोत प्रदूषित भएको हुनसक्छ। त्यसैले शुद्ध पानी पिउने कुरामा सधैँ सचेत हुनुपर्छ। तताएर वा औषधि राखेर पानीको निर्मलीकरण गर्न सकिन्छ। तातोपानी पिउन मन नलागे उमालेर मनतातो वा चिसो बनाएर पिउन सकिन्छ। बासी खानेकुरामा किटाणुको संक्रमण हुन्छ। त्यो खाँदा पनि आउँ र झाडापखाला जस्ता समस्या आउनसक्छ। ज्यादै नयाँ र पुराना अन्नको परिकार खाँदा पनि नपचेर विभिन्न समस्या आउन सक्छ। त्यसैले यो समयमा विशेषतः पच्ने किसिमको खानेकुरा खानुपर्छ।

बोसो भएको मासु, चिल्लो, पिरो ज्यादा खाँदा पनि समस्या आउँछ। फाइबर (रेशा) युक्त खानेकुरा खान सकिन्छ। गर्मीबाट बच्न मौसमी फल काँक्रो, खरबुजा आदि प्रशस्त खानुपर्छ। गर्मी भएको बहानामा धेरैले बजारका पेय पदार्थ पिउँछन्। यो बानी राम्रो होइन। यसले गर्मी कम गर्ला तर स्वास्थ्यका लागि राम्रो गर्दैन। यसको साटो बरु दही मोही वा फलबाट घरमै रस बनाएर पिउन सकिन्छ। जुनसुकै मौसम होस् सरसफाइमा ध्यान दिनै पर्छ। झन् गर्मी मौसममा त किटाणुको संक्रमण बढ्ने भएकाले सरसफाइमा बढी नै ध्यान दिनुपर्छ।

वसन्त ऋतुमा पहिरनमा पनि ध्यान दिनुपर्छ। जाडोमा जस्ता बाक्ला लुगा यतिवेला उपयुक्त हुँदैनन्। बाहिर हिँड्नेहरूलाई घामको किरणले असर गर्नसक्छ। त्यसैले छाता लिएर हिँड्नुपर्छ। वेलामा खाने, सही मात्रामा खाने, वेलामा सुत्ने, पर्याप्त निद्रा लिने र वेलैमै उठ्ने नियम अपनाउनसके वसन्त ऋतु मात्र होइन अन्य कुनै पनि मौसममा रोगले आक्रमण गर्न सक्दैन।

सानातिना स्वास्थ्य  समस्यामा एलोपेथिक औषधि लिइहाल्ने बानी गर्नुहुँदैन। घरेलु रूपमा पाइने औषधिहरूको प्रयोग गर्न सकिन्छ। आयुर्वेदिक औषधिहरूले राहत लिन सकिन्छ।

शाहीसँग हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले गरेको कुराकानीमा आधारित

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै

मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै

हेल्थ टिभी अनलाइन\हेटाैँडा : वागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गर्ने भएको छ। जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा वेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्याउने तयारी थालिएको हो।

कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा स्वास्थ्य परीक्षण गराउन पाउनेछन्। कतिपय अस्पतालले तत्काल र केहीले एक हप्ताभित्रमा कार्यक्रम शुरु गरिसक्ने र आगामी चैतको पहिलो हप्ताबाट सबै नागरिकलाई सेवा दिने तयारी भएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका रूपमा प्रदेशका पाँच जिल्लाका पाँच अस्पतालबाट शुरु गरिएको कार्यक्रम अब चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ अस्पतालबाट एकैसाथ शुरु गर्न लागिएको हो।

कार्यक्रमको शुरुआती चरणमा जेष्ठ नागरिक, दलित, महिला, विपन्न तथा अल्पसंख्यकका लागि सेवा दिइएको भए पनि आगामी दिनमा कार्यक्रमको दायरा फराकिलो बनाएर कार्यक्रम शुरु गर्न लागिएको हो। विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सहज परीक्षण गरी समयमै उपचार गर्नका लागि सहजता होस् भन्ने उद्देश्यले प्रदेशका सम्पूर्ण नागरिकको पहुँच पुग्ने गरी कार्यक्रम व्यापकरूपमा विस्तार गर्न लागिएको मन्त्री दुलालले बताए।

प्रदेशको हेटौँडा अस्पतालसहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अन्य नागरिकलाई न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्नेगरी कार्यक्रम ल्याएको मन्त्री दुलालले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कुण्ठा पालेर बस्दा पनि पुग्छ स्वास्थ्यमा हानि

कुण्ठा पालेर बस्दा पनि पुग्छ स्वास्थ्यमा हानि

कुनै कुरा मनमा गुम्स्याइरहनु र केही गर्न नसक्नुको स्थितिमा लामो समयसम्म रह्यो भने खतरनाक स्वास्थ्य समस्या निम्तिन सक्छ।

स्वस्थ रहन मनमा भएका कुण्ठा वेलावेलामा निकालिरहनुपर्छ। कामको दबाब, कार्यालयमा हाकिम वा कलेजमा शिक्षकको गाली, साथीभाइसँगको झगडाजस्ता हरेक समस्याबाट सिर्जित तनाव मनभित्र जम्न नदिई बाहिर निकालिरहनुपर्छ।

कतिपय अवस्थामा यस्तो स्थिति हुन्छ कि मानिसले तीव्र चाहना हुँदाहुँदै पनि आफ्नो क्रोध व्यक्त गर्न सक्दैन। यस्तो अवस्थामा सम्बन्धित व्यक्तिलाई सराप्दा मनमा आनन्द र शान्तिको अनुभव हुन्छ।

विरोधी, शत्रु वा मन नपर्दो मान्छे सदैव आफ्नो अगाडि हुन्छ भन्ने छैन र छ भने पनि उसैका अगाडि उसलाई गाली गर्दा गर्दा स्थिति झन् बिग्रिन सक्छ। यसकारण उसको सट्टा उसकै प्रतिरूप पुतला वा चिन्ह आदिमाथि क्रोध व्यक्त गर्दासमेत रिस साम्य हुनसक्छ। त्यसलाई गाली गर्दा वा सराप्दा समेत क्रोध शान्त हुन्छ।

जापानमा ठूला ठूला कम्पनी तथा कार्यालयहरूमा यस्तो विशेष कक्षको व्यवस्था हुन्छ, जहाँ एउटा पुतला हुन्छ। जब कुनै सहकर्मी, हाकिम वा अन्य कुनै व्यक्तिका कारण क्रोध पैदा हुन्छ, तब त्यही पुतलालाई मनपरी गाली गरेर तथा कुटेर मन शान्त पारिन्छ।

कतिपय अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई सँगै बसेर, आपसमा मज्जासँग खुलेर कुरा गर्ने विशेष प्रबन्ध मिलाएका हुन्छन्।  मनमा कुण्ठा, गुनासो, रिस, तनाव आदि छन् भने कुराकानीका क्रममा त्यो बाहिर आओस् र उसले तनावमुक्त भएर काम गर्न सकोस् भन्ने यसकाे उद्देश्य हाे।

थप समाचार

महको औषधीय गुण

महको औषधीय गुण

स्वादका दृष्टिले महको जति महत्त्व छ, औषधिको रूपमा पनि यसको विशिष्ट महत्त्व छ।

महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। यसमा एन्टिसेप्टिक, एन्टिबायोटिक, भिटामिन बी१ र बी६ भरपूर हुन्छ। स्वास्थ्य र सुन्दरता दुवैका लागि लाभदायक हुन्छ।

बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएर पिउँदा स्वास्थ्य राम्रो हुन्छ। दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन। यसमा एन्टिमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरिया नष्ट पार्छ।

महमा भएको ग्लुकोजलाई शरीरले तत्कालै सोस्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहन्छ। व्यायामअघि दुई चम्चा मह खाँदा थकान अनुभव हुँदैन।

महले रगतमा ‘पोलिफोनिक एन्टीअक्सिडेन्ट’को स्तर बढाउँछ जसले गर्दा मुटुरोगबाट बचाउँछ। महबाट ‘सेरोटोनिन’ रसायन निस्किने भएकाले ‘मूड’ राम्रो बनाउन मद्दत गर्छ। शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ।

अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खाँदा राम्रो निद्रा लाग्छ। दिनदिनै एक चम्चा मह तातोपानीमा हालेर पिउँदा रक्तचाप नियन्त्रणमा रहन्छ।

महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ। राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी खर्च हुन्छ।

महले छालाका लागि प्राकृतिक ‘मोइस्चराइजर’को काम गर्छ। यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ। सौन्दर्यका लागि पनि यसको विशेष महत्त्व छ।

थप समाचार

कोरोना भाइरस संक्रमण : युरोपेली मुलुकमा फैलिँदै

कोरोना भाइरस संक्रमण : युरोपेली मुलुकमा फैलिँदै

युरोपका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन थालेपछि चिन्ता व्यक्त गर्न थालिएकाे छ ।

युरोपेली मुलुकमध्ये इटालीमा सर्वप्रथम देखिएको कोरोना संक्रमण अष्ट्रिया, क्रोएसिया र स्वीट्जरल्याण्डमा पनि देखिएको छ।

संक्रमणका कारण इटालीमा ११ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढीमा संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै अल्जेरिया तथा उत्तर अफ्रिकामा पनि संक्रमण देखिएको छ। इटालीबाट गएका मानिसबाट ती मुलुकमा संक्रमण फैलिएको बताइएको छ।

युरोपेली मुलुकमा पनि कोरोना संक्रमण फैलिएपछि इटाली, फ्रान्स र जर्मनीका स्वास्थ्यमन्त्री तथा युरोपियन युनियन कमिसनको बैठक बसेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घिउ

गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घिउ

हेल्थ टिभी अनलाइन\काभ्रे : पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घिउ वितरण गर्ने अभियान शुरु गरेको छ।

हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घिउ उपहार दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष सञ्जय तामाङले बताए। उनका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घिउ वितरण गर्न शुरु गरिएको छ।

गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिनसम्मका महिलालाई वडाले अण्डा र घिउ उपहार दिने अगरेको उनले बताए। त्यससँगै सुत्केरी आमालाई एक सेट कपडा र बच्चालाई सर्वोत्तम पिठोको समेत व्यवस्था गर्ने अभियानमा रहेको उनले बाए।

सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले अभियान शुरु गर्ने वडाध्यक्ष तामाङको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

शल्यक्रिया हुने स्वास्थ्य चौकीमा छैन रक्त संकलन केन्द्र

शल्यक्रिया हुने स्वास्थ्य चौकीमा छैन रक्त संकलन केन्द्र

हेल्थ टिभी अनलाइन\बागलुङ : प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त संकलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन्।

प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त संकलन केन्द्र स्थापना हुन सकेको छैन। रक्त संकलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यता छ।

यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि आवश्यक पर्ने रगतको माग पूरा गर्न बिरामी वा उनका आफन्तले युवालाई खोज्नुपर्छ। यहाँ रक्त संकलन केन्द्र नभएकाले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेरमात्र शल्यक्रिया गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक बताउँछन्।

जनसङ्ख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकाले दैनिक डेढ सयसम्म बिरामी उक्त स्वास्थ्य चौकीमा सेवा लिनका लागि आउने अस्पतालका प्रमुख डा. मिलन मल्लले बताए।

यहाँ मासिक १५ जनाले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् । गत वर्ष यहाँ एक हजार ४०० भन्दा बढीले प्रसूति सेवा लिएको तथ्याङ्क छ। वर्षभरि आठ हजारभन्दा बढी अन्य बिरामीले यहाँबाट उपचार र स्वास्थ्य सेवा लिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मध्यपूर्वका देशहरुमा नर्स तथा डाक्टरका लागि अवसर, पीसीएल नर्सको तलब डेढ लाख

मध्यपूर्वका देशहरुमा नर्स तथा डाक्टरका लागि अवसर, पीसीएल नर्सको तलब डेढ लाख

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  मध्यपूर्वका देशहरुमा नर्स तथा डाक्टरका लागि आकर्षक सुविधासहितको अवसर भएको बताइएको छ । मनास्लु इन्टरनेशनलले मंगलबार पत्रकार सम्मेलन गरी मध्यपूर्वका धेरै देशहरुमा आम्दानी र सिप सिक्न स्वास्थ्यकर्मीका लागि ठुलो बजार रहेको बताएको हो ।

कार्यक्रममा मनास्लुका अध्यक्ष बालकृष्ण श्रेष्ठले भने,’हालसम्म खाडी मुलुक जाने भनेको कामदार मात्र भन्ने बुझिन्छ तर यी देशहरुमा दक्ष नर्स तथा डाक्टरको पनि माग भइरहेको छ । उनले थपे, ‘हामीले अहिलेसम्म १०० जना भन्दा बढी नर्सलाई रोजगारका लागि साउदी अरब पठाइसकेका छौं र उनीहरु पूर्णरुपमा सन्तुष्ट छन्।’

कार्यक्रममा श्रेष्ठले नेपाली नर्स तथा डाक्टरहरु इन्टरनेशनल अस्पतालहरुमा काम गर्न सक्षम रहेको भन्दै उनीहरुलाई यो ठुलो अवसर हुने बताए । उनले नेपालमा उत्पादन भएका सबै नर्स तथा डाक्टरले काम नपाएको र तलब पनि सन्तोषजनक नभएको भन्दै यही कुरा मध्यनजर गर्दै मनास्लुले बाहिर गएर सम्मानजनक काम गर्न चाहनेका लागि यो अवसर जुटाएको बताए ।

कार्यक्रममा श्रेष्ठले मध्यपूर्वका यी देशहरुमा डाक्टर तथा नर्सको अनुभव तथा पढाइ अनुसार नेपालको भन्दा तीन गुणा बढी तलब हुने बताए । पीसीएल मात्र गरेका नर्सको तलब ९० हजार देखि डेढ लाख सम्म तलब हुने र एमबीबीएस डाक्टरको शुरुवाती तलब २ लाख पचास हजार सम्म हुने पनि उनले कार्यक्रममा जानकारी दिए । यसैगरी एमडी गरेका डाक्टरको हकमा भने १२ लाख सम्म तलब हुने पनि उनले जानकारी दिए ।

यसरी जान चाहनेका लागि डकुमेन्ट बनाउने बाहेक अन्य खर्च नलाग्ने बताइएको छ । श्रेष्ठले यूरोप, अमेरिका, क्यानडा गएका धेरे डाक्टर नफर्किने सम्भावना हुने भन्दै यी देशहरुमा भने पीआर लिन नपाइने र वर्क परमिट अवधिभर मात्र बसेर फर्किने भएकाले पनि केही सिप सिक्ने र सम्मानजनक आम्दानी गर्ने हिसाबले निकै राम्रो रहेको पनि जिकीर गरे । वर्क परिमिट शुरुमा २ वर्षको हुने र आवश्यकता अनुसार एकपटक रिन्यू गर्न सकिने पनि उनले जानकारी दिए ।

यही विषयलाई मध्यनजर गर्दै मनास्लुले आगामी शनिबार काठमाडौंमा ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन गर्दैछ । जसमा त्यस क्षेत्रका स्वास्थ्य व्यवसायी, डाक्टर एवं स्वास्थ्यकर्मीको सहभागिता हुने जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

महानगरपालिकाले सैनिक अस्पताललाई दियो डेढ करोड

महानगरपालिकाले सैनिक अस्पताललाई दियो डेढ करोड

हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं महानगरपालिकाले मिर्गौला रोगीको उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीलाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

मंगलवार यहाँ आयोजना भएको कार्यक्रममा कामपाको प्रमुख विद्यासुन्दर शाक्यले जंगी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई रकम प्रदान गरे। गत पुस २ गते महानगर र नेपाली सेनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताबमोजिम माघ ७ गतेबाट महानगरको सिफारिसमा हेमोडाइलासिस सेवा शुरु भइसकेको छ।

रकम हस्तान्तरणपछि प्रमुख शाक्यले यस कार्यलाई निरन्तर अघि बढाइने भन्दै जटिल खालको रोगका लागि विशेष उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरी उपचारका क्रममा आवश्यक पर्ने अन्य सेवा थप्दै लग्ने बताए।

महानगरका अनुसार सेवा विस्तार गर्न आवश्यक पूर्वाधार, मेशिन तथा उपकरण र जनशक्तिसम्बन्धी नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ।

महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ। सम्झौताबमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कामपाका प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यमा महानगरकातर्फबाट शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ सदस्य र जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रविलास बज्राचार्य सदस्यसचिव छन्।

त्यस्तै नेपाली सेनाकातर्फबाट वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी नगेन्द्रकुमार केसी र महासेनानी डा. अजय राजभण्डारी सदस्य छन्। यो कार्यदलले सम्झौताबमोजिमका काम प्रभावकारी रूपमा गर्न र गराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुवै पक्षसमक्ष नियमित प्रतिवेदन पेश गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयको लागि सिफारिस गर्ने गर्नेछ।

सम्झौता बमोजिम मिर्गौलाका बिरामीका लागि ‘हेमोडाइलासिस’ सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपिडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

इरानी स्वास्थ्य उपमन्त्रीलाई कोरोना भाइरस संक्रमण

इरानी स्वास्थ्य उपमन्त्रीलाई कोरोना भाइरस संक्रमण

इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

इरानका स्वास्थ्य उपमन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले मंगलबार जानकारी दिए। इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर संक्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्यमन्त्री हरिर्चीको परीक्षण भएको र परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।’

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बीपी कोइराला क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

बीपी कोइराला क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

हेल्थ टिभी अनलाइन\काठमाडाैं : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सिफारिसमा मन्त्रिपरिषदले सदस्य नियुक्त गरेको हो।

नवनियुक्त सदस्यमा डा. कैलाश भण्डारी, डा. विनय ठाकुर, डा. रक्षा श्रेष्ठ, डा. सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्छ’

‘क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्छ’

हेल्थ टिभी अनलाइन\चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

अस्पताल निरीक्षणपछि मंगलवार प्रतिक्रिया दिँदै थापाले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताएका हुन्। उनले अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने पनि बताए।

यसक्रममा अस्पतालका नवनियुक्त अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य र कानुन अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए।

तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको राससको समाचारमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्टार हस्पिटल र रोटरीबीच सहकार्य सम्झाैता

स्टार हस्पिटल र रोटरीबीच सहकार्य सम्झाैता

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्टार हस्पिटल र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सहकार्य गर्ने भएका छन्।

रोटरी दिवसको अवसर पारेर हस्पिटलको तर्फबाट अध्यक्ष किशोरकुमार महर्जन तथा प्रबन्ध निर्देशक डा. शैल रूपाखेती र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ तर्फबाट गभर्नर किरणलाल श्रेष्ठ र गभर्नर इलेक्ट राजीव पोखरेलले हस्ताक्षर गरे।

हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता भएको बताए। सम्झौतामा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का सदस्य तथा परिवारजनलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने उल्लेख भएको उनले जानकारी दिए।

डिस्ट्रिक्ट ३२९२ का गभर्नर श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँच पुर्याउने उद्देश्यले स्टार हस्पिटलसँग सहकार्य गरेको बताए।

रोटरी दिवसको अवसरमा पाटनमा आयोजित कार्यक्रममा संस्कृतिकर्मी सत्यमोहन जोशीलाई निःशुल्क हेल्थ प्याकेज प्रदान गर्ने जानकारी गराइयो।

कार्यक्रममा हस्पिटलले जनरल फिजिसियन तथा हाडजोर्नी रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा उपलब्ध गराएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दैलेख कारागारका महिला कैदीमा मानसिक समस्या

दैलेख कारागारका महिला कैदीमा मानसिक समस्या

हेल्थ टिभी अनलाइन\दैलेख : जिल्ला कारागार दैलेखमा रहेका केही कैदीमा मानसिक समस्या देखिएको छ। नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा. आशिष दत्तले कारागारमा रहेका १२ कैदी र एक थुनुवा महिलामध्ये नौ जनामा यस्ताे समस्या देखिएकाे बताए।

बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका हुन्। स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीलक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो।

डा. दत्तका अनुसार कैदमा बसेकाको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे तीन दिनसम्म चिकित्सकद्वारा कैदीको अध्ययन गरिएको थियो। उनले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीमा मानसिक समस्या देखिएको बताए।

‘कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो’, दत्तले भने।

त्यसैगरी लागुऔषध ओसारपसार तथा दुव्र्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीमा आत्तिने समस्या देखिएकाले बिरामीलाई औषधि सेवन गर्न सुझाव दिइएको छ। मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधोपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले जानकारी दिए।

८० पुरुष र २० महिला गरी १०० जनाको क्षमता रहेको जिल्ला कारागारमा कैदी र थुनुवा गरी १४२ जना छन्। दुई नाबालक पनि आमाबाबुसँगै जेलजीवन बिताइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

महिलालाई सताउने रोग ‘यूटीआई’ र बच्ने उपाय

महिलालाई सताउने रोग ‘यूटीआई’ र बच्ने उपाय

‘यूटीआई’ अर्थात् यूरिनरी ट्रयाक्ट इन्फेक्सन। यो ब्याक्टेरियाका कारण पिसाबमा हुने संक्रमण हो। पुरुषको तुलनामा महिलाहरूको पिसाब नली (युरेथ्रा) सानो अर्थात् करिब चार सेन्टिमिटरको हुन्छ। त्यसैले पनि योनिमार्ग र मलाशयमा प्राकृतिक रूपमा पाइने ब्याक्टेरिया नै पिसाब नलीमा पुगेर संक्रमण गर्छन्, जसका कारण धेरै महिलाहरूमा यूटीआई हुन्छ।

महिलाहरुमा यूटीआई भयो भन्ने आजभोलि धेरैले भनेको सुनिन्छ। यो सुन्दा जति सामान्य लाग्छ त्यति सामान्य भने छैन। समयमै उपचार नगरे यसले स्वास्थ्यमा धेरै नै नकारात्मक असर गर्छ।

विशेषगरी लामो समयसम्म पिसाब रोकेर राख्ने, पानी कम पिउने एवं सरसफाईमा ध्यान नदिनेलाई यसको समस्या बढी हुन्छ। यूटीआई हुँदा पेट दुख्ने, ज्वरो आउने बान्ता आउने र पिसाब पोल्ने समस्या हुन्छ। यतिसम्म कि कहिलेकाहीँ बिरामी बेहोश समेत हुन सक्छ। यसैगरी मधुमेह भएका ब्यत्तिहरुमा पनि पिसाबको संक्रमण हुने सम्भावना अझ बढी हुन्छ ।

अचेल कामकाजी महिलाहरूका लागि यो ठूलो समस्या बनेको छ। कार्यालयमा काम गर्ने सिलसिलामा पिसाब रोक्ने बानी धेरैको हुन्छ। ‘यति काम सकौँ, अनि बाथरुम जाउँला’ भनेर पिसाब रोकेर राख्दा यसले संक्रमण निम्त्याउँछ।

पिसाबमा संक्रमण हुन नदिन महिलाहरूले प्रजनन अंगको सरसफाइमा ध्यान दिनुपर्छ। भित्री वस्त्र दैनिक रूपमा फेर्ने, पिसाब गरेपछि सफा पानीले पखाल्ने गर्नुपर्छ। तर धेरैले यसो गर्दैनन्। जसले गर्दा संक्रमण हुन्छ।

हामी सबैलाई थाहा भएकै कुरा हो, पुरुषको तुलनामा महिलालाई धेरै नै संक्रमण हुन्छ। किनकी महिलाहरूको प्रजनन अंगको बनोट नै त्यस्तै प्रकारको हुन्छ। दिसा गर्ने र पिसाब गर्ने अंग सँगसँगै भएकाले पनि फोहोर हुने सम्भावना बढी हुन्छ। पुरुषमा यी दुवै अंगको दूरी बढी हुन्छ। त्यसैले उनीहरूमा पिसाबको संक्रमण हुने जोखिम कम हुन्छ।

अचेल कामकाजी महिलाहरूका लागि यो ठूलो समस्या बनेको छ। कार्यालयमा काम गर्ने सिलसिलामा पिसाब रोक्ने बानी धेरैको हुन्छ। ‘यति काम सकौँ, अनि बाथरुम जाउँला’ भनेर पिसाब रोकेर राख्दा यसले संक्रमण निम्त्याउँछ।

पिसाब लाग्नेवित्तिकै बाथरूम जाने बानी गर्नुपर्छ। यसैगरी कतिले त बारम्बार बाथरुम जानुपर्छ भनेर पानी नै कम पिउने गर्छन्। शरीरमा पानी कम हुँदा पनि संक्रमण हुन्छ। शरीरको सरसफाइमा ध्यान दिने, पिसाब रोकेर नराख्ने एवं पानी प्रशस्त मात्रामा पिउने गरे धेरै हदसम्म यो समस्याबाट बच्न सकिन्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

ताजा अपडेट