Health TV Online

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ। गत डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा शुरु भएको भाइरसको संक्रमणका कारण अहिलेसम्म एक लाख १३ हजारभन्दा बढी संक्रमित भएको सीएनएनले जनाएको छ।

कोभिड १९ नाम दिइएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चीनमा बढी छ। मृत्यु हुनेको संख्या बढे पनि चीनमा संक्रमण घट्दै गएको बताइएको छ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ भाइरसको उद्गमस्थल मानिएको वुहान पुगेका छन्। चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घटेसँगै उनले वुहानको भ्रमण गरेका हुन्। सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या १९ थियो।

चीनपछि इटाली र इरानमा धेरै जनाको मृत्यु भएको छ। संक्रमण बढ्दै गए पनि इटालीले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन निर्देशन दिएकाे बीबीसीको समाचारमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्यचौकी भवन निर्माण गर्न स्थानीयले दिए जग्गा

स्वास्थ्यचौकी भवन निर्माण गर्न स्थानीयले दिए जग्गा

हेल्थ टिभी अनलाइन\बागलुङ : गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि बडिगाड गाउँपालिका–२ खर्वाङका सर्वसाधारणले निःशुल्क जग्गा र नगद सहयोग गरेका छन्।

खर्वाङको एक परिवारले आफ्ना मातापिताको स्मृतिमा तीन रोपनी जग्गा स्वास्थ्य चौकीका लागि निःशुल्क उपलब्ध गराएको छ। स्व. जयलाल र हिरादेवी खरेलको स्मृतिमा छोरा नरिश्वर, स्व. अग्निधर, घनश्याम, तिलाराम र बाबुरामले स्वास्थ्यचौकी भवन निर्माणका लागि तीन रोपनी जग्गा उपलब्ध गराएका हुन्।

जग्गा अभावका कारण लामो समयदेखि स्वास्थ्य चौकी भवन निर्माणको काम रोकिएको थियो। जग्गा प्राप्त भएसँगै नयाँ भवन निर्माणको काम शुरु गरिने वडाध्यक्ष ढालेन्द्र शेरचनले बताए।

स्वास्थ्यचौकी निर्माणका लागि स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्यचौकी कार्यक्रमअन्तर्गत चालू आवमा १३ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भई गाउँपालिकामा प्राप्त भइसकेको छ। जग्गा र बजेट दुवैको समस्या नरहेकाले तत्कालै निर्माण प्रक्रियाअघि बढाइने गाउँपालिकाले जनाएको छ। जग्गा प्राप्त भएपछि स्थानीयवासीले सडक निर्माणको प्रक्रियासमेत अघि बढाएका छन्।

भवनस्थलमा जाने सडक निर्माण तथा स्वास्थ्य चौकीको थप व्यवस्थापनमा सहज होस् भन्दै स्थानीयवासीबाट चन्दा सङ्कलन अभियान शुरु गरिएको छ। अभियानमा स्थानीयवासीले उत्साहजनक रूपमा सहयाेग गरिरहकाे बताइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य केन्द्रमा एक्स रे मेसिन प्रयोगविहीन

स्वास्थ्य केन्द्रमा एक्स रे मेसिन प्रयोगविहीन

हेल्थ टिभी अनलाइन\तनहुँ : प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्स रे मेसिन प्रयोगविहीन भएको छ। स्वास्थ्य सेवा विभागले प्रदान गरेको एक्स रे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि प्रयोग मेसिन प्रयोगविहीन भएको हो।

स्वास्थ्य केन्द्रमा दैनिक ६०७० जना बिरामी उपचारको लागि आउने गरेका छन् भने त्यसमध्ये लगभग १०\१५ जना एक्सरे गर्नुपर्ने भए पनि उनीहरूलाई सेवा दिन नसकेको केन्द्रका प्रमुख डा. प्रकाश नेपालीले बताए। एक्स रे गर्नुपर्ने बिरामीलाई सिधैँ पोखरा पठाउँदै आएका छौँ’, उनले भने।

भिमाद बजार क्षेत्रमासमेत रेडियोलोजिष्ट नहुँदा सेवाग्राहीले गुणस्तर सेवा पाउन सकेका छैनन्। उक्त स्वास्थ्य केन्द्रमा स्याङ्जाको चित्रेभञ्ज्याङ, घिरिङ, ऋषिङ, पाटनलगायतका क्षेत्रबाट बिरामी उपचारको लागि आउने गरेका छन्। पछिल्लो समय बिमा गरी उपचारको लागि आउनेको संख्यामा वृद्धि भएको डा. नेपालीले बताए।

‘नेपाल सरकारबाट प्राप्त ६३ किसिमका औषधि निःशुल्क रूपमा वितरण गर्दै आएका छौँ। व्यवस्थापन समितिद्वारा निर्णय गरी बिमा नगरेका अन्य बिरामीका लागि फार्मेसीमा औषधि खरिद गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ’, उनले भने। उनका अनुसार आर्थिक वर्षमा १३ लाख रूपैयाँको औषधि खपत भएको स्वास्थ्य केन्द्रले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वेलैमा जोगाउनुस् बालबालिकाको दाँत

वेलैमा जोगाउनुस् बालबालिकाको दाँत

शहरी क्षेत्रमा धेरैजसो अभिभावक बालबालिकालाई खुशी पार्न जंकफुडका साथै विभिन्न किसिमका पेय पदार्थ, क्याण्डी र आइसक्रिम किनिदिन्छन्। बच्चालाई फकाउन वा खुशी पार्न यी खानेकुरा अचेल आमाबाबुका गतिलै सहारा बन्ने गरेका छन्। केही क्षणको खुशीले जीवनभर पीडा दिनसक्ने तथ्यलाई भने धेरैले नबुझेको वा बुझेर पनि आँखा चिम्लेजस्तो देखिन्छ। किनभने अत्यधिक गुलिया पदार्थले मोटोपना बढाएर विभिन्न रोगको जोखिम त बढाउँछ नै, दाँतका लागि पनि यी पदार्थ घातक छन्।

बालबालिकाको हातमा चकलेट थमाइदिने चलन अचेल गाउँगाउँमा पुगिसकेको छ। बच्चालाई फकाउन वा खुशी पार्न गुलिया पदार्थ किनिदिने अभिभावकले त्यस्ता पदार्थ खाएपछि दाँत कुल्ला गर्नुपर्छ भन्नेचाहिँ सिकाउँदैनन्। फलस्वरूप सानैमा दाँत किराले खान्छ। अर्को कुरा दाँतका लागि अत्यधिक चिसो र अत्यधिक तातो दुवै हानिकारक हुन्छ। आइसक्रिम अत्यन्तै चिसो हुन्छ। यस्ता चिसो पदार्थ दाँतका लागि एकदमै हानिकारक हुन्छन्। नियमित खाँदा निश्चित अवधिपछि यसले दाँतको टल्किने भाग नष्ट गर्नेदेखि दाँत सिरिङ्ङ बनाउनेसम्म गराउँछ।

बच्चाको दाँत बिग्रिने चरणमा पुग्दा शुरुमा कालो दाग देखिन्छ। तर दुखाइको महशुस धेरै हुँदैन। केही समयपछि दाँतमा खाल्टो पर्छ। सिरिङ्ङ महशुस हुन्छ। खाना चपाउँदा पनि दुखाइ महशुस हुन्छ। दाँतमा हुने पीडाले शारीरिक पीडा त छँदैछ, सौन्दर्यमा समेत असर पार्छ।यसले मानसिक पीडासमेत थप्छ।

हाम्रो शरीरका अन्य अंग जस्तै दाँतको महत्त्व कम छैन। खाना चपाउनेदेखि अनुहारको सौन्दर्य कायम राख्न यसको ठूलो भूमिका हुन्छ। यति महत्त्व बोकेको दाँतमा हेलचेक्र्याइँ गर्नु अवश्य पनि राम्रो होइन। त्यसैले बालबालिकालाई दाँतका दुश्मन मानिने खानेकुरामा ‘कन्ट्रोल’ गर्नुको विकल्प छैन। साथै बालबालिकालाई नियमित दुईपटक दाँत माझ्न लगाउनुपर्छ। बिहान र बेलुकीको खाना खाइसकेपछि अनिवार्य रूपमा आफूले पनि र बच्चालाई ब्रस गर्न लगाउने हो भने दाँत किराले खाने समस्याबाट मुक्ति पाउन सकिन्छ। दाँतलाई हानि गर्ने भनिएका पदार्थबाट टाढै रहन लगाउनुपर्छ।

यसैगरी गरी वेलावेलामा दन्त चिकित्सककोमा पुगेर जाँच गराउने हो भने सानै उमेर दाँतसम्बन्धी पीडा लिएर बस्नुपर्दैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कोरोना नियन्त्रणका लागि फैलाइएका यी यी भ्रम, जसको वैज्ञानिक आधार छैन

कोरोना नियन्त्रणका लागि फैलाइएका यी यी भ्रम, जसको वैज्ञानिक आधार छैन

कोरोना भाइरस विश्वभर फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन। तर स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।

अनलाइन माध्यममा व्यापक भएका केही त्यस्ता दाबी र तिनबारे वैज्ञानिकहरूको धारणाबारे हामी यहाँ चर्चा गर्दैछौँ।

लसुन खाने

संक्रमण रोक्न लसुन खान सुझाव दिइएका पोस्टहरू फेसबुकमा सेयर भएका छन्। विश्व स्वास्थ्य संगठनका भनाइमा लसुनले स्वास्थ्यलाई राम्रो गर्छ र त्यसमा केही सूक्ष्मजीव मार्ने गुण पनि हुन्छ। तर त्यो खाँदा कोरोना भाइरसको संक्रमण हुँदैन भन्ने प्रमाण छैन।

तपाईँ प्रामाणिक चिकित्सकीय विधि पनि अवलम्बन गरिरहनुभएको छ भने धेरै परिस्थितिमा यस्ता औषधि हानिकारक नहुन सक्छन्। तर तिनले हानि गर्ने सम्भावना पनि हुन्छ।

साउथ चाइना मोर्निङ पोस्टले धेरै लसुन खाएकी एउटी महिलाबारे समाचार प्रकाशित गरेको थियो। उनले डेढ किलोग्राम लसुन खाएपछि घाँटीमा गम्भीर जलन भएका कारण अस्पतालमा उपचार गराउनुपरेको थियो।

सामान्यतया तरकारी र फलफूल खानु तथा पानी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो भएको हामीलाई थाहा भएकै कुरा हो। तर निश्चित भाइरससँग संघर्ष गर्न निश्चित खानेकुराले सहयोग गर्छ भन्ने प्रमाण छैन।

मिरकल मिनरल

हजारौँ फलोअर रहेका युट्युबर जोर्डन सेदरले एमएमएस भनिने ‘मिरकल मिनरल’ ले कोरोना भाइरसलाई नष्ट गर्ने दाबी गरिरहेका छन्।त्यसमा रंग उडाउन प्रयोग गरिने पदार्थ (ब्लिचिङ एजेन्ट) क्लोरिन डाइअक्साइड हुन्छ।

सेदर र अन्य केही व्यक्तिले कोरोनाभाइरसको प्रकोप हुनुअघि पनि उक्त पदार्थको प्रवर्धन गरेका थिए। ज्यानुअरी महिनामा उनले ट्वीट गरे, ‘एमएमएस क्यान्सरका कोष मार्न मात्र प्रभावकारी छैन, यसले कोरोना भाइरस पनि नष्ट गर्न सक्छ।’

गत वर्ष यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले एमएमएस सेवन स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी दिएको थियो। त्यसबारे अन्य देशमा स्वास्थ्य अधिकारीहरूले पनि चेतावनी जारी गरेका थिए।

एफडीएले भनेको छ, ‘कुनै रोगको उपचारको निम्ति यो उत्पादन सुरक्षित र प्रभावकारी रहेको कुरा कुनै अनुसन्धानले देखाएको छैन।’ उसले त्यो सेवन गर्दा वाकवाक लाग्ने, बान्ता हुने, पखाला लाग्ने र शरीरमा पानीको मात्रा कम हुने गम्भीर लक्षण देखिन सक्ने चेतावनी दिएको थियो।

घरेलु स्यानिटाइजर

भाइरसको सङ्क्रमण रोक्ने एउटा मुख्य विधिमा हात स्वच्छ राख्न दलिने ‘स्यानिटाइजर जेल’ पनि पर्छ। तर धेरै ठाउँबाट स्यानिटाइजरको अभाव भएको समाचार आएको छ। इटालीमा सामाजिक सञ्जालमा घरमै स्यानिटाईजर जेल बनाउने विधिबारे चर्चा गरिएको छ।

तर त्यस्ता विधिबाट बनाइने जेल छालामा प्रयोग गर्न उपयुक्त नहुने वैज्ञानिकहरूले औँल्याएका छन्। अल्कोहल प्रयोग गरेर बनाइएका हातमा लगाउने जेलमा प्रायः छालालाई नरम बनाउने तत्त्व पनि हुन्छन्। अल्कोहलको मात्रा ६०\७० प्रतिशत हुन्छ।

लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनकी प्राध्यापक स्याली ब्लुमफिल्डका अनुसार हात सफा गर्ने प्रभावकारी जेल घरमा बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त छैनन्। किनभने सबैभन्दा कडा मदिरा मानिने भोड्कामा पनि ४० प्रतिशत मात्र अल्कोहल हुन्छ।

यूएस सेन्टर्स फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार भुइँ वा भित्ता सफा गर्न प्रायः प्रयोग हुने डिस्इन्फेक्टन्ट नै प्रभावकारी हुन्छन्।

पिउने चाँदी

अमेरिकी टेलिभिजनमा इसाईधर्मको प्रचार गर्ने जिम बेकरको कार्यक्रममा ‘कलोइडल सिल्भर’को प्रचार गरिएको थियो। कलोइडल सिल्भरमा चाँदीका सूक्ष्म कण तरल पदार्थमा मिसाइएको हुन्छ।

उक्त कार्यक्रममा एक अतिथिले कलोइडल सिल्भरले १२ घण्टामा केही प्रकारका कोरोना भाइरसलाई मारिदिने दाबी गरेका थिए। तर उनले कोभिड–१९ गराउने कोरोना भाइरसमा परीक्षण नगरिएको स्वीकारेका थिए।

यसबारे सामाजिक सञ्जालमा निकै चर्चा भयो। तर अमेरिकी स्वास्थ्य अधिकारीहरूले कुनै पनि स्वास्थ्योपचारका लागि त्यसको प्रभावकारिता प्रमाणित नभएको स्पष्ट परेका छन्।

अझ महत्त्वपूर्ण कुरा के हो भने चाँदीमिश्रित पदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पर्न सक्छ। त्यस्ता प्रभावमा मिर्गौला बिग्रिने, छारेरोग लाग्ने र छाला नीलो हुने रोग लाग्न सक्छ। उनीहरूका अनुसार फलाम वा जिङ्कजस्तो धातु नभएकाले चाँदीको मानिसको शरीरमा कुनै उपयोगिता छैन।

प्रत्येक १५ मिनेटमा पानी खाने

धेरै जनाले सामाजिक सञ्जालमा प्रेषित गरेको एउटा सन्देशमा एक जापानी चिकित्सकलाई उद्धृत गर्दै प्रत्येक १५ मिनेटमा पानी खानुपर्छ भनिएको छ। उनका अनुसार त्यसो गर्दा मुखबाट शरीरमा प्रवेश गरेका भाइरसलाई बाहिर निकाल्न सकिन्छ।

त्यो सन्देश अरबी भाषामा हजारौँ पटक सेयर भएको छ। तर प्राध्यापक ब्लुमफिल्डले धेरै पानी खाँदा भाइरस पखाल्न सहयोग पुग्ने प्रमाण नभएको बताइन्।

हावाबाट सर्ने भाइरसहरू श्वासनली हुँदै शरीरमा छिर्छन्। तीमध्ये केही मुखमा जान सक्छन्। तर बारम्बार पानी खाए पनि तपाईँ संक्रमणबाट जोगिन सक्नुहुन्न। तरपनि पानी खानु र शरीरमा पानीको मात्रा कम हुन नदिनु राम्रो हो।

तातोपानीको प्रयोग 

भाइरसलाई तातोले मार्ने दाबीसहित तातो पानी सेवन गर्ने, तातो पानीले नुहाउने वा कपाल सुकाउने उपकरण प्रयोग गर्ने जस्ता सुझाव पनि दिइएको छ। विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शेअर गरेका सन्देशमा यूनिसेफलाई अनुचित रूपमा उद्धृत गरिएको छ।

तिनमा तातो पानी सेवन गर्ने र घाममा बस्ने गर्नाले भाइरस मर्छन् भन्ने दाबी गरिएको छ तथा आईसक्रिम नखान सुझाव दिइएको छ।
यूनिसेफका निम्ति कोरोना भाइरससम्बन्धी मिथ्या सूचनाबारे काम गर्ने शार्लोट जोर्नित्ज्काले भनिन्, ‘युनिसेफलाई उद्धृत गरिएको यो कुरा पूर्णतः असत्य हो।’

‘फ्लू भाइरस शरीरबाहिर गर्मीमा बाँच्दैनन् भन्ने हामीलाई थाहा छ’, उनी भन्छिन्, ‘तर कोरोना भाइरसलाई कसरी तातोले प्रभाव पार्छ भन्ने अझै थाहा भएको छैन।’ प्राध्यापक ब्लुमफिल्डका अनुसार भाइरसका लागि शरीरलाई अनुपयुक्त बनाउन शरीर तातो राख्ने प्रयास गर्ने वा घाममा बस्ने कुरा पूर्णतया अप्रभावकारी हुन्।

‘एक पटक भाइरस शरीरमा पस्यो भने त्यसलाई मार्ने कुनै उपाय छैन, तपाईँको शरीरले मात्र त्यो सँग लड्ने क्षमता राख्छ।’ उनका अनुसार शरीरबाहिर भाइरस मार्न झन्डै ६० डिग्री सेल्सियस तापक्रम चाहिन्छ जुन साउना वा तातो पानीले नुहाउँदाभन्दा अत्यधिक हो।

तन्ना वा रुमाल ६० डिग्रीमा धुनु राम्रो हो। किनभने त्यसो गर्दा कपडामा भएका भाइरस मर्छन्। तर छाला सफा गर्ने यो उपाय व्यावहारिक छैन। अनि तातो पानीले नुहाउँदा वा तातो पदार्थ सेवन गर्दा शरीरको तापक्रममा परिवर्तन हुँदैन। बिरामी नभएसम्म शरीरको तापक्रम स्थिर रहन्छ।

बीबीसी नेपालीबाट

थप समाचार

बाँकेको सुइयामा कोरोना जाँच कक्ष

बाँकेको सुइयामा कोरोना जाँच कक्ष

हेल्थ टिभी अनलाइन\बाँके : कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन बाँकेको ग्रामीण सीमा नाका कटकुइँयास्थित सुइयामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ।

नरैनापुर गाउँपालिकाको सहयोगमा सोमबारदेखि सञ्चालनमा आएको कक्षमा भारतबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए। आवश्यक औषधि, उपकरण र पूर्वाधारसहित स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको उनको भनाइ छ। कार्यालयले भारतसँगको अन्य सीमावर्ती नाकामा समेत सो सहायता कक्ष स्थापनाको तयारी गरेको जनाएको छ।

भारतसँगको मुख्यनाका जमुनाहामा एक महिनाअघिदेखि नै सो कक्ष स्थापना गरी जाँच हुँदै आएको छ। नेपालगञ्ज विमानस्थलमा गत हप्तादेखि जाँच कक्ष शुरु गरिएको थियो। नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि कोरोनाको आशंकामा आउने बिरामीकाे उपचारका लागि विशेष व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार अस्पतालमा कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै आइसोलेसन वार्डको व्यवस्था गरी पाँच शय्या मिलाइएको छ। अस्पतालमा अहिलेसम्म कोरोनाकै आशंकामा कुनै पनि बिरामी परीक्षणका लागि आएका छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कैलालीकाे चिसापानीमा ‘हेल्थ डेस्क’

कैलालीकाे चिसापानीमा ‘हेल्थ डेस्क’

हेल्थ टिभी अनलाइन\कैलाली : कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश सरकारले पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ।

लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सोमबारदेखि कक्ष सञ्चालनमा ल्याएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। अहिले दुई स्वास्थ्यकर्मी खटाइएको भए पनि आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने उनले बताए।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाको टोलीले टीकापुर अस्पताल र खक्रौँलानाकामा स्थापना गरिएको स्वास्थ्य सहायताकक्षको अनुगमन गरेको छ। अस्पतालमा छुट्टै १५ आइसोलेसन वार्ड स्थापना भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले कोरोनाको संक्रमण प्रदेशमा पनि देखिनसक्ने जोखिमलाई ध्यान दिँदै पहिचान, उपचार, रोकथाम र व्यवस्थापन गर्न विभिन्न ११ वटा निर्णय गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा तीन लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

सुदूरपश्चिममा तीन लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

हेल्थ टिभी अनलाइन\डाेटी : सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिब दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन्।

अभियानमा पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवक परिचालन गरिनेछ। अभियान अन्तर्गत डोटीमा करिब २४ हजार ५५० बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए।

चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिनेछ। त्यस्तै चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका, पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाउने उनले बताए।

कुल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ। ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन जिल्ला अस्पताल डोटीका डा. ज्योति पाण्डेले आग्रह गरे। जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित रहेकोे कार्यालयको तथ्याङ्क छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

इटलीमा कोरोना सङ्क्रमण रोक्न ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

इटलीमा कोरोना सङ्क्रमण रोक्न ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ।सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्।

आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ। इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यसअघि सङ्क्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको थियो।

प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए।आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, अब हामीसँग धेरै समय छैन। प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।

सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढिरहेको बताउँदै उनले भने, हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।त्यसैले आफूले सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए। विद्यालय र विश्वविद्यालयहरू एप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्। यसअघि एउटा समाचारपत्रलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कोन्टेले भनेका थिए, ूमैले विन्स्टन चर्चिलको पुरानो भनाइ सम्झिरहेको छुस् यो हाम्रो सबैभन्दा अँध्यारो क्षण हो तर हामी सफल हुनेछौँ।

सरकारी प्रतिबन्धलाई प्रधानमन्त्रीले म घरभित्रै बस्छुु भन्ने अभियानको रूपमा प्रस्तुत गरेका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

होलीमा प्रयाेग हुने रंगको असर : छालादेखि मिर्गौला र मस्तिष्कसम्म (भिडियोसहित)

होलीमा प्रयाेग हुने रंगको असर : छालादेखि मिर्गौला र मस्तिष्कसम्म (भिडियोसहित)

नेपाल र भारतमा वसन्त उत्सवको रूपमा फागुपर्व अर्थात् होली मनाउने परम्परा छ। एकापसमा विविध रंग दल्ने र पिचकारीको माध्यमले पानी छ्याप्ने पर्वको रूपमा यो परिचित छ। इच्छा नभएका मानिसलाई रंग दलिदिने, पानी छ्याप्ने, त्यसमा पनि फोहोर मिसाएको पानी भरेर लोला हान्नेजस्ता विकृति पछि छन्, यो पर्वमा। तर मानिस सचेत भएर हो वा कानुनको डरले हो यो क्रम विस्तारै कम हुँदै गएको छ। संस्कृतिमा पछि थपिएका विकृति हटाउँदै जानु हाम्रो कर्तव्य पनि हो।

होलीको धार्मिक, सांस्कृतिक वा सामाजिक महत्व आफ्नै ठाउँ छन्। तर मैले यहाँ कुरा गर्न लागेको,  होलीमा छाला कसरी सुरक्षित राख्ने भन्ने सन्दर्भको हो। पहिलेपहिले मानिसहरू प्राकृतिक रंग प्रयोग गरेर होली खेल्थे। गुलाबपत्र, सयपत्री, बेसार, दुवो र मेहन्दी आदिबाट रंग तयार हुन्थ्यो। अर्को कुरा एकआपसमा छ्यापिने पानी सफा हुन्थ्यो।

आज त्यो अवस्था छैन। विभिन्न रसायन मिसाएर बनाएको रंग होली खेल्न प्रयोग हुन्छ। अझ कतिपयले त इनामेललगायत कडा किसिमका रंगले समेत अनुहार र शरीर रंगाएका हुन्छन्। शहरवासीले खान र दैनिक उपभोग गर्नसमेत सफा पानी नपाएको अवस्था छ। होली खेल्न सफा पानी पाउनु टाढाको कुरा हो।

होलीमा गरिने यस्ता प्रकारका गतिविधिले छालामा गम्भीर किसिमको असर पर्न सक्छ। होलीपछि मानिसहरू छालासम्बन्धी विभिन्न समस्या लिएर आउँछन्। बजारमा पाइने गाढा रंगहरुको प्रयोगले छालामा साधारण एलर्जीदेखि दीर्घकालीन समस्यासम्म निम्तिन सक्छ। होलीमा जति कडा रंग प्रयोग भयो उति राम्रो भनेको सुनिन्छ। तर स्वास्थ्यका दृष्टिले जति गाढा रंग भयो उति शरीरमा गम्भीर असर पुग्छ।रंगहरूमा धेरै रसायन प्रयोग भएका कारण एलर्जी हुने, छाला सुक्खा हुने, घाउखटिरा निस्किनेजस्ता समस्या आउँछ। यतिमात्र नभई छाला हुँदै शरीरकाे भित्री अंग मिर्गाैला र मस्तिष्कसम्म असर पुग्छ।

त्यसैले होलीमा प्रयोग हुने रंग सकेसम्म प्राकृतिक हुनुपर्छ। पानी सफा हुनुपर्छ। त्यो सम्भव नभएको खण्डमा छालालाई रंगको प्रभावबाट बचाउन क्रिम वा भिटामिन ई लोसन अथवा ‘मोस्चराइजर’ लगाउनुपर्छ। यसले छालालाई सुख्खा हुनबाट बचाउँछ। छालामा लागेको रङ छिटै हट्छ। रंग तुरुन्त सफा नगर्दा पछिसम्म दाग बस्छ।

यसले छाला पोल्ने जस्ता समस्या सिर्जना हुन सक्छ। विशेषगरी पहिले नै छालामा समस्या भएका, एलर्जी हुने र अनुहारमा डण्डीफोर भएकालाई होलीको रंगले अझ बढी समस्या उत्पन्न गराउँछ। यसले छालालाई मात्र नभई कपाल र नङमा पनि असर गर्छ।

अत्यधिक रंग र फोहोर पानीको प्रयोग कदापि नगर्नुस्। होली खेलेपछि एक दुई घण्टामै रंग पखाल्नुपर्छ। नुहाउँदा नरम किसिमको साबुन र स्याम्पो प्रयोग गर्नुपर्छ। रंग हटाउने नाममा कडा किसिमका साबुन प्रयोग गर्नुहुँदैन। रंग पखालिसकेपछि शरीर सुख्खा पारी मोस्चराइजर लोसन लगाउनु उपयुक्त हुन्छ।

विशेषगरी गर्भवती र बालबालिकाले यस्तो रंग प्रयोग नगर्नु राम्रो। होली खेलिसकेपछि निरन्तर चिलाउने, फोका उठ्ने लगायतका एलर्जी देखिए विशेषज्ञकहाँ गएर जाँच गर्न सुझाव दिन्छु।

हेर्नुहाेस् भिडियाे

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

प्याथोलोजी : बिरामीकाे रोग पहिचान गर्ने पद्धति

प्याथोलोजी : बिरामीकाे रोग पहिचान गर्ने पद्धति

कुनै पनि रोग लागेपछि त्यसको उपचार गर्न कुन समस्या हो भन्ने एकीन हुन आवश्यक छ। त्यसपछि मात्र त्यसको उपचार सही दिशामा जान्छ। बिरामीको समस्या पत्ता लगाउने यही विधिलाई नै प्याथोलोजी भनिन्छ। प्याथोलोजी भनेको ‘स्टडी अफ डिजिजेज’ अर्थात् रोग पहिचान गर्ने पद्धति हो।

प्याथोलोजीमा बिरामीको शरीरको कुनै पनि भाग (र्याल,रगत, मासु) आदि ल्याब टेस्ट हुन्छ। यसले रोग प्रमाणित गर्ने मात्र होइन उपचारका क्रममा निगरानी समेत गर्छ। उपचारले निको भइरहेको छ छैन भने पनि टेस्टपछि पत्ता लाग्छ। त्यसैले पनि गुणस्तरीय स्वास्थ्योपचारका लागि प्याथोलोजीलाई महत्त्वपूर्ण मानिएको छ।

झट्ट हेर्दा कुनै पनि बिरामीको उपचारमा फिजिसियन वा सर्जन अगाडि देखिए पनि प्याथोलोजिष्ट र रेडियोलोजिष्ट को भूमिका महत्त्वपूर्ण हुन्छ। रेडियोलोजी भनेको अल्ट्रासाउण्ड, यूसएजी आदिबाट रोगको पहिचान गर्ने पद्धति हो।

ल्याबका सम्पूर्ण टेस्टसहित प्याथोलोजीमा अन्य थुप्रै शाखा छन्, साइटोलोजी (एफएनएसी), प्याप्समेयर, हिस्टोप्याथोलोजी आदि। रोग पहिचानमा यी सबैको अलगअलग भूमिका हुन्छ। यी जाँचले बिरामीको सही उपचारसम्म पुग्न मद्दत गर्छ।

शरीरको कुनै पनि अंगमा गाँठागुँठी आएको केसमा ‘साइटालोजी’ जाँचबाट समस्या पत्ता लगाइन्छ। विशेषगरी घाँटीको समस्यामा, जस्तै, थाइराइड बढेको, र्याल ग्रन्थी बढेको आदि समस्यामा यो पद्धतिबाट रोग पहिचान गरिन्छ। यसमा सिरिञ्जबाट पानी निकालेर सेलको जाँच गर्छौँ। ट्युमर, क्यान्सर आदि पनि यसै पद्धतिबाट पत्ता लाग्छ। कुन किसिमको वा कुन तहको क्यान्सर भन्ने पहिचान हुन्छ।

‘हिस्टोप्याथोलोजी’बाट अप्रेसन गरेर वा बायोप्सी गरेर निकालिएको टिस्युको अध्ययन गरेर रोग पत्ता लगाइन्छ। अप्रेसनअघि कुनै पनि अंगको मासुको टुक्रा निकालेर कुन उपचारमा जाने भन्ने तय ‘बायोप्सी’ परीक्षणले गर्छ। कलेजो, पित्तको थैली, एपेण्डिक्स आदिमा बायोप्सी  गरिन्छ।

ट्युमर शरीरमा अनावश्यक सेल बढेर हुन्छ। यो दुई प्रकारको हुन्छ बिनाइन र मेलिनन। बेनाइन ट्युमर भनेको अर्को अंगलाई प्रभाव नपार्ने किसिमको हुन्छ। मेलिनन ट्युमरले अर्को अंगलाई समेत प्रभाव पार्छ। यसलाई एफएनएसीको सहायताबाट पहिचान गर्न सकिन्छ।

क्यान्सर पत्ता लगाउन पाठेघरको मुखबाट ‘स्याम्पल’ निकालेर जाँच्ने पद्धतिलाई ‘प्याप स्मेयर’ भनिन्छ। नियमित जाँचेर चाँडै पाठेघर क्यान्सर पत्ता लगाउन सके समयमै उपचार गर्न सकिन्छ।

कुनै पनि रोगको डाइगनोसिसको क्रममा उपचार गर्ने चिकित्सक र बिरामीसँग हामी निरन्तर सल्लाह गरिरहेका हुन्छाैँ। हाम्रो सहयोगविना उपचार सहज हुँदैन। चिकित्सक र बिरामीको सहयोगविना हाम्रो जाँच सहज हुँदैन। ‘टिमवर्क’मा रहेर मात्र राम्रो परिणाम आउँछ।

हेर्नुहाेस् भिडियाे :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कोरोना भित्रिन नदिन सचेतना

कोरोना भित्रिन नदिन सचेतना

हेल्थ टिभी अनलाइन\बागलुङ : कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दैजिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन्।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक कार्यक्रम तथा सभा सञ्चालन नगर्न र आम नागरिकलाई पनि भीडभाडमा नजान अपिल गरेको प्रजिअ गौलोचन सैंजुले बताए। कारागारका बन्दीलाईसमेत स्वास्थ्यको ख्याल गर्न र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएको उनले जानकारी दिए।

काेराेनासम्बन्धी सचेतनाका लागि विभिन्न राजनीितक दलले समेत कार्यक्रम गर्न थालेका छन्। यता अधिकांश विद्यालयले यही फागुन २८ गते देखिनै परीक्षा सञ्चालनको तयारी गरेका छन्।

आगामी चैत ५ गतेभित्र परीक्षा सकेर एक महिना लामो बिदा दिने विद्यालयको तयारी छ । सरकारले पनि यो अभियानको थालनी गरेकाले सबै विद्यालयमा तयारी भएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

इटालीमा एक करोड ६० लाख ‘क्वारेन्टाइन’मा, मृत्यु हुनेको संख्या २३० पुग्यो

इटालीमा एक करोड ६० लाख ‘क्वारेन्टाइन’मा, मृत्यु हुनेको संख्या २३० पुग्यो

कोरोना भाइरस संक्रमण फैलिएको इटालीको लोम्बार्डीसहितका क्षेत्रमा करिब एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ।

उनीहरूलाई अप्रिल महिनाको शुरुसम्म अलग्गै निगरानीमा राखिने सञ्चारमाध्यमले जनाएका छन्। युरोपेली मुलुकमध्ये इटालीमा कोरोना भाइरस संक्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ संक्रमित मानिसको संख्यामा व्यापक वृद्धि भएको थियो।

इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी अप्रिल ३ सम्म लागु हुनेछन्। इटालीमा संक्रमणका कारण  मृत्यु हुने मानिसको संख्या २३० पुगेको छ। अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुगेको छ।

संक्रमित पुष्टि भएकाको संख्या शनिवार मात्रै एक हजार २०० ले बढेर पाँच हजार ८८३ पुगेको थियो।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अस्पताल आफैँ बिरामी

अस्पताल आफैँ बिरामी

हेल्थ टिभी अनलाइन\ झापा : पूर्वोत्तर झापास्थित आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ।

आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो। सम्झौतामा तीनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो।

तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल आफैँ बिरामीजस्तो भएको छ। स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पुर्याउने यो अस्पतालको लक्ष्य थियो।

साझेदारमध्येको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताए । ‘सहयोग कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पुर्याउन नसकेको हो’, उनले भने, ‘पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ।

स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उनको आरोप छ। मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रूपमा रहेको यो अस्पताल सञ्चालनका लागि बर्सेनि करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिना बताउँछन्।

अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण बिरामी आउन छाडेको जानकारी दिए। केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिएको बताए।

दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ। मर्मत गरेर पनि नचल्ने स्थिति रहेकाले कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘माफ गर्नुहाेस्, यहाँ मास्क छैन’

‘माफ गर्नुहाेस्, यहाँ मास्क छैन’

हेल्थ टिभी अनलाइन\भक्तपुर : भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ। च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण्याएका छन्।

औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्याण्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँसेकाे साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापतिले बताए। एक सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको जानकारी उनले दिए।

आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि मास्क बिक्री गर्न नपाएको बताए। ‘कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन’, उनले भने, ‘अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो।’

च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औषधिको पनि अहिले माग बढेको बताउँछन्। उत्पादक कम्पनीले चीनलगायतका देशमा महँगोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्याण्ड सेनिटाइजर अभाव भएको बताइएको छ।

काठमाडौँको बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले ‘मास्क छैन’ भन्ने सूचना टाँसेका हुन्।

यहाँको सिङ्गो बजारमा यतिखेर मास्क र ह्याण्ड सेनिटाइजर छैन। सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन। समाचार रिपोर्टिङको क्रममा जिल्लाका शहरी क्षेत्रका छ अस्पताल ४० औषधि पसलमा पुग्दा कतै पनि मास्क र ह्याण्ड सेनिटाइजर छैन। सबैबाट सकियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ।

जिल्ला अस्पतालमा मास्क र ह्याण्ड सेनिटाइजर लिन आएका भोलाछेँका रामसुन्दर श्रेष्ठले जिल्लामा कतै पनि नपाएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कहिलेसम्म बन्ला कोरोना भाइरसविरुद्धको खोप?

कहिलेसम्म बन्ला कोरोना भाइरसविरुद्धको खोप?

नयाँ कोरोना भाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ संक्रमणहरू सार्वजनिक भइरहेका छन्। अहिलेसम्म कोरोना बाट मानिसलाई बचाउने खोप बनेको छैन।

वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र त्यसलाई जनावरमाथि परीक्षण गरिरहेका छन्। जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण हुनसक्छ।

तर यो वर्षको अन्त्य अगाडि नै वैज्ञानिकहरूले खोप पत्ता लगाएको दाबी गरे पनि त्यसलाई ठूलो संख्यामा बनाउन समय लाग्नेछ। यसको अर्थ सबैभन्दा छिटो खोप उपलब्ध हुने समय भनेको सन् २०२१ को बिचतिर मात्रै हो।

तर खोप विकासको सबै कुरा सहज नहुन सक्छ जसले यसलाई ढिलो बनाउन सक्छ। मानिसमा अहिले चार प्रकारको कोरोना भाइरस संक्रमण छ। सबैले रुघाखोकी लगाउँछ र हामीसँग कुनैको पनि खोप छैन।

के खोपले सबै उमेरका मानिसलाई बचाउँछ?

खोप बनेपनि यो वृद्ध मानिसहरूमा कम सफल हुनेछ। यस्तो खोपका कारणले नभई वृद्ध मानिसहरूको रोगप्रतिरोधी क्षमता कम हुने कारणले हो।

सिटामोलसहित सबै औ‍षधिहरूको साइड इफेक्ट हुन्छ। तर खोपको परीक्षण राम्ररी नगरी यसको साइड इफेक्टहरूबारे थाहा हुन सक्दैन।

खोप नबनेसम्म के उपचार छ त?

खोपले संक्रमणबाट जोगाउँछ र खोप लिने सही समय संक्रमण अगाडि स्वस्थ अवस्थामा नै हो। नयाँ कोरोना भाइरसको संक्रमण भएको छ भने धेरै मानिसहरूमा यसको असर सामान्य हुन्छ। केही एन्टिभाइरल औषधिहरू परीक्षण भइरहेका छन् तर त्यो कहिले तयार हुन्छ भन्ने अहिल्यै भन्न सकिन्न।

खोप कसरी बन्छ?

खोपले थोरै संख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ जसले हाम्रो शरीरले त्योसँग लड्न सिक्छ। र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ।

खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पूरै संक्रमण गर्न सक्दैनन्। तर नयाँ कोरोना भाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेका छन्। यसको अनुवांशिक कोड थाहा भएको भएर वैज्ञानिकहरूले यो भाइरस निर्माण गर्न सक्छन्।

केही वैज्ञानिकहरूले कोरोनाभाइरसको कोडलाई अर्कै हानिरहित भाइरसमा हालेर परीक्षण गरिरहेका छन्। यदि यो विधि सफल भयो भने शरीरमा हानिरहित भाइरस पठाएर कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ।

अन्य वैज्ञानिकहरूले भने यसको डीएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेका छन्।

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चीनमा क्वारेन्टाइन भत्कियो, ४७ जनाको उद्धार

चीनमा क्वारेन्टाइन भत्कियो, ४७ जनाको उद्धार

दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोना भाइरस संक्रमण भएकालाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको छ।

च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा करिब ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। घटना स्थानीय समयअनुसार साँझ ७ः३० बजे भएको थियो।

कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले संक्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो। उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि संक्रमितको संख्या एक लाख नाघेको छ। मृत्यु हुनेकाे संख्या तीन हजार कटेको छ।

अधिकांश संक्रमण र मृत्यु चीनको हुबे प्रान्तमा भएको तथ्याङ्कले देखाउँछ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना जाँच प्रभावकारी बनाउन स्वास्थ्य राज्यमन्त्री रावतको निर्देशन

कोरोना जाँच प्रभावकारी बनाउन स्वास्थ्य राज्यमन्त्री रावतको निर्देशन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरस (कोभिड १९) प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुना हनाकास्थित नेपाल–भारत नाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को अवलोकन गर्दै राज्यमन्त्री रावतले नेपाल प्रवेश गर्ने सबैलाई जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे।

नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।

स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाइ यात्रुलाई लक्ष्य गरी परीक्षण कक्ष स्थापना गरेको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, तीन हजार ५०० को मृत्यु

कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, तीन हजार ५०० को मृत्यु

विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नाघेको छ।

संयुक्तराज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार भाइरसको प्रकोपबाट संक्रमित हुनेको संख्या एक लाख ११३ पुगेको हो।

तथ्यांकअनुसार प्रकोपबाट संक्रमितमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ। चीनमा मात्र ८० हजारलाई संक्रमण भएको विश्वविद्यालयद्वारा प्रकाशित तथ्यांकमा उल्लेख छ।

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको संक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ।

अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबारसम्म तीन हजार ५०० नाघेको छ। यस भाइरसको संक्रमण ९२ देशमा फैलिएको छ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी छ हजार ७६७ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ।

कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त समाचारमा जनाइएको छ। त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएको हो। त्यसैगरी गरी इटालीमा तीन हजार ९१६ जनामासंक्रमण भएको पाइएको छ।

संयुक्तराज्य अमेरिकाको कोरोना भाइरसका कारण दुई व्यक्तिको मृत्यु भएको छ। यहाँ पनि यस भाइरस हुनेको संख्या १६ पुगेको बताइएको छ। संयुक्तराज्य अमेरिकामा २०० सय भन्दा बढी व्यक्तिमा यस भाइरसको संक्रमण देखिएको छ।

यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँच जनाको ज्यान गएको छ। स्पेनमा संक्रमित हुने व्यक्तिको संख्या ३६५ पुगेको छ। यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितको संख्या बढ्दै गएको छ।

नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना वृद्धको ज्यान गएको  स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरूले जानकारी दिएका छन्।

इरानमा  मृत्यु हुनेको संख्या १२४ पुगेको छ। इरानको सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो।इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शुक्रबार साँझसम्ममा चार हजार ७४४ जना संक्रमित रहेको जानकारी दिए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार, खान थाले खाना

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार, खान थाले खाना

हेल्थ टिभी अनलाइन\काठमाडौं : चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनक सुधार भइरहेको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरूपमा सुधार भइरहेकाले साधारण खाना दिन थालिएको बताए।

प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनुका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ। प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेको उनले जानकारी दिए।

प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ। उनको पनि स्वास्थ्यसम्बन्धी सूचक सामान्य छन्। सङ्ग्रौलाले पनि साधारण खाना खानाका साथै हिँडडुल गर्न थालिसकेको खड्गाले जानकारी दिए।

यसैबीच चीनका राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्। लिखित सन्देश पठाउँदै राष्ट्रपति सीले ओलीको स्वास्थयलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।

ताजा अपडेट