Health TV Online

चिनियाँ राष्ट्रपति सीले भने, कोरोना महामारीलाई मिलेर सामना गरौँ

चिनियाँ राष्ट्रपति सीले भने, कोरोना महामारीलाई मिलेर सामना गरौँ

चीनका राष्ट्रपति सी जिन पिङले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध युद्धस्तरमा लड्न आग्रह गर्ेका छन्।

विश्वका प्रमुख २० औद्योगिक राष्ट्रको समूह जी–२० को शिखर बैठकलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसका कारण सिर्जित स्वास्थ्य एवं आर्थिक समस्यासँग जुध्न बहुपक्षीय सहयोग आवश्यक रहेको बताए।

‘अन्तर्राष्ट्रिय समुदायले आफ्नो आत्मविश्वासलाई अझ सुदृढ गर्नु आवश्यक छ’, राष्ट्रपति सीले भने, ‘एकताबद्ध भएर कार्य गर्नु पर्दछ र मिलेर नै समस्या सुल्झाउनु पर्छ।’

राष्ट्रपति सीले सूचना आदानप्रदान गर्न, औषधि, खोप र महामारी नियन्त्रण सम्बन्धी पारस्परिक सहयोगलाई थप सुदृढ गर्न तथा संक्रमण रोक्न अन्तरदेशीय सीमा बन्द गर्न तत्कालै स्वास्थ्य मन्त्रीहरूको बैठक आयोजना गर्नुपर्नेमा जोड दिए।

जी–२० को यस पटकको बैठकको अध्यक्षता साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गरेका छन्। विश्वभर ठूलो संख्यामा कोरोना संक्रमित भएका र मृतकको संख्या बढ्दै गएको अवस्थामा जी–२० को शिखर बैठक हो। यो पटकको बैठकलाई ‘लाइभ स्ट्रिमिङ’ मार्फत् सञ्चालन गरिएको थियो।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण विश्वभर पाँच लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भन् २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘पहिले सुरक्षा उपकरण उपलब्ध गराऊ, उपचार गर्न हामी तयार छौँ’

‘पहिले सुरक्षा उपकरण उपलब्ध गराऊ, उपचार गर्न हामी तयार छौँ’

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ।

संघले शुक्रबार विज्ञप्ति निकालेर नेपालका चिकित्सक कोरोना भाइरस रोकथाम र उपचारका लागि तयार रहेको भन्दै संघले आधारभूत सुरक्षा सामग्री भने उपलब्ध गराउनुपर्ने बताएको हो।

संघले कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मी ठूलो संख्यामा संक्रमित भएका भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सिफारिस गरेबमोजिम उपचार प्रक्रियाका लागि आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न माग गरेको छ।

ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै संघले आपत्ति जनाएको छ।

महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन माग गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘बीएण्डसी’ अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन चाहन्छु: प्रसाई

‘बीएण्डसी’ अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन चाहन्छु:  प्रसाई

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालकले कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिने घोषणा गरेका छन्।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिरहेका बेला नीजि क्षेत्रको पनि दायित्व रहेको भन्दै आफनो अस्पताल सरकारलाई दिने घोषणा गरेको बताए । उनले हेल्थ टिभी अनलाइनसँग भने, ‘मैले मेरो अस्पताल कोरोना संक्रमित बिरामीको उपचारका लागि सरकारलाई दिने घोषणा गरेको हुँ। यस विषयमा स्वास्थ्य मन्त्रालयसँग पनि कुरा भइसकेको छ । सरकारले यसलाई नै कोरोना उपचारका लागि मुख्य अस्पताल बनाउँदा पनि हुन्छ । तर हाम्रा डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई लगायतका अत्यावश्यक सामग्री भने उपलब्ध गराउनुपर्छ ।’

उनले ८ सय नर्मल बेड, एक सय वटा आईसीयू, २५ वटा भेन्टिलेटर, एक सय ५ जना विशेषज्ञ डाक्टर, नर्स लगायत लगभग एक हजार जना कर्मचारी रहेको अत्याधुनिक उपकरणसहितको बी एण्ड सी अस्पताल सरकारले कोरोनाको उपचारमा प्रयोग गरेर अहिलेको समस्या टार्न सक्ने बताएका छन्।  उनले देशलाई परेको यो संकटका बेला आफ्नो अस्पतालले जे जस्तो सहयोग चाहिए पनि गर्न तयार रहेको पनि जिकीर गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनले घरभित्रै बस्न बाध्य बालबालिकाको हेरचाह यसरी गरौँ

लकडाउनले घरभित्रै बस्न बाध्य बालबालिकाको हेरचाह यसरी गरौँ

हेल्थ टिभी अनलाइन : कोरोना भाइरसको संक्रमणका कारण विश्वका धेरै देशसहित नेपाल पनि पुर्ण रुपमा लक डाउन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले नेपाल लकडाउन गरेको हो । जसका कारण कलकारखाना, यातायात व्यापार, व्यवसाय सबै ठप्प प्राय छन्। सरकारले सबै नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । यतिखेर बालबालिकाका विद्यालय पनि बन्द छन् । बालबालिकाहरु घरबाहिर निस्कन पाएका छैनन् । यसअघि हुने यस्ता लामो बिदामा बालबालिका आफन्तजनकोमा जाने, घुम्ने, रमाइलो गर्ने गर्थे तर अहिले घरको कोठामै बस्नु पर्ने बाध्यता भएको छ । त्यसैले अभिभावकले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।

अभिभावकलाई कोराना संक्रमणको असर र जोखिमबारे थाहा भएपनि बालबालिकालाई यसबारे जानकारी नहुन सक्छ । लामोसमयसम्म घरमै कोठामै बन्देज भएर बस्दा बाल बालिकाहरुमा मनोवैज्ञानिक असर पर्न जान्छ त्यसैले अभिभावकहरु विशेष सचेत हुन जरुरी छ । यस्तो बेला अभिभावकको भूमिकाअझै महत्वपुर्ण हुन्छ ।

अभिभावकहरु यो बेला आत्तिनु हुँदैन । अभिभावक नै डराउँदा यसको असर बालबालिकालाई पर्न जान्छ । बालबालिकालाई हामी सुरक्षित छौँ भनेर आश्वस्त बनाउनुपर्छ । कोरोना भाइरस संक्रमण हुने कारण र अपनाउनु पर्ने सावधानीहरुबारे उनीहरुलाई पनि राम्रोसँग जानकारी गराउनुपर्छ ।

अभिभावकहरु यो बेला आत्तिनु हुँदैन । अभिभावक नै डराउँदा यसको असर बालबालिकालाई पर्न जान्छ । बालबालिकालाई हामी सुरक्षित छौँ भनेर आश्वस्त बनाउनुपर्छ । उनीहरुमा असुरक्षाको भावना पैदा गर्नु हुँदैन । उनीहरुलाई डर देखाउनु हुँदैन। कोरोना भाइरस संक्रमण हुने कारण र अपनाउनु पर्ने सावधानीहरुबारे उनीहरुलाई पनि राम्रोसँग जानकारी गराउनुपर्छ ।

घरमा बस्दा के गर्ने ? के नगर्ने ?
१) अभिभावकहरुले अनावश्यक डर उत्पन्न हुने समाचार, भिडियो तथा अन्य नकारात्मक कुराहरु बच्चाहरुको अगाडी नगर्ने, नदेखाउने ।
२) बालबालिकाको सरसफाइमा विशेष ध्यान दिने । माक्सको प्रयोग, सावुन पानीले हात धुने तरिका र स्यानिटाइजर प्रयोग गर्न सिकाउने ।
३) बालबालिकाको रुची अनुसारका क्रियाकलापहरु गराउने, गीत गाउने, नाचगान, कथाका कितावहरु, बालपत्रिका वा उनीहरुले मन पराउने पाठ्य सामाग्री दिने ।
४) रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्न खोनेकुरामा विशेष ध्यान दिने । झोलिलो खानेकुरा, दुध, अन्डा, फलफुल सँग गेडागुडीजस्ता खानेकुरा खुवाउने ।
५) यो समय मौसम परिवर्तनको पनि समय भएकोले मौसमी रुघाखोकी, ज्वरो आउन सक्छ । त्यसैले हरेक दिन तातो पानी, अदुवा, बेसार, तुलसीको पात जस्ता घरेलु सामग्री प्रयोग गरेर पानी खुवाउने ।
६) बालबालिकालाई कोराना संक्रमणको लक्षणसँग मिल्दोजुल्दो लक्षणहरु देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरिहाल्ने ।
७) घरमा कसैलाई रुघाखोकी, ज्वरो आएको छ भने बच्चाहरुलाई उनीहरु नजिक नराख्ने । बच्चाहरुलाई घरबाहिर जानै नदिने, घरको छतहरुमा सावधानीपूर्वक डुलाउने, खेलाउने । विहानको घाममा बस्न लगाउने ।
८) मोबाइल वा ट्यावमा गेम मात्र खेल्न दिँदा बालबालिकालाई मोबाइलको लत बस्न सक्छ । उनीहरुलाई गेममा मात्र नभइ अन्य ज्ञानबर्धक सामाग्री हेर्न सिकाउने ।
९) घरका सवै परिवार बसेरसँगै टिभीमा भएका रमाइला र ज्ञानबर्धक तथा मनोरञ्जनका सामग्री हेर्ने ।
१०) बालबालिकाहरुलाई घरभित्रै उनीहरुले सक्ने कामहरु लगाउन सकिन्छ । उनीहरुको उमेर अनुसार घरका सामानहरु मिलाउने, सफासुग्घर गर्ने तथा अभिभावकको निगरानीमा पानी उमाल्न, चिया पकाउन, तरकारी केलाउन सिकाउन सकिन्छ । यसो गर्दा उनीहरुको समय  सजिलै बित्छ र केही कुरा सिक्छन पनि ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना गरियो

प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना गरियो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमा असहज महशुस गरेपछि बिहिबार राती अस्पताल भर्ना गरिएको हो ।

उनको मुटुको चालमा केही समस्या देखिएको थियो । अहिले सुधार भएको र आजै डिस्चार्ज हुनसक्ने अस्पताल स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा गत फागुन २१  गते  दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

युरोपमा मात्रै दुई लाख ५० हजारलाई कोरोना संक्रमण

युरोपमा मात्रै दुई लाख ५० हजारलाई कोरोना संक्रमण

युरोपमा बिहीवारसम्म दुई लाख ५० हजार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने सात हजारभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले जनाएको छ।

डब्लूएचओले स्पेन विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको जनाएको छ। स्पेनमा चार हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १८८ जना संक्रमित भएका छन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६५५ जनाको मृत्यु भएको छ। यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो।

स्पेनमा मार्च १३ देखि संकटकाल र लकडाउन घोषणा गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओलीले चिकित्सकलाई भने, हामी सँगै छौँ

प्रधानमन्त्री ओलीले चिकित्सकलाई भने, हामी सँगै छौँ

हेल्थ टिभी अनलाइन\ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चिन्ता नलिई उपचारमा खटिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।

बिहीबार अपराह्न ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकार सँगै रहेकाले चिन्तित नभई काम गर्न आग्रह गरेका हुन्।

सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड–१९ बच्ने सामग्री नभएको समाचार आएपछि उनले ट्वीटमार्फत उनीहरुलाई आश्वस्त पार्न खाजेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको कहर : अमेरिकामा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

कोरोनाको कहर : अमेरिकामा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ। यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३०० को हाराहारीमा मानिसको मृत्यु भएको छ।

कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको दुई खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ। यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ।

सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक दुवैपार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो। अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो।

अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन्।

कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैँ अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन्।

न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शय्या र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन्। उनीहरूले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोना भाइरस : अहिलेसम्म ७५८ को परीक्षण, तीनजनालाई संक्रमण

२५ अस्पताललाई ‘फिवर क्लिनिक' सञ्चालन गर्न १०\ १० लाख दिइने

नेपालमा कोरोना भाइरस : अहिलेसम्म ७५८ को परीक्षण, तीनजनालाई संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको आशंकामा ७५८ जनाको परीक्षण गर्दा तीनजना बाहेक सबैको नेगेटिभ नतिजा आएको जानकारी दिएको छ।

मन्त्रालयले बिहीवार गरेको पत्रकार सम्मेलनमा सचिव यादवप्रसाद कोइरालाले तीन नेपालीमा कोरोना भाइरस पोजेटिभ भएको देखिएकामा एकजनालाई पूर्ण रुपमा ठीक भएको र अन्य दुई जनाको उपचार भइरहेको जानकारी दिए।

विदेशबाट आउनेले क्वारेन्टाइनमा बस्ने र आशंका भएमा आइसोलेसनमा बस्ने नियम अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए। त्यसपछि लक्षण देखिए अस्पतालमा नमुना परीक्षण गर्नुपर्ने र त्यसको थप उपचार सरकारले अगाडि बढाउने प्रष्ट पारे।

सचिव कोइरालाले देशभर २५ अस्पताललाई ‘फिवर हब’ का रूपमा सञ्चालन गर्न तोकिएको बताए। उनले सञ्चालनका लागि आवश्यक उपकरण किन्न प्रत्येक अस्पताललाई  १० लाख रुपैयाँ उपलब्ध गराइसकेको जानकारी दिए। उनले धेरै डराइकन विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार छ फिट टाढा बस्ने, साबुनपानीले वेलावेलामा हात धोइरहन र सकेसम्म घरमै बस्न आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगंजमा क्वारेन्टाइन स्थलको बिजोग: न सुत्ने बेड छ, न बाथरुम नै !

नेपालगंजमा क्वारेन्टाइन स्थलको बिजोग: न सुत्ने बेड छ, न बाथरुम नै !

हेल्थ टिभी अनलाइन \बाँके : कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न गतिविधिहरु गरिरहेको बताउँदै आएको छ । त्यसो त दैनिक रुपमा बैठक बस्ने, भाषण गर्ने, निर्णय सुनाउने काम पनि भइ नै रहेका छन्। तर वास्तविक पीडितको पीडा भने सम्बोधन हुन सकिरहको छैन्। यसको ज्वलन्त उदाहरण हो नेपालगंजको क्वारेन्टाइनस्थल । यद्यपी सरकारले भने क्वारेन्टाइनस्थल एवं आइसोलेसनमा बस्ने सबैको उचित ब्यवस्थापन गरेको बताउँदै आएको छ ।

नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसलाई त्यस क्षेत्रका सम्भावित संक्रमित राख्ने क्वारेन्टाइनस्थल बनाइएको छ । सरकारी क्याम्पसलाई क्वारेन्टाइनस्थल त बनाइयो तर  न त बस्नको राम्रो प्रबन्ध छ न त सरसफाइमा ध्यान नै दिइएको छ । एउटा पातलो म्याट भुईमा ओछ्याएर सुत्ने बनाइएको छ । जबकी नेपालगंज यतिखेर लामखुट्टे धेरै नै आउने मौसम पनि हो ।

क्वारेन्टाइनस्थलमा बस्नेका लागि नत झुल छ नत अरु कुनै व्व्यवस्था । बाथरुमको त कुरै नगरौं सबैका लागि एउटै बाथरुम छ त्यो पनि पानी रसाएर खुट्टा राख्न पनि गाह्रो छ । क्वारेन्टाइनमा रहनेहरुले आफूहरु कोरोनाको भन्दा पनि यहाँ आएर अन्य रोग लागेर बिरामी हुने होकी भन्ने चिन्ता लागेको बताएका छन्।

उक्त क्वारेन्टाइनमा फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै आउने ब्यक्ति पनि रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना सतर्कता: बैतडीका मन्दिरमा पशुबली निषेध गर्ने निर्णय

कोरोना सतर्कता: बैतडीका मन्दिरमा पशुबली निषेध गर्ने निर्णय

हेल्थ टिभी अनलाइन \बैतडी: कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जिल्ला विपद व्यवस्थापनको बैठकले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने विषयमा छलफल गरेको छ ।

बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने विषयमा छलफल भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए । उनले भने, ‘यहाँ चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको छ । त्यसलाई निषेध गर्ने विषयमा छलफल भएको र सुरक्षा निकायले त्यसलाई लागू गर्ने बताएको छ ।’

यो सँगे बैतडीका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त बैठकले भारतसँग जोडिएका ९ वटा नाकाहरुमा अझै कडाई गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बीपी प्रतिष्ठानमा भोलिदेखि कोरोना परीक्षण

बीपी प्रतिष्ठानमा भोलिदेखि कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन\काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यसतर्फ पठाएपछि शुक्रवारदेखि त्यहाँ परीक्षण हुन लागेको हो।

मन्त्रालयले पहिलो चरणमा १२० वटा स्याम्पल परीक्षण गर्न सक्ने किट पठाएको बताइएको छ। थप किट केही दिनमै पठाउने तयारी हुँदैछ।

कोरोना रोकथाम उच्चस्तरीय समितिले केही दिनअघि वीर अस्पताल काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रेमा पनि कोरोना भाइरस परीक्षण शुरु गर्ने निर्णय गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा संक्रमितको संख्या ६७०

कोरोना संक्रमण इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा संक्रमितको संख्या ६७०

कोरोना भाइरस अति प्रभावित इटालीमा सात हजार ५०३ जनाको मृत्यु भएको छ। ७४ हजार ३८६ जना संक्रमित छन्। स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या तीन हजार ६४७ पुगेको छ।

स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा संक्रमण बढिरहेको जनाइएको छ।

स्पेनमा पनि लकडाउन गरिएको छ। केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्। आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन संसदमा मतदान गरिने भएको छ।

यता छिमेकी भारतभर कोरोनाभाइरस संक्रमितहरूको संख्या ६७० नाघेको छ। भारतमा १३ जनाले ज्यान गुमाएका छन्। संक्रमणको संख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ।

विश्वभर हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन्। २१ हजार २९७ ले ज्यान गुमाएका छन्। तर एक लाख १० हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

Embassy requests GoN to assist for departure of US citizens from Nepal

Embassy requests GoN to assist for departure of US citizens from Nepal

Health TV Online/Kathmandu: In response to the growing COVID-19 cases, the Embassy of the United States of America in Nepal has requested to the Government of Nepal (GoN) to assist the former to facilitate the departure of U.S. citizens from Nepal.

The Embassy is exploring flight options that will depart from Kathmandu once the permission is granted. “At this time we have no further details, including timeline for these arrangements, but will provide them as they become available”, the embassy’s health alert issued on Thursday stated.  Arrangements such as these take time, as there are many moving parts, so we ask for patience and that all shelter in place until we have further information about a flight or multiple flights, the embassy added.

Through the alert the Embassy has asked all U.S. citizens who are interested in departing Nepal, even if they have already been in contact, to fill out the web-based Microsoft Form that includes name, date of birth, gender, passport number, passport expiration date, and location.

थप समाचार

Young people call for all SRH services, including safe abortion rights

Young people call for all SRH services, including safe abortion rights

WHO responds to U.S. decision to withdraw from the organization

WHO responds to U.S. decision to withdraw from the organization

State actors undermining SRHR : WGNRR warns of global backlash

State actors undermining SRHR : WGNRR warns of global backlash

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Japan provides mammography equipment to Nepal Cancer Care Foundation

Japan provides mammography equipment to Nepal Cancer Care Foundation

Overlooked and Underpaid, Nepal’s Pregnant Sanitation Workers Suffer During COVID-19

Overlooked and Underpaid, Nepal’s Pregnant Sanitation Workers Suffer During COVID-19

Experts call for ensuring access to safe abortion services in COVID context

Experts call for ensuring access to safe abortion services in COVID context

The battle against COVID-19 in Nepal

How can the national lock down be made a success?

The battle against COVID-19 in Nepal

Health TV Online/Kathmandu: Amidst the global pandemic of COVID-19, with very few nations spared and with new cases detected in Nepal daily, our nation seems to be at the verge of facing the surge of cases in the coming days. As obvious, the health care system of Nepal is primitive and can never deal with a big epidemic. Our health care capacities will be very rapidly overwhelmed. The best and the only effective strategy for this battle of Nepal against COVID-19 is to prevent the cases as much as possible and to flatten the curve of the disease so that we see lesser cases at a time. With that, we can better utilize our limited resources and better care for those affected.

The national lock down imposed by the government aims to limit the spread of the disease among people by largely limiting the movement of people, unless deemed necessary. The efforts put on by police and traffic personnel are commendable. Of note, we do need to educate people so that the public knows the aim of lock down and how it will help the nation and potentially avert the impending disaster that we cannot handle. We do need to learn from what world faced and had been through in the last months. We cannot just wait and assume that God will save us. From the past months we have been learning more and more about the disease. The spread is exponential or the cases multiply rather than the matter of summing up.

 What we can learn from other nations is that as the preventive measure, simple and doable things are highly effective. Frequent and proper hand washing helps lot. Use of soap is equivalent to or even better than using hand sanitizer. The hand washing guide from WHO and other international bodies, which contains 7 steps, are highly effective, simple and easy to learn. Public should be aware of it.

Social distancing is of paramount importance. Staying at least 1 to 2 meters apart at any places largely minimize disease transmission. I could repeatedly notice that it is totally lacking among public. Even when there is opportunity for social distancing, I do see people moving together as before. It is time to modify our way of living. There is higher danger of getting the concept of social distancing breached in crowded places. With almost all the services and shops closed during this national lock down, the essential services will continue. The hospitals will continue to function, to treat the emergencies and to treat possible cases of COVID-19. Medical stores will remain open to continue the supply of essential drugs.

The national lock down imposed by the government aims to limit the spread of the disease among people by largely limiting the movement of people, unless deemed necessary. The efforts put on by police and traffic personnel are commendable. Of note, we do need to educate people so that the public knows the aim of lock down and how it will help the nation and potentially avert the impending disaster that we cannot handle. We do need to learn from what world faced and had been through in the last months. We cannot just wait and assume that God will save us. From the past months we have been learning more and more about the disease. The spread is exponential or the cases multiply rather than the matter of summing up.

At the same time, the supply of food items will remain continues, being the essential needs of human. Rather than continuing our traditional way of going to the department store, the public need to modify the way they would be going for shopping. People should be patient, and be in cue while waiting to enter the shop. Only a limited number of people need to be in the shop at a time, with conscious and voluntary social distancing while in the shopping store. The store need to be well ventilated. Each individual should not spend a lot of time in the store and leave quickly after grabbing their essential items. Public need to avoid stockpiling and at the same time, government need to assure reliable supply of food products during the time of lock down. The shopkeepers at the counter look vulnerable to exposure to large number of vendors and should maintain social distancing or use physical barriers (example a glass partition to avoid close contact) when feasible. The stores need to be open for long hours and the duration of opening should be fixed. At the same time public need to be patient and avoid crowding and try to avoid the timing of shopping when we would expect large number of people. It will be wise to wash hands both before entering the store and after coming out of the store. In the era of internet online shopping need to encouraged. That would limit the number of people moving for shopping and possible breach in the effectiveness of lock down.

It is now or never. Unless we stay meticulous to avoid the spread of COVID-19, and stay on front foot in the battle, we may not be far from the doom’s day that Italy is fighting and getting defeated with. The shopping centers can potentially be the major epicenter of virus spread despite the national lock down if we fail to think wisely and on time. Let us all stay safe, responsible and conscious.

थप समाचार

Young people call for all SRH services, including safe abortion rights

Young people call for all SRH services, including safe abortion rights

WHO responds to U.S. decision to withdraw from the organization

WHO responds to U.S. decision to withdraw from the organization

State actors undermining SRHR : WGNRR warns of global backlash

State actors undermining SRHR : WGNRR warns of global backlash

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Editor Acharya bags Global Award for AMR UNGA Reporting

World leaders commit to action to ensure future of modern medicine

World leaders commit to action to ensure future of modern medicine

World leaders urged to be more decisive in preventing AMR 

World leaders urged to be more decisive in preventing AMR 

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

कोरोना भाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसंघ

कोरोना भाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन्।

एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ।महासचिवले भने, यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ।

त्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ। त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन।

यसबीच विश्व स्वास्थ्य संगठन ९डब्लु एच ओ०ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ।

सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लु एच ओ ले बताएको छ।

यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए।

बीबीसी:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यसम्बन्धी विवरण प्रत्येक दिन अद्यावधिक गर्न स्थानीय तहहरूलाई सरकारको निर्देशन

स्वास्थ्यसम्बन्धी विवरण प्रत्येक दिन अद्यावधिक गर्न स्थानीय तहहरूलाई सरकारको निर्देशन

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले आ–आफ्नो क्षेत्रभित्रका वडामा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्न स्थानीय तहहरूलाई भनेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपतकालीन कार्यसञ्‍चालन केन्द्रमा बुझाउन भनिएको छ। केन्द्रले आपतकालीन स्वास्थ्य कार्यसञ्‍चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउन निर्देश गरिएको छ। समितिले प्रदेश र स्थानीय तहहरूले क्वारेन्‍टाइनको व्यवस्था गरी सञ्‍चालन गर्ने व्यवस्था मिलाउन भनेको छ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालय, गृह मन्‍त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयमा चार अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने पनि भनेको छ।

यस्तै औषधि उत्पादन कार्यमा संलग्‍न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जान सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने र गृह मन्‍त्रालयले आवश्यक अनुमति दिने निर्णय पनि गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

हाम्रो डक्टरको मोबाइल एप: घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

हाम्रो डक्टरको मोबाइल एप: घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण गर्न यतिबेला देश लकडाउन भएको छ । यही लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ ।

हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाइन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ ।

मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिने बताइएको छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन् । परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवं भिडियोसमेत देखाउन सकिने बताइएको छ ।  एप्लिकेशनबाट विस्तारै भिडियो परामर्शको सेवा पनि लिनसकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए ।

एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्नसकिन्छ । यसका अलावा विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्न सक्नेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बुधबार कोरोना पुष्टि भएका युवक कतारबाट होइन्, युएईबाट आएका हुन्: स्वास्थ्यमन्त्री

बुधबार कोरोना पुष्टि भएका युवक कतारबाट होइन्, युएईबाट आएका हुन्: स्वास्थ्यमन्त्री

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  बुधबार कोरोना भाइरस पोजेटिभ देखिएका ब्यक्ति कतारबाट नभई संयुक्त अरब इमिरेट्स (युएई) बाट चैत ६ गते नेपाल आएको पाइएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै ती युवक कतारबाट आएको भनेका थिए । पछि आफनो भनाई सच्याउँदै उनले ती युवक संयुक्त अरब इमिरेट्स (युएई) बाट आएकोमा अन्यथा भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ । मन्त्रालयले मन्त्रीको भनाई सच्याउँदै प्रवक्ता डा विकास देवकोटाद्धारा हस्ताक्षरित विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘कोरोना संक्रमितको उपचारका लागि औषधि र उपकरण तीन दिनभित्र आउँछ’

‘कोरोना संक्रमितको उपचारका लागि औषधि र उपकरण तीन दिनभित्र  आउँछ’

हेल्थ टिभी अनलाइन काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र उपकरण तीन दिनभित्र ल्याउने दाबी गरेका छन्।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालेको भन्दै उनले औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी बुधवार नै टुंगी लगाउने बताए।

आएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याउने जानकारी दिए। ती सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याउन मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पुर्याउने तयारी गरिएको छ।

मन्त्री ढकालले  बुधवारदेखि नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताए। कोरोनाको परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको मन्त्री ढकालले सुनाए।

फाइल फोटो

ताजा अपडेट