Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘प्रि हस्पिटल केयर भनेको एम्बुलेन्स वा हेलिकोप्टरमा बिरामी ओसारपोसार गर्ने मात्र हैन्’

‘प्रि हस्पिटल केयर भनेको एम्बुलेन्स वा हेलिकोप्टरमा बिरामी ओसारपोसार गर्ने मात्र हैन्’

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बिरामीले अस्पताल पुग्नुअघि अस्पताल बाहिर एम्बुलेन्स वा हेलिकाेप्टरमा दक्ष स्वास्थ्यकर्मीबाट पाउने आकस्मिक सेवा हो । बिरामी ओसारपसार गरेर मात्र प्रि हस्पिटल केयर हुँदैन । प्रि हस्पिटल केयरमा अनिवार्य मेडिकल टिम पनि हुनुपर्छ । कुनै स्थानमा विभिन्न कारणले हुने दुर्घटना वा प्राकृतिक प्रकोप वा भाैगाेलिक जटिलताका कारण वा अन्य जुनसुकै कारणले बिरामीलाई बचाउन एम्बुलेन्स वा हेलिकोप्टरको सेवा चाहिन सक्छ । त्यस्तो अवस्थामा बिरामीको अवस्था हेरेर त्यही अनुसारको स्वास्थ्यकर्मीसहितको मेडिकल टोली उक्त स्थानमा पुगेर उनीहरुको उद्धार गर्नुपर्ने हुन्छ । तर धेरै जनालाई प्रि हस्पिटल केयर भनेको थाहा नै छैन् । यसलाई मानिस बिरामी भएपछि ओसारपोसार गर्ने सर्भिस मात्र भनेर बुझेको पाइन्छ । जुन गलत हो ।

प्रि हस्पिटल केयर भनेको बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपतकालिन मेडिकल टिमद्वारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा वा हेलिकोप्टरमा गरिन्छ । प्रि हस्पिटल केयरको कन्सेप्ट नेपालमा अहिले निकै फस्टाएको छ । तर अझै पनि धेरै जनालाई यसको खास विशेषता के हो भन्ने कुरा थाहा नभए जस्तो लाग्छ । कोही बिरामी भए वा दुर्घटनामा परेमा उक्त व्यक्तिको उपचारका लागि उद्धार गर्न पर्यो भने सिधै एम्बुलेन्स वा हेलिकोप्टर बोलाएको देखिन्छ । तर त्यसमा को को आउँछन् ? के सेवा हुन्छ ? मेडिकल टिम हुन्छ की हुँदैन जस्ता कुरा सोधेको पाइँदैन । यो कुरा बिरामी पार्टीले बुझ्नु पर्छ । यो त्यही सर्भिसभित्र पर्ने कुरा हो भने यसरी मेडिकल टिम नै जाँदा बिरामीको तत्काल देखिएका समस्या समाधान गर्दै बिरामीलाई अस्पतालसम्म ल्याउन सकिन्छ । जसका कारण बिरामीमा कम क्षति हुन्छ ।

प्रि हस्पिटल केयर भनेको बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपतकालिन मेडिकल टिमद्वारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा वा हेलिकोप्टरमा गरिन्छ । कहिलेकाहीं एउटा अस्पतालमा सिकिस्त भएर आइसीयू वा भेन्टिलेटरमा रहेको बिरामीलाई सोही अवस्थामा थप उपचारका लागि अर्को अस्पताल पुराउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा एकछिन त हो भन्न मिल्दैन । बिरामीलाई एम्बुलेन्स वा हेलिकोप्टरमा आइसीयू भेन्टिलेटरसहितको सेवा व्यवस्था गरेर मेडिकल टिमसहित मात्र एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ । यस्तो अवस्थामा पनि प्रि हस्पिटल केयर धेरै नै लागू हुन्छ ।

हामीले  ह्रयाम्स अस्पतालमा  प्रि हस्पिटल केयर सुरु गरेको ३ वर्षभन्दा बढी भइसकेको छ । हाम्रो आफनै हेलिप्याड भएकाले पनि बिरामीको चाप पनि त्यस्तै छ । यो तीन वर्षमा हामीले ५ सय भन्दा बढीको हेलि उद्धार गरिसकेका छौं भने २५ सयभन्दा बढीको एम्बुलेन्स मार्फत सेवा दिएका छौं । हुनत सबैलाई आफूले दिएको सेवा उत्कृष्ट भन्ने लाग्छ  । तर पनि म के भन्न सक्छु भने ह्याम्सको सेवा साँच्चिकै बिरामी केन्द्रित छ । हामी प्रि हस्पिटल केयरको लागि कल आएपछि बिरामी वा उद्धार गर्नुपर्नेको सबै डिटेल लिएर सोही अनुसारको मेडिकल टिम तयारी बनाएर मात्र जान्छौं । यसरी आकस्मिक उद्धार गर्नुपर्ने बिरामीलाई ‘अन द स्पट लाइफ सेभिङ ट्रिटमेन्ट’ गरेर अनि मात्र अस्पताल ल्याउनुपर्ने हुन्छ ।

कहिलेकाहीं एउटा अस्पतालमा सिकिस्त भएर आइसीयू वा भेन्टिलेटरमा रहेको बिरामीलाई सोही अवस्थामा थप उपचारका लागि अर्को अस्पताल पुराउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा एकछिन त हो भन्न मिल्दैन । बिरामीलाई एम्बुलेन्स वा हेलिकोप्टरमा आइसीयू भेन्टिलेटरसहितको सेवा व्यवस्था गरेर मेडिकल टिमसहित मात्र एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ । यस्तो अवस्थामा पनि प्रि हस्पिटल केयर धेरै नै लागू हुन्छ ।

कसैको ब्लिडिङ धेरै भइरहेको छ भने त्यसको रोकथाम गरेर मात्र अस्पताल ल्याउनुपर्छ । अन्यथा बिरामीको उद्धार गर्ने क्रममै मृत्यु हुनसक्छ । सबै काम अस्पतालमै गएर गर्छौ भन्यो भने बिरामीको तुरुन्त उपचार नपाएर मृत्यु समेत हुनसक्छ । कतिपयको खुट्टा वा ढाड भाँचिएको हुन्छ जसले अलिकति पनि हल्लीयाे भने वा पोस्चर बिग्रियो भने पछि शल्यक्रिया गरेर पनि मिलाउन नसकिने हुनसक्छ । यसरी सही ढंगले ‘अन द स्पट’ सेवा  दिन सकियो भने अहिले भइरहेको ५० प्रतिशत मृत्यु कम गर्न सकिन्छ । यसका लागि बिरामी पक्ष पनि सचेत हुन जरुरी हुन्छ ।

धेरै जसो नेपालमा हुने हेलि रेस्क्युमा पहाडी, हिमाली भेगमा हुने दुर्घटना, हिमाल चढ्ने बेलामा हुने स्वास्थ्य समस्या, जहाँ बाटोघाटोको समस्या बढी छ त्यहाँ हुने गर्छ । एम्बुलेन्सबाट चाहिं बाटो सहज भएका स्थानमा धेरै रेस्क्यु हुने गर्छ । साथै प्राकृतिक प्रकोपमा पनि यस्ताे सेवा बढी चाहिन्छ ।

ह्याम्स अस्पताल त्यस्तो अस्पताल हो जसले कोरोना महामारीका बेला सबै डराएर घर बसेका बेला पनि कोरोना पोजेटिभ बिरामीलाई हेलि रेस्क्यु गरेर ल्याएर आइसीयूमा राखेर बचाएकाे  थियो ।  प्रि हस्पिटल सेवा निकै राम्रो सेवा हो तर यसको अवस्था हेरेर उपभोग गर्न जान्नुपर्छ । यसो गर्न सकियो भने धेरै जनाको ज्यान बचाउन सकिन्छ ।