लकडाउनको समयमा फस्टाएको ‘एम हेल्थ’ र ‘एम लर्निङ’

लकडाउनको समयमा फस्टाएको ‘एम हेल्थ’ र ‘एम लर्निङ’

डा. सुशील कोइराला

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको पनि एक महिना भन्दा बढी भइसकेको छ । कलकारखाना, व्यापार व्यवसाय , यातायात सम्पूर्ण बनद छन्। मानिसलाई बाहिर निस्कन समेत दिइएको छैन्। त्यसैले यो लकडाउनका बेला इन्टरनेट, मोबाइल एप्स र सँगसँगै एम हेल्थ अर्थात मोबाइल हेल्थ र एम लर्निङ मोबाइल लर्निङ एकाएक बढेको छ । यतिमात्रै हैन वर्क फ्रम होम अर्थात घरबाटै काम गर्ने, भर्चुअल मिटिङ गर्ने अभयासलाई ह्वात्तै बढाएको छ ।  हुन त यी सबै अभ्यास नभएका होइनन, तर विदेश को तुलनामा नेपालमा अलि कम नै प्रचलनमा हो। तैपनि बिश्वभर नै यी सबै गतिबिधिहरु बढाईदिएको छ। विदेशमा त यो शैक्षिक सत्र पुरै अनलाइनबाट चलाउने अवस्थामा पुगेको, बिश्वबिद्यालयहरु सबै अनलाइन क्लास संचालन गर्दै छन्। नेपाल मै पनि भर्खरी काठमाडौँ र त्रिभुवन बिश्व बिद्यालयले अनलाइन क्लास हरु केही हद सम्म सुरु गर्ने प्रयास गरेका छन्।

यति मात्रै होइन केही बिद्यालयहरु पनि ले प्राथमिक तहका स्कूल पनि जुम एपबाट अनलाइन संचालन गर्न थालेको फोटोहरु फेसबुकमा देखिन थालेका छन् लकडाउनका कारण यतिखेर एप बाट खान अर्डर गर्ने, होटेल बुक गर्ने ट्याक्सी बुक गर्ने मात्र होइन चिकित्सकसँग एपबाट अनलाइन कन्सल्टेसन अरु व्यापक मात्रामा सुरु हुन थालको छ। टेलि मेडिसिन र अनलाइन कन्सल्टेसनको महत्व बढेर गएको छ। मानिस बिस्तारै यसमा अभ्यस्त हुँदै जान पनि थालेका छन्।

यो सबै कुराको उद्देस्य यतिखेर विश्वको परिवर्तित र परिवर्तन उन्मुख अवस्था हो। अब हामी चाहेर या नचाहेर पनि केही हदसम्म अनलाइन शिक्षा र स्वास्थ्यका गतिबवधि अगाडी बढाउनु पर्ने देखिन्छ। अहिले कोरोनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयलाई अब त्यता तिर ध्यान दिने, योजना बनाउने कि भन्ने तिर यो लेख को आसय हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्र छ। त्यसको काम पनि स्वास्थ्य सम्बन्धी सूचना , जानकारी, प्रचार या प्रकाशन लगायतका काम गर्ने हो। त्यसै गरि राष्ट्यि स्वास्थ्य तालिम केन्द्र पनि छ। त्यसको काम चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धि तालिम दिने हो। बिगत एक दशक भन्दा बढी देखि सिमित मात्रामा काठमान्डौं मोडेल अस्पताल, टिचिंग अस्पताल, पाटन अस्पताल लगायतबाट केहि हदसम्म टेलि मेडिसिन पनि सुरु नगरिएको होइन। त्यसको अनुभवबाट पनि सिक्न र समिक्षा गर्न सकिन्छ।

कोभिड -१९ को त्रासका कारण विभिन्न खालको मानसिक समस्या मुख्यतया डिप्रेसनको समस्या आउन सक्छ । यसको असर स्वास्थ्यकर्मीलाई पनि देखिन सक्ने देखिन्छ । त्यसैले कोभिड -१९ रेस्पोन्स योजनामा मनोसामाजिक परामर्श र मनोचिकित्साको पनि योजना र कार्यक्रम हुन जरुरी छ । अहिले विभिन्न संस्थाबाट अनलाइन टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा दिने गरिएको देखिन्छ । यी सबै प्रयासहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै प्लेटफर्ममा सबै सेवा सम्बन्धी सूचना स्वास्थ्य मन्त्रालय बाट हुन सक्ने भएको हुँदा थप पहल गर्दा उपयुक्त होला। कोभिड १९ को त्रास, आइसोलेसनमा हुँदा, कतिको रोजगारी गुम्ने तथा व्यपार व्यवसायमा हुने नोक्सानीका कारण मानसिक तवाव बढ्न सक्छन्। यी कुरालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले केही कदम उठाउन जरुरी छ ।  यो बेला बालबालिकालाई यतिकै घरमा राख्नुभन्दा एम लर्निङ मार्फत कक्षाहरु दिन सकिन्छ । डिस्टेन्स एजुकेसन दिन सकिन्छ । यसको शुरुवात स्वास्थ्य र शिक्षाबाट गर्न सकिन्छ।

अहिले कोभिड १९ को सूचना संकलन पनि एप बाट भैराखेको छ। त्यसैले अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम हेल्थ, टेली मेडिसिन , अनलाइन तालिम र सी एम ई ओरिन्टेसन लगायतका गतिविधिहरु बढाउनु पर्ने देखिन्छ।  मुख्यतया एउटा सानो साखामार्फत या राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना संचार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महााखा सबैको समन्वयमा स्वास्थ्य मन्त्रलायले अब एम हेल्थ र टेली मेडिसिन या कन्सल्टेसन सेवा विस्तार गर्न उपयुक्त देखिन्छ।

हिजो आज विभिन्न एप मार्फत निजि क्षेत्रले पनि यस्तो सेवा संचालन गरेका छन्। मुख्यतया अहिले लकडाउको बेला मनोसामाजिक परामर्श टेलि -मेडिसिन र अनलाइन एपबाट पनि सुरु गर्न उपयुक्त देखिन्छ। परिवार नियोजन, किशोर किशोरी यौन शिक्षा, स्वास्थ्य सम्बन्धी विभिन्न परामर्श तथा जानकारी, लगायतका सेवा केही हदसम्म दिन र कुनै रोग प्रतिको गलत धारणा कम गर्न या बेलैमा स्वास्थ्य सेवा लिन लाई प्रेरित गर्न सहयोगी भूमिका खेल्न सक्छ।  यसै पनि धेरै समुदायहरुमा हामी नेपालीमा स्वास्थ्य सेवा लिने व्यवहार कमी छ। सुरुकै अवस्थामा स्वास्थ्य चेक जाँच तथा परामर्श गर्ने चलन अलि कम छ। त्यसैले अहिले को परिस्थितिबाट सिक्दै यी सबै कुरालाई सेवा पनि रुपान्तरण गर्ने मौका मिलेको छ। स्वास्थ्य प्रबर्धन कार्यक्रमको लागि पनि यो सहयोगी सिद्ध हुन सक्छ। आयुर्वेदिक लगायतका स्वास्थ्य सेवाको कुरा गर्दै गर्दा, योगा, ध्यान, व्यायाम लगायतलाइ पनि प्रबर्धन गर्नु उपयोगी सिद्ध हुन सक्छ।

कोभिड -१९ को त्रासका कारण विभिन्न खालको मानसिक समस्या मुख्यतया डिप्रेसनको समस्या आउन सक्छ । यसको असर स्वास्थ्यकर्मीलाई पनि देखिन सक्ने देखिन्छ । त्यसैले कोभिड -१९ रेस्पोन्स योजनामा मनोसामाजिक परामर्श र मनोचिकित्साको पनि योजना र कार्यक्रम हुन जरुरी छ । अहिले विभिन्न संस्थाबाट अनलाइन टेलिफोनबाट स्वास्थ्य परामर्श सेवा दिने गरिएको देखिन्छ । यी सबै प्रयासहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै प्लेटफर्ममा सबै सेवा सम्बन्धी सूचना स्वास्थ्य मन्त्रालय बाट हुन सक्ने भएको हुँदा थप पहल गर्दा उपयुक्त होला। कोभिड १९ को त्रास, आइसोलेसनमा हुँदा, कतिको रोजगारी गुम्ने तथा व्यपार व्यवसायमा हुने नोक्सानीका कारण मानसिक तवाव बढ्न सक्छन्। यी कुरालाई ध्यानमा राख्दै स्वास्थय मन्त्रालयले केही कदमउठाउन जरुरी छ ।  यो बेला बालबालिकालाई यतिकै घरमा राख्नुभन्दा एम लर्निङ मार्फत कक्षाहरु दिन सकिन्छ । डिस्टेन्स एजुकेसन दिन सकिन्छ । यसको शुरुवात स्वास्थ्य र शिक्षाबाट गर्न सकिन्छ।

यतिखेर कोरोना संक्रमणले चुनौतीसगै केही अवसरहरु पनि दिएको छ । जस्तो यही समयमा हामीले काम गर्ने सिकाइको तरिका बदल्न सक्छौं । यो संकटका बेला प्रविधिको विकास गर्दै अल्पकालिन र दीर्घकालिन कार्यक्रम ल्याउन सकिन्छ । कोरोना महामारीले ल्याएको चुनौतीसँगै यसले पारेका प्रभाव न्युनिकरण गर्न र परिवर्तनलाई आत्मसाथ गर्न पनि  सूचना प्रबिधि क्षेत्रमा राज्यले लगानी बढाउँदै जानु पर्छ र स्वास्थ्य र शिक्षाको क्षेत्रमा अब ‘एम हेल्थ’ र ‘एम लर्निङ्ग’लाइ प्रवर्धन गर्दै लाने बेला आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

फेरी थपियो समय: वैशाख २५ सम्म लकडाउन जारी रहने

फेरी थपियो समय: वैशाख २५ सम्म लकडाउन जारी रहने

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सरकारले लकडाउनको समय पुन: थपेको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले अझै १० दिन अर्थात वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । यसअघि वैशाख १५ सम्मलाई लकडाउन लम्ब्याइएको थियो । भोलि लकडाउनको समय सकिनुअघि नै आजै यसको समय थप गरिएको हो ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको संख्या बढिरहेकाले कोरोनाको जोखिम बढ्ने संकेतका कारण सरकारले लकडाउनको समय थपेको बताइएको छ । त्यसो त हालसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

झापामा थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

झापामा थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

 हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै झापाका एक ५० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले झापाका ५० वर्षीय पुरुषमा कोरोना देखिएको बताए । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।  योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा २ हजार ९६ जनाको परीक्षण, ११० जना आइसोलेसनमा

२४ घण्टामा २ हजार ९६ जनाको परीक्षण, ११० जना आइसोलेसनमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोनाको आशंकामा गत २४ घण्टामा २ हजार ९६ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सो कुराको जानकारी दिएको हो । आइतबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा २ हजार ९६ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको बताए। यसैगरी हालसम्म पीसीआर विधिमार्फत ९ हजार ९ सय ३१ जनाको नमुना परीक्ष्ण गरिएको र ४१ हजार ४ सय ३६ जनाको आरडीटी विधिमार्फत परीक्षण गरिएको पनि उनले जानकारी दिए । दुबै विधिमार्फत हालसम्म ५१ हजार ३ सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।

उनले आज वीरगञ्जमा थप दुई जनामा कोरोना पोजेटिभ पाइएपछि संक्रमितको संख्या ५१ पुगेको बताए । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार २५ जना रहेको बताइएको छ । उता आइसोलेसनमा बसेकाको संख्या ११० रहेको छ । उपत्यकामा ४ जना र उपत्यका बाहिर १०६ जना रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोना जितेर घर फर्किए

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोना जितेर घर फर्किए

हेल्थ टिभी अनलाइन \काठमाडौं: वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित आज घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले वीरगञ्जका ४ जना कोरोना संक्रमित एकैपटक कोरोना जितेर घर फर्किएको बताए । आइतबार डिस्चार्ज हुनेहरुमा छपकैयाको मस्दिजमा बसेका ३ भारतीय र रौतहटका एक किशोर रहेको मन्त्रालयले जनाएको छ । रौतहटका किशोर १२ दिनमा र अन्य तीन जना १५ दिनमा घर जान लागेका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर जानेको संख्या १६ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज वीरगञ्जका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५१ पुग्यो

आज वीरगञ्जका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएको बताएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका वीरगंजका ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण भएको बताइएको छ । मन्त्रालयले उनीहरु हाल आइसोलेसनमा रहेको पनि जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कहिले पाइएला कोरोनाको त्रासबाट मुक्ति ?

कहिले पाइएला कोरोनाको त्रासबाट मुक्ति ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समय पनि एक महिना भन्दा बढी भइसकेको छ । लकडाउनका कारण घरभित्रै बस्न बाध्य भएका नागरिकको मनमा यतिखेर एउटै मात्र प्रश्न उठेको छ त्यो हो आखिर लकडाउन कहिलेसम्म ? कोरोना महामारीबाट कहिले मुक्ति मिल्छ र स्वतन्त्र भएर बाहिर निस्कन पाइन्छ ? यतिबेला यो प्रश्न अत्यन्त जटिल छ । तर आउनुस यही जटिल प्रश्नका केही उत्तर खोज्ने प्रयास गरौं ।

पहिलो कुरा त हामीकहाँ लकडाउन किन जरुरी पर्यो भन्ने कुरा बुझ्न जरुरी छ । यो नोबल कोरोना भाइरस मानव समूदायका लागि नयाँ भाइरस हो । जब यो भाइरसले पहिलोपटक पहिलो व्यक्तिलाई आक्रमण गर्यो त्यसपछि बिस्तारै यो सबैतिर फैलिंदै गयो । नयाँ भाइरस भएकाले यस विरुद्ध लड्न सक्ने अवस्था थिएन। यसको कारण के हो भने कुनै पनि व्यक्तिको शरीरमा यो भाइरस विरुद्ध रोग प्रतिरोधात्मक क्षमता नै थिएन र कुनै पनि बाधा अड्चन खेप्न नपरेको यो भाइरस त्यसैले पनि अत्यन्त द्रूत गतिमा फैलिन थाल्यो । यसलाई रोक्न केवल एउटा मात्र उपाय थियो। उल्लेख्य जनसंख्यालाई यो रोग विरुद्ध लड्न सक्षम बनाउनु,अर्थात् ‘हर्ड इमिन्युटी’को विकास गर्नु र यो रोगको विरुद्धमा ‘हर्ड इमिन्युटी’ प्राप्त गर्न कम्तिमा पनि ७० प्रतिशत जनसंख्यामा कोरोनासंग लड्न सक्ने क्षमताको बिकास गर्नुपर्ने हुन्छ र कसरी हुन सक्छ यो सम्भव ?

यसका दुईवटापक्षहरु हुन सक्छन्: – पहिलो हाम्रो जनसंख्याको ठूलो हिस्सा यो रोगबाट संक्रमित हुनुपर्छ, दोस्रो यस रोग विरुद्धको खोप प्राप्त गर्नुपर्छ

आउनुस् यी दुवै सम्भावनाकाबारेमा केही चर्चा गरौँ, पहिलो उपाय भनेको हाम्रो जनसंख्याको ठूलो हिस्सा यो रोगबाट संक्रमित हुनु पर्यो। कल्पना गरौँ हामीले सामाजिक तथा भौतिक दुरी पालना गर्न आजैबाट बन्द गर्यौ, यो अवस्थामा केही समयमै ठुलो जनसंख्या संक्रमित हुन जान्छ । जसरी बिगतमा ठेउला विरुद्धको खोप नहुँदा मानिसहरु जानी जानी यो रोगबाट संक्रमित भएर यसको बिरुद्ध इम्युनिटी प्राप्त गर्ने गरेको तथ्य पनि हाम्रो सामु छँदैछ । तर यहाँ कोरोना विरुद्ध यो कदम किन पनि घातक सिद्ध हुन सक्छ भने यो रोगबाट जटिलता उत्पन्न भई मृत्यू हुने सक्ने सम्भावना बढी छ ।
मृत्यू हुनेको प्रतिशत यकिनका साथ भन्न नसके पनि अहिलेको आ्ँकडाहरुको आधारमा चिकित्सकहरुले यो रोगलाई अरु फ्लूभन्दा १० गुणा बढी घातक हुने बताएका छन्। अझै वृद्ध उमेर र दीर्घरोगीसँग रोगसँग लड्न सक्ने क्षमता काम भएका जस्तै क्यान्सर, एचआइभी लगायतका रोगीहरुमा मृत्यू हुने सम्भावना अझै बढी देखिएको छ । यो उपाय किन पनि सम्भव छैन् भने विकसित देशका सुबिधासम्पन्न अस्पतालहरुले त बिरामीको चापलाई धान्न नसकेर कसलाई उपचार गर्ने कसलाई नगर्ने भनेर छनौट गर्नु पर्ने अवस्था आयो भने हाम्रो जस्तो विकासोन्मुख देशको स्वास्थ्य प्रणाली र उपलब्ध स्वास्थ्यकर्मीले यसलाई धान्न पक्कै पनि कठिन हुनेछ ।

दोश्रो उपाय भनेको यो रोग विरुद्धको खोप हो । विश्वभरका बैज्ञानिकहरु यसको उत्पादन, परीक्षणमा जुटे पनि केही महिनाभित्रमै यो बजारमा आइहाल्छ भन्ने अवस्था पनि छैन्। आइहाल्यो भने पनि धनी र गरीब रास्ट्रहरु बीचको तानातानी, असमान पहुँच आदिले हाम्रो मुलुकका सबै जनताले छोटो समयमै यो सुबिधा पाउनेछन भन्ने कुरामा बिश्वस्त भइहाल्ने सक्ने अवस्था पनि छैन्।

त्यसो भए अब के गर्ने? 

माथिका दुवै उपायहरु हाम्रा लागि उपयुक्त सिद्ध नहुँदा फेरी पनि उही ,जनस्वास्थ्य विज्ञानको अति नै पुरानो तर यो महामारीका विरुद्ध अत्यन्त सहायक सिद्ध उपाय अपनाउनुको बिकल्प छैन्। व्यक्ति व्यक्ति बीचको घुलमिल तथा संक्रमित हातबाट यो रोग सर्छ भन्ने प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा चाहे त्यो कोरोना रोगको उद्गम स्थल वुहान होस् , युरोप,अमेरिका वा एसिया हालका लागि सामाजिक तथा भौतिक दुरी कायम गर्नु र बारम्बार साबुन पानीले हात धुनु, साथै व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै यसबाट बच्ने दुई मुख्य उपायहरु हुन् ।

खोसिएको स्वतन्त्रता अनि लकडाउनको बाध्यता

हामी सबैलाई थाहा छ , मानब जातिका लागि सबै भन्दा प्यारो भनेको उसको स्वतन्त्रता नै हो । निर्धक्क साथ हिंडडुल गर्न पाउनु उसको अधिकार पनि हो तर अहिलेको जस्तो अवस्था सर्वसाधारणले पहिले कहिल्यै पनि भोगेका थिएनन र माथि चर्चा गरिएका यो रोगबाट मुक्ति पाउने दुवै उपायहरु हाम्रा लागि उपयुक्त नभए पछी फेरी पनि अनुसाशित भएर सामाजिक दुरी कायम गर्नु र साबुन पानीले हात धुनुको विकल्प हामीसाग छैन्।

यो रोगबाट बिश्वले निकट भविस्यमै छुट्कारा पाइहाल्ने कुनै पनि संकेत नदेखिएको अवस्थामा अहिलेको जस्तै कडा रुपमा पक्कै नहोला तर मानव जीवनका अन्य आवश्यकतालाई पनि मध्यनजर गर्दै केही परिमार्जित खुकुलो रुपमा लकडाउनलाई निरन्तरता दिनु नै सबैभन्दा उत्तम उपाय हो ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले हालसम्म २ लाख २ हजार ८६ जनाको मृत्यु भएको जनाएको छ। यसैगरी विश्वभर २८ लाखभन्दा बढी मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको संख्या ५० हजार नाघेको छ ।

अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।

अहिलेसम्म अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्। ब्रिटेनमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या २० हजारभन्दा बढी छ। यसैयरी फ्रान्समा कोरोनाभाइरसका कारण २२ हाजार ६ सय १४ जनाको ज्यान गइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा औलो संक्रमण

कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा औलो संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना आशंकामा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखिएको बताएको छ ।

शनिबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न स्थानमा कोरोना आशंकामा क्वारेनटाइनमा बसेका केही व्यक्तिहरुमा औंलो देखिएको बताए । उनले भने, ‘केही क्वारेन्टाइनमा औंलोका बिरामी भेटिनुभएको छ , त्यसैले लामखुट्टेको टोकाइबाट जोगिने उपाय गरौं ।’ उनले कति जनामा औंलो देखियो भनेर संख्या चाहिं उल्लेख गरेनन्।

उनले औंलो रोग लामखुट्टेको टोकाइबाट सर्ने र अहिले गर्मीको मौसममा लामखुट्टे बढी सक्रिय हुने हुँदा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । गर्मी बढेसँगै औंलोको प्रकोप पनि बढ्नेगर्छ । उनले देशभरका क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै लाने पनि आश्वासन दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दीर्घरोगीलाई ध्यानमा राख्दै मेट्रो अस्पतालले शुरु गर्‍यो ओपीडी सेवा

दीर्घरोगीलाई ध्यानमा राख्दै मेट्रो अस्पतालले शुरु गर्‍यो ओपीडी सेवा

हेल्थ टिभी अनलाइन \काठमाडौं: महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालले दीर्घरोगीलाई ध्यानमा राख्दै नियमित ओपीडी सेवा शुरु गरेको छ ।

लकडाउनका कारण नियमित फलोअप र औषधि नपाउँदा दीर्घरोगीलाई समस्या हुने भन्दै अस्पतालले लकडाउनकै समयमा पनि सामाजिक दूरी कायम गर्दै ओपीडी सेवा शुरु गरेको बताएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश वलीले दीर्घरोगीको अवस्थालाई ध्यान दिंदै अस्पतालले ओपीडी सेवा शुरु गरेको बताए । उनले लकडाउनका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि पनि मेट्रो होम ल्याब मार्फत घरमै गएर स्याम्पल कलेक्सन गरिने पनि जानकारी दिए ।  योसँगै अस्पतालमा तुरुन्त शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि पनि सेवा शुरु भइसकेको छ ।

अस्पताल आउने हरेक बिरामीले सामाजिक दूरी कायम गर्नुपर्ने,मास्क अनिवार्य लगाउनुपर्ने, अस्पताल आउनुअघि गेटमा हात धोएर आउनुपर्ने नियम बनाइएको छ । योसँगै यदि कसैलाई ज्वरो आएको वा खोकी लागेको पाइएमा छुट्टै फिबर क्लिनिकमा जाँच गरिने पनि अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना आशंकामा ८७ जना आइसोलेसनमा, आज नयाँ संक्रमित देखिएनन्

कोरोना आशंकामा ८७ जना आइसोलेसनमा, आज नयाँ संक्रमित देखिएनन्

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले कोरोनाको आशंकामा देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा रहेको बताएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ८७ जना आइसोलेसनमा रहेको बताएका हुन्। उनले उपत्यकामा ३ जना र उपत्यका बाहिर ८४ जना रहेको बताए । यसैगरी शनिबारसम्म विभिन्न देशबाट आएका र सम्भावित संक्रमित भन्दै क्वारेन्टाइनमा रहनेको संख्या १४हजार ७ सय ३१ जना रहेको छ ।

यसैगरी २४ घण्टामा १ हजार ९ सय ४५ जनाको कोरोनाको आशंकामा परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाको परीक्षणको संख्या ४९ हजार ३ सय ३६ पुगेको छ। उनले शनिबार कसैमा पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको पनि जानकारी दिए ।

शुक्रबार झापामा भेटिएका  संक्रमितको कन्टयाक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताए । उनलाई एक महिना अघि दुबईबाट आएका छोराबाट कोरोना सरेको आशंका गरिएको छ ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जना उपचारपछि निको भएर घर फर्केका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना कहर : हवाई उडान जेठ २ गतेसम्म बन्द हुने

कोरोना कहर : हवाई उडान जेठ २ गतेसम्म बन्द हुने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले कोरोना महामारीको सम्भावना अझै भएकाले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको बताएको छ ।

यसअघि हवाई उडानहरु अप्रिल ३० अर्थात वैशाख १८ गतेसम्मका लागि स्थगित थियो । यसलाई १५ मे अर्थात जेठ २ सम्म लम्ब्याउने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी गराए ।  लकडाउनको समय भने मन्त्रीपरिषदको बैठकले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेती अस्पतालमा उपचाररत संक्रमित महिलाको चौंथो रिपोर्ट पनि पोजेटिभ

सेती अस्पतालमा उपचाररत संक्रमित महिलाको चौंथो रिपोर्ट पनि पोजेटिभ

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको चौंथो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उपमहानगरपालिका -५ की ३४ वर्षीया महिलाको चौंथो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो।

संक्रमित महिलाको चार पटकसम्म परीक्षण भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती महिलाको पुनः परीक्षण गरिनेछ। दुईपटक परीक्षण गरेपश्चात रिपोर्ट नेगेटिभ आएमा मा उनलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

उनीसँगै भर्ना भएका दुई जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन्। उनको अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसमा उनको मात्रै उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। संक्रमित महिलालाई दुबईबाट आएका उनका देवरबाट कोरोना सरेको आशंका गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनका कारण औषधि छुटाएका मिर्गौला रोगीमा ‘रिजेक्सन’को केस आउँछ की भन्नेमा चिन्तित छौँ

लकडाउनका कारण औषधि छुटाएका मिर्गौला रोगीमा ‘रिजेक्सन’को केस आउँछ की भन्नेमा चिन्तित छौँ

गत डिसेम्बर महिनामा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । अहिलेसम्म झण्डै १ लाख ९५ हजार भन्दा बढी मानिसले यसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्। । यसैगरी २७ लाख बढी मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन्। यसको असर जनसमूदायमा त छँदैछ , अन्य दीर्घ रोग जस्तै मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौला रोग लगायतमा यसको नराम्रो असर देखिने बताइएको छ । यही सन्दर्भ पारेर मिर्गौला रोगीमा कोरोनाको असर कस्तो हुन्छ उनीहरुलाई यो संक्रमणबाट कसरी बचाउने भन्ने विषयमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी नेफ्रालोजी विभाग प्रमुख एवं वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्रा डा दिव्या सिंह शाहसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी:

कोरोनाको महामारीका बेला मिर्गौला बिरामीलाई कसरी सेवा दिइरहनुभएको छ?

कोरोना संक्रमणले स्वस्थ व्यक्तिलाई जसरी असर पुर्याउँछ त्यसैगरी दीर्घरोग भएका बिरामीलाई अझ बढी असर पुर्याउने कुरा विभिन्न अध्ययनले नै देखाइसकेका छन्। मिर्गौला प्रत्यारोपण गरेका र डायलाइसिस उपचार गराइरहेका बिरामीमा कोरोना संक्रमण भएमा उनीहरुको मृत्यु दर निकै बढी हुन्छ । त्यसैले हामीले मिर्गौला रोगीलाई यो संक्रमणबाट जोगाउन सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ । मिर्गौला रोगीहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुन्छ जसका कारण उनीहरुमा संक्रमण भइहालेमा जटिलता अन्यको तुलनमा बढी हुन्छ । यस्ता बिरामीलाई कोरोना संक्रमण भएमा आइसीयू नै चाहिने सम्भावना अत्यधिक हुन्छ ।  त्यसैले हामीले हाम्रो अस्पतालमा बिरामीलाई फोन मार्फत सल्लाह एवं परामशं दिइरहेका छौ । उनीहरुलाई इमरजेन्सी नपरेसम्म अस्पताल नआउन आग्रह समेत गरिएको छ । यसका अलावा शिक्षण अस्पतालमा इमरजेन्सी विभाग मार्फत हामीले हाम्रा बिरामीलाई सेवा दिइरहेका छौं ।  अहिले हाम्रो अस्पतालको इमरजेन्सीमा सबै विभागका विशेषज्ञ डाक्टरहरु बस्छौं । जसले गर्दा बिरामीले सेवा पाउन सकुन्। मिर्गौलाका बिरामीलाई सेवा टुटाउन मिल्दैन। त्यसैले सेवामा छौं ठाउँ मात्र फेरिएको छ ।

कोरोना भाइरसका कारण मिर्गौला रोगीमा अझ बढी जटिलता ल्याउन सक्छ ?

हो । मिर्गौला रोगीमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुन्छ जसका कारण मिर्गौला प्रत्यारोपण गराएका बिरामीलाई झनै यसको असर बढी हुन्छ । उनीहरुले नियमित औषधि खाइरहेका हुन्छन्। औषधिका कारण पनि उनीहरुमा कुनै पनि भाइरसको संक्रमण हुने सम्भावना अन्य बिरामी भन्दा दशौं गुणा बढी हुन्छ । त्यसैले यो कुरामा बिरामी स्वयं र हामी स्वास्थ्यकर्मी पनि चनाखो हुनैपर्छ । यो बेला डाइलाइसिस यूनिटमा काम गर्ने नर्सहरु पनि जोखिममा हुन्छन्। उनीहको सुरक्षामा पनि ध्यान दिन जरुरी छ ।

लकडाउनका कारण डायलाइसिस गर्नुपर्ने बिरामी आएका छन् त ?

लकडाउनका कारण शुरुमा केही गाह्रो भयो कसरी काम गर्ने भन्ने । तर अहिले काठमाडौं उपत्यकाको हकमा भने डायलाइसिस सेवा सूचारु गर्न निशुल्क गाडीकोव्यवस्था गरिएको छ । गाडी मार्फत आफूले डायलाइसिस गरिरहेको अस्पतालसम्म जान सकिन्छ । उपत्यका बाहिरको हकमा भने स्थानीय सरकारले व्यवस्था गरेको हुनुपर्छ । यसबारे हामीले छलफल पनि गरेका थियौं । हेर्नुस मिर्गौला रोग असाध्यै जटिल रोगमध्ये पर्छ । मिर्गौला बिग्रीसकेपछि कि प्रत्यारोपण वा नियमित डायलाइसिस गर्नेपर्ने हुन्छ । यसको अर्को विकल्प नै छैन्। डायलाइसिस एक दिन पनि ढिला हुँदा शरीरले असर देखाउन थालि हाल्छ । शरीरभरी पानी भरिएर सुन्निन थाल्छ तत्काल बिरामीलाई गाह्रो हुन्छ । प्रत्यारोपणको हकमा पनि नियमित खानुपर्ने औाषधि दुई तीन दिन लगातार नपाउने हो भने प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोड्छ वा रिजेक्सन गर्न थाल्छ वा यसको आयू घट्न सक्छ । त्यसैले यो यस्तो सेवा हो जुन जस्तोसुकै महामारीमा पनि रोक्न सकिंदैन, मिल्दैन्।

देशमा लकडाउन छ । यो अवस्थामा बिरामीले सहज रुपमा औषधि पाइरहेका छन् त ?

मिर्गौला रोगीको हकमा हामीले प्रत्येक बिरामीको डिटेल राख्छौं । लगभग सबैको फोन नम्बर हामीसँग हुन्छ । अहिले हामीले कसैलाई समस्या परेर्मा सम्पर्क गर्नुस भनेर भनेका छौं । सबैको नम्बर पनि दिएका छौं । कतिपयले फोन गर्नुभएको छ । त्यस्ता बिरामीलाई नजिकको औषधि पसललाइर्, डिलरलाई भनेर पुर्याउन लगाएका पनि छौं । सामान्यतया मिर्गौला बिरामीले एक पटकमा तीन   महिना सम्मको औषधि लिएर जान सल्लाह दिन्छौं । त्यसैले अहिले त्यति धेरै गुनासो आइसकेको छैन् । तर लकडाउन लम्बिंदै जाँदा भने समस्या आउनसक्छ । यो कुरा सरकारले बेलैमा बुझ्न जरुरी छ । अन्य अस्पतालका साथीहरुले पनि यस्तै गर्नुभएको छ जस्तो लाग्छ । लकडाउनका कारण रोग फैलिनबाट रोक्न सक्छौं तर यसले अत्यावश्यक औषधिको आपूर्ति भने रोकिन भएन्। अहिले हामीलाई चिन्ता नै बिरामीले नियमित औषधि खाएका छन् की छैनन भन्नेमा छ । किनकी लकडाउन खुलेपछि मिर्गौला रिजेक्सनको केस आउँछ की भन्ने हो । यसो भयो भने अर्को समस्या आउँछ ।

अस्पतालमा डायलाइसिस गर्न आएका बिरामीलाई संक्रमण हुन सक्ने कुरामा कत्तिको सतर्कता अपनाइएको छ ?

हामी यो कुरामा एकदमै सतर्क छौं। अहिले जो सुकै बिरामी आए पनि हामी पहिले स्क्रिनिङ गरेर मात्र भित्र प्रवेश गर्न दिन्छौं । कसैलाई कोरोनासँग मिल्ने लक्षण देखिए फिबर क्लिनिकमा पठाउँछौं । उनीहरु सुरक्षित भए मात्र अस्पतालमा प्रवेश पाउँछन । बिरामी भेट्न आउने भिजिटरलाई पनि यही अनुसार स्क्रिनिङ गरिरहेका छौ। यो कुरा हामीले मेन्टेन गर्नैपर्छ । अन्यथा मिर्गौलाको एक जनामा कोरोना संक्रमण भएमा यो भुसको आगो जस्तै फैलिनसक्ने सम्भावना हुन्छ । डायालइसिस यूनिटका सबै स्वास्थ्यकर्मी र स्वंय डायलाइसिस गर्ने बिरामी सचेत हुनैपर्छ । स्वास्थ्यकर्मी पनि बढी जोखिममा हुन्छन्। उनीहरुमा बिरामीबाट र बिरामीलाई स्वास्थ्यकर्मीबाट पनि संक्रमण फैलिन सक्छ । त्यसैले दुबै पक्षको सुरक्षा अत्यावश्यक छ ।

मिर्गौला प्रत्यारोपण सेवा त अहिले बन्द छ हैन ?

हो, अहिले हामीले प्रत्यारोपण सेवा चाहिं केही समयका लागि रोकेका छौं । देशभरमै अहिले प्रत्यारोपण बन्द छ । कोरोना महामारीका कारण यो सेवा रोक्न बाध्य भएका हौं । प्रत्यारोपण गर्दा शल्यक्रियाका क्रममा अझ बढी भाइरसको जोखिम हुन्छ । यो अवस्थामा किन रिस्क लिने भनेर सल्लाह गरेर यो निर्णय गरिएको हो । यस्ता बिरामीहरु हाम्रो सम्पर्कमै छन्। उनीहरुलाई अहिले केही समय डायलाइसिसमा बस्न सल्लाह दिएका छौं । पछि लकडाउन खुलेर संक्रमण कम हुँदै गएपछि प्रत्यारोपण शुरु गछौं । अब शुरु गर्दा पनि हामीले कोभिड १९ भए नभएको परीक्षण मार्फत एकिन गरेर मात्र शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

अन्तिममा मिर्गौला बिरामीलाई के सल्लाह दिनुहुन्छ ?

मिर्गौलाका बिरामीले लकडाउन छ आज औषधि पाइएन वा खाँदिन भन्न मिल्दैन । विशेष गरी मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त एक डोज औषधि पनि छुटाउन हुन्न । यसले प्रत्यारोपण गरेको मिर्गौला ‘रिजेक्सन’ तर्फ जानसक्छ । औषधि पाइएन भने आफनो डक्टरलाई फोन गर्नुस्। परामर्श लिन सकिन्छ । खाइरहेको ब्रान्डको औषधि नपाइए अर्को पाउन सकिन्छ । त्यसैले भोलि ल्याउँला एक दुई दिन त हो भनेर नबस्नुस यसले पछि ठुलो समस्या निम्त्याउन सक्छ । साथै संक्रमणबाट जोगिन भिडभाडमा नजाने, सरसफाईमा ध्यान दिने त छँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्म भारतमा २४ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार २४ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यसैगरी ७७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

यहीविच उता ५ हजार ६३ जनाले भने भाइरसलाई जितेर घर फर्किसकेका छन्। भारतमा सबैभन्दा बडी महाराष्ट्र प्रभावित बनेको छ । त्यसपछि दिल्लीमा धेरै संक्रमित भएका छन्।  भारत सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि एक महिना अघि देखि लकडाउन गरेको छ । लकडाउनको समय ३ मे सम्म जारी हुने भए पनि यसको समय बढाउने मुडमा सरकार रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।

लकडाउनकाबीच सरकारले आजदेखि केही पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

झापाका ६२ वर्षीय पुरुषमा देखियो कोरोना, संक्रमितको संख्या ४९ पुग्यो

झापाका ६२ वर्षीय पुरुषमा देखियो कोरोना, संक्रमितको संख्या ४९ पुग्यो

 हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उक्त व्यक्तिमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी अहिले आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा कोरोना आशंकामा ३ हजार ७ सय ९१ जनाको परीक्षण

२४ घण्टामा कोरोना आशंकामा ३ हजार ७ सय ९१ जनाको परीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले गत २४ घण्टामा कोरोना आशंकामा ३ हजार ७ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको परीक्षण गरिएको बताए । यी मध्ये कसैमा पनि कोरोना पोजेटिभ नआएको पनि उनले जानकारी दिए ।

पीसीआर विधिबाट हालसम्म ९ हजार ४ सय सात जनाको र र्‍यापिड टेष्ट विधि मार्फत ३८ हजार ८९ जनाको परीक्षण गरेको प्रवक्ता देवकोटाले बताए । यो दुबै गरी हालसम्म ४७ हजार ४ सय ९६ जनाको कोरोना आशंकामा परीक्षण गरिएको छ ।

यसैगरी मन्त्रालयका अनुसार प्रदेश १ मा ३९२९, प्रदेश २ मा ४९७७, बाग्मती प्रदेशमा ७१४३, गण्डकी प्रदेशमा ४७८३, कर्णाली प्रदेशमा ४८७०, प्रदेश ५ मा २८७४र सुदूरपश्चिममा ९५१३ जनामा र्‍यापिड टेष्ट विधि मार्फत कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनको संख्या १२ हजार ९ सय ८५ र आइसोलेसनमा ८९ जना रहेको पनि बताइएको छ ।  नेपालमा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १० जना निको भएर घर गइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना सतर्कता: रमजानमा पनि मस्जिद नजान मुस्लिम आयोगको आग्रह

कोरोना सतर्कता: रमजानमा पनि मस्जिद नजान मुस्लिम आयोगको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं: मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समूदायलाई घरमै बसेर नवाज पढ्न अपिल गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा अन्सारीले  मुस्लिम समूदायलाई कोरोना महामारीका कारण घरमै बसेर नमाज पढिदिन आग्रह गरेका हुन्।

उनले मुस्लिम समूदायको ठुलो चाड रमजान भोलिबाट शुरु हुन लागेको भन्दै यो चाडमा पनि मस्जिदमा नगइदिन आग्रह गरे । उनले भने, ‘भाइरसले यो जात वा धर्म भनेर चिन्दैन त्यसैले हामी आफू पनि सचेत भएर यो महामारीबाट बच्न भिडभाडमा नगई प्रार्थना गरौं, घरमै नमाज पढौं। भोलि महामारी हटेपछि आ आफनो हिसाबले मस्जिद जान सकिन्छ ।’ उनले मुस्लिम समूदायलाई यो कोरोना महामारीका बेला समूहमा भेला नभइदिन पनि आग्रह गरे ।

उदयपुरको मस्जिदमा एकैपटक धेरै जमातीमा कोरोना संक्रमण देखिएको प्रसंग उठाउँदै उनले मस्जिदमा धर्म गुरु बाहेक अरु नबसिदिन अपिल गरे ।  उनले आयोगले स्वास्थ्य मन्त्रालयसँग मिलेर उपत्यका लगायत देशभरका मस्जिदहरुमा रहेका जमातीहरुको कोरोना परीक्षण गर्ने काम शुरु गरेको पनि जानाकारी दिए ।  उनले कार्यक्रममा केही व्यक्तिले नेपालमा मुस्लिमले कोरोना फैलाए भनेर आरोप लगाएको भन्दै रोगलाई कुनै धर्म वा समूदायसँग नजोड्न पनि आग्रह गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा ६ जनाको आरडीटी परीक्षण पोजेटिभ

सुदूरपश्चिममा ६ जनाको आरडीटी परीक्षण पोजेटिभ

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा र्‍यापिड डाइग्नोस्टिक विधि मार्फत परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

बाजुरामा दुई कैलालीमा दुई तथा अछाम र डडेल्धुरा एक एक गरी ६ जनामा र्‍यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ भेटिएको हो। परीक्षण गरिएका ६ जनामध्ये चार जनाको भने पीसीआर विधि मार्फत परीक्षण गर्दा नेगेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ।

यसैगरी बाँकी दुई जनाको परीक्षण गर्न भने बाँकी भएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

के खानाबाट पनि कोरोना भाइरस सर्नसक्छ ?

के खानाबाट पनि कोरोना भाइरस सर्नसक्छ ?

धेरैलाई उत्सुकता लागेको विषय हो खानाबाट कोरोना सर्नसक्छ की सक्दैन् भन्ने । केही दिनअघि मात्र भारतमा पिज्जा घरघरमा पुर्याउने एक व्यक्तिमा कोरोना संक्रमण भयो । त्यसपछि उनले पिज्जा पुर्याएका घरका ७२ जनालाई कोरोना हुनसक्ने भन्दै क्वारेन्टाइनमा राखियो । यसले पनि के देखाउँछ भने कोरोना संक्रमित व्यक्तिले छोएको खानामा पनि संत्रमण हुन्छकी भन्ने हो । हुन त अहिलेसम्म कोरोना भाइरस खाना वा फलफूल, तरकारीबाट सरेको भन्ने कुनै अध्ययन अनुसन्धान आइसकेको छैन्। तर पनि संक्रमित व्यक्तिले प्रयोग गर्ने वा उसले छोएका खानामा भाइरस हुनसक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्। नोबल कोरोना भाइरस सबैका लागि नयाँ भएकाले यसबारे धेरै अध्ययन हुनै बाँकी छ । जसका कारण हामीले यसबाट बच्न सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ ।

हुन त नेपालमा अनलाइन अर्डर गरेर खाना मगाउने चलन कमै छ । तर पनि यसरी बाहिरबाट खाना मगाउँदा यो बेलामा विशेष ध्यान दिनुपर्ने हुन्छ । अहिले नेपालमा जति पनि खाद्य पसल तरकारी फलफूलका पसल खुलेका छन्। ती पसलमा बस्ने अधिकांसले सामान्य सुरक्षा सामग्री मास्क, ग्लोब्स समेत लगाएको देखिंदैन्। यो भनेको लापावाही हो जस्तो लाग्छ । हामीकहाँ यो बेलामा केही सुपरमार्केटहरु पनि खुलेका छन्। यो असाध्यै जोखिम भएको स्थान हुनसक्छ । केही दिन अघि मात्र यूनिभर्सिटी अफ हेल्सिन्कीले एक जना संक्रमितले खोक्दा उक्त भाइरस १५ मिनेटसम्म हावामा रहने कुरा बताएको छ । उक्त भाइरस त्यहाँ रहेका खानेकुरामा १५ मिनेटसम्म रहन पनि सक्छ । जुन सामान हामीले छोइरहेका हुन्छौं । यसरी हेदा सुपरमार्केटमा ‘डिस्टेन्स मेन्टेन’ गरेरै सामान किनमेल गर्नु पनि बढी जोखिमपूर्ण हुनसक्छ । त्यसैले यस्ता सुपरमार्केटबाट संक्रमण फैलिनसक्ने कुरा सरकारले र सर्वसाधाराणले बुझ्न जरुरी छ ।

हामीले कम्तीमा आफनो सुरक्षाका लागि पसलमा बस्दा वा बाहिर निस्कदा मास्क लगाउनैपर्छ । अर्को कुरा दैनिक आवश्यक पर्ने सामान जस्तै दूध, तरकारी, पानी, फलफूल लगायतका सामान किन्न जाँदा विशेष सावधानी अपनाउन जरुरी छ ।  पहिलो कुरा त यसरी बाहिर जाँदा परिवारको एक जना मात्र जानु राम्रो हुन्छ । जाने व्यक्तिले मास्क, ग्लोब्स र सकेसम्म चस्मा पनि लगाउन जरुरी छ । यसरी बाहिर जाँदा लगाउने कपडा छुट्टै बनाउने एवं सपिङ गर्ने ब्यागलाई प्रयोग गरेपछि धोएर घाममा सुकाउँदा यदि यसमा भाइरस भए मर्ने सम्भावना हुने विज्ञले जनाएका छन्।

यसका साथै आफूले लगाएका लुगा छुट्टै राख्दा राम्रो हुन्छ । यसले गर्दा यदि पसलमा कोही संक्रमित नै भएमा पनि परिवारको एकजनामा मात्र सर्ने सम्भावना हुन्छ । यो बेला हामलिे हरेक व्यक्तिमा कोरोना हुनसक्छ भनेर शंका गरेर डिस्टेन्स मेन्टेन गर्ने हो भने धेरै हदसम्म कोरोनाबाट बच्न सकिन्छ । अर्को कुरा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको छ । जसका कारण सवारीसाधन , कलकारखाना केही पनि चलेका छैनन्। यो समयमा हामी पनि अत्यावश्यक नभएसम्म बाहिर ननिस्कने र सरकारले गरेको निर्णयको पालना गर्न जरुरी छ ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

ताजा अपडेट