१६ हजार ८ सय ९८ जनाको पीसीआर परीक्षण हुँदा ११० जना संक्रमित

१६ हजार ८ सय ९८ जनाको पीसीआर परीक्षण हुँदा ११० जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा हालसम्म पीसीआर विधिमार्फत १६ हजार ८ सय ९८ जनाको परीक्षण गरिएको छ । ती मध्ये हालसम्म  ११० जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुराको जानकारी दिएका हुन्। यसैगरी मन्त्रालयका अनुसार आरडीटी विधिमार्फत हालसम्म ५६ हजार ६ सय ५७ जनाको परीक्षण गरिएको छ । आजसम्मको तथ्यांक अनुसार नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन्।

प्रदेश नंबर १ मा ३५ जना, प्रदेश २ मा ३१ जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा ३० र सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएका हुन्। संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत २४ घण्टामा १ हजार ३ सय १६ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ । यसैगरी १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका छन्। संक्रमितसहित कोरोनाको आशंकामा आइसोलेसनमा रहनेको संख्या १ सय ६४ रहेको छ । उपत्यका ३ र उपत्यका बाहिर १ सय ६१ जना आइसोलेसनमा छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ब्रेनको जटिल शल्यक्रिया तर बिरामी भने मादल बजाउँदै…(भिडियोसहित)

नेपालमै पहिलोपटक भएको 'टास्क स्पेसेफिक डिस्टोनिया' सर्जरी

ब्रेनको जटिल शल्यक्रिया तर बिरामी भने मादल बजाउँदै…(भिडियोसहित)

हामी सबैले सामान्यतया मादल बजाएको सुनेका छौँ, देखेका छौँ र कतिपयले मादल बजाएका पनि छौँ होला । तर एक जना बिरामीले ‘अपरेसन थियटर’ मा आफनो शल्यक्रिया भइरहेको बेला मादल बजाएको भने शायदै देखेका छौँ । काठमाडौंको माइतीघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा भएको एउटा अनौँठो र जटिल शल्यक्रियाका बखत एक जना बिरामीले शल्यक्रियाकै क्रममा मादल बजाइरहेका थिए ।

नेपालका चर्चित वाद्यवादक एवं लोक गायक खड्ग बुढाले व्यावसायिक रुपमा मादल बजाउन थालेकै ३२ वर्ष भन्दा बढी भइसकेको छ । उनी राष्ट्रिय नाचघरका संगीत प्रबन्धक पनि हुन्। नेपालमा असाध्यै धेरै चलेका गित सा कर्णाली, तालको पानी माछीले खानी, गलबन्दी च्यातियो, सालको पात टपरी हुनी लगायतका हजारौं गितमा वाद्यवादन दिएका छन् खड्ग बुढाले । हजारौँ फिल्ममा उनले मादल तबला, डम्फु,ढोलक लगायतका बाजा बजाएको बताउँछन्। जुन दर्शक र श्रोताबाट अत्यन्त रुचाइएकोमा पर्छ ।

तर अचानक केही महिना अघिदेखि उनकोे दाहिने हातमा केही समस्या देखियो । मादल बजाउँदा सुर नमिलेको जस्तो हुने, हात गल्ने, ताल बिग्रदै जान थाल्यो । उमेरसँगै आएको समस्या होला भनेर उनले केही दिन थेरापी पनि गरे । तर त्यसो गर्दा पनि ठिक नभएपछि वरिष्ठ न्यूरो सर्जन डा बसन्त पन्तकोमा पुगे अनि रोग पत्ता लाग्यो नशासम्बन्धी ‘टास्क स्पेसेफिक डिस्टोनिया ।’ एक प्रकारको नशा रोग । डा पन्तका अनुसार जसले एउटै काम वर्षौसम्म दोहोराइरहन्छ त्यस्ता व्यतिलाई यो समस्या हुने सम्भावना बढी हुनेगर्छ । बढी जसो म्युजिसियन, बार्बर, लेखक आदीलाई यो समस्या हुने उनको भनाई छ।

अचम्म त डाक्टरहरुले सर्जरीको क्रममा उनको मादल बजाउने क्षमता जाँच गर्नको लागि मादलकै सहायता लिएका थिए । डाक्टरको टिमले शल्यक्रिया गरिरहँदा बिरामी भने मादल बजाउँदै कुरा गरिहेका थिए । हुनत नेपालमा डिस्टोनियाको शल्यक्रिया यसअघि पनि भएको बताउँछन् डा पन्त । तर उनका अनुसार टास्क स्पेसेफिक डिस्टोनियाको शल्यक्रिया भने नेपालमै पहिलोपटक भएको हो । खड्ग बुढाको शल्यक्रियामा संलग्न अर्का न्यूरो सर्जन डा रेसा श्रेष्ठले बिरामीलाई बेहोस नै नपारेर मादल बजाउने समस्या कहाँनेर छ भन्ने हेर्दै, सोध्दै शल्यक्रिया गरेको बताइन्।

खड्ग बुढाले पनि वर्षौ सम्म मादल बजाइरहँदा उनको दाहिने हातको नशामा समस्या भएको डा पन्तको भनाई छ । रोग पत्ता लागेपछि उनको समस्या समाधान गर्न डाक्टरको टिमले उनको ब्रेनको सर्जरी गर्ने निर्णय गर्यो त्यो पनि बेहोस नै नपारेर । त्यसो त यो शल्यक्रिया आफैमा जटिल शल्यक्रिया भित्र पर्छ । विकसित देशहरुमा पनि यस्तो शल्यक्रिया कमै मात्र भएको पाइन्छ ।

अचम्म त डाक्टरहरुले सर्जरीको क्रममा उनको मादल बजाउने क्षमता जाँच गर्नको लागि मादलकै सहायता लिएका थिए । डाक्टरको टिमले शल्यक्रिया गरिरहँदा बिरामी भने मादल बजाउँदै कुरा गरिहेका थिए । हुनत नेपालमा डिस्टोनियाको शल्यक्रिया यसअघि पनि भएको बताउँछन् डा पन्त । तर उनका अनुसार टास्क स्पेसेफिक डिस्टोनियाको शल्यक्रिया भने नेपालमै पहिलोपटक भएको हो ।बुढाको शल्यक्रियामा संलग्न अर्का न्यूरो सर्जन डा रेसा श्रेष्ठले बिरामीलाई बेहोस नै नपारेर मादल बजाउने समस्या कहाँनेर छ भन्ने हेर्दै शल्यक्रिया गरेको बताइन्।

झण्डै डेढ घण्टा लागेको शल्यक्रियामा बिरामीले आफनो सहजता भए नभएको तुरुन्त शल्यक्रिया कक्षमै भने र त्यहीं शल्यक्रियामै उनको समस्या समाधान भयो । खड्ग बुढाको शल्यक्रियामा पनि त्यही भयो डाक्टरले तपाइँलाई मादल बजाउन सजिलो भएको छ की छैन भन्दै शल्यक्रिया कक्षमा सोधिरहेको देखिन्थे । जहाँ उनले सजिलो छ भने त्यहीं उनको ब्रेनमा स्टिमुलेट गरी मिलाइयो । जसका कारण शल्यक्रिया टेबलमै उनको समस्या समाधान भयो ।

शल्यक्रिया पश्चात वर्षौदेखि आफूले गर्दै आएको मादल बजाउने काममा असर पर्छ की भनेर चिन्तित बनेका खड्ग बुढा अहिले भने दंग परेका छन्।

भिडियो हेर्नुहोस्: 

थप समाचार

नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उदयपुरमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोशी अस्पतालको विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उदयपुर भुल्के निवासी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनका अनुसार संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण किट आएसँगै सुरु

सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण किट आएसँगै सुरु

शेर भण्डारी\ डडेल्धुरा: सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण सुरु भएको छ। किट आइपुगेपछि शनिबारदेखि पुन रोकिएको कोरोना परीक्षण सुरु भएको हो।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा गुणराज अवस्थीले शुक्रबार राति ३८४ जनालाई पुग्ने आरएनए एक्स्ट्रयाक्सन किट धनगढी आइपुगेको बताए। किटको अभावमा विभिन्न जिल्लाबाट संकलित ५० भन्दा बढीको थ्रोट स्वाबको रिपोर्ट आउन सकेको थिएन। डा अवस्थीका अनुसार शंकास्पद बिरामीको तत्काल परीक्षणका लागि मात्रै किट पुगेको हो। बाँकी आरडीटी किट लगायतका थप सामग्री आउनै बाँकी छ ।

किट अभावका कारण धनगढीको पशु अन्वेषण प्रयोगशाला स्थापना गरिएको पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण दुई दिन परीक्षण रोकिएको थियो। परीक्षणका लागि चाहिने किट आइपुगेसँगै परीक्षणलाई बढाउने सुदू्रपश्चिमको समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले बताए।

सुदूरपश्चिममा कोरोनाको उच्व जोखिम क्षेत्र मानेर सरकारले धनगढीमा प्रयोगशाला स्थापाना गरेको भए पनि किट र नमुना पर्याप्त भन्डारण गर्ने क्षमता नहुँदा परीक्षणलाई तीव्रता दिन सकिएको छैन्।

अहिलेसम्मको सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको थियो। पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

तीन दिनमा ५ हजार ३ सय २० जनाको स्वाब संकलन गर्दै स्वास्थ्य मन्त्रालय

'५० हजार पीसीआर किट मौज्दात छ'

तीन दिनमा ५ हजार ३ सय २० जनाको स्वाब संकलन गर्दै स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनभित्र ५ हजार ३ सय २० नमुना संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।

शनिबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।  उनले स्वाब संकलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्वास्थ्यकर्मी एवं नेपाली सेनाको टोली सो क्षेत्रमा गइसकेको जनाए । उनले हालसम्म ४ सय नमुना संकलन भएको पनि जानकारी दिए । डा देवकोटाले ५० हजार किट मौज्दात रहेको भन्दै परीक्षणको दायरा पनि बढाउँदै लाने बताए ।

पछिल्लो समय कोरोना हटस्पट बनेको नेपालगञ्ज, वीरगञ्ज, उदयपुर, बारा, पर्सा लगायतका स्थानबाट शंकास्पद व्यक्तिको स्वाब संकलन गरिने उनले जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ९ जनाको पीसीआर विधिमार्फत र ५५ हजार ९ सय ३० जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।

आज पुष्टि भएका ७ जनासहित नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ । ती मध्ये ३१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक

भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमतिको संख्या ६० हजार नजिक पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहा कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ ।

यसैगरी मृत्यु हुनेको संख्या नै १ हजार ९ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९५ जनाले ज्यान गुमाएका छन् भने झण्डै ३५ सय नयाँ संक्रमित थपिएका छन्। यसैगरी हालसम्म १७ हजार ८ सय ४७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा मात्रै ७४१ जनाले ज्यान गुमाएका छन्। भारत सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि डेढ महिनालदेखि लकडाउन जारी राखेको छ । यद्यपी कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो एक सातादेखि भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: गर्मीयाम शुरु भएसँगै बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। खासगरी तराई क्षेत्रमा देखिने भए पनि पछिल्ला केही बर्ष यता सुदूरपहाडमा पनि औलोका बिरामी देखिन थालेका हुन्।

लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो बर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ बर्षीया अस्मीता साउँदमा औलोरोग भएको पुष्टी भएको बैतडीका स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

केही दिनअघि ज्वरो आएकी साउँदको परीक्षण गर्दा औलो देखिएको भट्टले बताए। साउँदको अहिले उपचार भईरहेको छ। एकजनाको औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरुको औलो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको उनले बताए।

यसैगरी बैतडीको दशरथचन्द नगरपालिका–६ का एक ४८ बर्षीय पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टी भएको छ। ती पुरुषमा अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा जाँच गर्दा स्क्रब टाइफस पुष्टी भएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

फेरी ७ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

फेरी ७ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज फेरी एकैपटक ७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा तीन जना, उदयपुरमा ३ जना र पर्साका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरको प्रयोगशालमा शुक्रबार परीक्षण गर्दा उदयपुरका १८, ४५ र ६५ वर्षका महिलामा त्यसैगरी कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको बताए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेम ज्ञवाली

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेम ज्ञवाली

हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा ज्ञवालीलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

यसअघिका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि ज्ञवालाीलाई नियुक्त गरिएको हो। डा ज्ञवालीले पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोण टोलीको नेतृत्व गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिमकी संक्रमित महिला पनि कोरोना जितेर घर फर्किइन्

सुदूरपश्चिमकी संक्रमित महिला पनि कोरोना जितेर घर फर्किइन्

शेर भण्डारी\डडेल्धुरा: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोनालाई जितेर उनी शुक्रबार अस्पतालबाट घर फर्किएकी हुन्।

उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

३५ दिनदेखि सेती अस्पतालमा भर्ना भएकाी धनगढी उपमहानगरपालिका- ५ की ३४ वर्षीया महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाबको नमुना परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो दुई पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको हो। चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो।

योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०२ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार भेरी अस्पतालमा परीक्षण गर्दा नेपालगञ्जका १६ वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । याेसँगै नेपालमा संक्रमितकाे संख्या १०२ पुगेकाे छ । सरकारले कोरोनाको हटस्पट बनको नेपालगञ्जमा मात्रै १ हजार जनाको नमुना परीक्षण गर्ने जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा पछिल्लाे सात दिनमा २३ हजार नयाँ संक्रमित थपिए

भारतमा पछिल्लाे सात दिनमा २३ हजार नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडाैं:  भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । पछिल्लो सात दिनमा मात्रै २३ हजार कोरोनाका नयाँ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३० अप्रिलसम्म ३३ हजारको हाराहारीमा कोरोना देखिएकोमा मे को शुरुवातदेखि नै संक्रमित थपिने क्रम तीब्र रुपमा बढेको हाे ।  सात दिनमै ३३ हजारबाट बढेर संक्रमितकाे संख्या ५६ हजार ३४२ पुगेकाे छ ।

गत २४ घण्टामा मात्रै भारतमा १०३ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ९० नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८ सय ८६ पुगेको छ।  यसैगरी १६ हजार भन्दा बढी संक्रमित निकाे भएर घर फर्केको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणको उच्च जोखिममा मुटुका बिरामी

कोरोना संक्रमणको उच्च जोखिममा मुटुका बिरामी

यतिबेला विश्व नै कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । हालसम्म विश्वभर ३८ लाख भन्दा बढी मानिस यसको संक्रमणबाट गुज्रिरहेका छन्। धेरै देशहरुले कोरोना रोकथाममा लागि आ आफनो देशमा लकडाउन गरेका छन्। यही क्रममा नेपालमा पनि डेढ महिनादेखि लकडाउन छ । यसको समय लम्ब्याउँँदै जेठ ५ सम्म पुर्याइएको छ । हालसम्म कोरोनाको कुनै उपचार, खोप वा औषधि नभएकाले पनि यसबाट बच्न घरमै बस्नु र सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।

कोरोना भाइरसको जोखिम दीर्घरोगी, बृद्धबृद्धा, रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिलाई अन्यको तुलनामा बढी नै हुन्छ भन्ने कुरा विश्व स्वास्थ्य संगठनले नै भनिसकेको छ । म मुटुरोग विशेषज्ञ भएकाले मुटु रोग भएकालाई कोरोना संक्रमणको जोखिम र असर कस्तो हुन्छ भन्ने कुरा गर्न चाहन्छु । अहिले महामारीको रुपमा लिएको कोरोनाले मुटरोगी बिरामीलाई बढी असर गर्ने देखिएको छ। हुन त अहिलेसम्म कोरोना भाइरसले संक्रमण गरेपछि यसले रुघाखोकी, ज्वरो हुँदै श्वासप्रश्वासमा समस्या गराएको पाइन्छ । यो शुरुवाती चरण भयो तर हामीले नियालेर हेर्ने हो भने बहुसंख्यक संक्रमितहरुको अन्तिम मृत्युको कारक भने मुटुमा समस्या भएको पाइएको छ । मुटुको समस्या भएका बिरामी व्यक्तिमा कोरोनाको असर बढी हुने गरेको पाइएको छ। किनभने मुटुमा समस्या भएका मानिसमा अन्य व्यक्तिको तुलनामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले उनीहरुमा कोरोनाको संक्रमण छिटो हुने संभावना धेरै त हुन्छ नै योसँगै उनीहरुलाई संक्रमण भइहालेमा आईसियुमै राख्नुपर्ने हुन सक्छ। यसैगरी धुम्रपान, मद्यपान गर्नेमा पनि कोरोना भाइरसको असर बढी देखिएको छ ।

हामी सबैलाई थाहा छ मानव शरीरको महत्वपूर्ण अंगमध्ये मुटु एक हो। हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि मुटु स्वस्थ हुनुपर्छ । मुटु पहिल्यैदेखि बिरामी भएमा भाइरसले छिटो अट्याक गर्नसक्छ । चाहे त्यो अन्य भाइरस होस वा कोरोना भाइरस । पछिल्लो समय संसारमा ६०\६५ वर्ष कटेका ५० प्रतिशत भन्दा बढीमा उच्च रक्तचापको समस्या छ । ती मध्ये धेरैमा मोटोपन पनि पाइन्छ। त्यसैले पनि विकसित देशहरु इटली, स्पेन, अमेरिकामा कोरोना संक्रमण भएपछि धेरै मानिसहरुको मृत्यु भएको छ । त्यसको एउटा कारण हो ती व्यक्तिहरुको मुटु पहिल्यैदेखि कमजोर थियो।

पहिल्यैदेखि मुटु सम्बन्धी समस्या भएका, उच्च रक्तचाप भएका वा यसअघि ह्दयघात भइसकेका बिरामीलाई यो भाइरसले बढी असर गर्ने मात्र हैन उनीहरुमा मृत्युदर पनि उच्च रहेको छ । अहिले सबैभन्दा बढी प्रभावित चीन, अमेरिका, इटली, स्पेनको तथ्यांक हेर्दा ती देशहरुमा अधिकांश संक्रमित मुटुको समस्या भएका ६०\६५ वर्ष माथिका व्यक्तिहरुको ज्यान गएको पाइन्छ । हामीले जतिसुकै कोरोनाको कारण मृत्यु भयो भनेर भने पनि त्यसले मुख्य कारण मुटुलाई असर गरेपछि मृत्यु भएको पाइएको छ । यसले पनि के देखाउँछ भने मुटुका समस्या भएका व्यक्हिरुलाई कोरोनाको उच्च जोखिम हुन्छ त्यसैले यस्ता व्यक्तिले कोरोना भाइरसबाट बच्न अझै बढी सतर्कता अपनाउन जरुरी छ ।

हामी सबैलाई थाहा छ मानव शरीरको महत्वपूर्ण अंगमध्ये मुटु एक हो। हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि मुटु स्वस्थ हुनुपर्छ । मुटु पहिल्यैदेखि बिरामी भएमा भाइरसले छिटो अट्याक गर्नसक्छ । चाहे त्यो अन्य भाइरस होस वा कोरोना भाइरस । पछिल्लो समय संसारमा ६०\६५ वर्ष कटेका ५० प्रतिशत भन्दा बढीमा उच्च रक्तचापको समस्या छ । ती मध्ये धेरैमा मोटोपन पनि पाइन्छ। त्यसैले पनि विकसित देशहरु इटली, स्पेन, अमेरिकामा कोरोना संक्रमण भएपछि धेरै मानिसहरुको मृत्यु भएको छ । त्यसको एउटा कारण हो ती व्यक्तिहरुको मुटु पहिल्यैदेखि कमजोर थियो भन्ने हो ।

कोरोना महामारी शुरु भएको चीनको वुहानमा त यसको रिसर्च नै भएको छ । वुहानमा उपचार गराएका अधिकांश संक्रमितको मुटुमा ‘इन्फ्लामेसन’ अर्थात मुटु सुन्निएको पाइएको थियो । यो भनेको भाइरसले मुटुलाई असर गर्यो जसका कारण बिरामीको मृत्यु भयो । त्यसैले मुटुरोगी कोरोनाको उच्च जोखिममा पर्छन् भन्नेमा दुई मत नै रहेन।

यो अवस्थामा हामी कहाँ पनि संक्रमितको संख्या बढिरहेको छ । यतिबेला हामी सबैले सरकारले लागू गरेको लकडाउन पालना गर्नैपर्छ । मुटुका रोगीलाई सल्लाह दिन चाहन्छु । यदि तपाइँको मुटु स्वस्थ छैन् भने कोरोना भाइरसले आक्रमण गर्ने सम्भावना अत्यन्त धेरै हुन्छ । त्यसैले घरमै बस्नुस्। पोषिलो खानेकुरा खाने, अत्यावश्यक नपरेसम्म बाहिर ननिस्कने, परिवारसँग समय बिताउने, घरमै व्यायाम योगा गर्ने गर्दा राम्रो हुन्छ ।

उच्च रक्तचापको औषधि खाइरहेका बिरामीले आफूखुशी औषधि छोड्न हुँदैन । यसले झन ठुलो समस्या निम्त्याउन सक्छ। यो बेला हामी सबैले आफना बिरामीलाई फोन नम्बर दिएका छौं फोन गरेर परामर्श पनि लिन सकिन्छ । यसका साथै अहिले इमरजेन्सी नपरेसम्म अस्पताल नआउन पनि सल्लाह दिन्छौं । किनकी अस्पतालमा जस्तोसुकै बिरामी पनि आइरहेको हुन्छ । त्यहाँबाट संक्रमण सर्ने सम्भावना बढी हुन्छ । लकडाउनको समयमा घरमै बसौं, स्वस्थकर जीवनशैली अपनाऔं, भिडभाड, भोजभतेरमा नजाऔं, सामाजिक दूरी कायम राखौं, साबुन पानीले नियमित हात धोऔं, यति गरेमा धेरै हदसम्म हामी कोरोनाबाट बच्न सक्छौं ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

स्वास्थ्य मन्त्रालयलाई स्वीजरल्याण्ड सरकारले दियो ३० हजार पीसीआर किट

स्वास्थ्य मन्त्रालयलाई स्वीजरल्याण्ड सरकारले दियो ३० हजार पीसीआर किट

हेल्थ टिभी अनालाइन\ काठमाडौं: स्वीजरल्याण्ड सरकारले दिएको ३० हजार थान पीसीआर टेस्ट किट बिहिबार नेपाल आइपुगेको छ ।
देशभर किटको अभाव भएकाबेला स्वीटजरल्याण्ड सरकारले गरेको उक्त स्वास्थ्य सामग्री वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ । सामान आए लगत्तै विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

किट हस्तान्तरण गर्दै राजदूत क्यापलरले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको उक्त सामानले नेपालाई केही मात्रामा भए पनि सहयोग पुग्ने विश्वास लिएको बताइन्। यसैगरी मन्त्री ढकालले सहयोगका लागि स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कपिलवस्तुमा दुई जना पुरुषमा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

कपिलवस्तुमा दुई जना पुरुषमा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलवस्तु -८ का १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । डा अधिकारीका अनुसार बिहिबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना ‘हटस्पट’ नेपालगञ्जमा १ हजार जनाको पीसीआर परीक्षण हुने

कोरोना ‘हटस्पट’ नेपालगञ्जमा १ हजार जनाको पीसीआर परीक्षण हुने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले नेपालमा कोरोनाको हटस्पट बनेको नेपालगञ्जमा र वीरगञ्जमा १ \१ हजार गरी दुई हजार जनाको नमुना परीक्षण गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको जोखिममा रहेका नेपालगञ्ज र वीरगञ्ज गरी दुई हजार जनाको स्वाब संकलन गरिने बताए । उदयपुरमा भने ५ सय स्वाब संकलन गरिने मन्त्रालयलले जनाएको छ ।

उनले स्वाब संकलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महामाखाको टोली सेनाका चिकित्सकसहित सो क्षेत्रमा गइसेकेको बताए । नेपालगञ्जमा एउटै टोलका २३ जनाका संक्रमण देखिएको थियो । सबै संक्रमितको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यसैगरी वीरगञ्जमा बुधबार मात्रै दुई महिने शिशुसहित १७ जनामा संक्रमण देखिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा पनि किट अभाव, रोकियो कोरोना परीक्षण

सुदूरपश्चिममा पनि किट अभाव, रोकियो कोरोना परीक्षण

शेर भण्डारी \ डडेल्धुरा : कोरोना परीक्षणका लागि प्रयोग हुने ‘आरएनए एस्ट्राक्सन’ किट सकिएपछि सुदूपश्चिममा कोरोना परीक्षण रोकिएको छ ।

सुदूरपश्चिम भरीकै कोरोना परीक्षण हुने धनगढीमा रहेको पशु अन्वेषण प्रयोगशालामा आरएनए एस्ट्राक्सन किट सकिएपछि कोरोना परीक्षण रोकिएको हो ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना परीक्षणका लागि प्रयोग हुने आरएनए एस्ट्राक्सन किट अभाव भएकाले दुईदिनदेखि परीक्षण रोकिएको बताए । उनले भने, ‘देशैभरी आरएनए एस्ट्राक्सन किट अभाव भएको छ । स्वास्थ्य मन्त्रालयसँग कुरा भइसकेकाले छिटै आउने आश्वासन आएको छ । किट आए लगत्तै पुन परीक्षण शुरु गछौं ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

हालसम्म पीसीआरबाट १४ हजार ५ सय ९ र आरडीटीबाट ५४ हजार ९३ जनामा कोरोना परीक्षण

हालसम्म पीसीआरबाट १४ हजार ५ सय ९ र आरडीटीबाट ५४ हजार ९३ जनामा कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले हालसम्म पीसीआर विधिमार्फत १४ हजार ५ सय ९ र आरडीटीमार्फत ५४ हजार ९३ जनाको परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बिहिबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। उनले विभिन्न स्थानबाट आएका र कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ३ सय ७२ जना रहेको पनि जानकारी दिए ।

यसैगरी देशभरका विभिन्न अस्पतालको आइसोलेसनमा रहनेको संख्या १ सय ३३ रहेको छ । मन्त्रालयका अनुसार ३ जना उपत्यकामा र १ सय ३० जना उपत्यका बाहिर रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश छ मा २४ जना र सुदूरपश्चिममा ५ जना गरी ९९ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन्। संक्रमित मध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा गौतम नियुक्त

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा गौतम नियुक्त

हेल्थ टिभी अनलाइन\काठमाडौं: चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतम नियुक्त भएका छन् ।

बिहिबार बसेको अस्पताल विकास बोर्डको बैठकले डा गौतमलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ३ वर्षको हुनेछ।

अस्पतालका यसअघिका कार्यकारी निर्देशक डा बिजयचन्द्र आचार्यको पदावधि बुधबार सकिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सांसदहरुको पीसीआर विधीमार्फत कोरोना परीक्षण हुँदै

सांसदहरुको पीसीआर विधीमार्फत कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सांसदहरुको कोरोना परीक्षण शुरु भएको छ । शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

केही सांसदहरु हाल कोरोना संक्रमित देखिएका क्षेत्रबाट पनि आउने भएकाले अधिवेशनको अघिल्लो दिन पीसीआर टेष्टको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।

बिहीबार बिहान १० बजेदेखि नै स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरु संसद भवन बानेश्वर पुगेका थिए। स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ । मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले सांसदहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो।

ताजा अपडेट