विरोधको फरक शैली: सरकारी चिकित्सकले गरे माइतीघर मण्डलामा रक्तदान
काठमाडाैं : कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरूले आज माइतीघर मण्डलामा रक्तदान गरी विरोध जनाएका छन्।
सरकारी चिकित्सहरूलाई साथ दिँदै सर्वसाधारणले पनि स्वतः स्फुर्तरूपमा रक्तदान गरेका थिए। संकलन भएकाे रगत राष्ट्रिय ट्रमा सेन्टरमा बुझाउने संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
साताव्यापी विराेध कार्यक्रमअन्तर्गत साेमबार रक्तदान गरेका सरकारी चिकित्सकहरूले बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौंमा भेला हुने कार्यक्रम तय गरेका छन्।
त्यसो गर्दा पनि सम्बोधन नभए शुक्रबार सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन शुरु गर्ने चेतावनी उनीहरूले दिएका छन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा