‘र्याम्प शो’को तयारी यसरी गर्दैछन् क्यान्सर सर्भाइभर
काठमाडौं : विभिन्न समयमा क्यान्सर लागेर निको भइसकेका एवं क्यान्सर विजेताहरू यतिखेर ‘र्याम्प शो’कोमा तयारीमा व्यस्त छन्। नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा हुन लागेको र्याम्प शोमा २५ जना सहभागी हुँदैछन्।
क्यान्सर सर्भाइभर एवं मोडल डली गुरुङले उनीहरुलाई र्याम्पमा हिँड्न सिकाइरहेकी छिन्। ‘क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन’ भन्ने सन्देश दिन र्याम्प शो गर्न लागिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन्। शोमा सहभागीमा ३ वर्षदेखि ९० वर्षसम्मका सर्भाइभर रहेको श्रेष्ठले जानकारी दिइन्।
समाजमा लुकेर बसेका क्यान्सर रोगीको आत्मबल बढाउने उद्देश्यका साथ सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो आगामी पुस २७ गते हुँदैछ।

याे पनि हेर्नुहाेस्–
‘क्यान्सरपछि पनि जीवन छ भन्ने सन्देश दिन र्याम्प शो गर्न लागेका हौँ’









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम