Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालका भित्तामा हराइरहेका आफन्तको खोजी

अस्पतालका भित्तामा हराइरहेका आफन्तको खोजी

हेल्थ टिभी अनलाइन : बुधबार भोटेकोशी नदीमा आएको बाढीमा परि हराइरहेका आफन्त खोज्दै त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा हरेक दिन भिडभाड हुने गरेको छ । आफना आफन्तको खोजी गर्दै कयौंले आफना प्रियजनको फोटो तथा नंबर भित्तामा टाँसिरहेका छन् । यसैगरी कतैबाट घाइते अवस्थामा अस्पतालमा ल्याइएको छ की भन्दै सोही फोटो देखाउँदै अस्पताल प्रशासनसँग सम्पर्क गरिरहेका छन् । विगत ५ दिनदेखि यो उनीहरुको दैनिकी बनेको छ ।

उता अस्पतालले पनि अस्पतालमा पोष्टमार्टमा लागि ल्याइएका शवको फोटो आफन्तका लागि पहिचान गर्न सजिलो होस भनेर छुट्टै भित्तामा टाँसिरहेको छ । साथै उपचार भइरहेकाहरुको पनि फोटो सार्वजनिक गरेको छ । धेरै आफन्तहरु घाइतेको लिस्टमा आफनो मान्छे छ की भन्दै हेरिरहेका देखिन्थे ।

अस्पतालमा एम्बुलेन्समा हरेक नयाँ बिरामी ल्याइँदा उनीहरुको आँखा उतै जान्थ्यो कतै मेरै मान्छे पो होकी ?

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार