रोग निको भए पनि एन्टिबायोटिकको डोज पूरा गर्नै पर्छ !
हेल्थ टिभी अनलाइन : तपाइँ हामी सबैले बिरामी हुँदा कुनै न कुनै समय एन्टिबायोटिक त पक्कै खाएका छौं । अझ सामान्य ज्वरो आउँदा, घाँटी दुख्दा वा खोकी लाग्दा पनि हामी सिधै एन्टिबायोटिक नै खान खोज्छौं ताकी छिटो निको होस् । हाम्रो यही बानीले चिकित्सा क्षेत्रमा ठूलो जनस्वास्थ्य संकट निम्त्याइरहेको छ । त्यसरी खाइने एन्टिबायोटिकको काम के हो ? कुन कुन समस्यामा एन्टिबायोटिकले काम गर्छ ? कति मात्रा खानुपर्छ ? यदि एन्टिबायोटिक खानै नपर्ने अवस्थामा खाइयो भने त्यसले कस्तो असर गर्छ भन्ने कुराको हामी मध्ये कतिजनाले हेक्का राखेका छौं त ?
एन्टिबायोटिक कस्तो अवस्थामा प्रयोग हुन्छ ?
एन्टिबायोटिक त्यस्ता औषधि हुन् जसले ब्याक्टेरियाजन्य संक्रमणलाई निको गर्छन । भाइरसबाट हुने संक्रमणमा यसको कुनै भूमिका हुँदैन अझ भनौं भाइरसको संक्रमणमा एन्टिबायोटिकको आवश्यकता पर्दैन । जस्तै रुघा, खोकी, विभिन्न फ्लु। एन्टिबायोटिक औषधि ल्याब परीक्षण गरेर कुन प्रकारको ब्याक्टेरियाले संक्रमण गराएको हो भन्ने पत्ता लगाएर मात्र चिकित्सकको सल्लाहमा खानु पर्छ । यसका साथै यसको डोज चिकित्सकले सिफारिस गरे बमोजिम पूरा गर्नैपर्छ । अलिअलि ठीक भयो भनेर बीचमै छोड्न मिल्दैन् । र अहिले बाँकी रह्यो अर्कोपटक बिरामी हुँदा खाउँला भनर राख्न पनि मिल्दैन् ।
एन्टिबायोटिकको डोज बीचमै छोड्दा के हुन्छ ?
हामी सामान्यतया एन्टिबायोटिक खाइसकेपछि अलि अलि ठिक हुन थाल्यो भने अब ठीक भयो किन खाने भनेर उक्त औषधि खान छोडिदिन्छौं । यो हाम्रो ठूलो गल्ती हो । रोग कम भएको जस्तो देखिए पनि औषधिको डोज किन पूरा गर्नैपर्छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । एन्टिबायोटिक खान सुरु गरेपछि शरीरमा रहेका ब्याक्टेरिया निष्क्रिय हुन थाल्छन् र कमजोर बन्दै जान्छन जसले गर्दा बिरामीलाई ठीक भएको जस्तो हुन्छ । तर सबै ब्याक्टेरिया मरिसकेका भने हुँदैनन । यही बेला औषधि खान रोकिदिंदा बाँकी रहेका ब्याक्टेरियाले बलिया भएर फेरि संक्रमण गराउन थाल्छन् । अपुरो उपचारले ब्याक्टेरियालाई अझ बढी बलियो बनाउने बताउँछन् वरिष्ठ क्लिनिकल फर्मासिस्ट डा सतिश देव । उनी भन्छन्, ‘जब एन्टिबायोटिक बीचमै छोडिन्छ तब त्यहाँ भएका ब्याक्टेरियाले सो औषधि चिन्छन र त्यसलाई पचाइदिन्छन त्यसैले त्यही औषधिले अर्को पटक काम नगर्न सक्छ एन्टिबायोटिक भन्दा ब्याक्टेरिया बलिया हुन थाल्छन् । यस्तो अवस्थालाई मेडिकल भाषामा एन्टिमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्सको पछाडिको एउटा मुख्य कारण हो एन्टिबायोटिक औषधिको दुरुपयोग वा बीचमै छोड्नु ।
आफुखुशी औषधि खाँदा र डोज पूरा नगर्दा पहिले खाइसकेको औषधि भन्दा ब्याक्टेरिया बलिया भएर ती एन्टिबायोटिकले कामै नगर्ने अवस्था हुन्छ । ब्याक्टेरियाले उक्त औषधिविरुद्ध प्रतिरोध क्षमता बनाएर बसेका हुन्छन् । यस्तो बेला सामान्य संक्रमणमा समेत उपचार गर्न गाह्रो हुनसक्छ ।
यसैगरी वरिष्ठ माइक्रोबायोलोजिष्ट डा ज्योति आचार्य भन्छिन्, ‘हामीकहाँ अलि अलि रुघा लाग्ने बित्तिकै पसलमा गएर एजिथ्रोमाइसिन जस्तो एन्टिबायोटिक दिनुस भनेर आफै खाने बिरामीहरुको संख्या उल्लेख्य छ । यसबारे जनचेतना बढाउनैपर्छ । उनी भन्छिन् बिरामीहरु चकलेट जसरी एन्टिबायोटिक खाइदिनुहुन्छ । यसको असर जति पछि भयो त्यति देखिन थाल्छ । अब औषधि के दिने भन्ने ठूलो चिन्ताको विषय बनेको छ । उनले थपिन । उनले नेपालमा सिधै आफुखुशी कडा एन्टिबायाटिक खाएर आउने र पछि चिकित्सकले मध्यम खालको एन्टिबायोटिक दिंदा कामै नगर्ने अवस्था बढ्दै गएको भन्दै यो गम्भीर चिन्ताको विषय भएको बताउँछिन् । यसरी आफुखुशी औषधि खाँदा र डोज पूरा नगर्दा पहिले खाइसकेको औषधि भन्दा ब्याक्टेरिया बलिया भएर ती एन्टिबायोटिकले कामै नगर्ने अवस्था हुन्छ । ब्याक्टेरियाले उक्त औषधिविरुद्ध प्रतिरोध क्षमता बनाएर बसेका हुन्छन् । यस्तो बेला सामान्य संक्रमणमा समेत उपचार गर्न गाह्रो हुनसक्छ ।’ यसले बिरामीको रोगलाई जटिल बनाउने मात्र हैन अस्पताल बसाइ पनि लम्ब्याएर सामान्य संक्रमणले पनि बिरामीको मृत्यु हुनसक्ने बताउँछिन् डा आचार्य ।
सबैले बुझ्नुपर्ने कुरा के हो भने एन्टिबायोटिकको डोज कुनै कारणबिना तय गरिएको हुँदैन । कसैलाई तीन दिन, पाँच दिन, दुई हप्ता संक्रमणको अवस्था हेरेर यो समय अवधिसम्म खान भनिएको छ भने सो अवधिभर खानैपर्छ चाहे पहिले नै निको किन नहोस् । आफुखुशी बीचमै छोड्दा उपचार प्रक्रियामा गम्भीर समस्या हुन्छ ।
डा आचार्य भन्छिन, ‘सबैले बुझ्नुपर्ने कुरा के हो भने एन्टिबायोटिकको डोज कुनै कारणबिना तय गरिएको हुँदैन । कसैलाई तीन दिन, पाँच दिन, दुई हप्ता संक्रमणको अवस्था हेरेर यो समय अवधिसम्म खान भनिएको छ भने सो अवधिभर खानैपर्छ चाहे पहिले नै निको किन नहोस् । आफुखुशी बीचमै छोड्दा उपचार प्रक्रियामा गम्भीर समस्या हुन्छ । स्मरण रहोस, विश्व स्वास्थ्य संगठनले पनि यसरी बीचमै डोज पूरा नगरी गरिएको अधुरो उपचारलाई एन्टीमाइक्रोबियल रेसिस्टेन्सको मुख्य कारणमध्ये एक मानेको छ। नेपालमा सबैभन्दा ठूलो समस्या नै आफूखुशी ओभर द काउन्टर औषधि खाने र भनिएको डोज पूरा नगर्ने रहेको छ ।’
हामीकहाँ अलि अलि रुघा लाग्ने बित्तिकै पसलमा गएर एजिथ्रोमाइसिन जस्तो एन्टिबायोटिक दिनुस भनेर आफै खाने बिरामीहरुको संख्या उल्लेख्य छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको एक अध्ययन अनुसार नेपालमा २८ प्रतिशत बिरामीले चिकित्सकको प्रेस्क्रिप्सन बिना नै कडा खालको एन्टिबायोटिक खान्छन् भने २२ प्रतिशत बिरामीले एन्टिबायोटिकको डोज पूरा नगरी बीचमै छोड्छन । चिकित्सकको सल्लाहबिना र ल्याब जाँच नगरी आफूखुसी एन्टिबायोटिक खानै नहुने बताउँछन् डा देव । सामान्य रुघा लाग्दा पनि एन्टिबायोटिक खाने हाम्रो बानी हटाउनुपर्छ । आफै जथाभावी खाने अनि निको भयो जस्तो लाग्दा बीचमै छोदिदिंदा यसले प्रतिरोध त बढाउँछ नै ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण झण्डै ६ हजार बिरामीको ज्यान गएको थियो भने २३ हजार बिरामीमा जटिलता थपिएको थियो । यो क्रम बढ्दो क्रममा रहेको पनि तथ्यांकले देखाउँछ । यही कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले एएमआरको राष्ट्रिय कार्य योजना समेत बनाएर काम सुरु गरेको छ । एन्टिबायोटिक हाम्रो जीवन बचाउने महत्वपूर्ण जीवनरक्षक औषधि भए पनि यसको सही सदुपयोग गर्न जानिएन भने भविष्यमा औषधिले कामै नगर्ने अवस्था आउन सक्छ भन्ने सबैलाई बुझाउन जरुरी छ ।
यदि हामीले दिइएको डोज पुरा गरेनौं भने के हुन्छ ?
-शरीरमा बाँकी रहेका ब्याक्टेरिया फेरि सक्रिय बन्न थाल्छन् ।
-कम भएका लक्षण फेरि दोहोरिन सक्छन ।
-ब्याक्टेरिया पहिलेको भन्दा बलिया हुन्छन ।
-अर्कोपटक त्यही प्रकारको एन्टिबायोटिकले काम नगर्न सक्छ ।
-कडा खालको एन्टिबायोटिक खानुपर्ने हुन्छ ।
-सामान्य संक्रमणमा पनि जटिलता बढ्न सक्छ ।
त्यसैले एन्टिबायोटिकको सही प्रयोग गर्ने बानी बसालौं । अनावश्यक रुपमा आफुखुशी एन्टिबायोटिकको प्रयोग नगरौं र प्रयोग गर्दा यसको डोज बीचमै छोड्ने काम नगरौं । अहिले हामीसँग भएका एन्टिबायोटिकलाई भविष्यमा पनि प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले पनि यी औषधि सुरक्षित राख्न यसको सही प्रयोग आवश्यक छ । स्मरण रहोस् एउटा एन्टिबायोटिक औषधि बजारमा आउन वर्षौसम्म अध्ययन र अनुसन्धानमा समय लाग्छ ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य