सेप्सिस दिवसको अवसरमा काठमाडाैंमा प्रभातफेरी (फाेटाे फिचर)
काठमाडौं : विश्व सेप्सिस दिवसको अवसर पारेर नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेसनको आयोजनामा काठमाडौंमा प्रभातफेरी निकालियो। त्रिवि शिक्षण अस्पतालबाट निस्केको र्याली नारायणगोपाल चोकमा पुगेर पुनः अस्पतालमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम खड्गाले सेप्सिस विश्वव्यापी रूपमा फैलिरहेकाले यसकाे राेकथामका लागि बृहत् कार्यक्रम ल्याउन जरूरी रहेकाे बताए। उनले याे राेगबारे अझै धेरै मानिस अनभिज्ञ रहेकाे भन्दै जनचेतना जगाउन आवश्यक रहेको बताए।
कार्यक्रममा क्रिटिकल केयर नर्सिङ संघकी महासचिव कविता सिटौलाले सेप्सिसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताइन्। संक्रमणबाट जाेगिनसके याे समस्याबाट बच्न सकिने उनकाे भनाइ छ।
कार्यक्रममा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. हेमराज पनेरुले प्रत्येक वर्ष लगभग तीन करोड मानिसलाई सेप्सिस हुने र तीमध्ये करिब ७० देखि ९० लाख मानिसको मृत्यु हुने गरेको जानकारी दिए। उनले याे राेगबारे जनचेतना जगाउने सन्दर्भमा धेरै काम गर्न बाँकी रहेकाे धारणाा राखे।
प्रभातफेरीमा नेपाली चलचित्रकी नायिका श्वेता खड्का, आईसीयू चिकित्सक, नर्स र विद्यार्थीलगायत सहभागी थिए। दिवसको अवसर पारेर फाउण्डेसनले जनचेतनामूलक छलफल र विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि गरेको थियो।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो